Showing posts with label Technology. Show all posts
Showing posts with label Technology. Show all posts
Sunday, November 8, 2015
Thursday, May 7, 2015
भूकम्पको भविष्यवाणी
भूकम्पको भविष्यावाणी सम्भव छ ? यो प्रश्न धेरैको मनमा उब्जिन्छ । यद्यपि भूकम्पको भविष्यवाणीका वारेमा बैज्ञानिकहरुले खासै प्रगति गर्न सकेका छैनन् । यद्यपि पृथ्वीका विभिन्न प्लेटको गति र पहिले भूकम्प आएको क्षेत्रको अध्ययनका आधारमा केही अनुमान भने गर्न सक्छन् ।
यदि त्यही स्थानमा ७ रेक्टर स्केलको भूकम्प आएको छ भने आगामी ५० बर्षभित्र अर्को भूकम्प आउने सम्भावना ५० प्रतिशत हुनसक्ने अनुमान सम्म गर्न सकिन्छ । तर पनि यो अनुमानलाई समेत एकदमै विश्वसनिय मान्न सकिन्न । पहिले त्यही स्थानमा आएको धक्का अहिले त्यसैको अर्को स्थानमा पनि हुनसक्छ । बरु कुनै स्थानमा भूकम्प आयो भने त्यहा फेरि धक्काको अनुभव भने गर्न सकिन्छ र त्यो स्थानमा यस्ता धक्काहरु केही समयसम्म आइरहन्छन् भन्ने कुरामा भने बैज्ञानिकहरु एकमत छन् । यो धेरै स्थानमा अनुभव गर्न सकिने पक्ष पनि भएको छ ।

Tuesday, December 9, 2014
मनाइयो गुगल डे
गुगल अब सर्च इन्जिनका रुपमा मात्र रहेन । यसको प्रयोग गरेर धेरै काम गर्न सकिन्छ । पछिल्लो समयमा नेपालमा समेत गुगलको एन्ड्रोइड एप्सलाई व्यापारिक र व्यावहारिक कार्यमा प्रयोग गर्नेहरु बढिरहेका छन् । यसै सन्दर्भमा केही दिन पहिले मात्र नेपाली डेभलपरहरुले गुगललाई व्यापारिक कार्यमा समेत प्रयोग गर्नका लागि हौंस्याउने उद्देश्यले ‘गुगल बिजनेस ग्रुप’ अर्थात ‘जिबिजी’ को निर्माण गरेका छन् । त्यही गुगल बिजनेस ग्रुपले गत शनिबार नेपालमै पहिलो पटक गुगल डे मनायो ।Saturday, September 27, 2014
अनलाइन उपहार
दसै र तिहार जस्ता चाडपर्वको मौसम आएको छ । यद्यपि सबै नेपाली परिवारले एक साथ बसेर दसै तिहार मनाउन सकिने अवस्था नहुन पनि सक्छ । खासगरी विदेशमा बस्ने बढ्दो प्रचलनका कारण यस्तो अवस्था आउछ । त्यति मात्र होइन, परिवार साथमा भए पनि नेपालमा रहेका आफन्तहरुको सम्झनाले पनि सताउन सक्छ । यो अवस्थामा परिवार वा आफन्तलाई चाडपर्वको अवसरमा केही उपहार दिन सकिन्छ । त्यसका लागि विदेशबाट सिधै सामान नै पठाइदिनु पर्ने अवस्था अब छैन । विदेशबाटै कम्प्युटरमा गरेको एक क्लिकका भरमा नेपालमा रहेका आफन्तको घरैमा उपहार आइपुग्न सक्छ । दसैको अवसरमा आफुले पैसा नतिरेरै घरैमा खसी आइपुग्यो वा नया“ केही सामान आयो भने आश्चर्य नहोला र ? तर प्रविधिको बढ्दो प्रयोगका कारण यो सबै सम्भव हुनसकेको छ ।दसैको उपहार स्मार्टफोन
