Saturday, September 27, 2014

दसैको उपहार स्मार्टफोन

नेपालीहरुको घर आगनमा विजयादशमी तथा शुभ दिपावलीको रमझम भित्रि सकेको छ । दसै तिहारमा नया“ लुगा किन्ने , मिठो खाना खाने चलन पूरानै हो । जीवनस्तरमा आएको परिवर्तनस“गै यही चाडबाडको वेलामा किनमेल संस्कृतिमा पनि परिवर्तन आएको छ । अब नेपालीहरु यस्ता अवसरमा स्मार्टफोन किन्न समेत रुचाउन थालेका छन् । जागिर र व्यवसाय हुनेहरुले अलि अलि थपथाप गरेर र नहुनेहरुले जम्मा गरेको पैसाले आफुलाई मन लागेको स्मार्टफोन किन्ने वा कसैलाई उपहार दिने चलन पनि बढेर गएको छ । यही समयमा कम्पनीहरुले विभिन्न प्रकारका उपहार र छुटको व्यवस्था पनि गरेका हुन्छन् । आफ्नो उत्पादनको प्रवद्धन र विक्री गर्ने उद्धेश्यले कम्पनी अनुसार नगद सहित विभिन्न योजना अगाडी सारेका हुन्छन्  । आफ्नो शोखको स्मार्टफोन किन्न दसै कुरेकाहरुलाई यो राम्रो अवसर पनि हो ।


कुनै पनि कम्पनीले आफ्ना उत्पादनको बिक्रीका लागि उपहार अथवा  अन्य छुटको ब्यवस्था समेत गर्छन् । दसै र तिहार जस्ता चाडको अवसरमा यो योजनाले अझ बढी आकर्षण उपलब्ध गराउछ । नेपालीहरुले परम्परागत रुपमा दसै र तिहारलाई एउटा छुट्टै उल्लासमय चाडको रुपमा मनाउछन् । यी चाडलाई नया“ सामान किन्ने अवसरका रुपमा समेत सदुपयोग गर्छन् । पहिले पहिले मिठो खाने र राम्रो लुगा लगाउने चाहना पुरा गर्ने अवसरका रुपमा यो चाड सीमित थियो । तर अहिले प्राय नेपालीको क्रय शक्तिमा बृद्धि भएको छ । यसको प्रत्यक्ष असर स्मार्टफोनको व्यापारमा देखिन थालेको छ ।

अहिले जमाना स्मार्टफोनको छ । स्मार्टफोनबाटै धेरै काम गर्न सकिने भए पछि सबै यसतर्फ मोडिएका हुन् । मोबाइल अब फोन गर्नका लागि मात्र उपयोगी छैन । अब मोबाइल किन्दा यसमा के के सुविधा छन् भनेर मानिसहरु थप फिचरको खोजीमा हुन्छन् । गीत सुन्न, भिडियो हेर्न, गेम खेल्न र तस्बिर खिच्न समेत मोबाइल फोन नै प्रयोगमा आउन थालेको छ । पछिल्लो दिनमा प्रचलित सेल्फी संस्कृतिले त झन् उत्कृष्ट गुणस्तरको क्यामेरा भएको मोबाइल खोज्नेहरु बढिरहेका छन् । आफैले मोबाइलबाट खिचेको आफ्नो सेल्फी तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्नका लागि उत्कृष्ट गुणस्तरको क्यामेरा हुनु आवश्यक छ । त्यसैगरी राम्रोस“ग इन्टरनेट चल्ने पनि हुनुप¥यो । त्यसैले अहिले धेरैले मोबाइलमा कुन कुन विशेषता छन् भनी खोजी गर्न थालेका छन् । बजारमा नया“ नया“ ब्रान्ड भित्रिने क्रम जारी छ र सबै कम्पनीले ती ब्रान्डका विभिन्न मोडलमा भएका विशेषताका वारेमा पनि चर्चा गरिरहेको पाइन्छ ।

राजधानीका विभिन्न स्थानमा रहेका पसलहरुमा आजकाल भीड बढिरहेको पाइन्छ । खासगरी न्युरोड र यसको आसपासका क्षेत्रमा रहेका मोबाइल हबहरु आजकाल भरिभराउ देखिन्छन् । नेपालकै पहिलो व्यवस्थित मोबाइल हबको रुपमा लिइने न्युरोडस्थित ताम्राकार कम्प्लेक्स यसको एउटा उदाहरण हो । यहा“ रहेका ५० भन्दा बढी नया“ तथा मर्मतका लागि समेत उपलब्ध मोबाइल सपमा दैनिक २ करोड रुपैया“को कारोबार हुने अनुमान गरिन्छ । दैनिक रुपमा ४ हजार भन्दा बढी ग्राहकले अवलोकन गर्ने उक्त कम्प्लेक्समा नेपालमा हुने मोबाइल सेट कारोबारको १५ प्रतिशत कारोबार हुने अनुमान गरिन्छ ।

