Sunday, June 15, 2014

विश्वकपलाई नेपाली टिभी प्रविधि

एकराज सुवेदी
विश्वकप नजिकिदै गर्दा टेलिभिजन कम्पनीहरुले नेपालमा समेत विभिन्न नया“ र आकर्षक प्रविधिका टेलिभिजन भित्र्याइरहेका छन् । ठुलो स्क्रिनमा घरैमा बसेर टिभी हेर्नुको आनन्दलाई शब्दमा बर्णन गर्न सकिदैन । झन् त्यसमाथि पछिल्लो प्रविधिले सुसज्जित टिभी भैदिए भने कस्तो रमाइलो हुन्छ होला ? यो पटकको विश्वकपमा नेपाली दर्शकले समेत ती पछिल्ला प्रविधिको प्रयोग गर्न पाउने भएका छन् । टेलिभिजनमा पछिल्लो पटक फोर के अर्थात अल्ट्रा एचडी प्रविधि भित्रिएको छ । विश्व बजारमा उपलब्ध हुन थालेको उक्त प्रविधि नेपालमा पनि भित्रिसकेको छ ।


नेपाली बजारमा एलजीका एकसेएक आकर्षक टिभी छन् । ६५ इन्चको टिभी सर्वाधिक ठुलो स्क्रिन साइज भएको टिभी हो । फोर के प्रविधिले सुसज्जित उक्त टिभीको मूल्य ८ लाख ४९ हजार ९ सय रुपैया“ तोकिएको छ । अर्को ५५ इन्चको ओएलइडी प्रविधिको कभ्र्ड टिभी पनि छ । यसको मूल्य सुन्दा भने अलिकति झस्किन सक्छौं । यसको मूल्य झन् १३ लाख ५० हजार रुपैया“ । यसको स्क्रिन कभ्र्ड ग्लासमा उपलब्ध छ । यसलाई ओएलइडी एचडिटिभी भनिएको छ । गत बर्ष एलजीकै ८४ इन्चको टिभी पनि नेपालमा उपलब्ध थियो । उक्त टिभीको मूल्य झन् २२ लाख तोकिएको थियो । ग्याजेट र प्रविधिप्रति भएको मोहका अगाडी मूल्यले उतिसारो असर नपु¥याउन सक्छ । त्यसैले नै यति धेरै मह“गो मूल्य तिरेर आफ्नो आ“खालाई रोमान्चक बनाउन चाहने नेपालीहरु पनि बढिरहेका छन् । एलजी लाइफस्टाइल सपीकी सेल्स एक्जिक्युटिभ सुनिता श्रेष्ठका अनुसार थ्रीडी प्रविधिको समेत प्रयोग गर्न सकिने यी टेलिभिजनमा टिभी हेर्ने वाहेक अन्य विभिन्न कार्य गर्न सकिने भएकाले यस्ता टिभीमा नेपाली ग्राहक पनि झुम्मिरहको पाइन्छ ।
हाइसेन्सका टिभी उपलब्ध गराइरहेको नविन डिष्ट्रिब्युटरका सेल्स एन्ड मार्केटिङ म्यानेजर आयुष केडिया थ्रीडी तस्बिर हेर्न मिल्ने, युट्युब जस्ता हाइस्पिड इन्टरनेट समेत चलाउन मिल्ने स्मार्ट टिभीको नेपाली बजार समेत राम्रो भएको बताउछन् । हाइसेन्सका ६५ इन्चसम्मका टिभी नेपाली बजारमा उपलब्ध छन् । उक्त टिभीको मूल्य नै ५ लाख रुपैया“ तोकिएको छ । २०१२ देखि नेपाली बजारमा उपलब्ध हुन थालेको हाइसेन्सका ८४ इन्चसम्मका टिभी छन् ।
