नेपाल इन्जिनियरिङ कलेजका बिद्यार्थी मिलन कार्की र दर्पन पुडासैनीले ‘इन्जिनियरिङ अड्डा’ नामक ग्रुपको निर्माण गरे । उनीहरुले खानेपानीको सुरक्षाको परीक्षण गर्ने र त्यसलाई म्यापमा विभिन्न जानकारी सहित देखाउने एप्लिकेसनको निर्माण गरे । विभिन्न समयको प्रशिक्षण पश्चात तीन दिनको अवधिमा निर्माण गरिएको उक्त एप्सले पहिलो पुरस्कार हात पा¥यो, जसमा उनीहरुले एक लाख रुपैया“ नगद पुरस्कार प्राप्त गरे । त्यसैगरी नेसनल कजेज अफ इन्जिनियरिङका ‘इचनियर्स’ ग्रुपले निर्माण गरेको भर्चुअल क्लासरुम सम्बन्धी एप्सले दोस्रो स्थान हासिल ग¥यो । बिबेक शर्मा चापागाई, समिरा शर्मा, सन्जिता शर्मा र बिबेक अवाले सम्मिलित उक्त समूहले निर्माण गरेको एप्सको सहयोगले कक्षा कोठाको वारेमा एसएमएसको सहायताले विभिन्न जानकारी दिन्छ । इन्स्टिच्युट अफ इन्जिनियरिङ, पुल्चोकका विद्यार्थीको ‘द राइजिङ कोडर्स’ समूहले जन्म दर्ता र यसको वारेमा एसएमएस मार्फत जानकारी दिने गरी निर्माण गरेको एप्सले तेस्रो स्थान हासिल ग¥यो । यी दुई समूहले क्रमशः ५० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे । राइजिङ कोडर्स समूहका अभिशेक पौडेल, अरुण कुमार अग्रवाल, मनिस चन्द्र र नवीन भट्टराईले निर्माण गरेको उक्त एप्सले बच्चा जन्मनु अघि र जन्मिसके पछि गरिने स्याहारका वारेमा एसएमएसमार्फत जानकारी दिन्छ
यी वाहेक अन्य दुई एप्सको पनि चर्चा भयो । कक्षामा शिक्षकको अनुपस्थितिका वारेमा जानकारी दिने एप्लिकेसन र अटिज्म रोग भएका बालबालिकाका लागि विकास गरिएको शैक्ष्ँिक प्याकेजले सान्त्वना पुरस्कार पाए । पहिलो एप्स दिपेन्द्र श्रेष्ठ, कृष्ण पराजुली, प्रकाश अर्याल र ठाकुर न्यौपानेको ‘ह्वाईइट’ समूहले र दोस्रो एप्स अनुप कार्की, प्रसन्न कुमार ज्ञवाली, आयुशकुमार चौधरी र अमन कन्डोईको ‘भालार मोर्गुलिस’ समूहले निर्माण गरेको हो
यी टप फाइभमा परेका समूह अब ‘आइडिया स्टुडियो’ को एउटा भागको रुपमा रहनेछन् । यहा“ उनीहरुले विभिन्न प्रकारको तालिम प्राप्त गरी आवश्यक परेमा लगानी समेत गरी आफ्नो ‘आइडिया’ अर्थात सोचलाई व्यावहारिक स्वरुप प्राप्त गर्न सक्षम हुनेछन् । चाइल्ड रिच नेपाल, काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) र मिटिङ प्वाइन्टले संयुक्त रुपमा आइडिया स्कुल संचालन गरिरहेका छन् । नेपालमै केही गर्न सकिन्छ भन्ने यसको मान्यता रहेको छ । युनिसेफ, माइक्रोसफ्ट