कम्प्यूुटर एशोसिएसन अफ नेपाल (क्यान) ले बर्षेनी आयोजना गर्दै आएको क्यान सफ्टेक २०१४ गत भाद्र २६ देखि २९ सम्म राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी सम्पन्न भएको छ । उक्त प्रदर्शनीमा सफ्टवेयर, सर्भिसेज, सोलुुसन् र कम्यूूनिकेशनको क्षेत्रमा विकास भएका नयां–नयां प्रविधिको प्रदर्शन गरिएको थियो । सफ्टेक भएकाले यसमा विशुद्ध रुपमा सफ्टवेयरका वारेमा जानकारी प्रदान गरियो । सुुविसुु क्यान सफ्टेक २०१४ इन एशोसियसन विथ नियो ईआरपीमा जम्मा १ सय ४२ वटा स्टलहरु रहेका थिए । सफ्टवेयरको क्षेत्रमा शिक्षा, कम्प्यूूटर सुुरक्षा, बैंकिङ्क, सूूचना व्यवस्थापन, लेखा व्यवस्थापन, एन्टिभाइरस र अस्पताल व्यवस्थापन लगायतका सफ्टवेयरहरु रहेका थिए । प्रदर्शनीमा रहेका केही मुख्य सफ्टवेयरहरु यस प्रकार रहेका थिए ।
फोस नेपाल
फ्रि एन्ड ओपन सोर्स सफ्टवेयरको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले फोस नेपालले विभिन्न अभियान चलाएको छ । यसै सन्दर्भमा फोस नेपालले फोस इ–सोलुसनको नारा सहित उबन्टु र लिनक्स अपरेटिङ सिस्टमको प्रयोगलाई जोड दिएको थियो । यी सफ्टवेयरको वारेमा विभिन्न तालिम कार्यक्रम भएको र तिनका वारेमा जानकारी समेत दिएको थियो ।
विकिमिडियन्स अफ नेपाल
विकिपिडियाको वारेमा धेरैलाई जानकारी हुनसक्छ । कुनै कुरा खोज्नुप¥यो भने धेरैले यसको प्रयोग गर्छन् । नेपाली भाषामा पनि यसको प्रयोग बढिरहेको छ । यो वाहेक पालि, संस्कृत, भोजपुरी र नेपाल भाषामा पनि विकिपिडिया उपलब्ध छ । अंग्रेजी त झन् विश्वमै प्रचलित भाषा भैहाल्यो । यी सबै भाषामा आवश्यक जानकारी पाउन सकिन्छ । यति मात्र होइन, यसका जुनसुकै लेखको माथि भएको सम्पादन अथवा एडिट बटन थिचेर आवश्यक सम्पादन गर्न पनि सकिन्छ । हरेक लेखको इतिहास भन्ने बटनमा क्लिक गरी अहिले सम्मका सम्पादनको इतिहास पनि हेर्न सकिन्छ । त्यसैले विकिपिडियामा जसले पनि सम्पादन गर्न र आफुमा भएको ज्ञान बाड्न सक्छ । यो एक प्रकारको खुला विश्वकोष हो । यी सबैका वारेमा आवश्यक जानकारी लिनका लागि विकिमिडियन्स अफ नेपालले आवश्यक व्यवस्था गरेको थियो ।
मिदास इ–क्लास
मिदास एजुकेसन प्रालिले बिद्यालयमा पढाइ हुने विभिन्न विषयका लागि मिदास इ–कलासको स्टुडेन्ट एडिसन सफ्टवेयर निर्माण गरेको छ । अब यसको सहयोगले बालबालिकाहरुले स्मार्टफोन, ट्याब्लेट र कम्प्युटरमार्फत यी सफ्टवेयरको अध्ययन गर्न सक्छन् । गुगल प्ले स्टोर वा मिदास इ–कलासको वेबसाइटमा गएर डाउनलोड गरी यसको ट्रायल भर्सन प्रयोग गर्न सकिन्छ । यो वाहेक अनलाइन रुपमा वा मोबाइल तथा कम्प्युटर पसलमा गएर तथा सिधै कम्पनीको कार्यालयबाटै पनि यसको फुल भर्सन किनेर प्रयोग गर्न सकिन्छ । बिद्यालयमा पढ्नुपर्ने कक्ष्ाँ र विषय अनुसारका पाठहरुको व्यावहारिक पक्षसहितको भिडियो र गेमहरु मिदास इ–कलासमा समावेश गरिएको छ । विद्यार्थीहरु रमाउदै, खेल्दै व्यावहारिक रुपमा विषयवस्तुको अध्ययन गर्न सक्छन् ।