नेपालीहरुको घर आगनमा विजयादशमी तथा शुभ दिपावलीको रमझम भित्रि सकेको छ । दसै तिहारमा नया“ लुगा किन्ने , मिठो खाना खाने चलन पूरानै हो । जीवनस्तरमा आएको परिवर्तनस“गै यही चाडबाडको वेलामा किनमेल संस्कृतिमा पनि परिवर्तन आएको छ । अब नेपालीहरु यस्ता अवसरमा स्मार्टफोन किन्न समेत रुचाउन थालेका छन् । जागिर र व्यवसाय हुनेहरुले अलि अलि थपथाप गरेर र नहुनेहरुले जम्मा गरेको पैसाले आफुलाई मन लागेको स्मार्टफोन किन्ने वा कसैलाई उपहार दिने चलन पनि बढेर गएको छ । यही समयमा कम्पनीहरुले विभिन्न प्रकारका उपहार र छुटको व्यवस्था पनि गरेका हुन्छन् । आफ्नो उत्पादनको प्रवद्धन र विक्री गर्ने उद्धेश्यले कम्पनी अनुसार नगद सहित विभिन्न योजना अगाडी सारेका हुन्छन् । आफ्नो शोखको स्मार्टफोन किन्न दसै कुरेकाहरुलाई यो राम्रो अवसर पनि हो ।Saturday, September 20, 2014
सफ्टेकमा सफ्टवेयर
कम्प्यूुटर एशोसिएसन अफ नेपाल (क्यान) ले बर्षेनी आयोजना गर्दै आएको क्यान सफ्टेक २०१४ गत भाद्र २६ देखि २९ सम्म राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी सम्पन्न भएको छ । उक्त प्रदर्शनीमा सफ्टवेयर, सर्भिसेज, सोलुुसन् र कम्यूूनिकेशनको क्षेत्रमा विकास भएका नयां–नयां प्रविधिको प्रदर्शन गरिएको थियो । सफ्टेक भएकाले यसमा विशुद्ध रुपमा सफ्टवेयरका वारेमा जानकारी प्रदान गरियो । सुुविसुु क्यान सफ्टेक २०१४ इन एशोसियसन विथ नियो ईआरपीमा जम्मा १ सय ४२ वटा स्टलहरु रहेका थिए । सफ्टवेयरको क्षेत्रमा शिक्षा, कम्प्यूूटर सुुरक्षा, बैंकिङ्क, सूूचना व्यवस्थापन, लेखा व्यवस्थापन, एन्टिभाइरस र अस्पताल व्यवस्थापन लगायतका सफ्टवेयरहरु रहेका थिए । प्रदर्शनीमा रहेका केही मुख्य सफ्टवेयरहरु यस प्रकार रहेका थिए ।
Sunday, September 7, 2014
प्ले स्टोरको विकल्प एप्स झोला
एकराज सुवेदी
गुगल प्ले स्टोर हामी धेरैले प्रयोग गर्छौ । विभिन्न प्रकारका एप्स डाउनलोड गर्न यसको प्रयोग गरिन्छ । संसारमा एन्ड्रोइड भर्सनका जति पनि एप्स निर्माण हुन्छन्, ती सबै प्ले स्टोरमा संग्रहित हुन्छन् । आफुलाई आवश्यक एप्स डाउनलोड गरी प्रयोग गर्न सकिन्छ ।तर गुगल प्ले स्टोरमा यति धेरै एप्स छन्, ती सबैको बारेमा जानकारी लिन पनि गाहे हुन्छ । नेपाली एप्स निर्माताहरुले बनाएका एप्स संग्रह गर्ने छुट्टै स्थान भइदिए कति राम्रो हुन्थ्यो ? यही समस्याको समाधानका रुपमा एप्स झोला आएको छ । नेपाली नाम झोलाबाट नै यसको अर्थ प्रस्ट हुन्छ । झोलामा धेरै प्रकारका एप्स संग्रहित छन्, जुन नेपाली डेभलपरहरुले निर्माण गरेका हुन् ।
Sunday, July 20, 2014
फिफा पछि अब रोबोकप