इन्नोभेसन सेन्टर नेपाल र चाइल्ड रिच नेपालले संयुक्त रुपमा गरेको तीन दिने क्याम्पमा गरिएको प्रतियोगिता मार्फत यी एप्लिकेसन छनोट भएका हुन् । उक्त प्रतियोगिताको नाम चाइल्डरिच एप्याथन राखिएको थियो । प्रारम्भमा ५ सय ६० निवेदक भएकोमा छनोट गरी तीन दिन सम्म बुट क्याम्पको आयोजना गरिएको थियो । उक्त क्याम्पमा नेपालका बालबालिका सम्बन्धी विभिन्न समस्या र तिनका लागि गर्न सकिने विभिन्न ‘प्रोग्रामिङ स्किल’ का वारेमा जानकारी दिइएको थियो । त्यस पछि १ सय २ डेभलपर, प्रोग्रामर र डिजाइनर एप्याथनका लागि छनोट भएका थिए । उनीहरु विभिन्न २९ समूहमा विभाजित भएर एप्लिकेसन निर्माणमा लागेका थिए । धुलिखेलमा गत जुन २७ देखि २९ सम्म आयोजित उक्त एप्याथनमा उनीहरु संलग्न भएका थिए ।
बालबालिका सम्बन्धी विभिन्न समस्याको समाधान गर्नका लागि उनीहरुले विभिन्न एप्लिकेसन निर्माण गरेका थिए । विभिन्न युवा एप्स डेभलपर सम्मिलित रहेको उक्त एप्याथनका लागि बैंकिङ, प्रविधि, बाल अधिकार र अन्य विभिन्न क्षेत्रका व्यावसायिक व्यक्तिहरुले मेन्टरको भूमिका खेलेका थिए ।
बालबालिका सम्बन्धि विभिन्न समस्यालाई सम्बोधन गर्नका लागि प्रविधिले महत्वपुर्ण भूमिका खेल्न सक्छ । यसका लागि नेपाली युवा एप्स डेभलपरहरुले पनि विभिन्न प्रविधिको निर्माण गर्न सक्छन् । उनीहरुले इन्नोभेटिभ वेब, फोन, डेस्कटप र गेम एप्लिकेसनको निर्माण गर्न सक्छन । एप्याथनले यो कुरालाई प्रमाणित गरेको छ । एप्याथन मार्फत छानिएका यी डेभलपरहरुले आइडिया स्टुडियो मार्फत अझै आफ्नो क्षमतामा निखारता ल्याउन सहयोग पु¥याउने विश्वास गरिएको चाइल्डरिच एप्याथनकी कार्यक्रम संयोजक सोनिका मानन्धरले बताइन् ।
ओर्कुट बन्द हुने
गुगलले आफ्नो सोसल नेटवर्किङ साइट ओर्कुट बन्द गर्ने घोषणा गरेको छ । आधिकारिक ओर्कुट ब्लगका अनुसार आगामी सेप्टेम्बर ३० देखि उक्त साइट पुर्ण रुपमा बन्द हुनेछ । प्रयोगकर्ताले त्यसपछि यो साइटमा लगइन गर्न सक्ने छैनन् । गुगल प्ले र एप स्टोरबाट पनि ओर्कुट एपलाई हटाइदैछ ।
अब पुराना एकाउन्टलाई केही फरक नपरे पनि नया“ एकाउन्ट भने बन्नेछैन । तीन महिनाको अवधिमा ओर्कुट युजरले आफ्नो प्रोफाइल डाटा, कम्युनिटी पोस्ट र तस्बिरलाई गुगल टेकआउटको माध्यमले स्थान्तरण गर्न सक्नेछन् ।
गुगलले फेसबुक भन्दा एक महिना अघि सन् २००४ मा ओर्कुटको सुरुवात गरेको थियो । ब्लगका अनुसार युट्युब, ब्लगर तथा गुगल प्लसको बढ्दो लोकप्रियतास“ग ओर्कुट भने लोकप्रिय बन्न सकेको थिएन ।
