Monday, March 11, 2013

हिट्कोको दमकल

 हिट्को प्रालिले नेपालमा धेरै बर्ष अगाडी देखि नै दमकल बिक्री गर्दै आएको हो । कम्पनीले शुरुमा २०३४ सालतिर चब नामक ब्रिटिश कम्पनीद्वारा उत्पादित दमकल, फायर एक्स्टिङग्विसरलगायतका यन्त्र बिक्री गथ्र्यो । त्यतिखेर नै कम्पनीले नेपालभरका नगरपालिकालाई २९ थान दमकल बिक्री गरेको हिट्कोका प्रबन्ध निर्देशक प्रदीपमान प्रधान बताउनु हुन्छ । धेरै बर्ष अगाडी नै हवाई विभागलाई समेत २ थान दमकल बिक्री गरेको उहा“ले बताउनु भयो । कम्पनीले २०२८ सालमा मिनिम्याक्स कम्पनीका दमकल बिक्री गरेको थियो । हालसालै कम्पनीले नेपाली सेनालाई न्युएज कम्पनीको दमकल उपलब्ध गराएको छ ।
न्युएज भारतीय कम्पनी हो । यसमा टाटा कम्पनीको च्यासिस प्रयोग गरिएको छ ।
नेपालका एयरपोर्टमा फ्रान्स, स्वीडेन, बेलायतलगायत देशका दमकल प्रयोग गरिएको छ । यी दमकल साजेम, रोजेनभावेर, चब आदि ब्रान्डका छन् । नेपालका नगरपालिकाले प्रयोग गर्ने दमकल धेरै जसो सहयोगको रुपमा उपलब्ध भएका हुन् । नेपालमा केही वर्ष अघि सार्क सम्मेलन हुदा जापानले मोरिटा ब्रान्डका दमकल उपहारका रुपमा दिएको थियो । यो भन्दा पहिले पनि जर्मनीका म्यागुरस डच लगायत ब्रान्डका दमकल सहयोगकै रुपमा उपलब्ध भएका छन् । अबको केही समयमा पनि इटाली, भारत, चीन र जापानले नेपालका विभिन्न संस्थालाई सहयोगको रुपमा दमकल उपलब्ध गराउदै छन् । 

दमकल समेत  बिक्री गरिरहेका छौं
प्रदीपमान प्रधान
प्रबन्ध निर्देशक, हिट्को प्रालि
हिट्कोले कस्ता खालका दमकल बिक्री गर्छ ?
हिट्कोले शुरुमा फायर एक्स्टिङग्विसरलगायतका यन्त्र बिक्री गथ्र्यो । प्रारम्भमा २०३४ सालतिर चब नामक ब्रिटिश कम्पनीद्वारा उत्पादित दमकल, फायर एक्स्टिङग्विसरलगायतका यन्त्र बिक्री गरेको थियो । त्यतिखेर नै कम्पनीले नेपालभरका नगरपालिकालाई २९ थान दमकल बिक्री गरेको थियो । पहिले सरकारले टेण्डर आह्वान गर्दा हिट्कोलाई दमकल उपलब्ध गराउने अवसर जुुर्यो । त्यतिखेर वितरण गरिएका दमकल नै अहिले पनि धेरै नगरपालिकाहरुमा छन् । 
नगरपालिकालाई मात्र बिक्री गरेको हो ?
यो भन्दा पहिले मिनिम्याक्स कम्पनीका दमकल पनि बिक्री गरेको थियो । पछिल्लो समयमा हवाई विभागलाई समेत २ थान दमकल बिक्री गर्यौ । हालसालै कम्पनीले नेपाली सेनालाई न्युएज नामक भारतीय  कम्पनीको दमकल उपलब्ध गराएको छ । 
कस्ता दमकललाई राम्रो मान्न सकिन्छ ?
कुनै पनि दमकल पुर्णतया प्रयोगका लागि तयार हुदैन । यसमा विभिन्न प्रकारका एसेसरिजहरु जडान गर्नु पर्छ । यसमा पानी राख्न, आगो निभाउन र चलाउन तथा अन्य प्रयोजनका लागि विभिन्न प्रकारका पार्ट्सको प्रयोग गरिएको हुन्छ । कस्तो र कुन गुणस्तरको एसेसरिज राख्ने भन्ने कुरा ग्राहकको मागमा भर पर्छ । विशेषत एयरपोर्टमा प्रयोग गरिने दमकल मह“गा हुन्छन् । यी दमकल गुड्दै पनि गर्ने र पानी पनि फाल्ने हुनु पर्छ । सहरका लागि भने त्यस्ता दमकल आवश्यक पर्दैनन् । सहरी क्षेत्रका लागि रोकिएर पानी फाल्ने खालका दमकल आवश्यक हुुन्छन् । विशेषत आरआइभी अर्थात र्यापिड इन्टरभेन्सन भेइकल भनिने साना खालका दमकल यसमा बढी प्रयोग हुन्छन् । यस्ता दमकलले पानी बोक्ने काम गर्छन् । ठुला दमकलले पानी बोक्न समस्या हुने हुदा यी आरआइभीको प्रयोग गरिन्छ । 
यस्ता एसेसरिज नेपालमा उपलब्ध हुन्छन् ?
अन्य देशले दिएका दमकल चलुञ्जेल चलाउने र कुनै सामान बिग्रिए पछि त्यत्तिकै थन्क्याउने चलन नै भैसकेको छ । कुनै सामान बिग्रिएमा ल्याउनु प¥यो भने धेरै खर्च लाग्छ । त्यसैले पनि यस्तो समस्या भएको हो । पछिल्लो समयमा भारतमा निर्मित दमकलको प्रयोग बढ्न थालेको छ । भारत नेपालदेखि नजिकै भएकाले त्यहा“बाट विभिन्न एसेसरिज र पार्ट्स ल्याउन पनि धेरै समस्या नहुन सक्छ । त्यसैले  यस कुरामा सबैको ध्यान जानु आवश्यक छ । पानीको समस्या, तालिम प्राप्त जनशक्तिको अभाव आदिका कारण पनि यी दमकललाई उपयोगमा ल्याउन समस्या भएको छ । 




No comments:

Post a Comment