
प्लस टु जेनेरेशनले मोटरसाइकल चलाउन पाउने कि नपाउने ? यो अहिले ताजा वहसको विषय वनेको छ ।
– मोटरसाइकलमा हुइकिदै पिरामिड कलेजवाट घर फर्किरहेका एक छात्राको पेप्सीकोला नजिकै दुर्घटनामा मृत्यु भयो । मोटरसाइकल चलाइरहेका छात्र भने मृत्युको मुखवाट जोगिए ।
– स्कुटी चढेर कलेज आउदै गरेकी जेभियर इन्टनेशनल कलेजकी छात्रा रेशु शाक्य गंभिर दुर्घटनामा परिन् । भाग्यवस उनको ज्यान त जोगियो तर दुवै खुट्टा जोगाउन सकिएन ।
– एसएलसी उत्तिर्ण गरेको खुसीमा अभिभावकले आफ्ना छोरालाई मोटरसाइकल उपहार दिए । सोहि दिन कालोपुल नजिकै दुर्घटनामा परेका उनले आफ्नो जीवनयात्र त्यस भन्दा अघि वढाउन सकेनन् ।
यि केहि उदाहरण मात्र हुन्, मिहिन गरेर नियाल्ने हो भने यस्ता दुर्घटनाको ऋंखला लामै हुन सक्छ । खासगरी स्कुटी÷मोटरसाइकलमा हुइकिने प्लस टु जेनेरेशनका विद्यार्थीहरु दुर्घटनाका शिकार वन्ने गरेको पाइन्छ । कलेज जीवनमा प्रवेश गरे लगत्तै आफुलाई स्वातन्त्र महषुस गरेर उत्तेजक एवं भड्किलो शैलीमा मोटरसाइकलमा सवार हुन रुचाउ“छन्, उनीहरु । साथीको देखासेखीमा आवश्यक्ता भन्दा वढी गतिमा मोटरसाइकल हा“क्ने उनीहरु सधैभरी दुर्घटनाको जोखिममा हुन्छन् । प्लस टु जेनेरेशनका यहि मानसिकता र शैलीलाई वुझेर राजधानीका कलेजहरुमा अहिले एउटा वहस सुरु भएको छ, मोटरसाइकल कुदाउन दिने कि नदिने भन्ने विषयमा ।
कतिपय कलेजले आफ्ना विद्यार्थीलाई मोटरसाइकल चलाउनमा पूर्णत वन्देज गरेको छ । कतिले भने आवश्यत्तालाई मध्यनजर गरी केहि खुकुलो नियम वनाएका छन् भने केहिले चाहि ‘विद्यार्थीको मर्जीलाई’ कुनै छेकवार गरेको छैन । मोटरसाइल चलाउन नदिए कलेजमा विद्यार्थीको चाप घट्ने सोचाइ पनि अहिले प्रवल वन्दै गएको छ । यसैले विद्यार्थीको तानातनमा लागेका अधिकांश कलेजहरु ‘मोटरसाइकल निषेध’ गर्न खासै जा“गर देखाएका छैनन् । केहि हदसम्म यो वुझाइ पनि सहि मान्न सकिन्छ । केहि समय अघि राजधानीका नामी मध्येकै एक कलेज ‘चेल्सी इन्टरनेशनल एकेडेमी’ले भर्ना आवेदनको विज्ञापनमै मोटरसाइकल चलाउन नपाइने जानकारी गरायो । चेल्सीमा पढ्न आउने विद्यार्थीले कम्तीमा दुइ वर्ष मोटरसाइकल चलाउन नपाइने वताइयो । परिणाम के भइदियो भने, भनेजति विद्यार्थी नै भर्ना हुन आएनन् । विद्यार्थीको संख्या ह्वात्तै घट्यो ।
तर, सवैको अवस्था चेल्सीकै जस्तो भने छैन । केहि यस्ता कलेजपनि छन्, जहा“ मोटरसाइकल चढेर आउन पाइदैन । तैपनि विद्यार्थी चाप थेगिनसक्नु छ । ललितपुरको युनाइटेड एकेडेमी यसको उदाहरण हो । ‘त्यहा“ मोटरसाइकल चलाउन पाइदैन’ युनाइटेडवाट प्लस टु सिध्याएकी अनिशा देवान भन्छिन्–‘तैपनि त्यहा“ भर्ना हुन आउने विद्यार्थी चापाचाप हुन्छ ।’ उच्च माध्यामिक शिक्षा परिषद्को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै आएको युनाइटेडले मोटरसाइलमा वन्देज लगाएर पनि विद्यार्थी अभावको समस्य झेल्नुपरेको छैन । नतिजाको हिसावले उत्कृष्ट मानिने ललितपुरकै प्रसादी एकेडेमी र विराटनगरको मेरिल्यान्ड उच्च माविले पनि मोटरसाइकल चलाउन नपाइने नियम कडाइका साथ लागु गरेको छ ।
कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेजका प्रवन्ध निर्देशक लोकवहादुर भण्डारी प्लस टु पढ्नेले मोटरसाइकल चढ्न अनावश्यक भएको तर्क राख्छन् । ‘कलेजका मात्र होइन, हरेक टिनएजर्सले मोटरसाइकल चलाउ“दा विशेष सावधानी अपनाउनुपर्छ’ भण्डारी थप्छन्–‘विशेष परिस्थिती वाहेक मोटरसाइकल नचढ्नु नै वेश ।’ प्रज्वल क्षेत्री भने मोटरसाइकल चलाउनमा कुनै अवरोध नगरेको वताउ“छन् । एनसिसि कलेज पकनाजोलका कार्यक्रम निर्देशक उनी भन्छन्–‘कतिपय अवस्थामा मोटरसाइकल आवश्यक्ता पनि हुन सक्छ ।’ यद्यपी मोवाइलमा भने पुरै प्रतिवन्ध लगाएको उनले वताए । एसएलसी पछि क्याम्पस जीवन सुरु गर्ने विद्यार्थीहरु वढी स्वातन्त्र उपभोग गर्न खोज्ने काष्टमण्डप कलेजका प्रिन्सिपल सुरेन्द्र थापा वताउ“छन् । ‘यो उमेरमा आउने लहड हो’ थापा भन्छन्–‘यसलाई कसरी म्यानेज गर्ने भन्ने कुरा हामीले सिकाउनुपर्छ ।’ मोटरसाइकल चढ्नु विद्यार्थीको निड हो या डिजायर ? यहि कुरालाई वुझेर काष्टमण्डले त्यही अनुसारको नियम तय गर्ने उनको भनाइ छ । ‘यदि आवश्यक नै हो भने त्यसमा वन्देज लगाउनुको अर्थ छैन’ उनले थपे ।
राजधानीका लगभग सवै कलेजले विद्यार्थी वोक्न छुटै वसको व्यवस्था गरेको छ । यसवापत विद्यार्थीवाट सीमित पैसा पनि असुल्ने गरेका छन् । आफ्ना विद्यार्थी वटुल्दै कलेज हाताभित्रै जान्छन्, यि वसहरु । भनौ, विद्यार्थीले कुनै झन्झट विना नै कलेज र आफु वसेको स्थान आउजाउ गर्न सक्छन् । यद्यपी कलेजले उपलव्ध गराएको यो सुविधाले सवै विद्यार्थी लाभान्वित हुन्छ भन्ने छैन । कतिपय विद्यार्थीहरु अलि विकट वस सेवा सञ्चालन नभएको स्थानमा पनि वसेका हुनसक्छ । कलेजको दुरी लामो छ भने हिडेरै कलेज सम्म पुग्न संभव हुदैन, यि विद्यार्थीहरुलाई । आफुले अध्ययन गर्ने कलेज र सार्वजनिक यातायातको रुट पनि नमिल्न सक्छ । यस्तो वेला मोटरसाइकलको विकल्प छैन । त्यसैले यस्ता समस्यमा रहेका विद्यार्थीहरु ‘मोटरसाइकल निषेध कलेजमा’ पढ्नवाट वञ्चित हुनुपरेको अवस्था पनि छ । ‘कतिपय विद्यार्थी वाध्यतामा हुन्छन्’ ह्वाइट फिल्ड कलेज सोह«खुट्टेका संस्थापक प्रिन्सिपल पारस श्रेष्ठ भन्छन्–‘यस्तो अवस्थामा मोटरसाइकल प्रतिवन्ध गर्नु भनेको उनीहरुमाथि अन्याय गर्नु हो ।’ स्वभावैले प्रविधिमैत्री यो पुस्तालाई प्रविधिवाट अलग्याउन नहुने उनको धारणा छ ।