दृष्टिविहीनका लागि सफ्टवेयर
दृष्टिविहीनहरुले पनि मोबाइल वा कम्प्युटरको प्रयोग ढुक्कका साथ गर्न सक्छन् । तर कसरी ? हामी पनि अचम्म पर्छौ । कम्प्युटरका लागि जज तथा मोबाइलका लागि टक एवं मोबाइल स्पिक जस्ता सफ्टवेयरको सहयोगले उनीहरु यी कार्य गर्न सक्छन् । जजले कम्प्युटरमा लेखेको कुरालाई बोलेर सुनाउछ । नेपालमा हिमप्रसाद गौतम, जो आफै दृष्टिविहीन छन्, ले दृष्टिबाचक नामक सफ्टवेयरको निर्माण गरेका छन् । उनले नै हालै नेत्रवाणि नामक ओपन सोर्स सफ्टवेयर समेत विकास गरेका छन् । यी दुवै सफ्टवेयरले युनिकोड नेपालीमा लेखेको अक्षरलाई चिन्न सहयोग पु¥याउछन् । मोबाइलमा प्रयोग गरिने टक एवं मोबाइल स्पिक नामक सफ्टवेयरको सहयोगले मोबाइलमा आएको म्यासेजलाई पढेर सुनाउछ भने कुनै नम्बर सेभ गरेको छ भने नाम भन्छ र सेभ नगरेको नम्बरबाट फोन आयो भने बोलेर नम्बर सुनाउछ । ब्राइट स्टार सोसाइटीले यस्ता विभिन्न सफ्टवेयरका वारेमा जानकारी प्रदान ग¥यो ।
इ–एटेन्डेन्स
अहिले कार्यालयहरुमा कागजी रुपमा हाजिरी राख्ने प्रचलनको क्रमशः अन्त्य हुदैछ । यसका लागि इ–एटेन्डेन्स सफ्टवेयरको प्रयोग हुन थालेको छ । हातको औला, पासवर्ड, फेसियल रिकग्निसन एवं डोरलक आदिको प्रयोग गरी हाजिरी गर्न सकिन्छ । अहिले हातको औला उक्त सफ्टवेयरमा राखेपछि मानिसको पहिचान हुन्छ र हाजिरी गरेको मानिन्छ । यसले गर्दा हाजिर गरेको निश्चित समय पनि सधैका लागि सेभ भएर बस्छ । यसैका साथमा विदामा बस्ने कर्मचारीहरुका लागि अनलाइन लिभ म्यानेजमेन्ट नामक सफ्टवेयरको प्रयोग गर्न पनि सकिन्छ । यो सफ्टवेयर अहिले नेपालका कार्यालयहरुमा निकै नै प्रयोगमा आउन थालेको छ । टुलिप्स टेक्नोलोजिजले यस्ता विभिन्न प्रकारका सफ्टवेयरको वारेमा जानकारी प्रदान गरेको थियो । विभिन्न प्याकेजमा आवश्यक छुटको व्यवस्था समेत गरिएको थियो ।
अन्भर ट्याक्सी
अन्भर स्मार्ट ट्याक्सी स्मार्टफोनमा चलाउन सकिने सेवा हो । यसको प्रयोगबाट प्रयोगकर्ताले आफ्नो मोबाइलमै आफु नजिकै उपलब्ध खाली ट्याक्सीहरु नक्सामा अंकित भएको देख्न सक्छन् र एउटा बटन थिचेकै भरमा ट्याक्सीलाई आफु रहेको ठाउ“मा बोलाउन सक्छन् । जसले गर्दा प्रयोगकर्तालाई ट्याक्सी खोज्न सडकगल्लीमा भँैतारिनु पर्दैन । रातसा“झ तथा बर्षाको समयमा समेत ट्याक्सी खोज्न कष्ट गरिरहनु पर्दैन । यसको सहयोगबाट आफु जाने ठाउ“, लाग्ने समय, दुरी आदिको वारेमा पहिल्यै जानकारी पाउन सकिन्छ । आफ्नो सामान कहिलेकाही ट्याक्सीमा छुटेमा पनि खोज्न सजिलो हुन्छ । इरासफ्ट सोलुसनले विकास गरेको