
अमेरिकाको ओहायो निवासी रोनी र डोनी गाल्योन आगामी अक्टोबरमा ६३ बर्ष पुग्दैछन् । त्यतिखेर उनीहरु संसारकै सर्वाधिक लामो समय बा“च्ने शरीर जोडिएका जुम्ल्याहा हुनेछन् । यो हप्ता भने उनीहरुले अर्को एउटा कीर्तिमान पनि भंग गरेका छन् । यो भन्दा पहिले थाई जुम्ल्याहा चाङ र इङ बङकर यति लामो समय बा“चेका थिए । रोनी र डोनीले आफ्नो प्रेरणाको स्रोत चाङ र इङलाई मान्छन् । उनीहरुको सन् १८७४ मा नर्थ क्यारोलिनामा मृत्यु भएको थियो । सन् १९४० मा इटालियन जुम्ल्याहा जियाकोमो र जियोभानी बाटिस्टा टोसीको ६३ बर्षको उमेरमा मृत्यु भएको थियो । यो बर्षको अन्त्यसम्म रोनी र डोनी बा“चे भने यो कीर्तिमान पनि भंग हुनेछ ।
उनीहरु एउटा सर्कसमा काम गरेर प्रशस्तै पैसा कमाएका थिए । अहिले उनीहरु ओहायोमा विशेष प्रकारले निर्माण गरिएको घरमा बस्छन् । उनीहरुका दुई सेट हात र खुट्टा तथा फरक फरक मुटु र पेट छन् । तर तल्लो पाचन प्रणाली र लिंग भने साझा छ, जसलाई डोनीले नियन्त्रण गर्छन् ।
No comments:
Post a Comment