पुरानो वानेश्वरस्थित न्यु समिट कलेजले मोटरसाइकलमा पूर्ण प्रतिवन्ध लगाएको छ । विद्यार्थीको अनुसाशनलाई जोड दिदै आएको कलेजले मोवाइल र मोटरसाइकल चलाउन नदिने नियम लागु गरेको हो । ‘मोटरसाइकल चढ्न दिइयो भने उनीहरु त्यसैमा वढी केन्द्रित हुन्छन् र पढाइमा ध्यान दिदैनन्’ कलेजका प्रवन्ध निर्देशक अजय ढकाल भन्छन्–‘साथीले कस्तो वाइक किन्यो, कति सिसिको छ, कुन डिजाइन छ भन्ने कुरामै वढी अल्झन्छन् ।’ विद्यार्थीलाई प्रविधिवाट अलग राख्ने नियत नभएपनि त्यसको वढ्दो दुरुपयोग रोक्न प्रतिवन्धित गरेको उनले वताए ।
अहिलेको जमानामा मोटरसाइकल कुदाउने विद्यार्थी अनुशासनहिन, पढाइमा कमजोर हुन्छ भन्नु ‘पुरातनवादी सोच’ रहेको कतिपय विद्यार्थीहरुको आरोप छ । यात्राका लागि सहज माध्याम भएकाले नै मोटरसाइकल प्रयोग गर्ने गरेका पनि उनीहरुको भनाइ छ । ‘मोटरसाइकल चढ्नुको फाइदालाई पनि हेर्नुपर्छ’ नोवेल एकेडेमी नया“ वानेश्वरवाट प्लस टु सिध्याएका विद्यार्थी सुरज थापा भन्छन्–‘यसको नकारात्मक कुरा मात्र हेरेर भएन ।’ वरु संयमित र सभ्य ढंगमा मोटरसाइकल कुदाउनुपर्ने उनको तर्क छ ।
विद्यार्थीका निम्ति समय निकै मूल्यावान हुन्छ । क्यारियर निर्माणका क्रममा रहेका उनीहरु समय व्यवस्थापनमा थोरैमात्र चुक्यो भने सम्पूर्ण जीवननै वर्वाद पनि हुन सक्छ । अतः यो संवेदनशिल घडीमा उनीहरु घण्टौ सार्वजनिक यातायात पर्खनुपर्ने वाध्यतावाट मुक्ति चाहन्छन् । चिप्लेकिराको गतिमा गुड्ने सार्वजनिक यातायातमा यात्रा गर्दा धेरै समय व्यार्थ नष्ट गर्नुपर्ने विद्यार्थीहरुको वुझाइ छ ।
निजी उच्च माविहरुको छाता संगठन उच्च माध्यामिक विद्यालय संघ (हिसान)ले प्लस टुमा मोटरसाइकल प्रतिवन्ध लगाउने नीति लिएको छ । हिसान सहित निजी तथा आवसिय विद्यालय अर्गनाइजेशन (प्याबसन) र अभिभावक संघले हालै प्लस टु वा सो सरहको तहमा मोटरसाइकल प्रयोगमा निरुत्साहित गर्न महानगरिय ट्राफिक महाशाखा स“ग सम्झौता गरेको छ । हिसानले त प्लस टु तहका विद्यार्थीले मोटरसाइकल हा“केर कलेज आउन नपाउने आचरसहिंता नै वनाएको छ । तर, सवै कलेजले यो आचरसहिंतालाई स्विकारेको छैन । ‘छोराछोरीको क्षणिक खुसीको लागि अभिभावकहरु मोटरसाइकल किनिदिन्छन्’ हिसान अध्यक्ष उमेश श्रेष्ठ भन्छन्–‘तर, मोटरसाइकल लिएर निस्केका छोराछोरी घर सकुशल फर्केलान् भन्ने चिन्ताले हरेक क्षण अभिभावक पिरोलिइरहेका हुन्छन् ।’ उनको कुरालाई अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी पनि स्विकार्छन् । भन्छन्–‘कमाएको पैसा भद्दा प्रदर्शन गर्ने होड चलेको छ तर यस्तो आडम्वरले कलिला छोराछोरीको ज्यान गएर जीवनभर पछुताउनुपर्ने हुनसक्छ ।’
अल्लारे जोशले विगार्छ
