एकराज सुवेदी
बेलायती मिडियाले जन्माएको शब्द हो, वाग्स अर्थात् वाइफ्स एन्ड गर्लफ्रेन्ड्सको छोटकरी रूप । फुटबलमा खेलाडी मात्र स्टार हुँदैनन्। उनीहरूका पत्नी अथवा प्रेमिकालाई पनि उत्तिकै ठूला स्टार मानेर समाचार लेखिन्छ। बेलायतबाट सुरु भएको यो चलन अचेल अरूतिर पनि फैलिएको छ, विशेषतः फुटबलको प्रभाव परेका युरोप तथा दक्षिण अमेरिकी देशहरूमा। अधिकांश वाग्स नायिका अथवा मोडल भन्दा कम हुँदैनन् र उनीहरूलाई राम्रोसँग थाहा छ, कसरी लगातार चर्चामा रहन सकिन्छ ? यस्तोमा यसपल्टको विश्वकपमा मात्र वाग्सहरू कसरी चर्चाबाट टाढा रहन सक्छन्। विश्वकपले जसरी विस्तारै आफ्नो प्रभाव बढाउनेछ, त्यही मात्रामा यी वाग्सको चर्चा पनि चुलिदै जानेछ।
सकिरा निर्विवाद रूपमा सर्वाधिक चर्चित वाग्स हुन्। सकिरा बार्सिलोनाका स्पेनी डिफेन्डर जेरार्ड पिककी पत्नी हुन्। ३७ वर्षीया सकिराले पिकसँग विवाह गर्नुअघि नै संगीतमा नाम कमाइसकेकी थिइन्। योलनेट स्नाइडर हुन्, डच खेलाडी वेल्सी स्नाइडरकी धर्मपत्नी। स्टार खेलाडीका पत्नीबाहेक उनको परिचय हो, नायिका तथा टेलिभिजन प्रस्तोता।
नेयमारकी प्रेमिका हुन्, ब्रुनो। पछिल्लो समय नेयमारले नयाँ प्रेमिका बनाए भन्ने हल्ला चलेपनि उनी ब्रुनोसँगै छन्। पोर्चुगली स्टार रोनाल्डोकी प्रेमिका इरिनी सायक पनि उत्तिकै चर्चित छिन्, सम्भवतः सकिरापछिसबैभन्दा बढी ।
मेस्सी र रोकुजो सानै छँदादेखि सँगै हुर्किएका थिए। उनीहरूको प्रेमलाई बाल्यावस्थादेखि कै प्रेम भन्दा फरक पर्दैन। संयोग कस्तो भने यसपल्टको विश्वकपमा सफल हुने सम्भावित तीन प्रमुख खेलाडीमा नेयमार, रोनाल्डो र मेस्सीको नाम आउँछ। अहिले उनीहरूका प्रेमिका पनि उत्तिकै चर्चामा छन्। यही त हो, प्रत्येक सफल लोग्नेमान्छेका पछाडि महिलाको हात हुन्छ भन्ने भनाइको उदाहरण।
शाकिराको गीतको जादु बिश्वभर छरिएको छ । अघिल्लो बिश्वकपमा वाका वाका बोलको गीत गाएकी शाकिराले यसपटक ला ला ला बोलको गीत गाइन् । त्यही गीतको भिडियोमा उनका ब्वाई फ्रेन्ड फुटबलर जेरार्ड पीक पनि खेलेका छन् । रसियन मोडल इरिना सायकको चर्चा क्रिस्टियानो रोनाल्डोस“ग जोडिएर हुन्छ । चर्चामा रहेका खेलाडी नेइमारस“ग ब्रुना मार्केजिनको नाम जोडिएर आउछ । अनि वायर्न रुनीस“ग उनकी श्रीमति कोलिन रुनीको । यस्ता धेरै नाम छन्, जुन आफ्ना ब्वाईफ्रेन्ड वा श्रीमान्स“ग जोडिएर आउछन् ।
