Sunday, September 7, 2014

प्ले स्टोरको विकल्प एप्स झोला


एकराज सुवेदी

गुगल प्ले स्टोर हामी धेरैले प्रयोग गर्छौ । विभिन्न प्रकारका एप्स डाउनलोड गर्न यसको प्रयोग गरिन्छ । संसारमा एन्ड्रोइड भर्सनका जति पनि एप्स निर्माण हुन्छन्, ती सबै प्ले स्टोरमा संग्रहित हुन्छन् । आफुलाई आवश्यक एप्स डाउनलोड गरी प्रयोग गर्न सकिन्छ ।

तर गुगल प्ले स्टोरमा यति धेरै एप्स छन्, ती सबैको बारेमा जानकारी लिन पनि गाहे हुन्छ । नेपाली एप्स निर्माताहरुले बनाएका एप्स संग्रह गर्ने छुट्टै स्थान भइदिए कति राम्रो हुन्थ्यो ? यही समस्याको समाधानका रुपमा एप्स झोला आएको छ । नेपाली नाम झोलाबाट नै यसको अर्थ प्रस्ट हुन्छ । झोलामा धेरै प्रकारका एप्स संग्रहित छन्, जुन नेपाली डेभलपरहरुले निर्माण गरेका हुन् ।


नेपाली पनि प्रशस्तै एप्स डेभलपर छन् । ती मध्ये एन्ड्रोइड भर्सनमा एप्स निर्माण गर्ने डेभलपरहरुले नेपालमा पनि गुगल डेभलपर ग्रुपको निर्माण गरेका छन् । उक्त ग्रुपमा तीन हजार जति सदस्य छन् । गुगल डेभलपर ग्रुपले नै एप्स झोलाको निर्माण गरेको हो । नेपालमा डेभलपरहरुले एप्स निर्माण गरे पनि गुगल प्ले स्टोरमा ती एप्स राख्नका लागि भने झन्झटिलो प्रक्रिया अपनाउनु पर्छ । त्यसका लागि २५ डलर तिर्नुपर्छ । उक्त डलर तिर्न र डलरमा भुक्तानी गर्ने प्रक्रिया नेपालका लागि सहज छैन । यस्तो अवस्थामा अब डेभलपरहरुले आफ्ना एप्सलाई एप्स झोलामा राख्न सक्छन् । एप्स झोलामा एप्स राख्नका लागि १० डलर मात्र तिर्नुपर्छ भने नेपालमै तिर्न सकिने भएकाले यसको प्रक्रिया पनि सजिलो छ । स्थापनाको ६ महिनामै एप्स झोलामा २५ जना जति डेभलपरका ५० वटा एप्स संग्रहित भैसकेका छन् । यसमा अनलाइन बाघचाल, हाम्रो किबोर्ड, लोडसेडिङ, बर्थडे फरेष्ट, पिकोभिको, एनलोकेट, गाउ“ खाने कथा, पासपोर्ट फोटो भ्युअर आदि लोकप्रिय एप्स समेत उपलब्ध छन् ।

नेपालमा भएका एप्स डेभलपरहरुलाई हौसला प्रदान गर्न पनि एप्स झोलाको अवधारणा ल्याइएको ग्रुपका संस्थापक भुपाल सापकोटा बताउछन् । नेपाली एप्स कहा“ पाइन्छन् भनी खोजी गर्नेहरुले अब एप्स झोला प्रयोग गर्नेछन् । यद्यपि एप्स झोलामा नेपाली एप्सका नाममा जस्तो सुकै प्रकारका एप्स भने राखिनेछैन । ती एप्स गुणस्तरीय पनि हुनेछन् । गुणस्तरीयताका आधारमा एप्स झोलामा राख्ने र राम्रो एप्सलाई प्रबद्र्धन गर्ने, बजारीकरण लगायतका कार्य समेत गरिदिने सापकोटा बताउछन् । एप्स झोलाको अवधारणा ल्याइएको लगभग ६ महिना मात्र भएको छ । अब भने यसलाई व्यावसायिक रुपमा अगाडी बढाउने योजना रहेको उनले बताए । दसै अगाडी नै यो योजनाले मूर्त रुप लिनेछ । अब नेपाली प्रयोगकर्ताले एक सय, दुई सय रुपैयाको सस्तो दरमा समेत यी एप्स किन्न सक्नेछन् । त्यसका आधारमा एप्स झोलाले २५ प्रतिशत र डेभलपरले ७५ प्रतिशत रकम बा“ड्नेछन् । यसो भएमा नेपाली एप्स डेभलपरहरुमा अझै हौसला बढ्नेछ ।

