Sunday, March 17, 2013

पुस्तकमा ट्रक साहित्य

भीम घिमिरे/विराटनगर

सत्यको समर्थक 
जनताको भरिया
हतार छैन मित्र
बिन्दास जिन्दगी
नेपाल आमाको आशीर्वाद 
साइड छैन
समयको खेल
नशालु नयन
हसाउछ शेरेले
यो जीवनको के भरोसा –
साथमा के जान्छ

दृष्टिबाट समष्टि
मस्तीबाट सास्ती
जिन्दगी अनमोल छ
सौभाग्य मेरो
दुर्भाग्य तेरो
सत्य साधारण्
भ्रम ठूलो
शहरमा नोकर
गाउमा मालिक
पैसालाई सलाम 
प्रेम गर्ने समय छैन
प्रश्न गर्न सजिलो छ
दुनिया“ जस्तै म
एक नभई केही हु“दैन
गरी खान पाउ“
नेपाल प्यारो छ ।

बुझनेका लागि कविता
धेरै शब्द चाहि“दैन ।


मालवाहक ट्रकका पछि पछि नजर लगाएर संकलन गरेका मुक्तक, सायरी र तुक्कालाई पुस्तकाकार गरि“दा सम्पादक÷प्रकाशक सुविद गुरागाईले माथिका हरफहरू लेख्नु भएको छ । सवारी सडक छिचोल्दा यस्ता धेरै नया“ कुरा देख्न, सुन्न र भोग्न पाउ“छ, जो यात्रामा ननिस्कनेका लागि सम्भव हु“दैन । 

सवारीमा रंगरोगनमात्र हु“दैन, जीवन पनि बोल्छ । देश, काल, परिस्थिति, मान्छेका सोच र अनुभव पनि बोल्छन् । एक दसक लगाएर संकलित सिर्जनालाई पुस्तकमा समेटेपछि जुन दिन सार्वजनिकीकरण गर्नुपर्ने थियो, उहाले बाटामा एउटा ट्रक देख्नु भयो । त्यसको पुछारमा यस्तो लेखिएको थियो– 
जय शिवशंकर भोला
हाम्रो नया“ संविधान कस्तो होला
संघीय लोकतान्त्रिक गणतन्त्र
कसरी जोगाउने होला ।।

राष्ट्रपति डाक्टर, प्रधानमन्त्री पनि डाक्टर भए, चिन्ता नमान्नु अब राष्ट्रको उपचार चाडै हुन्छ । 

धरानमा भेटिएको को१ख १६६९ नम्बरको ट्रकको पुछारमा लेखिएका उपरोक्त पंक्तिहरू उहाको पुस्तक ‘ट्रक साहित्य ः संकलित सिर्जनाहरू’ मा समेटिएको थिएन । ‘देखियो, फोटो खिच्न लगाइयो,’ गुरागाईले भन्नु भयो, ‘यस्ता धेरै होलन् जो समेट्न सकिएन । तर, जे होस् सुरुआत भयो ।’ उहाले भने झै पत्रपत्रिकामा बेलाबखत ट्रक साहित्यको नामबाट प्रकाशित हुने शब्दश्रृङ्खला पुस्तकाकार स्वरूपमा आउनु पक्कै नौलो थालनी हो । यो काममा गुरागाईलाई फोटोपत्रकार नविन गडतौलाले साथ दिनु भएको छ । दुवैको जोडी जहा“ पुग्छ, ट्रक भेटिए त्यसका पछाडि के लेखेको छ भनेर हेर्छ ।  
मालसवामान ढुवानी गर्नेका पछिल्तिर लेखिएको भेटिने चोटिला मुक्तक, सायरी, उक्ती, कविता र मननीय भनाइका वास्तविक सर्जक भेट्न सजिलो छैन । चालक र सहचालक आफुले लेखेको होइन भनेर पन्छिन् । पेन्टर आफुलाई जसले जे लेख्न लगायो त्यही लेखेको भन्ने जवाफ दिन्छन् । 
उदास मुडको एउटा यात्रामा उहाले बसबाट बाहिर नजर दौडाउ“दा दसकअघि ना४ख ६२९० नम्बरको ट्रकका पछाडि यस्तो देख्नु भयो – 
हिमाल छ पहाड छ, विभिन्न ताल छ, 
बुद्ध जन्मेको देशमा बुद्धिको अनिकाल छ ।। 

