Wednesday, March 13, 2013

संसारका दश उत्कृष्ट ट्याक्सी


विश्वका चर्चित महानगरहरुका सार्वजनिक यातायात प्रणालीमा महत्वपूर्ण स्थान राख्ने ट्याक्सीहरुका आ—आप्mनै मौलिक स्वरुप हुन्छन् । नेपालमा खासगरी मारुती ८०० लाई ट्याक्सीका रुपमा प्रयोग गरको पाइन्छ । तर संसारका विभिन्न देशमा विभिन्न् ब्रान्डका ट्याक्सी प्रयोग गर्ने चलन छ । संसारका विभिन्न देशका ट्याक्सीहरुमा यात्रुहरुलाई दिइने सेवा,सुविधा र भाडादरमा समेत विविधता पाइन्छन् ।

यीनै सेवा, सुविधा, मौलिक स्वरुप र भाडादरका दांजोमा विश्लेषक संचारकर्मी ब्यारी नेल्डको नजरमा प्रस्तुत छ विश्वका दश उत्कृष्ट सहरी ट्याक्सीहरु
१. ब्ल्याक क्याब, लण्डन
लण्डन सहरका २५ हजराको संख्यामा रहेका गल्लीहरुमा चल्ने सार्वधिक चल्तीका सवारी हुन् काला ट्याक्सी, ब्ल्याक क्याब । एउटा सुटकेश राख्न र बढीमा पांच जना चढ्न मिल्ने ब्लयाक क्याब महारानी एलिजावेथको दरवारदेखि संसदसम्म चल्ने गरेका छन् । इन्जिनियरहरुले यस ब्ल्याक क्याबको इन्जिन, बडि र स्टेयरिङ लण्डनकै विस्तृत र मौलिक स्वरुपमा डिजाइन गरेका छन् । लण्डनमा यो ब्ल्याक क्याब ट्याक्सी सस्तो माछा र आलुचिप्स जस्तै चल्तीको सवारी मानिन्छ । 

२. न्यूयोर्कका पहेंला ट्याक्सी

अमेरिकाको न्यूयोर्क सहरका पहेंला कारहरु एल्लो क्याबका नाममा विश्वभर नै प्रसिद्ध छन् । शक्तिशाली भी ८ इन्जिन भएका यस्ता ट्याक्सीहरु सहरी यात्राका लागि राम्रा र अरामदायी मानिए पनि अविश्वनीय प्रदुषणकारी भएकाले निशान विद्युतीय ट्याक्सीले यी चल्तीका सवारीलाई विस्थापित गर्नै लागेको छ । तर आउदो विद्युतीय निशान ट्याक्सीको रङ्ग पहेंलो नै राखिने भएकाले न्युयोर्कको स्थापित ट्याक्सीको इतिहांस ‘ न्यूयोर्क क्याबको रुपमा ’ यथावत नै रहने भएको छ । 


३. हवानाका लाइसेन्स विनाका ट्याक्सी

युगौ पुराना कारहरुलाई रङ्गरोगन गरेर ट्याक्सीको रुपमा संचालनमा ल्याउनु क्युवाको राजधानी हवानाको बाध्यतानै बनेको छ । यहांका अधिकांश ट्याक्सीहरु अबैध र अनौपचारिक रुपमा संचालित छन् । तर तपाई कोला, रम र सोडाको सौखिन हुनुहुन्छ भने तपाईका लागि अबैध ट्याक्सी केहि पनि होइन । तपांई यस्ता ट्याक्सी चढ्ेर हवानामा सजिलै घुम्न सक्नुहुन्छ ।




४. मुम्बईवासीको सेवामा एम्बेसडर
भारतको पर्यटकीय एवं औधोगिक नगरी मुम्बईमा जहांजति प्रयोगमा आउने सना सहरी सवारी हो पुरानो मोडलको एम्बेसडर कार । सन् १९४८ देखि यो कारलाई ट्याक्सीको रुपमा सार्वजनिक प्रयोगमा ल्याईको हो । निरन्तर हिन्दी पप गीतहरु बजाउदै संचालनमा आउने यो ट्याक्सीको सेवा विश्वनीय र सस्तो भएको उपभोक्ताहरु बताउंछन् । चालकहरुले सस्तो र विश्वनीय सेवा बाहेक टिप्सको पनि अपेक्षा नगर्नु यो ट्याक्सीको विशेषता भएको बताउंछन् ।


