
नया“ लुगा लगाउने र मिठो खाने पर्वका रुपमा दसैलाई लिइन्छ । त्यसैले लुगाफाटो र अन्य सामान बाहेक रेष्टुरा“मा पाइने विभिन्न परिकार पनि आफन्तलाई उपहारका रुपमा दिन सकिन्छ । अनट्रिट डट कम नामक वेबसाइटले यो कार्यमा सहयोग पु¥याउन सक्छ । उक्त वेबसाइटमा नेपालमा रहेका विभिन्न रेष्टुरा“ र तिनको मेनु उपलब्ध गराइएको छ । आफ्ना आफन्त वा साथीभाईलाई यस्तै तरिकाले भोज खुवाउन वा ट्रिट दिनका लागि यसले सहयोग पु¥याउछ । स्वदेश वा विदेशमा रहेका ब्यक्तिले आफन्तलाई केही खुवाउनु परेमा जसलाई खुवाउनु पर्ने हो, ती ब्यक्तिको नाम र फोन नम्बर पनि वेबसाइटकै अर्डरमा उल्लेख गर्नुपर्छ । त्यसपछि बा“की सबै जिम्मेवारी वेबसाइटकै माध्यमले पुरा हुन्छ । ‘आई एम अन ट्रिट, आई इट एन्ड गो फ्रि विदाउट पेमेन्ट’ भन्ने उद्देश्यलाई आत्मसात गर्ने तरिकाले उक्त वेबसाइटको डिजाइन गरिएको यसका संस्थापक कृष्ण सुनुवार बताउछन् । ट्रिट लिने, तर पैसा आफुले तिर्नु नपर्ने भए पछि कसको मन खुशी नहोला र ?
कतिपयका आफन्त यता, आफु विदेशमा वा आफु यता, आफन्त विदेशमा । आफन्तलाई यस्तै तरिकाले भोज खुवाउने चाहना धेरैको हुन्छ । त्यस्तो भोज रेष्टुरा“मै गएर वा घरैमा पनि खान सकिन्छ । त्यस्ता व्यक्तिहरुको चाहनालाई पुरा गरिदिने मध्यस्थकर्ताको काम उक्त वेबसाइटले गरिरहेको छ । यद्यपि यसरी मध्यस्थ बनिदिए बापत छुट्टै शुल्क लिदैन । रेष्टुरा“कै मूल्यमा ती सबै उपलब्ध हुन्छन् ।
मुन्चा डटकम अर्को उदाहरण हो । नेपालमा अनलाइन सपिङको सुरुवात गर्ने श्रेय मुन्चा डट कमलाई जान्छ । यसले खासगरी विदेशबाट अर्डर गरिएका विभिन्न सामग्री नेपाली ग्राहकको घरघरमा पुर्याइदिने काम गर्छ । अन्य अवसरमा नै बढी भीड हुने यो साइटमा दसै तिहार जस्ता चाडपर्वको अवसरमा त झनै बढी भीड हुन्छ । यसको लोकप्रियताकै कारण मुन्चा डट कमले नेपालका अन्य सहरमा समेत शाखा विस्तार गरिसकेको छ ।
हरिलो डट कम त्यस्तै अर्को अनलाइन सपिङ साइट हो । उक्त साइटले विदेशी सामानहरु किन्न सकिने व्यवस्था गरेको छ । विश्वका प्रमुख देशका उत्पादनहरु उक्त साइट मार्फत किन्न सकिन्छ । विशेष गरी ग्याजेट्स खरिदका लागि यो साइट लोकप्रिय छ । यसको सहयोगले इबे, अमेजन आदि प्रतिष्ठित कम्पनीका साइट मार्फत पनि सामान खरिद गर्न सकिन्छ ।
भाटभटेनी सुपर स्टोरमा उपलब्ध सामग्रीले अहिले काठमाडौमा निकै नै लोकप्रियता पाएका छन् । ती सामानलाई अनलाइन रुपमा पनि खरिद गर्न र उपहारका रुपमा पठाउन पनि सकिन्छ । भाटभटेनी अनलाइन यसको सपिङ साइट हो । नेपालमा सपिङ कम्प्लेक्सले दिएको यो पहिलो सुविधा हो ।
ठमेल डट कम अर्को एउटा उदाहरण हो । यसलाई पनि अनलाइन सपिङको अग्रणी साइट मानिन्छ । सन् २००० मै प्रारम्भ भएको उक्त साइटमा विभिन्न गिफ्टहरु पठाउन र खरिद गर्न सकिन्छ । यसमा एनआरएन मार्फत रकम पठाउन पनि सकिन्छ ।