उक्त सफ्टवेयरका लागि गुगल प्लेमा रहेको अन्भर स्मार्ट ट्याक्सी नामक सफ्टवेयरलाई आफ्नो मोबाइलमा इन्स्टलन गर्नुपर्छ । युजर नेम र पासवर्ड प्रयोग गरी लगइन गरेपछि खुल्ने नक्सामा आफु रहेको र जान चाहेको स्थान अंकित गरी नक्सामा देखिने कुनै एक ट्याक्सीलाई रिक्वेस्ट पठाउनु पर्छ । रिक्वेस्ट पठाएपछि एसेप्ट वा रिजेक्ट गरेको म्यासेज आउछ । एसेप्ट भएको म्यासेजका साथ ट्याक्सीको नम्बर, रंग, मोडल, आइपुग्न लाग्ने समय तथा गन्तव्यसम्म लाग्ने समय जस्ता जानकारी प्राप्त हुन्छ । उक्त ट्याक्सी नजिकै आइपुगेको वा पर्खिरहेको जानकारी पुनः प्राप्त हुनेछ । प्रँप्त जानकारी अनुसारको ट्याक्सी प्रयोग गरी गन्तव्यमा पुग्न सकिन्छ । रिक्वेस्ट रिजेक्ट भएमा अन्य ट्याक्सीलाई फेरि रिक्वेस्ट गर्न सकिन्छ । भर्खरै विकास भएको सफ्टवेयर भएकाले यसको एप्स प्रयोगलाई प्रोत्साहित गरिरहेको डेभलपरहरुले बताएका छन् । आगामी दिनमा सबै ट्याक्सीमा यसको प्रयोगलाई प्रोत्साहित गर्ने र आवश्यक तालिमको व्यवस्था समेत गर्ने योजना रहेको डेभलपर ओम खड्काले बताएका छन् ।
डाटा रिकभरी
कम्प्युटरमा काम गर्दै जादा विभिन्न डाटा वा फाइल हराउन सक्छन् वा कहिलेकाही नचाहिने भनेर डिलिट गरेको फाइल पछि फेरि आवश्यक पर्न पनि सक्छ । यो अवस्थामा ती डाटालाई पुनः प्राप्त गर्न गाहे हुन्छ । तर बजारमा यस्ता विभिन्न सफ्टवेयर पनि उपलब्ध छन्, जसले हराएका ती डाटालाई खोजेर ल्याइदिन्छन् । डाटा रिकभरी त्यस्तै प्रकारको एउटा सफ्टवेयर हो, जसले स्टोरेज मिडियाबाट हराएका त्यस्तै डाटालाई पुनः प्राप्त गर्न सहयोग पु¥याउछ । कु“वर कम्प्युटर एन्ड इलेक्ट्रोनिक कन्सर्नले यस्तै प्रकारको सफ्टवेरका वारेमा आवश्यक जानकारी प्रदान गरिरहेको थियो । यसले निश्चित शुल्कमा डाटा रिकभर गरीदिने व्यवस्था समेत गरेको थियो ।
इ–जोनका सफ्टवेयर
सन् २००३ मा स्थापना भएको इ–जोनले नेपाल सरकार, एजेन्सी, सरकारी तथा गैरसरकारी संस्था, बैंक तथा कर्पोरेट सेक्टरका लागि सफ्टवेयर उत्पादन गर्दै आएको छ । विभिन्न कार्यालयका लागि आवश्यक पेरोल सफ्टवेयर, डाटा कलेक्सन गरी एनालाइसिस गर्ने एमआर्ईएस सिष्टम आदि केही उदाहरण हुन् । एकाउन्टिङ, पेरोल, इन्भेन्ट्री र एटेन्डेन्स आदि विभिन्न सफ्टवेयरलाई वेबमा होस्ट गर्न, क्लाउडबाट चलाउन, दुईवटा मोड्युललाई जोडेर एउटै स्क्रिनमा हेर्न समेत सकिन्छ । यस्ता विभिन्न सफ्टवेयरको वारेमा जानकारी प्रदान गरिएको थियो ।
आइटी नेपालका नया“ सफ्टवेयर
प्रदर्शनीकै अवसरमा आइटी नेपालले विभिन्न ५ सफ्टवेयरलाई नेपाली बजारमा ल्याएको घोषणा ग¥यो । नियो इआरपी, नियो एचआरआईएस, नियो फाइन प्लस, नियो आरटिएस र साप बिजनेस नामक यी सफ्टवेयर व्यापारिक, बैंकिङ र मानव संशाधनको क्षेत्रमा काम लाग्छन् ।