विश्वकप प्रारम्भ भएको छ । सबैका आ“खा खेलाडीतिर मोडिएका छन् । तर ग्ल्यामरको दुनियामा रमाउनेहरुका लागि पर्दा पछिल्तिर अर्को आकर्षण पनि छ । ब्राजिलमा हुने बिश्वकपलाई अझै आकर्षक बनाउनका लागि ती खेलाडीका श्रीमति र गर्ल फ्रेन्डले पनि फरक भूमिका खेल्नेछन् । धेरैले फुटबलतिर ध्यान दिने समयमा कतिपयको ध्यान भने ती श्रीमति वा गर्ल फ्रेन्डतिर जान पनि सक्छ । यति मात्र होइन, खेलको अघि वा पछि उनीहरुले गर्ने विभिन्न हर्कतका कारण पनि अनेक थरी चर्चा चल्ने गर्छन् । यस पटकको विश्वकपमा उनीहरुले कस्ता चर्चा बटुल्ने हुन्, त्यो भने पछि थाहा हुदै जाला । तर धेरै सञ्चार माध्यमहरुले अहिले नै उनीहरुका वारेमा विभिन्न चर्चा गर्न थालिसकेका छन् ।
खासगरी इन्टरनेट र सामाजिक सञ्जालले पनि उनीहरुका गतिविधिलाई फैलाउन भूमिका खेलिरहेका छन् । कतिपय ग्ल्यामर म्यागेजिन र सामाजिक सञ्जालमा उनीहरुका वारेमा विभिन्न जानकारी समेटिएका पाइन्छन् । टेलिभिजन अन्तरवार्ताले यसमा थप भूमिका खेलेको पाइन्छ । खेलाडीका यी श्रीमति वा गर्लफ्रेन्ड पनि अधिकांश ग्ल्यामर क्षेत्रमै क्रियाशील भएका पाइन्छन् । कतिपय अन्य कारणले पनि चर्चामा छन् ।
इरिना सायक (क्रिस्टियानो रोनाल्डो)
पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डोको जति चर्चा हुन्छ, उनीस“ग जोडिएर आउने रसियन मोडल इरिना सायकको चर्चा पनि अवश्य हुनेछ । सन् २०१० देखि डेटिङमा रमाइरहेको यो जोडीलाई पछिल्लो समयमा स्पेनकै प्रसिद्ध फोटोग्राफर मारियो टेस्टिनोले भोग म्यागेजिनका लागि गरेको आकर्षक फोटोसुटले झन् चर्चामा ल्याएको छ । उक्त फोटोसुटमार्फत इरिनाको आकर्षक तस्बिर कभरमा सजिएको थियो ।
शाकिरा (जेरार्ड पिक)
शाकिराको नाम बिश्वकपस“गै जोडिएर आउछ । अघिल्लो बिश्वकपमा उनले गाएको वाका वाका बोलको गीतले निकै चर्चा पाएको थियो । उक्त बिश्वकपको समापन पश्चात नै यो जोडीको डेटिङ प्रारम्भ भएको थियो । कोलम्बियन गायिका शाकिरास“गको डेटिङ पश्चात नै पिकले आफ्नो समूहका साथ बिश्वकप बाहेक युरोपियन च्याम्पियनसीप र ३ पटक च्याम्पियन लिग जिते भने शाकिराका ७ करोड भन्दा बढी एल्बम बिक्री भए । अहिलेको बिश्वकपका लागि गाइएको ला ला ला बोलको गीतको भिडियोमा समेत शाकिराकै आग्रहमा पिकले समेत अभिनय गरेका छन् ।
ब्रुना मार्केजिन (नेइमार)
नेइमारको चर्चा फुटबलमा धेरै भइरहन्छ । यो स“गै मार्केजिनको पनि चर्चा हुने गथ्र्यो । तर बीचमा केही समय उनीहरु छुट्टिएको हल्ला पनि थियो । तर अहिले फेरि उनीहरु साथै देखिन थालेका छन् । यी १८ बर्षे ब्राजिलियन मोडल र नेइमारका गतिविधि फेरि अब प्रारम्भ भएका छन् । अब फेरि पनि उनीहरुका वारेमा चर्चा चलि नै रहनेछ ।