त्यसो त गुगल डेभलपर ग्रुपले अहिले पनि गुगलस“गको प्रत्यक्ष सम्पर्कमा नेपालमा विभिन्न गतिविधि गरिरहेको छ । काठमाडौं बाहेक पोखरा, विराटनगर, वीरगञ्ज र चितवनमा समेत यस्ता ग्रुप निर्माण भएका छन् । ती क्षेत्रमा ग्रुपले एप्स निर्माण गर्ने, प्ले स्टोरमा राख्ने, मार्केटिङ गर्ने आदि पक्षका वारेमा जानकारीमूलक सेमिनारको समेत आयोजना गरेको छ । लगभग २ हजार ब्यक्ति यस्ता सेमिनारमा सहभागी भैसकेका छन् ।
एप्स निर्माण गर्नु पनि एउटा कला हो । राम्रा एप्स किन्न चाहनेहरु प्रशस्तै हुन्छन् । निशुल्क एप्स पनि पाइन्छन् । तर तिनै एप्स राम्रा र लोकप्रिय भए भने बिक्री गर्न पनि पाइन्छ । यसले गर्दा डेभलपरहरुले पैसा कमाउने सम्भावना पनि हुन्छ । केही समय अघि बिक्री भएको नेपाली एप्स ‘लोडसेडिङ’ यसैको ताजा उदाहरण हो । उक्त एप्स २० लाख रुपैया“मा बिक्री भएको थियो । यो अवस्थामा एप्स झोला पनि एप्स डेभलपरका लागि एउटा गतिलो प्लेटफर्म बन्न सक्छ ।

परिचय
गुगल डेभलपर ग्रुप, काठमाडौं
गुगलको एन्ड्रोइड, एप इन्जिन र गुगल क्रोम प्लेटफर्म जस्ता गुगल डेभलमेन्ट टेक्नोलोजीमा रुची राख्नेहरुको समूह नै गुगल डेभलपर ग्रुप हो । एक अर्काले बनाएका पछिल्ला भिडियो हेर्ने, डेमो र टेक टक गरी भेला हुने, कोल्ड स्प्रिन्ट र ह्याकाथन जस्ता इभेन्ट समेत यो ग्रुपले आयोजना गर्छ । यद्यपि डेभलपर र टेक कन्टेन्टका वारेमा उनीहरुले बढी ध्यान दिन्छन् र सामान्य प्रयोगकर्ता समेत पछि गएर डेभलपर बन्न सक्छन् ।
संसारका सय भन्दा बढी देशमा उक्त ग्रुप स्थापना भैसकेका छन् भने विभिन्न वर्गका लगभग ४ सय च्याप्टर यसमा सक्रिय छन् । नेपालमा पनि २०६७ चैत १ मा औपचारिक रुपमा यो ग्रुपको स्थापना भएको हो । त्यतिखेर यसलाई गुगल टेक्नोलोजी युजर ग्रुप भनिएको थियो । काठमाडौं र यसको आसपास क्षेत्रका गुगल प्रविधिप्रति चासो राख्ने गुगलर्सहरु सम्मिलित भएर यो समूहको निर्माण गरिएको थियो । उनीहरु आफ्नो आइडिया र अनुभव सेयर गर्ने र आवश्यक योजना तथा भेटघाटको वातावरण बनाउने गर्थे । युट्युव, गुगल म्याप, गुगल म्याप मेकर, क्यालेन्डर, ट्रान्सलेटर आदि गुगल डाटा एपिआई, एन्ड्रोइड, क्रोम ओएस, गुगल एप इन्जिन, गुगल क्रोम, तथा गुगल सर्च र अन्य पक्षका वारेमा टिप्स र आइडियाहरुका वारेमा उनीहरु आवश्यक छलफल गर्छन् ।

गुगल डेभलपर ग्रुपले स्थापना यता नेपालमा महत्वपुर्ण कार्य गरिहेको छ । पहिलो पटक सन् २०११ को मेमा बिबिसी आउटराइडर्स जमिल्ला नोल्सस“ग भेटघाटको आयोजना गरेको थियो । सन् २०१२ को जनवरीमा नेपालमा गुगलको पहिलो र सन् २०१३ को मेमा दोस्रो आधिकारिक भ्रमण भयो । त्यस बाहेक समय समयमा ब्लगिङ वर्कशप, एन्ड्रोइड वर्कशप, बुटक्याम्प, स्टार्टअप विकेन्ड पार्टिसिपेसन, विमेन लिडर्स इन टेक्नोलोजी वर्कशप आदि विभिन्न कार्यक्रमको आयोजना गरिसकेको छ ।

