Saturday, March 16, 2013

स्पोर्ट्स र हेभी बाइकको क्रेज


सुनिल पाण्डे सिटी बिल्डर्स कन्स्ट्रक्सन प्रालिका म्यानेजिङ डाइरेक्टर हुनुहुन्छ । ३८ बर्षिय पाण्डेस“ग होन्डाको ११०० सीसीको स्याडो बाइक छ । यो वाहेक उहासग यामाहाको एक्सजे ६५० समेत छ । दैनिक प्रयोजनका लागि यामाहाकै फेजर पनि छ । बाइक मात्र होइन, उहासग निसानको प्याट्रोल र टोयोटाको कोरोला कार समेत छन् । 

पहिले डुकाटीको बाइक प्रयोग गर्नुभएको पाण्डेले ११०० सीसीको स्याडोलाई ३ बर्ष अघि मात्र आफैले अमेरिकाबाट नेपालमा ल्याउनु भएको हो । उक्त बाइक हाल सम्म पनि नेपालमा बिक्री वितरण हुदैन । नेपाल सम्म ल्याइ पु¥याउदा यसको मुल्य १९ लाख रुपैयाको हाराहारीमा पुगेको उहा“ बताउनु हुन्छ । 
२५ बर्षिय सुरजमान प्रधानको राजधानीमा एउटा औषधी पसल छ । उहा“ले विगत ४ बर्षदेखि सुजुकीको जीएसआर ६०० चढिरहनु भएको छ । यो वाहेक उहा“स“ग यामाहाको एफजेडएस समेत छ । टोयोटाको सोलुना र होन्डाको सिभिक कार समेत उहा“को घरमा छन् । 
सुनिल पाण्डे र सुरजमान प्रधान केही उदाहरण मात्र हुनुहुन्छ । नेपालमा यस्ता स्पोर्ट्स र हेभी बाइकप्रति शौखिनहरुको ठुलै जमात खडा छ । अन्य सवारी साधन हुदाहुदै पनि आफ्नो शोखकै लागि मात्र यस्ता बाइक चढ्नेहरुको जमात नेपालमा समेत बढ्दै गएको छ । यस्ता बाइकका पारखीहरुले दैनिक रुपमै यी सवारी प्रयोग गर्दैनन् । सप्ताहान्त वा कुनै विदाको समय सदुपयोग गर्नका लागि राजधानी वा यसको आसपासका क्षेत्रमा यस्ता बाइक कुदाउदा छुट्टै आनन्दको अनुभव हुने उनिहरुको भनाइ छ । राजधानीमा यस्ता बाइक कुदाउनका लागि उपयुक्त सडक छैनन् । जाम र अन्य विभिन्न कारणले यस्तो कार्य सम्भव छैन । तर राजधानी आसपासका चोभार, धुलिखेल, दोलालघाट, सिन्धुली बर्दिबास सम्म यस्ता बाइकमा पुग्ने गरेको उहाहरुको भनाई छ । 
स्पोर्ट्स शब्द सुन्दा खेलको कुरा आउछ । तर यस्ता स्पोर्ट्स बाइक खेलकै लागि मात्र प्रयोग भएको भने पाइदैन । सडकमा मनलाग्दो रुपमा बाइक कुदाउनु पनि एक प्रकारको खेल नै हो । नेपालमा यसका लागि आवश्यक सडक पुर्वाधार र यातायात व्यवस्थापन नहुदा युवाहरुले यो रहर पुरा गर्न सकेका छैनन् । तर पनि यसका लागि विभिन्न क्लब र एसोसिएसनहरुले भने केही काम अवश्य गरेका छन् । रोयल इन्फिल्ड मोटरसाइकल धनीहरुको क्लब बुलेट क्लब र नेपाल अटोमोबाइल स्पोर्ट्स एसोसोसिएसन (नासा) लगायतका विभिन्न संस्थाले गर्ने मोटरसाइकल ¥यालीलाई यसको उदाहरण मान्न सकिन्छ । त्यसैगरी यामाहा, डिम्याकलगायतका विभिन्न मोटरसाइकलका वितरक कम्पनीहरुले गर्ने स्टन्ट र मोटरसाइकल रेसले पनि युवाहरुको चाहनालाई आत्मसात गरेका छन् । 
नेपाली युवाहरुमा बाइकप्रतिको क्रेज बढ्दै छ । उनिहरु बढि सीसी र नयाँ मोडेलको स्पोर्टस् बाइक खरिद गर्ने  र बाइक राइडरहरुमा आफुलाई अव्वल दर्जाको बाइक राइडर सावित गर्न चाहन्छन् । त्यस्ता यूवाहरुको मुख बाट एउटै आवाज सुनिन्छ – जीवनमा विज्ञानले दिएको मज्जा  एक चोटि किन नलुट्ने ?
विश्व बजारमा स्र्पोर्टस् बाइकको क्रेज बढिरहेको बेला नेपालमा पनि यस्ता बाइकका शौखिनहरुलाई मध्य नजर राखेर विभिन्न व्राण्डका बाइकहरु भित्रिने क्रम जारी छ । सामान्यत चार लाख देखी करिव तीस लाख रुपैया“ सम्मका स्पोटर्स् बाइकहरु नेपाली बजारमा उपलव्ध छन् । नेपालमा स्र्पोट्स बाइक कुदाउने सडक पर्याप्त छैनन् । तर, पछिल्लो समय स्र्पोर्टस् बाइक राइडरहरुको संख्या भने ह्वात्तै बढेको छ । 
स्पोर्ट्स वाइक खासगरी रेसिङ लगायतका कार्यमा प्रयोग गर्नका लागि निर्माण गरिएका हुन्छन् । यसलाई राम्रोस“ग पिच गरिएको सडकमा कुदाउने उद्येश्यले निर्माण गरिएको हुन्छ । यसमा स्पिड र थ्रिलको संयोजन हुन्छ । यसको क्षमता, ह्यान्डलिङ, ब्रेकिङ पावर र एक्सेलरेसन सबै उत्कृष्ट हुन्छ । 