एन–क्याथरिन ब्रोमेल (मारियो गोट्ज)
पेशाको हिसाबले २२ बर्षे ब्रोमेल मोडल, गायिका र ब्लगर हुन् । तर जर्मन खेलाडी गोट्जस“गको संगतका कारण उनी यो वाहेक जगिङ, कुकिङ र पियानो बादकका रुपमा समेत परिचित बनेकी छिन् । यो वाहेक एफएचएम म्यागेजिनमा छाए पछि झन् उनको चर्चा विश्वमै हुन थालेको छ ।
एन्टोनिला रोकुजो (लियोनेल मेस्सी)
मेस्सीलाई नचिन्ने फुटबलप्रेमी कमै होलान् । तर मेस्सीले आफु यसरी चर्चित हुनु अघि नै एन्टोनिलालाई चिनिसकेका थिए । सन् २००८ देखि डेटिङ जान थालेको यो जोडीले सन् २०१२ मा पहिलो बच्चा जन्माए । सन् १९८६ यता बिश्वकप ट्रफी जित्न नपाएको अर्जेन्टिनालाई फेरि उक्त ट्रफी जिताउनका लागि मेस्सीलाई शान्त र भद्र राख्नमा एन्टोनिलाले सक्दो प्रयास गर्नेछिन् ।
एड्युर्न गार्सिया अल्माग्रो (डेभिड डे जी)
म्यानचेस्टर युनाइटेडको तर्फबाट गोलकिपरका रुपमा खेलेका स्पेनिस खेलाडी डेभिडले स्पेनी पप सिंगर, कलाकार र टिभी प्रस्तोताका रुपमा प्रसिद्ध एड्युर्नलाई आफ्.नो अर्धांगिनी नै सम्झिन्छन् । स्पेनको किपरका रुपमा पनि तेस्रो नम्बरमा रहेकाले उनले खेल खेले वा नखेले पनि डेभिडकै कारण एड्युर्नको चर्चा पनि चुलिएको छ ।
कार्ला कोम्पानी (भिन्सेन्ट कोम्पानी)
बेल्जियमका क्याप्टेन भिन्सेन्टले आफुलाई पनि फुटबल प्रेमी बताउछिन्. । तर त्यो भन्दा बढी उनी भिन्सेन्ट प्रेमी बनेकी छिन् । ह्याम्बर्गका लागि खेलिरहेको समयमा यो जोडीको भेट भएको थियो र पछि उनले भिन्सेन्टलाई सधैका लागि साथ दिने घोषणा गरेकी थिइन् । उनको करियर निर्माणमा कार्लाको धेरै भुमिका रहेको मानिन्छ ।
सारा कार्बोनेरो (आइकर क्यासिलास)
स्पेनी गोलकिपर क्यासिलासकी श्रीमति साराको चर्चा अघिल्लो बिश्वकपमा पनि भएको थियो । स्वीट्जरल्यान्डस“ग भइरहेको खेलको समयमा उनीस“ग आ“खा जुधेकै कारणले स्पेनले १–० गोलले हार्नुपरेको चर्चा पनि भएको थियो । यद्यपि यो घटनाले स्पेनको विजय यात्रामा खासै फरक पारेन । तर पनि एक पटक बिश्वकै कामुक पत्रकारको रुपमा भोट पाएकी २९ बर्षे साराको चर्चा भने सधै हुने गर्छ ।
मिचेल क्वाट्रोसिच (अल्बर्टो एक्विलानी)
