एकराज सुवेदी
एसएलसी परीक्षाको नतिजा प्रकाशन भएपछि सबै उतीर्ण विद्यार्थीको ध्यान उच्च शिक्ष्ाँमा केन्द्रीत भएको छ । उनिहरु एउटा खुड्किलो पार गरी अर्को खुड्किलोमा पाइला लम्काउने तयारीमा छन् । तर के ती पाइला सधै दहे बन्लान् त ? वास्तबमा यो अवस्थामा विद्यार्थी र तिनका अभिभावक समेतले एउटा बलियो निर्णय लिनु पर्ने आवश्यकता छ । नेपालको वर्तमान शिक्षा प्रणाली नै अलि अन्यौलतावाट गुज्रिएको छ । विद्यार्थीले पढ्नु पर्ने बाध्यता पनि छ र पढ्नकै लागि पनि कठीन अवस्था पार गर्नु पर्ने अवस्था समेत छ । फेरि एसएलसी र उच्च शिक्षाका वीचमा केही समस्या पनि छन् । विषय वा कलेज छनोटमा पनि त्यत्तिकै समस्या छन् । सही कलेज र विषय छनोट भएन भने भविष्य नै अन्धकार पनि हुनसक्छ । यस्तै विषयमा केन्द्रीत रही हामीले विभिन्न क्षेत्रका ब्यक्तित्वहरुसग छलफल ग¥यौ । छलफल कार्यक्रममा शिक्षाविद् डा. विद्यानाथ कोइराला, उच्च माध्यमिक विद्यालय संघ (हिसान) का अध्यक्ष उमेश श्रेष्ठ, उच्च माध्यमिक शिक्षा परिषद्का परीक्षा नियन्त्रक दुर्गा अर्याल र अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारी सहभागी हुनुभयो । उहा“हरुको भनाइको सारसंक्षेप यहा प्रस्तुत गरेका छौ ।डा. बिद्यानाथ कोइराला
शिक्षाविद्
पोहोरको तुलनामा लगभग अढाई प्रतिशत बढी विद्यार्थी पास भएका छन् । यसलाई सकारात्मक नै मान्नुपर्छ । व्यावसायिक हिसावले हेर्दा यसले गर्दा निजी बिद्यालयहरुलाई पनि फाइदा होला भन्न सकिन्छ । तर पछिल्लो समयमा यसरी थोरै विद्यार्थी उतिर्ण हुनुको फाइदा बिद्यार्थी र अभिभावकलाई पनि हुनसक्छ । यसले गर्दा कलेजहरुले मोल घटाएर र सुविधा बढाएर बिद्यार्थी आकर्षित गर्न सक्छन् । यद्यपि यसैका कारण दलाली गर्नेहरु पनि बढ्ने सम्भावना मैले देखेको छु । नाम चलेका कलेजलाई त समस्या नहोला । तर नाम नचलेकाहरुले निश्चित बिद्यार्थी कलेजमा ल्याइदिए कमिसन दिने चलन पनि बढ्न सक्छ । खासगरी पछिल्लो सममया फस्टाइरहेको ब्रिजकोर्स पढाउने इन्स्टिच्युटहरुले यसो गर्न सक्छन् । यसले गर्दा बिद्यार्थीहरु झुक्किएर नराम्रो कलेजको फन्दामा पुग्ने सम्भावना पनि हुन्छ । यो कुरामा बिद्यार्थी सचेत हुनु आवश्यक छ । बरु अहिले गाउ“ गाउ“मा सरकारी प्लस टुको पनि राम्रो प्रभाव बढिरहेको छ । यसले गर्दा यो बर्ष पनि यस्ता कलेजमा बिद्यार्थी बढ्ने मेरो अनुमान छ ।
अब पढेर के गर्नु छ र ? भन्ने मानसिकतामा पनि परिवर्तन भएको छ । पढाई नै सबथोक हो भन्नेहरु बढिरहेका छन् । यसले गर्दा गरेर खाने सोच वा मानसिकता भएका मानिसहरुको जमात बढिरहेको छ । यसले गर्दा पनि कलेजहरुले आफुलाई प्रतिष्पर्धी बनाउनु पर्ने दबाब बढिरहेको छ । प्लस टुको पाठ्यक्रम आफैमा नराम्रो छैन । बरु यसलाई कार्यान्वयनमा ल्याउने शिक्षकहरुले अझै बढी मेहनत गर्नुपर्ने आवश्यकता छ । यसो भयोृ भने हाम्रो यो शिक्षा प्रणालीले राम्रो प्रतिफल दिनेमा म बिश्वस्त छु ।
उमेश श्रेष्ठ
अध्यक्ष, उच्च माध्यमिक विद्यालय संघ (हिसान)
नेपालमा सरकारी शिक्षा प्रणाली नै असफल भएको संकेत हो यो । सरकारी बिद्यालयमा लगभग २८ प्रतिशत र निजी बिद्यालयका ९३ प्रतिशत बिद्यार्थी उतिर्ण हुनुले पनि यो कुराको प्रमाण दिन्छ । हामी निजी क्षेत्रमा कार्यरत शिक्षाप्रेमीहरु खटेर काम गरिरहेका छौं भने सरकारी क्षेत्रमा त्यस्तो अवस्था छैन । खासगरी गाउ“घरका बिद्यालयमा पाठ्यक्रम अनुसारको कोर्स सिध्याउने परिपाटी नै छैन भने बिद्यालय व्यवस्थापन समितिदेखि लिएर धेरै कुरा राजनीतिक आस्थाका आधारमा संचालन भैरहेको छ । शिक्षकहरुको अवस्था त्यस्तै छ । राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलार्इै दण्डको व्यवस्था छैन । यसले गर्दा धेरै बिद्यार्थी अनुतिर्ण भएका छन् । यसमा सुधार गर्नका लागि सामुदायिक क्षेत्रले आर्थिक स्रोतको व्यवस्थापन गर्ने र निजी क्षेत्रले व्यवस्थापन गर्ने जस्तो पब्लिक प्राइभेट पार्टनरसिपको व्यवस्था गर्दा राम्रो हुन्छ भन्ने लाग्छ । सरकारी क्षेत्रबाट यो कुरामा ध्यान जानु आवश्यक छ ।