सन् १९६९ मा होन्डाले सिबी ७५० मोटरसाइकलको निर्माण गरे पछि स्पोर्ट्स बाइकको क्रेज बढेको मानिन्छ । यसले नै सामान्य जनतामा पावर र स्पिड बढी भएको मोटरसाइकलका रुपमा फरक पहिचान कायम गरेको थियो । सन् ७० को दशकमा स्पोर्ट्स बाइकको सस्पेन्सन र ब्रेकिङ क्षमतामा अझ वृद्धि गरियो । सन् ८० को दशकसम्म आइपुग्दा स्पोर्ट्स बाइकले रेसिङ  बाइकका रुपमा समेत पहिचान कायम गर्न थाले । सन् ९० को दशकमा आइपुग्दा यसको दायरा अझ फराकिलो भयो । स्पोर्ट्स बाइक अब नेकेड बाइक, स्ट्रिट फाइटर आदिका नाममा समेत परिचित हुन थाल्यो । अहिले यिनलाई रोड रेसिङ बाइक समेत भनेको पाइन्छ । 
स्पोर्ट्स बाइकलाई क्षमताको आधारमा तीन भागमा बिभाजन गरेको पाइन्छ । ५०० सिसी सम्मका बाइकलाई हल्का स्पोर्ट्स बाइक मानिन्छ । यो इन्ट्रि लेभलको स्पोर्ट्स बाइक हो । ५०० देखि ७५० सम्मकोलाई मिडिल क्लासको बाइक अर्थात सुपर स्पोर्ट भनिन्छ । १ हजार सिसी हाराहारीको बाइक सबैभन्दा माथिल्लो दर्जाको स्पोर्ट्स बाइक हो । यसलाई सुपर सुपर बाइक पनि भनिन्छ । नेपाली बजारमा इन्ट्री लेभलका स्पोर्ट्स बाइक नै बढी प्रचलित छन् । 
नेपालमा स्पोर्ट बाइकका लागि सुहाउदा सडक सबै स्थानमा छैनन् । तर पनि यसको राम्रो बजार रहेको मान्न सकिन्छ । युवाहरु मात्र होइन, यस्ता बाइकमा रुची राख्ने प्रौढहरु समेत यस्ता मोटरसाइकलमा सवार भएको देखिन्छ । होन्डा, हिरोहोन्डा, सुजुकी, यामाहा, बजाजलगायतका मोटरसाइकल बिक्रेताहरुले आफ्ना आधिकारिक बिक्रेता मार्फत नेपालमा यस्ता मोटरसाइकल उपलब्ध गराएका छन् । यही भीडमा अन्य विदेशी कम्पनी समेत थपिएका छन् । स्पेनको रिजु, मलेसियाको डिम्याक, मेगली, कोरियाको ह्योसुङ हुदै पछिल्लो पटक डुकाटी स्पोर्ट बाइक समेत नेपालमा भित्रिएका छन् । 
विशेषतः युवाहरुलाई नै लक्षित गरी उनिहरु नया नया मोडलका बाइक भित्र्याउने होडबाजीमा लागेका छन् । नेपालमा सर्वप्रथम सुजुकीले यस प्रकारका बाइक विक्री प्रारम्भ गरेको मानिन्छ । सन् २००७ देखि सुजुकीले यस्ता बाइक बिक्री गर्न थालेको हो । त्यतिखेर स्ट्रिट स्पोर्ट्स बाइकका रुपमा जीएसएक्स ६०० र जीएसएक्सआर ६०० मोडलको बाइक बिक्री प्रारम्भ गरेको कुरा सुजुकीको नेपालका लागि आधिकारिक वितरक दी गणेश इन्टरप्राइजेज प्रालिका प्रबन्ध निर्देशक अमर राजकर्णिकार बताउनु हुन्छ । हाल कम्पनीले सुजुकीका बि–किङ, हायाबुसा १३४०, जीएसआर ६००, जीएसएक्सआर ६०० लगायतका स्पोर्ट्स र हेभी बाइक समेत बिक्री गरिरहेको छ । सबै डिजाइन र सीसीको गरेर हाल सम्म ३० भन्दा बढि सुजुकीका स्पोर्टस् बाइकहरु विक्री भैसकेको छ । कम्पनीले बर्गमान ४०० मोडलको लेडिज स्कुटर पनि भित्र्याएको छ । तर भित्राइएको २ वर्ष विती सक्दा पनि विक्री हुन सकेको छैन । बोरमेन ४०० सिसि को उक्त स्कुटर भृकुटिमण्डपमा भएको अटो सो मा राख्दा समेत उत्सुकताका साथ धेरैले अवलोकन गरेका थिए । उक्त स्कुटर नेपालमा सबैभन्दा ठूलो क्षमता भएको एउटै मात्र स्कुटर भएको कम्पनीको दावी  छ । प्रदर्शनीकै लागि मात्र कतिपय सवारी साधन आयात गर्नु कम्पनीको दायित्व भएको राजकर्णिकार बताउनु हुन्छ । 
स्पोर्टस् बाइकहरुको क्रेज बढ्दै गए पछि होण्डाले पनि सन् २००७ देखी नेपाली बजारमा  स्पोर्टस् बाइकहरु विक्री वितरण गर्दै आएको छ ।  होण्डाको स्पोर्टस बाइकहरुमा पछिल्लो समय सिबिआर ६ सय सिसि ले लोकप्रियता कमाउदै गएको छ । हाल सम्म होण्डाका १२ वटा यस्ता बाइक विक्री भएको यसको आधिकारिक बितरक स्याकार कम्पनीका आयात तथा निर्यात व्यवस्थापक राजनराज पुरीले वताउनु भयो । यसको मुल्य २० लाख ५० हजार रुपैया रहेको छ । बजारमा केहि स्पोर्टस् शौखिन बाइक राइडरहरु बढ्दै गएकाले निकत भविष्यमै १००० सीसीको सिबिआर आयात गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । 