सन् २००९ मा लिभरपुल क्लबमा जोडिनु अघि नै यी इटालियन मिडफिल्डर अल्बर्टो एक्विलानी मिचेलस“ग जोडिसकेका थिए । इटालियन कलाकार मिचेललाई विवाह गरे पश्चात सन् २०११ मा पहिलो सन्तानका रुपमा छोरी जन्मेकी छिन् । मिचेल भन्छिन्, ‘अल्बर्टो मेरो जीवनको सर्वाधिक महत्वपुर्ण प्रेमकथा हो । चलचित्र जस्तो हाम्रो सम्बन्ध भएको छ र हाम्रो प्रेम भोकाएको समयमा पाएको खिर जस्तो बनेको छ ।’
योलान्थे स्नेइडर–काबाउ (वेस्ले स्नेइडर)
किङ अफ इबिजाका रुपमा परिचित अर्बपति व्यवसायीकी छोरी योलान्थे नेदरल्यान्डको वास्तविक खेलाडीकी श्रीमतिका रुपमा परिचित बनेकी छिन् । सन् २०१० मा नेदरल्यान्डले हार्दा उनी एफएचएम म्यागेजिनको चार बर्षको अवधिमा तेस्रो पटक सर्बाधिक कामुक डच महिलाको उपाधि प्राप्त गरेकी थिइन् । योलान्थे संसारका विकासोन्मुख देशमा बाल यौन दुराचारका विरुद्धमा क्रियाशील ‘स्टप किन्डरमिस्ब्रुक’ की सह–संस्थापक तथा ब्रान्ड एम्बेसडर समेत हुन् ।
डानियला सेमान (सेस फेब्रिगेस)
फेब्रिगेस भन्दा १३ बर्ष बढी उमेरकी डानियलाले सन् २०११ मा अर्बपति श्रीमान् एली टाकटुकलाई छोडेकी थिइन् । गत बर्ष उनले छोरी लियालाई जन्म दिइन्, जतिखेर फेब्रिगेस बार्सिलोनाका लागि च्याम्पियन्स लिग खेलिरहेका थिए । गसिप म्यागेजिनमा चर्चामा छाइरहने डानियला आफ्ना साथीहरुका वीचमा ‘क्विन डीडी’ का नामले परिचित छिन् ।
फेनी नेगुइसा (मारियो बालोटेली)
अघिल्लो विश्वकपमा बालोटेलीको चर्चा निकै चुलिएको थियो । यो पटक उनका साथमा उनकी प्रेमिका फेनीको चर्चा पनि अवश्य हुनेछ । तर उनीहरु वीचको सम्बन्ध सधै अन्यौलमा रहेको पाइन्छ । सम्बन्ध छ वा छैन ? सही उत्तर कसैले दिन सक्दैन । इटालियन स्ट्राइकर बालोटेली र फेनी बीच सम्बन्ध छ भन्ने धेरैलाई थाहा हुदा हुदै पनि उनले सामाजिक संजालमा आफु ‘सिंगल’ भएको बताएकी थिइन् । इन्स्टाग्राममा यो जोडीको तस्बिरलाई लगभग ३ हजारले फलो गरेका छन् । तर पनि उनीहरुको सम्बन्ध भने सधै अन्यौलमै रहन् छ । फेनीले त एक पटक आफुले सम्पुर्ण जीवन बालोटेली जस्तै अर्को ब्यक्तिस“ग बिताउन सक्ने पनि बताएकी थिइन् ।
लेटिसिया सहगुन (जेभियर हर्नान्डेज)
मेक्सिकोका खेलाडी जेभियर र सहगुनवीचको सम्बन्ध अलि गोप्य मानिन्छ । यद्यपि चार बर्ष अघि म्यानचेस्टर युनाइटेडमा प्रवेश गर्दा सहगुन मध्य अमेरिकामै बसेकी थिइन् । तर उनीहरु त्यही समयमै ट्वीटर मार्फत एक अर्कास“ग जोडिइसकेका थिए । उनीहरुले आफुहरुवीचको सम्बन्धलाई गोप्य राख्न चाहेका थिए । तर गत महिना प्लेयर अफ द इयरको डिनरको समयमा उनीहरु वीचको सम्बन्ध सार्वजनिक भएको थियो ।