फुटबलको महाकुम्भ बिश्वकप समाप्त भएको छ । तर बिश्वकप सम्पन्न भएकै राष्ट्र ब्राजिलमा त्यही स्टाइलमा अर्को बिश्वकप फेरि प्रारम्भ भएको छ । तर उक्त बिश्वकपमा मानिस भने खेल्ने छैनन् । बरु मानिसको सट्टामा रोबोटका वीचमा फुटबल हुदैछ । रोबोकप २०१४ नाम दिइएको उक्त खेल भोलिबाट प्रारम्भ भई ६ दिनसम्म चल्नेछ । बिश्वका विभिन्न ४५ राष्ट्रका ४ हजार इन्जिनियर र बैज्ञानिकहरु उक्त खेलमा प्रत्यक्ष संलग्न हुदैछन्, जसले निर्माण गरेका रोबोटका वीचमा फुटबल खेल हुनेछ । उक्त खेलमा स्वतन्त्र तथा रिमोट–फ्रि रोबोटले वास्तबिक फुटबल खेल्दाकै नियममा आधारित रहेर फुटबल खेल खेल्नेछन् । खेलमा अनियमितता नहोस् भन्ने उद्देश्यले मानिस र रोबोट दुवैले रेफ्रिको भूमिका निभाउनेछन् ।पिसी कन्ट्रोलर र सेक्युरिटी अलार्म
हातमा मोबाइल, अनि टेबुलमा पिसी वा ल्यापटप । यो अहिले धेरैको दैनिकी बनेको छ । पिसी (पर्सनल कम्प्युटर) वा ल्यापटपमा भएका सामग्रीका आधारमा हामीले धेरै प्रकारका प्रिजेन्टेसन गर्नुपर्ने हुन्छ । यो अवस्थामा पटक पटक टेबुल नजिक पुग्नु भन्दा हातमै भएको मोबाइलले पिसी वा ल्यापटपमा भएका सामग्रीलाई चलाउन सकियो भने कति सहज होला ?
यही सहजताका लागि नेपाली युवाहरुको समूहले एउटा एपको निर्माण गरेका छन् । एन्ड्रोइड पिसी कन्ट्रोलर नाम दिइएको उक्त एपलाई केही दिन अघि पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सम्पन्न लोकस २०१४ मा प्रदर्शन गरिएको थियो । उक्त एप सफ्टवेयर तर्फ पहिलो विजेता बनेको थियो । काठमाडौं इन्जिनियरिङ कलेजका कम्प्युटर इन्जिनियरिङ तेस्रो बर्षमा अध्ययनरत रबिराज केसी, रचेन्द्र पौडेल, सार्थक खनाल, शेखर चालिसो र आकाश सिंखडाको समूहले उक्त सफ्टवेयरमा आधारित एपको निर्माण गरेको हो ।

Friday, July 18, 2014
चाइल्डएप एप्याथन
नेपाल इन्जिनियरिङ कलेजका बिद्यार्थी मिलन कार्की र दर्पन पुडासैनीले ‘इन्जिनियरिङ अड्डा’ नामक ग्रुपको निर्माण गरे । उनीहरुले खानेपानीको सुरक्षाको परीक्षण गर्ने र त्यसलाई म्यापमा विभिन्न जानकारी सहित देखाउने एप्लिकेसनको निर्माण गरे । विभिन्न समयको प्रशिक्षण पश्चात तीन दिनको अवधिमा निर्माण गरिएको उक्त एप्सले पहिलो पुरस्कार हात पा¥यो, जसमा उनीहरुले एक लाख रुपैया“ नगद पुरस्कार प्राप्त गरे । त्यसैगरी नेसनल कजेज अफ इन्जिनियरिङका ‘इचनियर्स’ ग्रुपले निर्माण गरेको भर्चुअल क्लासरुम सम्बन्धी एप्सले दोस्रो स्थान हासिल ग¥यो । बिबेक शर्मा चापागाई, समिरा शर्मा, सन्जिता शर्मा र बिबेक अवाले सम्मिलित उक्त समूहले निर्माण गरेको एप्सको सहयोगले कक्षा कोठाको वारेमा एसएमएसको