पछिल्लो पटक यो भीडमा डुकाटि कम्पनी समेत थपिएको छ । उक्त कम्पनीका विभिन्न मोडलका स्पोर्टस् बाइकप्रति युवाहरु आकर्षित हुदै गएका छन् । नेपालमा डुकाटी काठमाडौंले यसको विक्री वितरण गरिरहेको छ । कम्पनीका निर्देशक अभिनवजङ रानाका अनुसार १४ महिनाको अवधीमा कम्पनीका ३० भन्दा बढी बाइक बिक्री भैसकेका छन् । इटलि बाट सिधै नेपालमा आयात हुने उक्त कम्पनीले हाल मोन्स्टर, हाइपर मोटार्ड, सुपर बाइक र मल्टिस्ट्राडा गरी ४ मोडल बिक्री गरिरहेको छ । यी विभिन्न सीसी र मोडलमा उपलब्ध छन् । मोन्स्टर स्पोर्टस् बाइकको मुल्य १६ लाख ८० हजार रुपैयाँ रहेको छ । उक्त बाइकको इन्जिन क्षमता ६०० सीसी रहेको छ  । हाइपर मोटार्डको मुल्य भने १८ लाख ५० हजार रुपैया रहेको छ । यो बाइकको इन्जिन क्षमता पनि ६०० सीसी नै रहेको छ ।  अर्को सुपर बाइकको मुल्य २६ लाख देखी ३२ लाख रुपैयाँ रहेको राणा वताउनु हुन्छ । सुपर बाइक ८०० र १००० सीसी गरी दुई मोडलमा उपलव्ध छन् । सुपर बाइक ८०० को मुल्य २६ लाख र सुपर बाइक १००० सुपर बाइक ११९८  को मुल्य ३२ लाख रुपैयाँ रहेको छ । अर्को बाइक मल्टिस्ट्राडा १२००  मुल्य भने २८ लाख रुपैयाँ रहेको उक्त कम्पनीले जनाएको । 
डुकाटीका स्पोर्ट्स बाइक हेभी भए तापनि फन ड्राइभिङका लागि उपयुक्त मान्न सकिन्छ । अन्य स्पोर्टस् बाइकहरु भन्दा यी बाइकमा भिन्न बिशेषता रहेको कम्पनीका प्रवन्ध निर्देशक उदिप श्रेष्ठ बताउनुृ हुन्छ । यी बाइक अफ रोडको लागि पनि प्रयोग गर्न सकिने भएकोले टुर बाइकको रुपमा पनि लिन सकिने कम्पनीले जनाएको छ । 
स्पोर्ट्स बाइकको भीडमा यामाहाको पनि अलग्गै पहिचान छ । यामाहाले समय समयमा स्टन्ट र रेस प्रतियोगिता लगायतका विभिन्न इभेन्ट समेत आयोजना गर्छ । नेपालमा मोरङ अटो वक्र्सले यामाहाका स्पोर्टस् बाइक विक्री वितरण गरिरहेको छ । अलि हेभी मोडलमा उपलब्ध यामाहाका स्पोर्ट्स बाइकमा पछिल्लो समय वाइजेडएफ–आर ६०० र एक्सजे–६ ६०० प्रचलित छन् । यी बाइकको मुल्य क्रमशः २० लाख ४७ हजार ९ सय र १५ लाख १७ हजार ९ सय रहेको कम्पनीले जनाएको छ ।  
नेपालमा दुई वर्ष अघि देखी विक्रीवितरण थालिएको कावासाकी निन्जा बाइक स्पोर्टस् शैलीमा  उत्पादन गरिएकाले राइडरहरुले अत्याधिक रुचाउने गरेका छन् । यसको मुल्य ७ लाख ४९ हजार ९ सय ९९ रुपैयाँ पर्छ । उक्त बाइक हाल सम्म नेपालभरीमा १९ वटा विक्री भएको बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीका बजार व्यवस्थापक पुनम सिंह वताउनु हुन्छ । अब चाँडै डुके  नामक स्पोर्टस् बाइक नेपाल भित्राउन पहल भैरहेको कम्पनीले जनाएको छ ।  सन् १९८६ मा लञ्च गरेर सन् २००८ मा  परिमार्जित गरेर नयाँ मोडलमा विकास गरिएको निन्जा विश्वका प्रमुख शहरहरुमा लोकप्रियरहेको कम्पनीको दावी छ । डवल सिलिण्डर, इन्जिन् वुस्ट, डवल ओभरहेड क्याम्स्, लिक्वीड कुलिङ र सिक्स् स्पिड ट्रान्समिसन तथा कार्वोरेटर ह्विल जस्ता बिशेष पार्टस्हरुले निन्जालाई आकर्षक स्पोर्टस् बाइकको् रुपमा प्रस्तुत गर्न सकेकोले पनि यूवाहरु माझ निन्जाको क्रेज छुट्टै रहेको कम्पनीको धारणा छ ।  