एम्रा सिलाज्दिक (एडिन द्जेको)
सिटी स्ट्राइकर द्जेको खासै चर्चामा आउन रुचाउदैनन्, तर उनकी बोस्नियन सुन्दरी गर्लफ्रेन्ड एम्रा भने उनी भन्दा फरक छिन् । यो बर्षको शुरुमै उनीहरु वीचको किसिङ सिनलाई इन्स्टाग्राममा पोस्ट गरिएको थियो । यसले गर्दा पनि उनीहरु वीचको सम्बन्ध सार्वजनिक भएको हो । बोस्नियन, फ्रेन्च र अंग्रेजी गरी तीन भाषामा पोख्त एम्राले एडिनको स्ट्राइकिङ क्षमतामा पनि वृद्धि गर्ने धेरैको अपेक्षा छ ।
एभान्जेलिना एन्डर्सन (मार्टिन डेमिचेलिस)
अर्जेन्टिनी मोडल एन्डर्सन ६ फिट अग्लो ब्वाईफ्रेन्ड मार्टिनको तुलनामा ४ फिट ९ इन्च मात्र अग्ली छिन् । उनको कपाल पनि उनी भन्दा धेरै लामो छ । मार्टिन रमाउने पार्टीमा उनले सधै साथ दिइरहेकी हुन्छिन् । यो बिश्वकपमा पनि अर्जेन्टिनाले बाजी मार्ने र उक्त पार्टीमा एन्डर्सन र मार्टिनको जोडी साथै हुने अपेक्षा धेरै अर्जेन्टिनी फ्यानले गरेका छन् । तर के हुन्छ, भविष्यले नै बताउला ।
पिलार रुबिओ (सर्जिओ रामोस)
टेलिभिजन प्रस्तोताका रुपमा स्पेनमा रुबिओलाई सबैले चिन्छन् । तर च्याम्पियन लिग बिजेता रामोसस“गको सम्बन्धलाई भने उनी खासै चर्चामा ल्याउन चाहदैनिन् । तर रामोसले नै टेलिभिजन शोकै माध्यमबाट यो सम्बन्धलाई सार्वजनिक गरिसकेका छन् । तर दुखको कुरा, उनले यो पटकको विश्वकपमा सायद सहभागी हुन पाउने छैनिन, किनकी त्यही समयमै उनले सर्जिओ जुनियरलाई जन्म दिनेछिन् ।
साम कूक (क्रिस स्म्यालिङ)
इंगल्यान्डका खेलाडी तथा म्यानचेस्टर युनाइटेडको डिफेन्डरका रुपमा परिचित क्रिस स्म्यालिङले फुटबलमा डिफेन्डको जादु कस्तो देखाउने हुन्, त्यो हेर्न बाकी छ । तर उनकी पेज थ्री गर्लफ्रेन्ड साम कूकले भने उनलाई राम्रै डिफेन्डको मौका दिएकी छिन् । ग्ल्यामर मोडलका रुपमा परिचित २९ बर्षिया कूक यही क्षेत्रमा ८ बर्ष काम गरिसकेकी छिन् । अब भने उनी अन्य क्षेत्रमा लाग्ने र क्रिसलाई सहयोग गर्ने बताउदै आएकी छिन् ।
लाइया ग्रासी (एलेक्सी सा“चेज)
दक्ष आर्ट डाइरेक्टर तथा डिजाइनरका रुपमा परिचित ग्रासी र चिलीका खेलाडी सा“चेजवीचको सम्बन्ध सन् २०११ मा सा“चेज बार्सिलोना लागेपछि विकसित भएको हो । निलो आखा भएकी गर्लफ्रेन्डस“गका तस्बिर अहिले पनि इन्स्टाग्राममा देखिन्छन् र धेरैले यो जोडीको विवाहको चर्चा गर्छन् । समूह बीमा रहेको चिलीलाई अझै राम्रो प्रदर्शन गराउनमा सा“चेजका साथमा लाइयाको पनि भूमिका हुने धेरैले तर्क गरिरहेका छन् ।