हाल विभिन्न इन्जिनियरिङ र आइडी कलेज तथा बिद्यालयहरुमा समेत यस्ता ग्रुप निर्माण भइरहेका छन् । काठमाडौं बाहेक पोखरा, बिराटनगर, वीरगञ्ज र चितवनमा पनि यसको स्थापना भैसकेको छ । अन्य स्थानमा पनि यस्ता ग्रुप निर्माणको क्रम जारी रहेको नेपाली गुगल डेभलपरहरु बताउछन् ।

नेपाल टेलिकमको एफटिटिएच
नेपाल टेलिकमले अझै उच्च गतिको इन्टरनेट ल्याएको छ । यसको नाम एफटिटिएच अर्थात फाइबर टु द होम राखिएको छ । उक्त सेवा अन्तर्गत ग्राहकको घरमै फाइबर सुविधा मार्फत उच्च गतिको इन्टरनेट उपलब्ध हुनेछ । यसबाट डाटा लस हुदैन । नेपालमा उपलब्ध प्रबिधिमध्ये यो सर्वाधिक उच्च गुणस्तरको हुने टेलिकमको दावी छ । उक्त प्रबिधि मार्फत न्यूनतम १० एमबिपिएस गतिको इन्टरनेट सेवा उपलब्ध हुनेछ । नेपाल टेलिकमले राजधानीसहित देशका १० विभिन्न स्थानबाट यो सेवा प्रारम्भ गरेको हो । यो सेवा मार्फत ग्राहकले एउटै तारबाट इन्टरनेट र भिडियो सुविधा प्रयोग गर्न पाउनेछन् । टेलिकमले शुरुमा इन्टरनेट सेवा मात्र दिने र बिस्तारै सोही इन्टरनेट मार्फत भिडियो र टेलिभिजनमा समेत त्यस्तो सेवा जडान गर्ने योजना बनाएको छ ।

फाइबर मार्फत प्राप्त हुने इन्टरनेटलाई बिश्वमै गुणस्तरीय र महंगो इन्टरनेट मानिन्छ । इन्टरनेट टेलिभिजनका लागि छुट्टै अनुमति लिनुपर्ने प्राबधान छ । फाइबर मार्फत इन्टरनेट प्रयोग हुने भएपछि ग्राहकले सजिलै आफुले चाहेको भिडियो हेर्न, डाउनलोड गर्न र रेकर्ड समेत गर्न सक्नेछन् । अधिक इन्टरनेट चलाउने र घना बस्ती भएका ठाउलाई पहिलो चरणमा समावेश गरिएको टेलिकमले बताएको छ ।

कथालयको एप्स वी रिड
नेपालमा समेत पाठकहरु बढिरहेका छन् । मोबाइल वा अन्य डिभाइसमा पुस्तक पढ्न चाहनेहरु समेत बढिरहेका छन् । यही कुरालाई ध्यानमा राखेर कथालयले ‘वी रिड’ नामक एप्लिकेसन उपलब्ध गराएको छ । कथालयका राजीवधर जोशीले यसलाई नेपालकै पहिलो बिद्युतिय पुस्तकालय भएको दाबी गरेका छन् । उक्त एप्लिकेसनमा नेपाली लेखक तथा प्रकाशकले प्रकाशन गरेका अंग्रेजी, नेपाली तथा अन्य क्षेत्रीय भाषाका देवनागरी लिपिमा उपलब्ध हुने पुस्तकहरु रहनेछन् । एन्ड्रोइड र आईओएस सिस्टम चल्ने मोबाइल र ट्याबमा वी रिड एप्स चलाउन सकिन्छ । उक्त एप्सलाई भोग नेपाल स्टुडियोले डेभलप गरेको हो ।
वी रिड एप्स बिश्वभर सित्तैमा डाउनलोड गर्न सकिन्छ । उक्त एप्समा प्रकाशक तथा  लेखकले बिक्रीका लागि आफ्ना पुस्तक राख्न पनि सक्छन् । प्रयोगकर्ताले ती पुस्तक किन्नका लागि  हेर्न सक्छन् र सरल तथा सुरक्ष्ँित रुपमा बिश्को जुनसुकै स्थानबाट पनि किन्न सक्छन् । रकम भुक्तानीका लागि विभिन्न सेवाको प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । यसमा विभिन्न पत्रपत्रिका र चर्चित पुराना तथा नया“ सबै प्रकारका पुस्तक उपलब्ध हुन्छन् । आफुलाई मन परेको पुस्तक किन्न सकिन्छ ।  नेपालमा प्रकाशित पुस्तकलाई बिश्व वजारमा मात्र नभई नेपालकै दुर्गम स्थानमा समेत पुर्याउन कठिनाई छ । वी रिड एप्लिकेसनले यसको सहज समाधान दिने जोशीको दावी छ ।