स्मार्टफोनलाई लोकप्रिय बनाउनमा यसमा भएको अपरेटिङ सिस्टमले महत्वपुर्ण भूमिका खेलेको छ । एप्पलको आइओएस र गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम अहिले मूख्य प्रतिष्पर्धि बनेका छन् । नोकियाले पछिल्लो समयमा विन्डोज अपरेटिङ सिस्टम ल्याएको थियो । तर यो पनि खासै प्रभावकारी भएन । त्यसैले नै उसले अहिले एन्ड्रोइड अपरेटिङ सिस्टमयुक्त नोकिया एक्स र एक्सएल ल्याएको हो ।

हामी सामसुङ र एप्पलका मह“गा स्मार्ट फोनको चर्चा गर्न बढी रुचाउछौ । यो बाहेक चर्चामा ब्ल्याकबेरी, एचटिसी आदि पनि जोडिन आइपुग्छन् । तर पनि संसारमा मध्यम मूल्यका स्मार्टफोन पनि प्रशस्तै छन् । यी सबैले राम्रो बजार लिइरहेका छन् । नेपाल पनि यो तथ्यबाट अछुतो रहने कुरै भएन । त्यसैले त यहा“ नया कम्पनीका स्मार्टफोन पनि धमाधम भित्रिरहेका छन् ।

धेरै पैसा खर्च गर्नु पर्दैन, न त एप्पलको आइफोन वा सामसुङको ग्यालेक्सी एस फाइभ जस्ता महंगा स्मार्टफोन नै किन्नुपर्छ । नेपाली बजारमा बिद्यार्थी वा सर्वसाधारणका लागि त्यस्तै फिचर भएका सस्तो मूल्यका स्मार्टफोन पनि प्रशस्तै छन् । यस्ता स्मार्टफोनहरु उपहारका रुपमा दिन पनि सकिन्छ । त्यसैले नै यो समयमा स्मार्टफोनको व्यापार पनि बढी नै हुन्छ । नेपाल मोबाइल एसोसिएसनका अध्यक्ष पुरुषोत्तम बस्नेत यो समयमा स्मार्टफोनको व्यापारमा तीन गुणा बढी वृद्धि हुने गरेको बताउछन् । खासगरी गाउ“घरतिर फर्किने सममया आफन्तहरुलाई स्मार्टफोन उपहारका रुपमा दिने प्रचलनको बृद्धि भएको छ । त्यति मात्र होइन, आफ्नै लागि पनि नया“ मोबाइल सेट किन्नेहरु पनि प्रशस्तै हुन्छन् । त्यसैले यो समयमा स्मार्टफोनको व्यापारमा बृद्धि हुन्छ ।

तीन गुणा बढी व्यापार
पुरुषोत्तम बस्नेत
अध्यक्ष, मोबाइल एसोसिएसन अफ नेपाल (म्यान)

दसै तिहार जस्तो चाडपर्वको बेला मोबाइल सेटको व्यापार अलि बढी हुन्छ, हो ?
हो, यो बेला अलि बढी नै व्यापार हुन्छ । सामान्य अवस्थामा नेपालमा दैनिक १० हजार थान मोबाइल सेट बिक्री हुन्छन् भने यो अवधिमा तीन गुणा बढी बिक्री हुन्छन् ।

कुन दिनमा बढी बिक्री हुन्छ ?
घटस्थापनाको एक दुई दिन पहिलेदेखि फुलपातिको अघिल्लो दिनसम्म गरी लगभग सात आठ दिन बढी बिक्री हुन्छ । अरु अवस्थामा भन्दा यी दिनमा व्यवसायीहरुलाई पनि भ्याइनभ्याई हुन्छ । खाजा खाने फुर्सद पनि हुदैन । स्टाफहरु पनि यो बेलामा बढी नै खट्नुपर्छ ।

के कारणले व्यापार बढेको होला ?
यो समयमा धेरै नेपालीहरु आफ्नो गाउ“घरमा फर्किन्छन् । घर फर्किने समयमा अलि अलि जम्मा गरेको पैसाले कसैलाई केही उपहार लैजाउ न त भन्ने चाहना हुन्छ । अहिले उपहारको रुपमा स्मार्टफोन लैजाने चलन पनि बढेको छ । त्यसैले ठिक्कको मूल्यका स्मार्टफोन यो अवस्थामा बढी बिक्री हुन्छन् ।

