
गुगल बिजनेस ग्रुपले गुगलस“ग सम्बन्धित विभिन्न इभेन्टको आयोजना गर्छ । त्यसरी गरिने इभेन्टलाई गुगल डे भनिन्छ । नेपालमा गुगलको एप्स निर्मातादेखि लिएर यसमा चासो राख्ने सर्वसाधारणको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा गुगलका तर्फबाट दक्षिण–पूर्वी एसियाका लागि प्रोग्राम म्यानेजर इरिका ह्यान्सनको समेत उपस्थिति रहेको थियो । ह्यान्सनले गुगलको विभिन्न मेटरियल डिजाइनका वारेमा आकर्षक प्रस्तुति दिइन् । त्यसपछि नेपालका विभिन्न स्टार्ट अप कम्पनीहरुका सफलताका कथा प्रस्तुत गरिएका थिए । भर्खरै जिबिजीको बिजनेस स्टोरिज कम्पिटिसनको फाइनलमा पुगेको ‘यल्लो नेपाल’ का वारेमा यसका संस्थापक अनिश श्रेष्ठले बताए । त्यसैगरी ध्रुवकेदार अधिकारीले पिकोभिको, केशवराज महर्जनले गुगल म्याप अफ नेपाल र नेपाली पात्रो, भुपाल सापकोटाले एप्स झोला, सुदिप बिष्टले माइ ट्रिप टु नेपाल र देव न्यौपानेले थिएटर हबका वारेमा आवश्यक जानकारी दिएका थिए । त्यसैगरी मनोज घिमिरेले एन लोकेट र सुभाष नेपालले मोकोका वारेमा जानकारी दिए । उनीहरुले यी एप्स निर्माण गर्दाको समय र अहिलेको अवस्था वारेमा विभिन्न प्रस्तुति गरे ।
यो वाहेक नेपालमा गुगल बिजनेस ग्रुपले के गर्दैछ ? नेपालमा एन्ड्रोइडको अवस्था कस्तो छ ? गुगलले अनलाइनमा आएका बिजनेसलाई अघि बढ्न कसरी सहयोग गर्छ ? गुगल टेक्नोलोजी प्रयोग गरेर अहिले के के कार्य भइरहेका छन् ? नेपालमा कुन कुन अनलाइन बिजनेस आएका छन् र आउदैछन् ? जस्ता विभिन्न विषयका वारेमा समेत छलफल भएको थियो । यी विभिन्न विषयमा संरक्षण घिमिरे, मानेनिल अधिकारी, हेमपाल श्रेष्ठ, सरोज ढकाल र आकार अनिल घिमिरेले आवश्यक जानकारी प्रदान गरेका थिए ।
झम्सिखेलस्थित मोक्ष रेष्टुरा“मा सम्पन्न उक्त कार्यक्रममा सर्वसाधारणलाई समेत विभिन्न मोबाइल एप्सको वारेमा जानकारी दिनका लागि स्टल राखिएको थियो । उक्त कार्यक्रममा गुगलले समेत आधिकारिक रुपमा सहयोग गरेको थियो । गुगललाई व्यापारिक कार्यमा समेत प्रयोग गर्न सकिन्छ । नेपालमा गुगलका विभिन्न टुल्स प्रयोग गरी व्यापारिक कार्य समेत गर्न सकिने सम्भावना बढ्दै गएको छ । गुगलका वारेमा आवश्यक छलफल गरी मनाइने कार्यक्रमलाई आधिकारिक रुपमा गुगल डे भनिन्छ । नेपालमा यसरी पहिलो पटक गुगल डे मनाइएको हो । त्यस प्रकारको व्यापारको सम्भावना देखिएमा गुगलले समेत आधिकारिक रुपमा नेपालमै कार्यालय खोलेर नेपालका गुगल प्रयोगकर्ताहरुलाई हौंस्याउन सक्छ । त्यही कार्यका लागि समेत यो एउटा उपयुक्त थलो बनेको गुगल बिजनेस ग्रुपका भुपाल सापकोटाले बताए ।
६ महिनामा ५० करोड फेसबुक म्यासेन्जर