गुगलका १८ बर्ष
सन् १९९० को दशकमा पहिलो पटक इन्टरनेटको प्रयोग प्रारम्भ हुदा कसैले पनि गुगल जस्तै कम्पनी बजारमा आउला भनेर कसैले पनि अनुमान गरेका थिएनन् । सन् १९९८ को सेप्टेम्बर ४ मा गुगलले आफ्नो यात्रा प्रारम्भ गरेको थियो । आज प्रत्येक इन्टरनेट प्रयोगकर्ताका लागि गुगल एउटा अभिन्न अंग बनेको छ । यसको पहिलो प्रयोग सर्च इन्जिनका रुपमा भएको थियो । तर आज गुगल सर्च इन्जिनका रुपमा मात्र लोकप्रिय छ्रैन, यो वाहेक जीमेल, गुगल प्लस, इन्टरनेट ब्राउजर क्रोम, गुगल अर्थ, गुगल म्याप र गुगल न्युज यसका अन्य अंग बनेका छन् ।
१८ बर्ष अघिको कुरा हो । सन् १९९६ मा स्ट्यानफोर्ड युनिभर्सिटीका बिद्यार्थी ल्यारी पेज र सर्गेई ब्रेनले ब्याकरब नामक एउटा रिसर्च प्रोजेक्ट प्रारम्भ गरे । एउटा वेबपेजलाई अर्को वेबपेजसग लिंक गर्ने र एउटै वेबपेजमा धेरै वेबपेजलाई राख्ने कुरा ल्यारी पेजको आइडिया थियो । ल्यारी र ब्रेनले सन् १९९७ को सेप्टेम्बर १५ मा गुगल डट कमलाई दर्ता गराए । ठीक एक बर्ष पछि सन् १९९८ मा ल्यारी र ब्रेनले क्यालिफोर्नियाको मेन्लो पार्कमा रहेको उनिहरुको अर्को साथी सुसान वोजसिस्कीको गाडी ग्यारेजमा कम्पनीको रुपमा गुगलको काम प्रारम्भ भयो । यसका लागि सन माइक्रोसिस्टमका सहसंस्थापक एन्डी बेचतोलशेइमले आर्थिक सहायताका रुपमा एक लाख डलर दिएका थिए ।
तर गुगलले आफ्नो फरक पहिचान कायम गर्न भने लामो समय लागेको थियो । उनीहरुले कडा मेहनत गरे । इमेलको वारेमा जान्ने मान्छे पनि त्यतिखेर थोरै थिए । त्यतिखेर जीमेलको नाम लिदा मानिसहरु झनै अल्मलिने गर्थे । केही समय पछि गुगलले आफ्नो सेवामा अझै सुधार ल्याउदै गयो र मानिसहरुले पनि यसलाई प्रयोग गर्दै गए । त्यसपछि जीमेल र गुगल दुवै इन्टरनेट प्रयोगकर्ताका लागि जीवनको अंग बन्न थाले । त्यसपछि गुगलले च्याट सेवा पनि शुरु गर्यो । यसले गर्दा एक अर्को प्रयोगकर्ताका वीचमा पनि सम्पर्क गर्न सहज भयो । यसले गर्दा गुगलको लोकप्रियता पनि बढ्दै गयो ।
सन् २००० देखि गुगलले आफ्नो वेबपेजका साथ बिज्ञापनको लिंक पनि दिन थाल्यो । यसले गर्दा मानिसहरु झनै एक अर्कामा जोडिन थाले । यसका कारण गुगलको आय बढ्यो भने मानिसहरुलाई सुविधा । इमेल र सर्च इन्जिनका रुपमा गुगल अगाडी बढ्दै गयो । यसको प्रतिष्पर्धिका रुपमा रहेका याहु र माइक्रोसफ्ट जस्ता कम्पनीले निकै प्रयास गर्दा पनि गुगललाई उछिन्न सकेनन् ।
अहिले विश्वका विभिन्न ४० देशमा गुगलका कार्यालय छन्, जहा ५२ हजार कर्मचारी कार्यरत छन् । गुगलको अर्थ पनि विशेष प्रकारको छ । वास्तबमा १ अंकको पछि एक सय वटा शुन्य भएको अंकलाई अंग्रेजीमा गुगोल भनिन्छ । यही गुगोल शब्द अपभ्रंश भएर पछि गुगल भन्न थालिएको हो ।
No comments:
Post a Comment