बिदेशबाट पनि मोबाइलहरु प्रशस्तै भित्रिन्छन् नि, यसले तपाइहरुको व्यापारमा असर पु¥याएको छैन ?
हो, विदेशबाट पनि प्रशस्तै स्मार्टफोन भित्रिन्छन् । दसैको समयमा लगभग पा“च छ लाख नेपाली स्वदेश फर्किन्छन् होला । सबैले नल्याए पनि लगभग दुई तिन लाख स्मार्टफोन त यो अवस्थामा नेपाल भित्रिन्छन् होला । तर यसले हाम्रो व्यापारमा खासै असर नगरेको मान्न सकिन्छ । औसत रुपमा २० प्रतिशतका दरले स्मार्टफोनको व्यापारमा वृद्धि भइरहेको छ । बरु यसका कारण सरकारको राजस्वमा असर पुगेको हुनसक्छ ।

तपाइहरुले यसका लागि केही पहल गर्नुभएको छैन ?
हामीले एसोसिएसनको तर्फबाट जानकारीमूलक कार्यक्रम गर्ने मात्र हो । जेन्युइन स्मार्टफोन नेपालमै किनेपछि वारेन्टी पाइन्छ । बिग्रेमा पनि मर्मत गर्न सकिन्छ । त्यसका लागि भ्याट बिल छ कि छैन, कम्पनीको लोगो छ कि छैन, कमसेकम एक बर्ष वारेन्टी छ कि छैन, आदि कुरामा ध्यान दिन आग्रह गरेका छौ । यसमा ग्राहक नै आफै सचेत हुनुपर्छ ।


चल्तीका स्मार्टफोन
सामसुङ ग्यालेक्सी ग्रान्ड टु
क्वाडकोर प्रोसेसर, एन्ड्रोइड ४.३ जेलीबिन ओएस, ८ एमपी क्यामेरा, १.५ जिबी ¥याम, ८ जिबी इन्टरनल मेमोरी
मूल्य ः रु. २९,७००।–
सामसुङ एस डुअस टु
ड्युअल कोर प्रोसेसर, एन्ड्रोइड ४.२ जेलीबिन ओएस, ८ एमपी क्यामेरा, ७६८ एमबी ¥याम, ४ जिबी इन्टरनल मेमोरी
मूल्य ः रु. १४,५००।–
हुवावे अनर ३ सी
क्वाडकोर प्रोसेसर, एन्ड्रोइड जेलिबिन ओएस, ८ एमपी क्यामेरा, २ जिबी ¥याम, ८ जिबी इन्टरनल मेमोरी
मूल्य ः रु. २१,५००।–
लाभा एक्स १
ड्युअल कोर किटक्याट ओएस, १ जिबी ¥याम, ४ जिबी इन्टरनल मेमोरी, ८ एमपी क्यामेरा
मूल्य ः रु. १३,५००।–
बिक्यु एस ३७
ड्युअल कोर प्रोसेसर, किटक्याट ओएस, २ एमपी क्यामेरा, ४ जिबी मेमोरी, ५१२ एमबी ¥याम
मूल्य ः रु. ६,८००।–
कलर्स एक्स ११४
क्वाडकोर प्रोसेसर, ४.४ किटक्याट ओएस, १ जिबी मेमोरी, ४ जिबी ¥याम, ८ एमपी क्यामेरा
मूल्य ः रु. १३,५००।–
माइक्रोम्याक्स ए ६९
ड्युअल कोर प्रोसेसर, ५ एमपी क्यामेरा, ५१२ एमबी ¥याम, ४ जिबी मेमोरी
मूल्य ः रु. ७,५००।–
इन्टेक्स सिजी ५०५० एन
जिएसएम तथा सिडिएम दुवै सिम प्रयोग गर्न सकिने । मूल्य ः रु. ४,५००।–
डिटिसी जिटी १८ एक्स
५ एमपी क्यामेरा, १ जिबी ¥याम, ४ जिबी,
मूल्य ः रु. ९,५००।–
कार्बन एस २ प्लस
४.४ किटक्याट ओएस, १ जिबी ¥याम, ४ जिबी इन्टरनल मेमोरी, ८ एमपी क्यामेरा,
मूल्य ः रु. ११,८००।–
नोकिया एक्सएल
ड्युअल कोर प्रोसेसर, ५ एमपी क्यामेरा, ५१२ एमबी ¥याम, ४ जिबी इन्टरनल मेमोरी
मूल्य ः रु. १६,५००।–

स्रोत ः प्यारामाउन्ट इलेक्ट्रोनिक्स
ताम्रकार कम्प्लेक्स, सप नम्बर १९, न्युरोड








No comments:

Post a Comment