धेरै कामहरू दुइ÷तीनपल्ट लगाएर गर्ने, कामको परिणाममाथि गम्भिरता नदेखिने र असरबारेको लापरवाहीपूर्ण नेपाली बानीमाथि उहालाई लाग्यो ‘ट्रकमा चोटिलो कुरा ठ्याक्कै लेखिएको हो ।’ त्यसपछि सुरु भयो उहाको संकलन यात्रा । २०५९ सालमा सुनसरीको इनरूवामा सहकारी अवधारणाअनुसार उहाले ‘करनाल’ नामबाट दैनिक पत्रिका प्रकाशनको जमर्को गर्नु भयो । यसको भित्री पातामा स्तम्भ राखियो ‘ट्रक साहित्य ।’ सुविद अनुभव सुनाउ“नु हुन्छ ‘करनाल नियमित हुन सकेन । पछि जुन जुन पत्रिकाका लागि काम गरियो, ट्रक साहित्य निरन्तर बन्यो ।’ सुनसरीको इटहरीमा बसेर शिक्षण र पत्रकारिता गर्ने उहाको बानी नै ट्रकका पछाडि लेखिएका शब्द लहर संलन गर्ने बस्यो । 

सुविदको अनुभवमा सामान्य मान्छेका दिनचर्यादेखि माया–प्रीति, विरह, परिवार, समाज, आस्था, मोजमज्जा, ठट्टा, जिम्मेवारी, चिन्ता, दिक्दारी, मह“गी, ट्राफिक नियम,सडकका जोखिम, देशप्रेम, राजनीति, पत्रकारिता, पर्यटन, सावधानी र जानकारी सबैथोक ट्रकमा भेटिए ।  भन्नु हुन्छ ‘मान्छेले देख्ने, भोग्ने, सोच्ने र व्योहोर्ने धेरै  भाव ट्रकका पछाडि लेखिएका भेटिए ।’ केही ठ्टयौला पनि र केही गम्भिर । उमेर अनुसार मान्छे विपरीतलि¨ीप्रति आकर्षित हुनु नौलो होइन । कतै मायाप्रीती, कतै असुरक्षित यौन सम्पर्क राख्दा हुने जोखिमप्रति चेतना दिने शब्द लहर पनि भेटिए । ना३ख ६०२४, बा२ख७४६५ र ना२ख ७२६४ नम्बरका तीनवटा ट्रकमा एउटै ठट्यौलो सायरी भेटियो । जो यस्तो छ – 
उकाली होस या ओराली होस् 
बीचमा एउटा ससुराली होस् 
गोरी होस् या काली होस् 
ससुरालीमा एउटा साली होस् ।।