सहायताले विभिन्न जानकारी दिन्छ । इन्स्टिच्युट अफ इन्जिनियरिङ, पुल्चोकका विद्यार्थीको ‘द राइजिङ कोडर्स’ समूहले जन्म दर्ता र यसको वारेमा एसएमएस मार्फत जानकारी दिने गरी निर्माण गरेको एप्सले तेस्रो स्थान हासिल ग¥यो । यी दुई समूहले क्रमशः ५० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे । राइजिङ कोडर्स समूहका अभिशेक पौडेल, अरुण कुमार अग्रवाल, मनिस चन्द्र र नवीन भट्टराईले निर्माण गरेको उक्त एप्सले बच्चा जन्मनु अघि र जन्मिसके पछि गरिने स्याहारका वारेमा एसएमएसमार्फत जानकारी दिन्छ
Sunday, June 29, 2014
स्मार्टफोन बजारमा अमेजनको प्रवेश
अनलाईन सपिङ कम्पनीको रुपमा प्रसिद्ध कम्पनी अमेजन पनि स्मार्टफोनको बजारमा प्रवेश गरेको छ । अमेजन डट कमले पहिलो स्मार्टफोनको रुपमा ‘फायर’ लाई बजारमा ल्याएको घोषणा गरेको छ । थ्रीडी प्रविधियुक्त उक्त स्मार्टफोनमा थ्रीडी साउन्डका साथ थ्रीडी भिडियो पनि हेर्न सकिन्छ । ४ दशमलव ७ इन्चको डिस्प्ले भएको उक्त स्मार्टफोनको पिक्चर क्वालिटी निकै नै आकर्षक हुनेछ । यसमा चार वटा फ्रन्ट फेसिङ क्यामेरा छन्, जसले युजरको हेड मनिटर गर्न सक्छ, जसका कारण स्क्रिनमा इमेजलाई एड्जस्ट गर्न सकिन्छ ।
Sunday, June 15, 2014
विश्वकपलाई नेपाली टिभी प्रविधि
एकराज सुवेदी
विश्वकप नजिकिदै गर्दा टेलिभिजन कम्पनीहरुले नेपालमा समेत विभिन्न नया“ र आकर्षक प्रविधिका टेलिभिजन भित्र्याइरहेका छन् । ठुलो स्क्रिनमा घरैमा बसेर टिभी हेर्नुको आनन्दलाई शब्दमा बर्णन गर्न सकिदैन । झन् त्यसमाथि पछिल्लो प्रविधिले सुसज्जित टिभी भैदिए भने कस्तो रमाइलो हुन्छ होला ? यो पटकको विश्वकपमा नेपाली दर्शकले समेत ती पछिल्ला प्रविधिको प्रयोग गर्न पाउने भएका छन् । टेलिभिजनमा पछिल्लो पटक फोर के अर्थात अल्ट्रा एचडी प्रविधि भित्रिएको छ । विश्व बजारमा उपलब्ध हुन थालेको उक्त प्रविधि नेपालमा पनि भित्रिसकेको छ ।
विश्वकप नजिकिदै गर्दा टेलिभिजन कम्पनीहरुले नेपालमा समेत विभिन्न नया“ र आकर्षक प्रविधिका टेलिभिजन भित्र्याइरहेका छन् । ठुलो स्क्रिनमा घरैमा बसेर टिभी हेर्नुको आनन्दलाई शब्दमा बर्णन गर्न सकिदैन । झन् त्यसमाथि पछिल्लो प्रविधिले सुसज्जित टिभी भैदिए भने कस्तो रमाइलो हुन्छ होला ? यो पटकको विश्वकपमा नेपाली दर्शकले समेत ती पछिल्ला प्रविधिको प्रयोग गर्न पाउने भएका छन् । टेलिभिजनमा पछिल्लो पटक फोर के अर्थात अल्ट्रा एचडी प्रविधि भित्रिएको छ । विश्व बजारमा उपलब्ध हुन थालेको उक्त प्रविधि नेपालमा पनि भित्रिसकेको छ ।Friday, February 7, 2014
शब्दका कुरा