यही कुरालाई दृष्टिगत गरी निर्माण गरिएको अर्को साइट फुडमान्डु डट कम भने पहिलेदेखि नै प्रचलित छ । उपयुक्त समयमा सेवा उपलब्ध गराउने प्रयोजनका लागि फोन गरेर वा यो साइटमा लग इन गरेर फाराम भरे पछि आफ्नो रुची अनुसारको खाना उपलब्ध गराउने काम फुडमान्डु डट कमले गर्छ । फुडमान्डुको वेबसाइटमा काठमाडौंको रिङ रोडभित्रका ८० भन्दा धेरै रेष्टुरा“का मेनु हेर्न सकिन्छ । ग्राहकले आफुलाई पायक पर्ने अथवा आफुले रोजेको रेष्टुरा“को खाना अनलाइन रुपमै अर्डर गर्न सक्छन् ।
फुडमान्डु मार्फत आफ्नो बजेट अनुसारको खाना अर्डर गरेर आफन्तलाई उपहार दिन सकिन्छ । यसका लागि सहरका विभिन्न स्थानमा सवारी साधनसहित डेलिभरी पर्सनको व्यवस्था गरिएको छ । यो व्यवसाय प्रारम्भ गर्दा दिउसोको कर्पोरेट हाउसलाई लक्षित गरिएको भए पनि पछिल्लो समयमा घरेलु र विदेशी ग्राहक समेत प्रशस्त भएको फुडमान्डु डट कमका संचालक मनोहर अधिकारीको भनाई छ । अहिले त विदेशी ग्राहक नै धेरै छन् । विदेशमा यस्तो संस्कृति धेरै भएको र नेपालीहरु अझै यसमा अभ्यस्त नभैसकेकाले यस्तो भएको हो ।
इस्टोरनेपाल डट कमले अन्य कुराका साथै खानाका केही खाजाका परिकार पनि उपलब्ध गराउछ । विशेष गरी विदेशमा बसेका ब्यक्तिहरुले नेपालमा भएका आफन्तलाई यस्ता परिकार उपहारका रुपमा उपलब्ध गराउन सक्छन् । विशेष गरी मम, मिठाई र केक जस्ता परिकार बढी उपलब्ध गराउने गरेको यसका संचालक बिपिन खत्री बताउछन् । विशेष गरी पुराना र नियमित ग्राहकहरुले यो साइटको सेवा उपभोग गरिरहेका छन् । खाना र खाजा जस्ता परिकार स्वास्थ्यका लागि संवेदनशील पदार्थ भएकाले ग्राहकलाई ढुक्कस“ग गुणस्तरीय परिकार उपलब्ध गराउनु पर्छ भन्ने मान्यताका साथ आफुहरुले काम गरिरहेको खत्रीले जानकारी दिए ।
अनलाइन रुपमा खाना अर्डर गर्नेको संख्या विस्तारै बढ्दै गएको छ । प्रविधिस“गको सम्बन्धमा सुमधुरता ल्याउन खोज्ने युवापुस्ताले यस्ता कार्यमा विशेष रुपमा चासो राख्छन् । पछिल्लो समयमा यसको दायरा फराकिलो बन्दै गइरहेको छ । यो वाहेक नेपाली बजारमा नेपवे डटकम, रोजेको डट कम, एस कान्तिपुरलगायतका वेबसाइट समेत सक्रिय छन् ।
विश्वमा अनलाइन सपिङको प्रारम्भ सन् १९९४ देखि भएको मानिन्छ । त्यसबेला इ–बैंकिङदेखि पिज्जा हटको अनलाइन पिज्जा सप खुलेको थियो । त्यसपछिको समयमा अनलाइन सपमा ठूलै उपलब्धि देखिएको छ । इ–बैंकिङ मार्फत संसारको एउटा कुनाबाट अर्को कुनामा सामान किनबेच गर्न सकिन्छ । यही कार्यलाई पछ्याउदै नेपालमा पनि अनलाइन सेवा दिने विभिन्न कम्पनी एवं संस्थाहरु बजारमा परिचित हुने क्रममा छन् । ती मध्ये धेरैजसो कम्पनी वा संस्थाले राजधानीलाई नै कार्यक्षेत्र बनाएका छन् । पछिल्लो समयमा यस्ता साइटको लोकप्रियता बढ्दो छ, जसका कारण दसै तिहार जस्ता चाडपर्वलाई पनि उल्लासमय बनाउन सहयोग पुगेको छ ।
No comments:
Post a Comment