Monday, June 23, 2014

अन्यौलमा विषय छनोट


एकराज सुवेदी
एसएलसी परीक्षाको नतिजा प्रकाशन भएपछि सबै उतीर्ण विद्यार्थीको ध्यान उच्च शिक्ष्ाँमा केन्द्रीत भएको छ । उनिहरु एउटा खुड्किलो पार गरी अर्को खुड्किलोमा पाइला लम्काउने तयारीमा छन् । विद्यार्थीले पढ्नु पर्ने बाध्यता पनि छ र पढ्नकै लागि पनि कठीन अवस्था पार गर्नु पर्ने अवस्था समेत छ । यो समय उनिहरुका लागि अन्यौलको समय हो । कतिपय विद्यार्थीले कुन विषय कुन कलेजमा पढ्ने भन्ने कुरा निश्चित गरिसकेका छन् भने कतिपय विद्यार्थीका लागि यो कार्य अझै बा“की छ । स्कुल र कलेजवीचको स“घारको यो अवस्थामा उनिहरुमा एक प्रकारको उत्साह पनि छ ।



यस्ता उत्साह र उमंगले भरिएका विद्यार्थीहरु अहिले विभिन्न कलेज परिसरमा प्रसस्तै भेटिन्छन् । उनिहरुमा एक प्रकारको उत्साह छ छदैछ, विषय र कलेज छनौटमा केही कमजोरी रहला भन्ने डर पनि छ । यो नाम गरेको कलेजमा पढ्न पाए हुन्थ्यो भन्ने रहर विद्यार्थी र अभिभावकमा बढ्दै गएको छ । यसमा विज्ञापनको प्रभाव पनि हुन सक्छ । कलेजले पनि विद्यार्थीको रुचिमा प्रभाव पारेको छ । कुनै पनि विषय भविष्यका लागि कति महŒवपूर्ण छ भन्ने कुराले विषय छनौटमा सबैभन्दा बढी प्रभाव पार्छ ।
‘परिणाम जस्तो आए पनि विद्यार्थीले आफ्नो रुचिको विषय र त्यसको स्कोपका बारेमा पहिल्यै बुझ्न सक्छन् ।’ शिक्षाविद्हरु भन्छन्– ‘उनीहरूले आफ्नो लक्ष्य पहिचान गरेको खण्डमा सुरुदेखि नै औपचारिक अध्ययन पनि त्यही विषयमा गर्ने निर्णय लिन सक्छन् ।’ उनीहरुका अनुसार विकासोन्मुख मुलुकमा मात्र होइन, विकसित मुलुकमा पनि धेरै विद्यार्थीले आफ्नो लक्ष्य निर्धारण गर्न नसक्दा पछि पढेको विषयमा काम नगरी रुचिको क्षेत्रमा काम गरिरहेको उदाहरण भेटिने गरेको छ ।

गुणस्तरीय अध्यापन गराउने कलेज हरेक दृष्टिकोणले सक्षम हुन्छन् । कस्तो कलेज छनौट गर्ने ? विद्यार्थीले सबै हिसाबले आफ्ना लागि उपयुक्त मानेको कलेजमा मात्र भर्ना हुन जानुपर्छ । एसएलसीपछि प्लस टुमा राम्रो अंक ल्याउन सक्ने विद्यार्थीले पनि उच्च शिक्षाका क्रममा राम्रो अवसर पाउ“छन् । संकायगत पढाइमा प्लसटुको पाठ्यक्रम अन्यभन्दा राम्रो मानिन्छ ।  संकायगत रूपमा हेर्दा अहिलेको समयमा व्यवस्थापन र मानविकी संकाय पनि रोजगारीका दृष्टिले सबल भैसकेका छन् । सम्पूर्ण व्यापारिक क्षेत्रमा व्यवस्थापन संकाय अध्ययन गरेको जनशक्तिको आवश्यकता हुन्छ भने अध्ययनमूलक धेरै क्षेत्रमा मानविकीका जनशक्ति उपयोगमा आइरहेका हुन्छन्, त्यसैले व्यवस्थापन र मानविकी संकायलाई तल्लो स्तरको मान्नुपर्ने अवस्था छैन ।

रोजाईका विषयका नाममा समाजमा अत्यावश्यक कतिपय विषयहरु ओझेल पर्दै गएको धेरैले अनुभव गरेका छन् । यसले गर्दा भविष्यमा कतिपय प्रभावकारी विषयहरुको क्रम घट्दै जाने हो कि भन्ने चिन्ता समेत जोडिएको छ । अरुणिमा कलेजका क्याम्पस प्रमुख केशव जोशी इतिहास, भूगोल, मनोविज्ञान जस्ता समाजका लागि आवश्यक विषयहरुको चर्चा हराउदै गएकोमा चिन्तित समेत छन् । यद्यपि जीवनलाई सहज रुपमा अगाडी बढाउनका लागि एकाउन्टेन्सी, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म म्यानेजमेन्ट जस्ता विषयहरुको आवश्यकता छ । समाज विकासका क्रममा सान्दर्भिक विषयको अध्ययन गर्नुपर्ने आवश्यकता पनि छ । तर यतिले मात्र पर्याप्त हुदैन । हेर्दा सामान्य लाग्ने, तर समाज र देशका लागि सान्दर्भिक अन्य विषयतिर समेत सबैको ध्यान जानुपर्ने जोशीको तर्क छ ।

