बिश्वकप फुटबलको नशा चढेको छ कि छैन ? नेपाली समय अनुसार रातमा खेलिने हुनाले धेरै खेल हेर्न पाएका छैनौ होला । तर पनि कहिलेकाही खेल हेर्दा रमाइलो पनि हुन्छ । तिमीले खेलको शुरुको दृश्यमा याद गरेका हौला, सबै खेलाडीहरुस“ग तिमीहरु जस्तै साना साथीहरु पनि हात समाएर रंगशालामा प्रबेश गर्छन् । खेलाडीले राष्ट्रिय गान गाउदा उनीहरु पनि साथै हुन्छन् । खेलाडी त खेल्नका लागि जान्छन् । तर ती साना साथी को होलान् ? थाहा छ ? किन गएका होलान् ? कसरी गएका होलान् ? जान्न चासो लागेको होला नि, होइन ?
क्यालेब फिलिप्स यस्ता धेरै बालबालिका मध्ये एक हुन् । उनी अमेरिकाको ओक्लाहोमामा बस्छन् । उनले अमेरिका र पोर्चुगल वीचको खेलमा अमेरिकी खेलाडीको हात समाउने मौका पाए । उनले ‘जिन्दगीमा एक पटक आउने यो मौकाबाट आफु निकै खुशी भएको’ बताए ।
यो वर्ष फिलिप्स जस्ता करीब १ हजार ४ सय बालबालिका यही कार्यका लागि ब्राजिल पुगेका छन् । उनीहरु सबै ६ देखि १० बर्ष उमेर समुहका छन् । उनीहरुलाई ब्राजिल पु¥याउने र राख्ने काम म्याकडोनाल्ड्स नामक रेष्टुरा“ले गरेको हो । तयारी खानेकुरा र परिकारका लागि यो प्रसिद्ध रेष्टुरा“ हो । संसारका करीब १ सय २१ राष्ट्रमा यसका ३२ हजार भन्दा बढी रेष्टुरा“ छन् । नेपालमा भने यो रेष्टुरा“ छैन । उनीहरु चार रात र पा“च दिन त्यहा“ बस्न पाउछन् ।
म्याकडोनाल्ड्सले सन् १९९४ देखि बिश्वकपमा सघाउन थालेको हो । यसरी सघाउनुलाई ‘प्रायोजन गर्नु’ भनिन्छ । म्याकडोनाल्ड्सले अन्य कार्यका साथै सन् २००२ मा जापान र दक्षिण कोरियामा भएको बिश्वकपदेखि बालबालिकालाई पनि यस्ता कार्यमा समावेश गर्न थालेको हो । उनीहरु खेलाडीका साथ हातमा हात मिलाएर रंगशाला प्रवेश गर्छन् । यसलाई म्याकडोनाल्ड्सको ‘प्लेयर एस्कर्ट्स प्रोग्राम’ भनिन्छ । यो बर्ष ब्राजिलका लागि विभिन्न ७० देशका बालबालिका छानिएका छन् । उनीहरुलाई आफ्नो देशमा भएका म्याकडोनाल्ड्सको रेष्टुरा“मा पाइने कुपन र अन्य विभिन्न कार्यक्रममार्फत छनौट गरिएको हो । एक प्रकारको लक्की ड्र मार्फत उनीहरु छानिन्छन् ।
बालबालिकालाई सबैले राम्रो मान्छन् । उनीहरुस“ग मैदान प्रवेश गर्दा राम्रो खेल खेलिन्छ भन्ने विश्वास गरिन्छ । यसले खेलाडीमा साहस र आत्मविश्वास बढ्छ भन्ने म्याकडोनाल्ड्सको विश्वास पनि छ । खेलाडीहरु पनि यो विश्वासमा सकारात्मक छन् । उनीहरुलाई भविष्यमा राम्रो खेलाडी बन्न पनि यसले प्रोत्साहन दिन्छ । बालबालिका आफै पनि आपसमा मैत्रीपुर्ण खेल खेलिरहेका छन् । उनीहरुले ब्राजिलको संस्कृति बुझ्ने मौका पनि पाएका छन् । म्याकडोनाल्ड्सले बालबालिकाका साथ आफ्नो अभिभावकको लागि पनि यातायात र आवास लगायत सम्पुर्ण खर्चको व्यवस्थापन गरिदिएको छ । यसले गर्दा सबै बालबालिका र अभिभावक खुशीले दंग छन् ।
कान्तिपुरको कोपिलामा प्रकाशित
२०७१ असार १५ गते आइतबार
२०७१ असार १५ गते आइतबार
No comments:
Post a Comment