जहा“ सडक बनेका छन्, त्यहा“ मालसामान ढुवानी गर्दै सवारी साधन पुगेका छन् । सवारीका बाटा थरि–थरि  छन् । चालक, सहचालक, मिस्त्री र डेन्टिङ–पेन्टिङ गर्नेहरू सबैका भोगाइका अभिव्यक्तिका आºना शैली छन् ।  मालवाहकको मुकाम र विश्रामको थलोहरू अन्य सवारीसाधनका तुलनामा केही फरक छन् । 
बसका चालक र स्टाफ अनि यात्रुका लागि बाटामा खाना खाने होटल ट्रकको भन्दा फरक हुन्छन् । ट्रक होटलमा सानो भा“डोमा तीन÷चार जनाका लागि खाना पाक्छ । गाडी आउनुअघि नै पाकेर मान्छे पर्खिने खाना भरसक ट्रक चालक मन पराउ“दैनन् । धेरै व्यञ्जन आवश्यक छैन । तर, गाडी रोकेपछि खाना बसालिन्छ । थोरै परिकार, केही घण्टा विश्राम अनि फेरि गन्तव्यको बाटो अघि लाग्छ मालवाहक सवारी । स्टेयरिङ, ब्रेक, बाटाका घुम्ती र यात्रारत जीवनका भोगाइ आफैमा नौला छन् । गुरागाईको पुस्तकले ट्रक साहित्यको तिनै भाषा बोल्छ । ३ सय १५ वटा मुक्तक, कविता, सायरी, मननीय भनाइ र विभिन्न अभिव्यक्ति समेटिएको पुस्तकमा सवारीस“ग सरोकार राख्ने चालक, पेन्टर र ट्राफिक प्रहरीका भनाइ पनि समावेश गरिएका छन् ।   
पुस्तकमा बिरगञ्जका पुराना पेन्टर सीताराम साहस“गको कुराकानी छ । उहाले भन्नु भएको छ ‘मैले पढेको छैन, सायरी आउ“दैन । तपाई जस्तो दिनुहुन्छ , म त्यस्तै लेखिदिन्छु ।’ साहको भनाइले ट्रकका पछाडि लेख्नेहरू आफैले आºना भावना लेखेको होइन रहेछ भन्ने देखाउ“छ । बडी तयार भएर रंगरोगन थालेपछि गाडीधनीले   चालक र सहचालक खोज्छन् । अर्काको गाडीमा कर्मचारी भएर आएकाहरूले सम्भव भए आºना रसलिा कुरा कतै कतै लेखाउन सक्छछन् । नभए जहा“ गाडीको डेन्टिङ–पेन्टिङ गरिन्छ, सर्जक देखा पर्दैन । २३ वर्ष ट्रक कुदाएर रामहरि केसीको अहिले आºनै ट्रक छ । १५ वर्षदेखि उहा आºनै ट्रक कुदाउ“नु हुन्छ । ‘घर छाडेर बाहिर हिड्दा अरूले भनेजस्तो रमाइलो हु“दैन । यो लाइनमा हिड्नेहरू सबै ठीक छन् भन्न सकिन्न,’ उहा भन्नु हुन्छ,   ‘कतिको गाडी कुदाउने चाल ठीक हु“दैन, कसैको बोलीवचन मीठो हु“दैन । तर, सबै खराब हुदैनन् ।’ 
कवि कृष्णभुषण बलका विचारमा ट्रकमा भेटिने शब्दजाल साहित्यमा नया“ स्वाद हुन् । उहाले भन्नु भयो ‘कसले लेख्छ भन्ने थाहा हु“दैन । तर, धेरैमा मन छुने कुरा लेखिएका हुन्छन् । पुस्तकले ती कुरा समेटेको रहेछ ।’ कलाकार विक्रम श्रीका अनुसार रंग, चित्र र त्यसलाई पेन्टिङ गर्ने शैलीलाई गहिरिएर हेर्ने हो भने ट्रकमा मुक्तक र सायरीमात्र होइन कलाको पुरातन इतिहास नै भेटिन्छ । उहाले भन्नु भयो ‘उपयोग गरिने रंग र चित्रले विभिन्न कालखण्ड र भाव समेटेको हुन्छ ।’  १ सय २० पृष्ठको पुस्तककका लागि अपेक्षित पहिला पाठक चालकहरू नै हुन् । त्यसैले पुस्तक उनीहरूले किन्न सक्नेगरि १ सय रूपैया“ मूल्य राखिएको छ । धेरै ट्रकमा प्रसिद्ध कविका कविताका अंश पनि भेटिन्छन् । कतिमा सिकारुले बल गरेर मुक्तक कोरेजस्ता पनि भेटिन्छन् । ना४ ख २५८२ र ना४ख ४८३६ मा यस्तो भेटिएको पुस्तकमा उल्लेख छ ।  
बिन्दास गाडी बिन्दास टुर
लभ्ली ड्राइभर आºनै सुर ।।





No comments:

Post a Comment