गत ६ महिनाको अवधिमा फेसबुक म्यासेन्जरको एपको प्रयोग दोब्बर बढेर ५० करोड पुगेको छ । गत अप्रिल सम्म यसका प्रयोगकर्ता २० करोड मात्र थिए । यद्यपि फेसबुकले केही समय अघि फेसबुकले आफ्नो एप्लिकेसनबाट च्याटिङ सुविधा हटाएको थियो । त्यसपछि प्रयोगकर्ताले च्याटका लागि म्यासेन्जर एप डाउनलोड गर्न आग्रह गरेको थियो । त्यसका कारण पनि यो संख्या बढेको हो । यसका कारण पनि धेरै प्रयोगकर्ताहरु म्यासेन्जरतिर आकर्षित भएका थिए । पहिले स्मार्टफोनमा फेसबुक मार्फत नै च्याट गर्न सकिने सुविधा भएकोमा पछि म्यासेन्जरबाट मात्र च्याट गर्न सकिने व्यवस्था गरेको थियो ।
अब वेब भर्सनको स्काइप
अब चाडै नै ब्राउजरबाटै स्काइपमा कुराकानी गर्न सकिनेछ । यसको अर्थ स्काइपलाई छुट्टै डाउनलोड गर्नुपर्ने छैन । माइक्रोसफ्टले अब छिटै नै भिडियो कन्फ्रेन्सिङ प्लेटफर्मको रुपमा स्काइपलाई बजारमा उतार्ने घोषणा गरेको छ । नया भर्सनको स्काइप प्रयोग गर्न स्काइपको वेबसाइट लग इन गर्न सकिनेछ । क्रोम, फायरफक्स, सफारी र इन्टरनेट एक्स्प्लोरर प्रयोगकर्ताले यो सुविधा उपभोग गर्न सक्नेछन् । लग इन गर्ना साथ म्यासेजिङ सुविधा उपलब्ध हुनेछ भने भ्वाइस र भिडियो कलका लागि अर्को स्टेप आवश्यक पर्नेछ ।
स्काइपको यो सुविधा अहिले भने बेटा भर्सनमा छ । अबको केही महिनामै यसको प्रयोग गर्न सकिनेछ । स्काइप एकाउन्ट भएका केही प्रयोगकर्तालाई पहिले यसको ‘इन्भिटेसन’ आउनेछ । त्यसपछिको परीक्षण सफल भएमा यो सबैका लागि उपलब्ध हुनेछ । यद्यपि शुरुमा कतिलाई यो परीक्षणमा सामेल गराउने भन्ने वारेमा भने माइक्रोसफ्ले कुनै जानकारी दिएको छैन ।
नेपाली एप्स
नेपाली डिक्सनरी
बिद्यार्थीका लागि नेपालीबाट अंग्रेजी वा अंग्रेजीबाट नेपालीमा विभिन्न शब्द रुपान्तरण गर्नुपर्ने हुन्छ । विद्यार्थीबाहेक यो कार्य भाषा जान्नुपर्ने धेरैलाई आवश्यक हुन्छ । यही कुरालाई दृष्टिगत गरी नेपाली डेभलपरहरुले ‘नेपाली डिक्सनरी’ नामक एपको निर्माण गरेका छन् । उक्त एप डाउनलोड गरेपछि आफ्नो मोबाइलमै डिक्सनरीको प्रयोग गर्न सकिन्छ । एन्ड्रोइड प्लेटफर्ममा उपलब्ध उक्त एपलाई एक पटक डाउनलोड गरेपछि सधै नै अफलाइन रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसका लागि इन्टरनेट कनेक्सन हुनु आवश्यक छैन । यो नेपाली भाषामा उपलब्ध पहिलो अफलाइन डिक्सनरी पनि हो । यसमा भाषा वा शब्द रुपान्तरण बाहेक वर्ड गेम, अफलाइन फाइल अपडेट मेकानिज्म वर्ड अफ द डे, स्पोकन वर्ड प्रोनाउन्सिएसन आदि विभिन्न जानकारी समेत उपलब्ध छन् । मोबाइलमा भएको एसडी कार्डमा डिक्सनरी फाइल स्टोर हुन्छ । यसलाई नेपाली भाषामा भएको पहिलो वर्ड सर्च गेमको रुपमा पनि लिइएको छ ।
No comments:
Post a Comment