बिद्याथीको रोजाइमा पर्ने सबै बिषय नेपालका कलेजहरुले समेट्न सकेका छैनन् । कुनै बिद्यार्थी स“गीत, हास्यब्यंग्य वा यस्तै बिषयमा रुची राख्छ तर परीक्षामा राम्रो अंक ल्याएको छ भने उसले यस्ता विषय पढ्दा धेरैले अस्वाभाविक मान्छन् । कतिपय देशमा यी लगायत अन्य सामान्य विषयमा विद्यावारिधी सम्म गर्न पाइन्छ भन्ने कुरा उनिहरुले सुनेका छन् । धेरैको अनुभवमा नेपालमा घोकन्ते बिद्याको बाहुल्यता रहेको छ । यहा“ क्रिएटिभिटीलाई समेत मान्यता छैन । क्रिएटिभिटीका साथमा रिलाक्सेसन र इन्टरटेन्मेन्ट साथै जानुपर्छ । कोर्समा स्प्रिचुआलिटी, फिलोसोफी र मेडिटेसन जस्ता कुराहरुलाई पनि समेट्नु पर्छ । अहिलेको अवस्थामा यी तिनवटै कुरा विद्यार्थीका लागि निकै महत्वपुर्ण छन् । पाठ्यक्रमलाई समयमै परिमार्जन गरिनु पर्छ र ब्यावहारिक शिक्षामा ध्यान पु¥याउनु पर्छ ।

एभरेष्ट कलेजका सिइओ बिष्णुहरी पाण्डे प्लस टुको पाठ्यक्रमलाई विद्यार्थीको भविष्यका लागि एउटा फाउन्डेसन वा आधारका रुपमा लिन्छन् । पाण्डेका अनुसार भविष्यमा इन्जिनियर बन्न चाहनेले फिजिक्स लिएर साइन्स, एमबिबिएस वा प्यारामेडिकल कोर्स अध्ययन गर्न चाहनेहरु बायोलोजी लिएर साइन्स पढ्छन् । म्यानेजमेन्ट अध्ययन गर्नेहरुले मूख्य गरी भबिष्यमा बिबिए, सिए,  होटेल म्यानेजमेन्ट र आइटी क्षेत्रतिर जान चाहेका हुन्छन् । त्यसैले प्लस टुमा के पढ्ने भन्दा पनि प्लस टु पछि के पढ्ने भन्ने उद्येश्यले आफ्नो विषय निर्धारण गर्नुपर्ने पाण्डेको तर्क छ ।

तर होटेल म्यानेजमेन्ट नेपालका लागि नया“ र आकर्षक विषय पनि हो । फेरि यसमा वर्तमान मात्र नभइ भविष्य पनि जोडिएको छ । उनका अनुसार नेपालको पर्यटन क्षेत्रलाई ब्यवस्थित गर्न सकिएको छैन । यसलाई राम्रोस“ग ब्यवस्थित गरिनु पर्छ । यो स“ग होटेलको भविष्य पनि जोडिएको छ । होटेललाई पनि फाइदा हुन्छ । त्यसैगरी ट्राभल एण्ड टुरिज्म म्यानेजमेन्ट विषय नया“ मात्र होइन, नेपालका लागि अपरिहार्य नै छ । नेपाल जस्तो प्राकृतिक सौन्दर्यले भरिपुर्ण देशमा केही गर्न सके सुन फलाउन सकिन्छ । यसका लागि काम गर्न सक्ने साहस र त्यसका लागि उपयुक्त वातावरणको निर्माण हुनु पर्छ । यो वाहेक यो क्षेत्रलाई अलि ब्यवस्थित रुपले अगाडी बढाउनु पर्ने आवश्यकता पनि छ ।
एसएलसीसम्मको अध्ययनमा लगभग सबै विद्यार्थीले एकै प्रकारको पाठ्यक्रम अध्ययन गरे पनि एसएलसीपछि रोजाइको संकायअन्तर्गत अध्ययन गर्न पाउ“छन् । यसबेलामा विद्यार्थीले जुन संकाय रोज्छ, उसको क्यारियर पनि लगभग त्यही क्षेत्रस“ग जोडिन्छ । एसएलसी उत्तीर्ण भएपछि विज्ञान संकाय रोज्ने विद्यार्थीले प्लस टु वा प्रमाणपत्र तह उत्तीर्ण गरेपछि अन्य संकायमा गएर अध्ययन गर्ने अवसर पाए पनि व्यवस्थापन, मानविकी र शिक्षा संकाय अध्ययन गर्नेले विज्ञान संकायमा जान पाउ“दैनन् । त्यस्तै व्यवस्थापन संकाय अध्ययन गर्ने विद्यार्थीले स्नातक तहमा मानविकी संकायमा जान पाउने भए पनि मानविकी संकायको विद्यार्थीले व्यवस्थापनमा जान गाह्रो हुन्छ ।  यो दृष्टान्तले पनि विद्यार्थीले कुन विषय रोज्ने भन्ने निर्णय अहिले नै गर्नुपर्ने पुष्टि गर्छ ।
‘एसएलसी उत्तीर्ण भएकाहरू कुनै विषयमा भर्ना नहुन्जेल कहा“–के अध्ययन गर्ने भनेर अन्यौलमा हुन्छन्,’ शैक्षिक परामर्शदाता संस्था नेसनल इन्स्टिच्युट अफ साइकोलोजीकी प्रमुख गंगा पाठक भन्छिन्– ‘अन्यौल बढाउनमा सामाजिक प्रतिष्ठा, परिवारको अनावश्यक दबाब तथा विषयप्रति स्पष्ट जानकारी नहुनुजस्ता कुराले महŒवपूर्ण भूमिका खेलेको हुन्छ ।’ जसका कारण एसएलसीसम्म राम्रो भनिएको विद्यार्थी उच्च शिक्षामा कमजोर सावित हुन्छ, त्यस्तै कमजोर विद्यार्थीले उच्च शिक्षामा सरल विषय लिएर राम्रो गर्न सक्छ ।  

No comments:

Post a Comment