सेल्फी । यो अंग्रेजी अक्षर एसइएलएफआई र ई मिलेर बनेको हो । यद्यपि यो शब्द पहिले देखि नै सुनिएको हो । तर पहिले यसको चर्चा खासै भएको थिएन । तर सन् २०१३ मा यो शब्द निकै नै सुनियो । बिश्वमै अंग्रेजी भाषाका लागि ख्याती कमाएको अक्सफोर्ड डिक्सनरीमा पनि यो शब्द थिएन । तर केही समय अघि मात्र यसले डिक्सनरीमा प्रवेश पाएको छ र बर्ष २०१३ को ‘बर्षको शब्द’ अर्थात ‘वर्ड अफ द इयर’ समेत बनेको छ ।
यद्यपि सेल्फीको पहिलो प्रयोग सन् २००२ मै भएको पाइन्छ । त्यतिखेर एक जना अष्ट्रेलियन नागरिकले खुट्टामा ठेस लाग्दाको समयको तस्बिर फोटो सेयर गर्ने साइट फ्लिकरमा पोस्ट गरेका थिए । तर उनको अनुहार प्रष्टस“ग देखिएको थिएन । आफु अल्कोहलले मातिएको कारण नभई ‘सेल्फी’ भएकाले यसो भएको उनको भनाई थियो । यसमा उनले सेल्फीको अर्थ आफै खिचेको तस्बिर भन्न खोजेका थिए ।
Monday, July 22, 2013
सर्च होइन, स्मार्ट सर्च
हामी गुगलमा विभिन्न विषयका वारेमा खोजी
गर्छौ । यसलाई गुगल सर्च भनिन्छ । कतिपयले सजिलोका लागि यसलाई गुगल गर्ने
पनि भन्छन् । गुगलको लोकप्रियताले गर्दा यसको नाम नै विभिन्न शब्दले
पुकारिन्छ । भनिन्छ, यसमा जे खोज्दा पनि पाइन्छ । यसको अर्थ जुन
विषयवस्तुका वारेमा पनि यसमा खोजी गर्न सकिन्छ । हामीलाई ब्यावहारिक रुपमा
काम लाग्ने कतिपय कुरा पनि यसमा खोजी अर्थात सर्च गर्न सकिन्छ ।
Saturday, June 29, 2013
गुगल एडसेन्स
मैले गुगलबाट यति पैसा पाए नि ....कतिपय वेबसाइट र ब्लग संचालकहरु यस्ता कुरा सुनाइरहेका हुन्छन् । बिश्वमा लाखौ वेबसाइट बनेका छन् र तिनका विभिन्न फरक फरक बिषयवस्तु र उद्येश्य हुनसक्छन् । कतिपय वेबसाइट र ब्लग रहरै रहरमा पनि बनेका हुन्छन् । तर पनि सबैको एउटा प्रमुख उद्येश्य ‘आफ्ना कुरा पाठक सम्म पु¥याउनु’ हुन्छ । यो अवस्थामा यदि राम्रो र चल्तीको वेबसाइट वा ब्लग बन्यो भने लोकप्रिय साइट गुगलले आफ्नो तर्फबाट निश्चित खालका बिज्ञापन राखीदिन्छ, जसलाई गुगल एडसेन्स भनिन्छ । त्यही एडसेन्स बापत वेबसाइट वा ब्लग संचालकले निश्चित डलर पाउन सक्छन् । यसले गर्दा वेबसाइट वा ब्लग संचालकको एउटा प्रमुख लक्ष्य गुगल एडसेन्स बापत रकम हात पार्नु पनि हुन्छ र यसरी रकम हात पर्दा उनीहरु खुशी नहुने कुरै भएन ।
Friday, June 21, 2013
एसएमएस बढ्दो प्रयोग
एकराज सुवेदी
एसएलसी परीक्षाको परीक्षाफल प्रकाशनस“गै यो वर्ष एउटा नया“ अध्यायको थालनी भएको छ । परीक्षा नियन्त्रण कार्यालयले परम्परादेखि नै छापा माध्यममा पैसा तिरेर गर्दै आएको परीक्षाफल प्रकाशन कार्यलाई यो बर्षदेखि निरन्तरता नदिने घोषणा ग¥यो । कार्यालयले यस बर्ष आफ्नो वेबसाइटको साइज वृद्धि गरेको, विभिन्न सातभन्दा बढी इन्टरनेट सेवा प्रदायक तथा एसएमएसमार्फत तत्कालै परीक्षाफल जान्न सकिने व्यवस्था गरेको कार्यालयका उपनियन्त्रक प्रल्हाद अर्यालले जानकारी दिए ।Saturday, May 18, 2013