गुगलले सोङजा किन्यो
सर्च इन्जिनका रुपमा प्रसिद्ध कम्पनी गुगलले इन्टरनेट रेडियो कम्पनी सोङजा किनेको छ । म्युजिक स्ट्रिमिङ सेवामा एप्पल र अमेजनस“ग प्रतिष्पर्धा गर्नका लागि यो कदम चालिएको बताइन्छ । गुगलले आफ्नो गुगल प्ले म्युजिक सर्भिस र युट्युबमा म्युजिक सुन्ने अनुभवलाई अझै सुधार ल्याउनका लागि सोङजाको प्रयोग गर्नेछ । बिज्ञापनसहित निशुल्क उपलब्ध हुने सोङजाले प्रयोगकर्ताको मुड र क्रियाकलाप अनुसारका संगीत उपलब्ध गराउदै आएको छ ।
गुगलले गत बर्ष गुगल प्ले म्युजिक सर्भिस प्रारम्भ गरेको थियो । यो सर्भिस मार्फत मासिक ९ दशमलव ९९ डलर तिरेपछि लाखौ गीतहरु मध्ये आफुलाई मनलाग्दो गीत सुन्न सकिन्छ । तर अर्को प्रतिष्पर्धी स्पोटीफाईका अगाडी यो टिक्न सकेन । हाल स्पोटिफाईका १ करोड भन्दा बढी प्रयोगकर्ता छन् । केही समय अघि एप्पलले पनि म्युजिककै लागि बिट्स इलेक्ट्रोनिक्स किनेको छ । यी सबै तथ्यको जानकार गुगल संगीत बजारमा आक्रामक रुमपा आउने उद्देश्यका साथ अगाडी बढिरहेको छ ।
www.emojipedia.org
फेसबुक वा ट्वीटर जस्ता सामाजिक सञ्जालमा विभिन्न प्रकारका इमोसन जनाउने चित्रहरु प्रयोग गर्न सकिन्छ । यस्ता विभिन्न प्रकारका चित्रलाई इमोजी भनिन्छ । यसको प्रयोग जापानबाट प्रारम्भ गरिएको थियो । जापानी भाषामा इमोजीको अर्थ ‘तस्बिर अक्षर’ हुन्छ । जापानी इलेक्ट्रोनिक म्यासेज र वेबपेजमा यसको प्रयोग गरिन्थ्यो । पछि विस्तारै अन्य भाषामा पनि यसको प्रयोग गर्न थालियो । हाल आएर आइफोन, आइप्याड, विन्डोज फोन र एन्ड्रोइडहरुमा यसको प्रयोग गरिन्छ भने युनिकोडका लागि पनि इमोजीको सेट नै तयार छ । केही दिन अघि युनिकोड स्ट्यान्डर्डको ७.० भर्सन अपडेट भएको छ । उक्त भर्सनमा २ सय ५० भन्दा धेरै इमोजी देख्न सकिन्छ । सबै गरेर युनिकोडमा अब २ हजार ८ सय ३४ इमोजी भएका छन् ।
यस्ता विभिन्न प्रकारका इमोजीका वारेमा जान्नका लागि इमोजी डट ओआरजी उपयोगी छ । यसमा विभिन्न प्रकारका इमोजीहरु संकलन गरेर राखिएको छ । मानिस, प्रकृति, बस्तु, स्थान, संकेत र अन्य नया“ विभिन्न प्रकारका इमोजीलाई फरक फरक तरिकाले मिलाएर राखिएको छ । इमोजीका साथै त्यसको अर्थ पनि हेर्न सकिन्छ । इमोजीका वारेमा जान्ने चाहना हुनेहरुका लागि यो साइट एकदमै उपयोगी छ ।
बारकोडको ४० बर्ष