टिभी बजारमा सामसुङ छुटाउनै नहुने नाम हो । केही समय अघि सामसुङले १ सय १० इन्चको अल्ट्रा एचडी टिभीलाई बजारमा ल्याएको समाचारले सबैलाई चकित पारेको थियो । विश्व बजारमै १ लाख ५० हजार डलर पर्ने उक्त टिभी नेपालमा उपलब्ध नभए पनि त्यस्तै खाले उच्च प्रविधियुक्त टिभी भने नेपाली बजारमा पनि आइसकेका छन् । नेपालमा सामसुङको ७५ इन्चको फुल एचडी र ६५ इन्चको अल्ट्रा एचडी टेलिभिजन छन् । यी टिभीको मूल्य क्रमशः १२ लाख र ८ लाख ५० हजार रुपैया“ छ । मोसन कन्ट्रोलको सहायताले हात हल्लाएकै भरमा यी टिभीलाई चलाउन सकिन्छ । इन–बिल्ट क्यामेरा राखिएको र रिमोटमै माइक भएकाले भ्वाइस कन्ट्रोलका आधारमा पनि टिभी चलाउन सकिन्छ । यिनमा भएका इभोल्युसन किटका आधारमा आगामी सन् २०१८ सम्म अपग्रेड हुने सफ्टवेयरलाई पनि यी टिभीमा अपग्रेड गर्न सकिने हिम इलेक्ट्रोनिक्सकी शोरुम सुपरभाइजर निलम गौचन बताउछिन् । अल्ट्रा एचडी अर्थात फोर के प्रविधियुक्त यी टेलिभिजन आए पछि एलसिडी टिभीको माग कम भएको कम्पनीको भनाई छ ।
यो पटकको वल्र्ड कपमा टेलिभिजन प्रविधिका लागि पनि नौलो प्रयोग हुँदैछ । पहिलो पटक फिफा वल्र्ड कपका खेल फोर के रिजोल्युसनमा खिचिने र ब्रोडकास्ट गरिनेछ । फिफाले यसका लागि सोनी कम्पनीसँग सम्झौता गरेको छ । यद्यपि सबै ग्राहकसँग फोर के प्रविधियुक्त टिभी नहुने भएकाले जुन २८ को राउन्ड १६, जुलाई ४ को फाइनल राउन्ड र जुलाई १३ को फाइनल गरी ३ खेललाई मात्र यो प्रविधिमा खिचिने र प्रसारण गरिनेछ ।
फोर के प्रविधिलाई अर्को शब्दमा अल्ट्रा एचडी पनि भनिन्छ । यसले ४ हजार पिक्सेलको होरिजोन्टल रिजोल्युसन दिन्छ । अहिले प्रचलित हाई डिफिनिसन अर्थात एचडी भन्दा ४ गुणा बढी रिजोल्युसन हुने भएकाले यसको दृश्य पनि निकै नै स्पष्ट हुनेछ । यसमा थ्रीडी तथा स्मार्ट टिभीको राम्रो गुण पाइन्छ । पिक्चर क्वालिटी राम्रो हुनुका साथै गेमिङका लागि पनि एक पटकमा बिना स्क्रिन स्प्लिट एकै पटक दुई जनाले प्रयोग गर्न सकिन्छ । यसमा सबै प्रकारका चलचित्र तथा भिडियो हेर्न सकिन्छ । अल्ट्रा एचडी ८ के रिजोल्युसन सम्म उपलब्ध हुनसक्छ । यसमा ७६८०×४३२० पिक्सेल उपलब्ध हुन्छ । यसमा सानो तस्बिर पनि एकदमै प्रस्ट देखिन्छ ।
टेलिभिजनको यो प्रविधि आउन लामो समय लागेको हो । सबैभन्दा पहिले सामान्य सीआरटी अर्थात क्याथोड रे ट्युबको प्रयोग गरिएका टिभी प्रचलित थिए । त्यसपछि एलसिड अर्थात लिक्विड क्रिस्टल डिस्प्ले भएका टिभी आए । अनि प्लाज्मा, एलइडी (लाइट एमिटिङ डायोड), थ्रीडी एलइडी (थ्री डाइमेन्सनल), ओएलइडी हुँदै स्मार्ट टिभी आएका हुन् । त्यसपछि एचडी अर्थात हाई डिफिनिसन टिभी उपलब्ध हुन थालेका हुन् ।

No comments:

Post a Comment