५. बैङक्कमा लोकप्रिय तीन पाङग्रे अटो रिक्सा

थाइल्यान्डको राजधानी बैङक्कमा तीन पाङग्रे अटो रिक्सा सबभन्दा लोकप्रिय सार्वजनिक सवारीसाधन मानिन्छ । सांङला जतिकै यत्रतत्र देखिने र हर्न बजाउदै हिडने यी सवारी अरु भन्दा बढी सुरक्षित र सस्तो मानिन्छन् । तर हिजोआज चार पाङग्रे ट्याक्सीले यी तीन पाङग्रे अटो रिक्सालाई व्यवसायीक प्रतिस्र्पधामा चुनौति दिनथालेका छन् । 





६. बर्लिनमा बीएमडब्ल्यु चलाउने सुन्दरी

 जर्मनीको बर्लिनमा बीएमडब्ल्यु ब्राण्डका ट्याक्सीहरु चल्तीका सवारी मानिन्नछन् । सहरमा चाहिएको ठाउंहरुमा घुम्न वा आउजाउ गर्न यी ट्याक्सीहरु अत्यन्तै रुचाईएका छन् । खास गरेर नवयौवना युवतीले संचालन गर्ने र निकै तीब्र गतिकासाथ चल्ने हुनाले यस्ता ट्याक्सी निकै नै लोकप्रिय छन् । यात्रुले चाहेमा ट्याक्सी चालक सुन्दरीसंग पुरै सहर एकमुष्ट भाडा तिरेर सयरको स्वाद लिन सक्छन् ।



७. हङकङ सहरका टोयोटा

 खेलौना जतिकै जताततै हुइकिरहेको देख्न सकिने हङकङ सहरका टोयोटा ब्राण्डका ट्याक्सीहरु राता, हरिया र नीला रङ्गका छन् । यी ट्याक्सीहरु ज्यादै महंगा छन् । ट्याक्सी चढ्दा मिटरमा ध्यान पुगेन भने गोजि रितिएको थाहै हुदैन । ट्याक्सी ड्रइभर डलर साट्ने निहुमा जतासुकै पनि जानसक्छ र तपाई लामो समयसम्म कुर्याकुरयै हुनुपर्ने पनि हुनसक्छ । यहांको यहि नै सबभन्दा ठूलो समस्या छ । ट्याक्सीमा एसी छैन भने ट्याक्सी नचढे पनि हुन्छ  किनभने यहां मान्छे चिसोले मरे जस्तै हुन्छ । 

८. मस्कोको सार्वधिक महंगो पोस्र्चे
रुसका अधिकाशं सहरी मानिसहरु आप्mनै व्यक्तिगत डुङ्गा, महंगा कार र हेलिकोप्टर चढ्छन् । तर पनि मस्को सहरमा पोस्र्चे नामक ट्याक्सीहरु सार्वजनिक सवारीसाधनको रुपमा मानिसहरुले व्यापक रुपमा चढ्ने गरेका छन् । धेरै दिनसम्मका लागि पोस्र्चे चढ्ने हो भने आफुले चाहे जस्तै रंग लगाउन सकिन्छ । तर मस्को सहरका ट्याक्सी चढ्नेवितिकै कम्तीमा पनि एक सय डलर तिर्नै पर्छ किनभने यहांको ट्याक्सीको मिटर ९५ युएस डलरदेखि उठन शुरु हुन्छ ।


९. सांघाईका भक्सवागन जेटा
अत्याधुनिक संघाई सहरका एउटै रुपका भक्सवागनका जेटा ब्रान्डका ट्याक्सी सहरको भव्यता र आधुनिकतासंग ठ्याक्कै मेल खान्छन् । यी ट्क्यासीहरु सांचै आधुनिक, तेज गतीका र सोचे जस्तै सस्ता पनि छन् । चढ्दा र ओर्लिदा खुट्टा टकटक्याएर मात्र चढ्न र ओर्लिन पाइने यी ट्याक्सीहरु सफा मानिन्छन् । यी ट्याक्सी सांघाई सहरमा जहांतहि चढ्न पाइन्छ । 




१० मेक्सिको सिटीका भक्सवागन बिटल्स
धेरैलाई मन नपरे पनि मेक्सिका ेसिटी सहरमा बिट्ल्स नामक ट्याक्सीकोे यातायाता क्षेत्रमा आप्mनै पहिचान छ । सानो तर अरामदायी सिट भएका बिट्ल्सलाई सहरको सबभन्दा सजिलो सवारीसाधनको रुपमा यात्रुहरुले प्रयोग गर्छन् । धुंवाको मुस्लो छोड्दै र पिंपिं गर्दै हिड्ने यी ट्याक्सीहरुलाई लागुपदार्थ ओसारपसार गर्ने तस्करहरुले छुरीकोे इसारामा हिडाउने गरेका आरोप समेत लाग्ने गरेको छ ।  लाईसेन्स नभएका ट्याक्सी चालकहरुले यात्रुहरुलाई झ्याम्लाङझुम्लुङ पार्नु यहां अनौठो मानिदैन ।









No comments:

Post a Comment