एसएलसी तह सिध्याएका विद्यार्थीहरु टिनएज अवस्थाकै हुन्छन् । यो यस्तो उमेर हो, जुनवेला मस्तिष्कले भन्दा ज्यादा मनले काम गर्छ । उनीहरुले गर्ने कुनैपनि निर्णय त्यती परिपक्क हुदैन । साथीको लहलहै र देखासेखीमा वहकिने उमेर हो यो । मोटरसाइकल चलाउने लहड पनि यसैको नतिजा हो । आफ्ना साथीले चढेको देखेरै कतिपयले मोटरसाइकल किन्छन् र नजानिदो किसिमको प्रतिस्पर्धामा सामेल हुन्छन् । मोटरसाइकलको व्रान्ड, डिजाइन, क्षमतामा मात्र होइन हुइकाउने कुरामा पनि प्रतिस्पर्धा चल्छ, उनीहरुवीच । यसरी साथीहरुस“गको होडमा अनियन्त्रित रुपमा मोटरसाइकल हुइक्याउने क्रममै उनीहरु दुर्घटना पर्न सक्छन् । प्लस टु जेनेरेशनका लागि मोटरसाइकल चलाउनु यतिमात्र वेफाइदा छैन । उनीहरु मोटरसाइकल किनेपछि कलेजमा भन्दा अन्यत्रै रमाइलोमा भुलिने, कलेज वंक गर्ने समस्य छ । त्यसैगरी मोटरसाइकल नहुनेहरुले आफ्ना अभिभाकमाथि अनावश्यक दवाव दिन्छन् । यसले गर्दा कलेजको वातावरण पुरै विथोलिन सक्छ ।
डरलाग्दो सवारी दुर्घटना
सवारी दुर्घटनाका कारण अनाहकमा सर्वसाधरणले ज्यान गुमाउनु परिरहेको छ । महानगरिय ट्राफिक महाशाखाका अनुसार चालु आर्थिक वर्षको सुरु (२०६८ साउन १ देखि) जेठसम्म उपत्यकामा ८ हजार ३ सय १५ सवारी दुर्घटना भएको छ । जसमा १ सय ४० जनाले त जीवन नै गुमाएका छन् । यसमध्ये मोटरसाइकल दुर्घटनाको संख्या ३ हजार २ सय ४ छ । अधिकांश मोटरसाइकल दुर्घटनामा १६ देखि २५ वर्ष उमेर समूहका छन् । यसवाट किशोर एवं युवावर्ग नै मोटरसाइकल दुर्घटनाका सिकार हुन्छन् भन्ने छर्लङ्ग हुन्छ ।
१६ वर्षमै लाइसेन्स
१६ वर्षको उमेरलाई त्यती परिपक्क मानिदैन । भर्खर क्यारियर निर्माणकै चरणमा रहने यस उमेरका किशोर÷किशोरीले कुनैपनि किसिमको जिम्मेवरी पनि वहन गरिसकेका हुदैनन् । अभिभावककै आड भरोसामा जीवनयापन गरिरहेका यि किशोर किशोरीहरुले कच्चा उमेरमै सवारी चालक इजाजत पत्र (लाइसेन्स) पाउने कानूनी प्रावधान छ । १६ वर्षको उमेरमा नागरिकता प्रमाणपत्र पाउछन् । नागरिक लिएका हरेक नागरिकले सवारी चालक इजाजतपत्र लिन सक्ने व्यवस्था छ । जवकी उनीहरु यतिवेलासम्म कसरी सवारी कुदाउने, ट्राफिक नियमको कसरी पालना गर्ने, मर्यादित एवं जिम्मेवार चालक कसरी वन्ने भन्ने कुरा वुझेकै हुदैनन् । सवारी दुर्घटना डरलाग्दो तरिकाले वढ्नुमा कच्चा उमेरमै लाइसेन्स दिनु पनि एक भएको जानकारहरु वताउ“छन् ।
नो थ्रि एम
प्लस टु जेनेरेशन थ्रि एम मोटरसाइकल, मोवाइल र मिनीस्कर्टमा रमाउन चाहन्छन् । तर अहिले यि तिनै कुरा तारो वनेको छ, प्लस टुमा । मोटरसाइकल भन्दा पनि मोवाइल ‘कडा प्रतिवन्धमा’ परेको छ । किशोर÷किशोरीले मात्र होइन, हरेक उमेरका व्यक्तिले प्रविधिमैत्री हुनुपर्ने जमाना हो यो । तर, ठीक यहि वेला किशोर ÷किशोरीलालई कलेजमा मोवाइल चलाउन दिइदैन । यसैगरी कतिपय कलेजले मिनीस्कर्टमाथि पनि प्रतिवन्ध लगाएको छ । भड्किलो मिनीस्कर्टले विद्यार्थीको ध्यान पढाइमा केन्द्रित नहुने भन्दै कलेजले मिनीस्कर्ट लगाउन नदिइएको हो ।
No comments:
Post a Comment