अहिलेको नतिजा अनुसार देशका एउटा बिद्यालयलाई औसतमा २ सय बिद्यार्थी उपलब्ध हुन्छन् । देशभर रहेको ३५ सय प्लस टु मध्ये अहिले गाउगाउमा पनि धेरै खुलिसकेका छन् । एसएलसीमा पास धेरै भए नै बिद्यार्थी पनि धेरै हुने हुन् । तर पनि बिज्ञान, ब्यवस्थापन, प्राविधिक र व्यावसायिक शिक्षा अध्ययन गर्न चाहनेहरुले अझै राम्रोस“ग पढ्नका लागि उपयुक्त कलेज पाउने वातावरण छैन । यी सबै कुरालाई अध्ययन गरी यो लेभलको शिक्षालाई अझै व्यवस्थित गराउनका लागि सरकारले निजी क्षेत्रस“ग सहकार्य गर्नु आवश्यक छ ।
दुर्गा अर्याल
परीक्षा नियन्त्रक, उच्च माध्यमिक शिक्षा परिषद्
गत बर्ष भन्दा यो बर्ष लगभग अढाई प्रतिशत बढी बिद्यार्थी पास भए । यसलाई अलिकति सकारात्मक मान्न सकिन्छ । यद्यपि त्यो भन्दा अघिल्लो बर्ष अझै धेरै परीक्षार्थी पास भएका थिए । पहिले बढ्दै गएकोमा पछिल्लो समयमा यो घट्दै गएको छ । तर यसमा परीक्षा नियन्त्रण कार्यालयले परीक्ष्ाँलाई ब्यवस्थित गराउनमा खेलेको भूमिकाले पनि मदत गरेको मान्न सकिन्छ । चिट चोराउने र बिद्यार्थीले पनि चिट चोर्ने कार्य निरुत्साहित भएको छ । तर पनि दुई बिषयमा मात्र अनुतिर्ण विद्यार्थी लगभग १ लाख २० हजार छन् । पहिलेको ट्रेन्ड अनुसार यो परीक्षामा ७०÷८० प्रतिशत बिद्यार्थी पास हुने गरेका छन् । यो वर्ष पनि यसो भयो भने कुल पास हुने बिद्यार्थीको प्रतिशत ५०, ५५ को हाराहारी पुग्छ । त्यसैले यसलाई केही रुपमा सकारात्मक मान्न सकिन्छ ।
शिक्षा मन्त्रालयले सरकारी बिद्यालयका शिक्षकका लागि शैक्षिक जनशक्ति विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र आदिका माध्यमले विभिन्न तालिमको व्यवस्था गरेको छ । निजी बिद्यालयका शिक्षकले यस्ता कुनै पनि तालिम पाउदैनन् । तर पनि एसएलसीको नतिजा भने ठीक उल्टो छ । यसले गर्दा सरकारी बिद्यालयका शिक्षकहरुमा लगनशीलता नभएको र बिद्यालयको व्यवस्थापनमा पनि कमी भएको प्रमाणित हुन्छ । एसएलसी पछि प्लस टुको शिक्षाको नतिजामा पनि यस्तै किसिमको अन्तर छ । त्यसैले यसको समाधानका लागि सबै जुट्नु पर्ने अवस्था आएको छ ।
सुप्रभात भण्डारी
अध्यक्ष, अभिभावक संघ
अहिलेको परीक्षा परिणामले एएटा ठूलो सामाजिक विभाजन ल्याएको छ । हाम्रो शिक्षा प्रणाली नै त्यस्तै छ । अधिकांश विद्यार्थी फेल हुनु भनेको शिक्षक, अभिभावक, नीति निर्माता सबै फेल हुनु हो । त्यसैले यसका वारेमा सबैले सोच्नु आवश्यक छ ।
उतीर्ण भएका विद्यार्थीहरुका वीचमा पनि एक प्रकारको अन्यौल छ । अब कुन विषय पढ्ने र के बन्ने भन्ने एउटा छनोटको विन्दु प्रारम्भ भएको छ । यो एक प्रकारको कठीन अवस्था हो । यो अवस्थामा अभिभावक र बिद्यार्थीको रुचीका वीचमा द्धन्द पनि हुनसक्छ । पढ्ने जिम्मेवारी विद्यार्थीको भए पनि उनीहरु सही बिषय वा कलेजको छनोट नगर्न सक्छन् भने अभिभावककै करकापका कारण सही विषय छनोट नहुन पनि सक्छ । त्यसैले यो अवस्थामा आफ्नो आर्थिक वा शैक्षिक पृष्ठभूमी, कलेजले लिने शुल्क, कलेजका संचालकहरुको पृष्ठभूमी, कलेजमा पढेका पुराना विद्यार्थीहरुको अहिलेको अवस्था आदि हेरेर त्यसै अनुसारको कलेज छनोट गर्नुपर्छ । यो अवस्थामा अभिभावक र विद्यार्थी दुवै पक्ष संयमित भएर अगाडी बढ्नु आवश्यक छ । त्यसो भयो भने सही गन्तव्य पहिल्याउन सकिन्छ ।
No comments:
Post a Comment