ट्राफिकको नया राडार गन र ब्रेथलाइजर
सडकमा तिब्र गतिमा ड्राइभिङ गर्नुहुन्छ भने अब होसियार रहनुहोला । महानगरीय ट्राफिक प्रहरीले सवारी साधनको गति नियन्त्रण गर्नका लागि ‘एड्भान्स्ड राडार गन’ प्रयोगमा ल्याउन थालेको छ । राजधानीमा सडक विस्तार पछि तिब्र गतिमा सवारी चलाउने प्रचलन पनि बढ्न थालेको छ । यसले गर्दा सडक दुर्घटना हुने सम्भावना पनि बढेको छ । बढी सवारी दुर्घटना हुने स्थान अर्थात ब्ल्याक स्पट पनि बढेका छन् । हाल महाशाखाले चार वटा राडार गणलाई प्रयोगमा ल्याएको छ । तिब्र गति बढी हुने सडकमा तिनको प्रयोग गरिनेछ । यसले टाढाका सवारीको समेत जुम गरेर गति नाप्न सक्छ । यसमा सवारीको गति, समय र फुटेज समेत रेकर्ड गरेर राख्न मिल्छ । सडकमा एकैपटक धेरै सवारी साधन आएका छन् भने पनि राडार गन सवारी आएतिर देखाउने बित्तिकै तीब्र गतिमा आएको सवारी साधन कति गतिमा आएको छ भन्ने देखाउछ । दैनिक रुपमा फरक फरक स्थानमा राखेर आवश्यकता अनुसार यसलाई प्रयोगमा ल्याउन सकिन्छ । ट्राफिक प्रहरीले यो भन्दा पहिले पनि एउटा राडार गन प्रयोगमा ल्याएको थियो । तर यसले दुई सय मिटर परसम्मको सवारीको गति मात्र मापन गर्न सक्थ्यो । अहिलेका राडार गन भने यो भन्दा निकै शक्तिशाली छन् । प्रत्येक राडार गनको मूल्य लगभग १२ लाख रुपैया“ रहेको ट्राफिक प्रहरीको भनाई छ ।

त्यसैगरी ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरेको जा“च्नका लागि नया“ ब्रेथलाइजर पनि ल्याएको छ । यस मार्फत टाढैबाट फुकेर मापसे जा“च गर्न सकिन्छ । उक्त नया“ ब्रेथलाइजरमा रेकर्ड र डिलिट गर्न सकिन्छ भने दीर्घकालिन रेकर्डको लागि कम्प्युटरमा समेत राख्न मिल्छ । यसका कारण मेडिकल जा“चका लागि सवारी चालकलाई अस्पताल लैजानु पर्ने बाध्यता समेत हटेको छ । यसबाट चालकले कति मापसे गरेको छ भन्नेदेखि लिएर चालकको ड्राइभिङ लाइसेन्स नम्बर र सवारी नम्बर सहितको रसिद तुरुन्तै प्रिन्ट गरेर दिइनेछ । एसियाली बिकास बैंक (एडिबि) ले उपलब्ध गराएका ती ब्रेथलाइजरको मूल्य प्रतिगोटा १ लाख ३५ हजार ५ सय जति रहेको छ ।

कलर्सको एक्स २८ स्टार
कलर्स मोबाइलको आधिकारिक बिक्रेता टेलिटक प्रालिले नया“ एक्स २८ स्टार मोबाइल नेपाली बजारमा ल्याएको छ । ३ दशमलव ५ इन्चको मोबाइलमा एचभिजिए स्क्रिन रहेको कम्पनीले जनाएको छ । यसमा ओएस प्रविधिमा आधारित १ दशमलव २ गिगाहर्ज ड्युअल कोर प्रोसेसर, ५ सय १२ एमबी र २ सय ५६ एमबीको ¥याम रहेको छ । यसमा २ मेगापिक्सेलको ब्याक क्यामेरा र शुन्य दशमलव २ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । यसमा ४.२.२ भर्सनको एन्ड्रोइड अपरेटिङ सिस्टम छ । त्यसैगरी यसमा १२०० एमएएचको ब्याट्री रहेको छ । यसको खरिदमा मोबाइल कभर समेत निशुल्क प्राप्त गर्न सकिन्छ ।

No comments:

Post a Comment