नेपालको लागि ह्योसुङ कम्पनीका रेसिङ स्पोर्टस् बाइकहरुको आधिकारिक  विक्रेता वतास कम्पनीले विभिन्न फ्लेवरका स्पोर्टस् बाइकहरु बजारमा विक्री वितरण गरिरहेका छन् । बजारमा उपलव्ध स्पोर्टस्बाइकहरु मध्य स्पोर्टस्राइडरहरुको मन जित्न सफल बाइकहरु मध्य GT650R,-650cc, ST7 (CRUISER)680cc, GV650(CRUISER)650cc, नेपालमा स्र्पोर्टस् र हेभी बाइक भित्रिए पछि बाइक राइडरहरु पनि उतिकै रुचिका साथ खरिद गर्न थालेका छन् । यस्ता बाइक गुडाउने पर्याप्त सडक हुने हो भने बाइक पनि राम्रोस“ग विक्री हुने व्यवसायीहरुको भनाई छ ।  नेपालमा यस्ता बाइकको माग विस्तारै बढेको त छ । तर अन्य देसहरुमा जस्तो सुहाउँदो सडक नभएको कारण अहिलेलाई शौखको रुपमा बाइक चढ्ने युवाहरुमाझ मात्र यस्ता बाइकको क्रेज रहेको छ । 




No comments:

Post a Comment