व्यापारिक प्रयोजनका लागि उपयोगमा ल्याइएको बारकोड प्रयोगमा आएको ४० बर्ष पुगेको छ । सन् १९७४ को जुन २६ का दिन विहान अमेरिकाको ओहायोस्थित ट्रोयमा रहेको मार्स सुपरमार्केटको १० प्याकेट जुसी फ्रुटको प्याकेटमा पहिलो पटक बारकोडको प्रयोग गरिएको थियो । युनिभर्सल प्रोडक्ट कोड अर्थात युपिसी प्रयोग गरी क्यासियरले सामान बाहिर पठाउदा स्क्यान गरेका थिए । लेजर जस्ता अप्टिकल डिभाइसले रिड गर्न सक्ने गरी यसमा विभिन्न जानकारी प्रिन्ट गरिएको हुन्थ्यो, जुन होरिजोन्टल स्ट्रिप्स तथा म्याट्रिक्स प्याटर्नको रुपमा प्रतिबिम्बित गरिएको हुन्थ्यो ।
हामीले अहिले खासगरी सुपरमार्केटहरुमा यस प्रकारका बारकोडको बढी प्रयोग गरिएको पाउछौं । पुस्तक वा अन्य विभिन्न सामग्रीमा पनि यस्ता बारकोड प्रयोग गरिएका हुन्छन् । अहिले धेरै सामानहरुको बाहिरतिर मोटो–पातलो कालो रंगका ८–१० वटा लामा लामा लाइन हुन्छन् । हेर्दा सामान्य लाग्ने यी लाइनमा उक्त बस्तुको पुरै इतिहास लुकेको हुन्छ । सुपर मार्केट वा कुनै पसलमा गएर ती वस्तु खरिद गर्दा अहिले क्यास काउन्टरमा एक प्रकारको अप्टिकल स्क्यानर प्रयोग गरेको पाइन्छ । उक्त अप्टिकल स्क्यानर कुनै कम्प्युटरस“ग कनेक्ट हुन्छ । बारकोडमा भएको सम्पुर्ण जानकारी स्क्यानरले कम्प्युटरमा देखाउछ । यसैका आधारमा नै पसलहरुमा उक्त बस्तुको मूल्य थाहा हुन्छ ।
यस प्रकारको बारकोडलाई प्रयोगमा ल्याउने श्रेय एलन हिबरम्यानलाई जान्छ । यद्यपि यसको आविष्कार भने सन् १९४० मा ड्रयाक्सेल इन्स्टिच्युट अफ टेक्नोलोजीका दुई बिद्यार्थी नार्मन जोसेफ वुडल्यान्ड र बर्नार्ड सिल्भरले गरेका थिए । सन् १९५२ मा उनीहरुले यसको पेटेन्ट दर्ता पनि गराएका थिए । त्यतिखेर स्क्यानिङ प्रविधि धेरै प्रयोगमा थिएन । त्यसैले थोरै पैसाको लोभमा उनीहरुले पेटेन्ट बिक्री गरे । त्यही समयमा आईबीएमका बिद्यार्थी जर्ज लाउरेलले वुडल्यान्ड–सिल्भर मोडलको आधारमा ब्ल्याक एन्ड ह्वाइट भर्टिकल बारको डिजाइन गरे । एलन हिबरम्यानले उक्त डिजाइन रुचाए र त्यसलाई प्रयोगमा ल्याउने निर्णय गरे । डिजाइनको विशेषता के थियो भने त्यसलाई स्क्यानरले सहज तरिकाले पहिचान गर्न सक्थ्यो । त्यही डिजाइन नै पहिलो पटक जुसी फ्रुटमा प्रयोग गरिएको थियो । पछिल्लो समयमा परिमार्जित रुपमा यसको प्रयोग विभिन्न रुपमा भइरहेको छ । अहिले यो व्यापारिक प्रयोजनको लागि अनिवार्य अंग बनेको छ । विभिन्न प्रकारका उत्पादनमा यसको प्रयोग बढिरहेको छ ।

No comments:
Post a Comment