अनलाइनमै खाना र खाजा
एकराज सुवेदी
केही समय अघि खाना पारखीहरुलाई मध्यनजर राख्दै सिंहा ग्रुपले इजि खाना डट कम नामक अनलाइन सेवा प्रारम्भ गर्यो । यो सेवा मार्फत खाना पारखीहरुले रेष्टुराका बारेमा पुर्ण जानकारी लिन सक्छन् । सिंहा ग्रुपका कार्यकारी अधिकृत अरनिको सिंहका अनुसार खाना संस्कृतिमा परिवर्तन आएकाले तिनलाई सजिलो वनाउन वेबसाईट सहयोगी रहने छ ।

Saturday, May 11, 2013
गुडबाई हटमेल
माइक्रोसफ्टले हटमेल डट कम एकाउन्टमा भएका इमेल र अन्य डाटालाई आउटलुक डट कममा प्रतिस्थापन गरेको आधिकारिक जानकारी दिएको छ । माइक्रोसफ्टको यो घोषणासँगै अब हटमेलको अस्तित्व पनि औपचारिक रुपमा समाप्त भएको छ । गत ६ हप्ताको अवधिमा माइक्रोसफ्टले १ सय ५० पेटाबाइट भन्दा बढी इमेल सेवालाई प्रतिस्थापन गरेको जनाएको छ । एक हजार गिगाबाइट बराबर एक टेराबाइट हुन्छ । त्यसैगरी एक हजार टेराबाइट बराबर एक पेटाबाइट अर्थात पिबी हुन्छ ।
प्रयोगमा गुगल ग्लास
- एकराज सुवेदी
लामो समयको चर्चासँगै गुगल ग्लास प्रयोगमा आएको छ । तर यो बजारमा भने आइसकेको छैन । यसको अर्थ गुगल ग्लासको प्रयोग केही ब्यक्तिले गर्न थालेका छन् । गुगल ग्लासलाई एक प्रकारको चश्मा भन्न सकिन्छ । तर यो हेर्नका लागि प्रयोग गरिने चश्मा भने होइन । यसलाई बरु एक प्रकारको स्मार्टफोन भन्न सकिन्छ किनकी यसले स्मार्टफोनले जस्तै काम गर्छ । तर यसको डिस्प्ले स्त्रिmनमा औलाले छुन पर्दैन । यसले भ्वाइस कमान्डका आधारमा काम गर्नेछ । इमेल चलाउन, तस्बिर खिच्न, सोसियल नेटवर्किङ साइट चलाउन आदि सबै कार्यका लागि बोलेर कमान्ड दिदा सबै काम सम्पन्न हुनेछन् ।

Wednesday, May 8, 2013
आइफोनदेखि आइपोपसम्म
- एकराज सुवेदी
केही दिन अघि सामसुङले पनि स्मार्ट वाच बजारमा लिने तयारी गरेको समाचार आयो । याहुमा भएको यो समाचार हेरेपछि एक जना पाठकले प्रतिक्रिया लेखे – भविष्यमा आइवाच पहिरेर आइकारमा चढ्ने धेरै मानिसहरु आइरेष्टुरा“मा आइफेमलीका साथ गएर आइफुड खानेछन् । रमाइलोका लागि लेखिएको भए पनि यो प्रतिक्रियालाई सामान्य ठट्टा मात्र मान्ने भने सकिदैन । भविष्यमा सूचना प्रविधिका यति धेरै सम्भावना देखिएका छन्, जसले गर्दा आइवाच र आइकार मात्र होइन, आइफेमली र आइरेष्टुरा“देखि आइफुड सम्म उपलब्ध नहोलान् भन्न सकिदैन ।

Subscribe to:
Comments (Atom)

.jpg)

.jpg)