सराह ब्राडनर (बास्टियन स्वेन्स्टियर)
बायर्न म्युनिखको मिडफिल्डरका रुपमा परिचित बास्टियन र जर्मन मोडल सराहवीचको सम्बन्ध धेरैका लागि सार्वजनिक भैसकेको छ । क्लब र कन्ट्री वीचका विभिन्न खेलमा उनले आफ्नो ब्वाईफ्रेन्डलाई चियर गरिरहेकी हुन्छिन् र प्रायः जसो क्यामेरामा कैद भैरहेकी हुन्छिन् । उनको यो गतिबिधि ब्राजिलमा पनि हुने नै छ ।
मेलिसा साट्टा (केभिन–प्रिन्स बोटेङ)
एसी मिलानका लागि खेल्ने बोटेङले कतिपय अवस्थामा शारीरिक अवस्थाका कारण खेल्न सकेका थिएनन् । तर गत बर्ष भ्यानिटी फेयर म्यागेजिनस“गको अन्तर्वार्तामा ‘हप्तामा ७ देखि १० पटक सम्म गरिएको यौन क्रियाका कारण उनले खेल्न नसकेको’ अभिब्यक्ति उनकी टेलिभिजन प्रस्तोता श्रीमति मेलिसाले दिइन् । यसले उनीहरुको सम्बन्धलाई थप चर्चामा ल्यायो । २७ बर्षे साट्टा सन् २०११ यता केभिनस“गै साथमा छिन् । ‘म फोर प्लेलाई घृणा गर्छु ।’, उनले भनेकी थिइन्, ‘माथिल्लो पोजिसनमा बस्नु नै मेरो रुचीको पोजिसन हो, जसले गर्दा मैले आफैलाई नियन्त्रणमा राख्न सक्छु ।’ फोर प्ले नगरेरै सीधै प्वाइन्टमा जान चाहने उनले बताएकी थिइन् ।
कोलीन रुनी (वाइन रुनी)
बाल्यकालीन साथी कोलीन र वाइनका बीचमा सन् २००८ मा बिबाह भएको थियो । उनीहरु १२ बर्षकै उमेरमा लिभरपुलमा भेट भएका थिए । इंगल्यान्डका स्ट्राइकर वाइन रुनीको लोकप्रियताकै कारण कोलीनले पनि आफ्नै फिटनेस डिभिडी निकाल्न सफल भइन् भने आस्डा क्याम्पेनको फेस अफ आस्डाज जर्ज बन्न सफल भइन् । उनीहरुका ५ र १ बर्षका दुई सन्तान छन् । ४८ बर्ष यता बिश्वकप जित्न नसकेको इंगल्यान्डको घाउमा मलम लगाउनका लागि यो परिवार ब्राजिलमै हुनेछ ।
बेथानी डेम्पसी (क्लिन्ट डेम्पसी)
बेथानी सुन्दरताका लागि भन्दा पनि बुद्धिमानीका लागि प्रसिद्ध छिन् । अमेरिकी फरवार्ड डेम्पसीकी श्रीमति बेथानीले मास्टर्स डिग्री गरेकी छिन् । सन् २०१० को बिश्वकपमा स्पोर्ट्स इल्युस्ट्रेड म्यागेजिनले प्रकाशित गरेको ‘स्पेशल वल्र्ड कप वाइभ्स एडिसन’ मा बेथानी फ्रन्ट कभरमा छाएकी थिइन् ।
क्लेयर कोसिल्नी (लाउरेन्ट कोसिल्नी)
आर्सनलबाट खेल्ने लाउरेन्टकी श्रीमति क्लेयर र बाकरेकी श्रीमति लुडिभाइन सधै साथमा हुन्थे । अन्य खेलहरुमा यो जोडीको चर्चा सधै हुने गथ्र्यो । बिश्वकपमा पनि क्लेयर र लुडिभाइन साथै रहनेछन् र गत बिश्वकपमा फ्रान्सले गरेको कमजोर प्रदर्शनमा मलहम लगाउनका लागि भूमिका खेल्नेछन् ।
No comments:
Post a Comment