Sunday, June 29, 2014

स्मार्टफोन बजारमा अमेजनको प्रवेश


अनलाईन सपिङ कम्पनीको रुपमा प्रसिद्ध कम्पनी अमेजन पनि स्मार्टफोनको बजारमा प्रवेश गरेको छ । अमेजन डट कमले पहिलो स्मार्टफोनको रुपमा ‘फायर’ लाई बजारमा ल्याएको घोषणा गरेको छ । थ्रीडी प्रविधियुक्त उक्त स्मार्टफोनमा थ्रीडी साउन्डका साथ थ्रीडी भिडियो पनि हेर्न सकिन्छ । ४ दशमलव ७ इन्चको डिस्प्ले भएको उक्त स्मार्टफोनको पिक्चर क्वालिटी निकै नै आकर्षक हुनेछ । यसमा चार वटा फ्रन्ट फेसिङ क्यामेरा छन्, जसले युजरको हेड मनिटर गर्न सक्छ, जसका कारण स्क्रिनमा इमेजलाई एड्जस्ट गर्न सकिन्छ । 



फायरको स्क्रिन एचडी रिजोल्युसन भएको छ । यसमा २ दशमलव २ गिगाहर्जको प्रोसेसर, २ जिबी ¥याम, अप्टिकल इमेज स्ट्याबिलाइजेसनका साथ १३ मेगापिक्सेलको क्यामेरा, क्यामेरा बटन र स्टेरियो स्पिकर छ । उक्त मोबाइल सेटमा फोटोका लागि फ्री अनलिमिटेड क्लाउड स्टोरेज उपलब्ध छ भने १० लाख गीतमा फ्री एक्सेस सुविधा छ । यसमा फायरफ्लाई नामक नया“ प्रविधि छ, जसका लागि अलग्गै बटन राखिएको छ । उक्त प्रविधिले कार्ड, इमेल, फोन नम्बर, वेब एड्रेस, बार कोड आदि तुरुन्तै पढ्न सक्छ । 

यसमा भएको एपको प्रयोग गरेर प्रयोगकर्ताले कसैलाई किताब पढ्न वा सुन्नका लागि अनुरोध गर्न सक्छन् । अमेजनको प्राइम भिडियो तथा प्राइम म्युजिक सपोर्टेड सुविधा भएको उक्त स्मार्टफोनमा मे डे नामक एक सुविधा छ, जसकोे माध्यमले ग्राहकले यसको ग्राहक सेवा केन्द्रमा सीधै सम्पर्क गर्न सक्छन् । हाल अमेरिकामा मात्र बिक्रीका लागि उपलब्ध फायर स्मार्टफोन दुई मोडलमा उपलब्ध छ । ३२ जिबी भर्सनको मूल्य १ सय ९९ डलर र ६४ जिबी भर्सनको मूल्य २ सय ९९ डलर तोकिएको छ । 

स्मार्टफोनको बजारमा अहिले धेरै कम्पनीका उत्पादन भए पनि विशेष गरी एप्पलको आइफोन र सामसुङको ग्यालेक्सी सिरिज निकै नै लोकप्रिय छन् । अमेजनको उक्त फायर फोनले यी दुवै कम्पनीका स्मार्टफोनस“ग प्रतिष्पर्धा गर्ने अनुमान गरिएको छ । के फायर फोन यसरी प्रतिष्पर्धामा दहे उत्रिएला ? त्यो भने आगामी दिनले बताउनेछ । 

                
पहिलो अल्ट्रा एचडी ल्यापटप
जाापनी कम्पनी तोसिबाले संसारकै पहिलो अल्ट्रा एचडी स्याटेलाइट टचस्क्रिन ल्यापटपलाई बजारमा ल्याएको छ । भारतीय बजारमा ल्याइएको उक्त ल्यापटपलाई ‘स्याटेलाइट पी५०’ नाम दिइएको छ । उक्त ल्यापटपमा फोर के प्रविधिको भिडियो कन्टेन्ट प्ले गर्न सकिन्छ । यसको मूल्य ८६ हजार भारतीय रुपैया तोकिएको छ । आगामी जुनको अन्त्यतिर यो बजारमा आउनेछ । 
स्याटेलाइट पी५० ल्यापटप विन्डोज ८.१ अपरेटिङ सिस्टममा काम गर्छ । यसको डिस्प्ले १५ दशमलव ६ इन्चको छ भने स्क्रिन रिजोल्युसन ३८४०×२१६० पिक्सेलको रहेको छ । यसमा टबोृ बुस्ट टेक्निकका साथमा रहेको २ दशमलव ५ गिगाहर्ज इन्टेलकोर आई ७ प्रोसेसर छ । यसमा ८ जिबी ¥यामको क्षमता रहेको छ, जसलाई १६ जिबी सम्म बढाउन सकिन्छ । यो बाहेक यसमा हरमन÷कार्डोन स्पिकर, युएसबी स्लिप एन्ड चार्ज सपोर्ट र फ्रेमलेस ब्याकलिट किबोर्ड आदि रहेका छन् । 

कारको बोनटमा चित्र
टोयोटा कम्पनीले निर्माण गरेको कन्सेप्ट कारमा विशेष प्रकारको बोनटको डिजाइन गरिएको छ । उक्त बोनटमा अभिभावकले आफ्ना बालबालिकाले निर्माण गरेका चित्र वा यस्तै विभिन्न प्रकारका आर्ट वर्क डिस्प्ले गर्न सक्छन् । उक्त कारको नाम क्यामेट राखिएको छ । 
कारको ड्यासबोर्डमा राखिएको विशेष प्रकारको सिस्टमस“ग कनेक्ट गरेर आर्टवर्कलाई अपलोड गर्न सकिन्छ । उक्त बोनट विशेष प्रकारका ७ हजार एलइडी लाइटले निर्माण गरिएको छ । कारको अघिल्लो भागमा एउटा ड्राइभर सिट र पछिल्लो भागमा दुई सिट परिवारका लागि निर्माण गरिएको छ । 

अब अन्तरिक्षमा कफि
पृथ्वीभन्दा ४ सय ३५ किलोमिटर माथि रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पनि अब कफि पिउन सकिने भएको छ । इटालीकी अन्तरिक्ष यात्री समान्था क्रिस्टोफोर्टीले आगामी नोभेम्बरमा एउटा एस्प्रेसो मेसिन आईएसएसमा लैजादैछिन् । आर्ईएसएसमा कफि बनाउने उक्त मेसिन इटालियन अन्तरिक्ष एजेन्सी (आईएसए) को तर्फबाट लैजान थालिएको हो । ग्लोबल कफि कम्पनी लभाजाद्वारा तयार गरिएको उक्त कफि मेसिनले आईएसएसको सुक्ष्म गुरुत्वाकर्षणमा पनि काम गर्न सक्छ । 
लभाजा कफिको क्याप्सुललाई मेसिनको सवैभन्दा माथि रहेको भागमा राखिन्छ । एउटा अनौठो बिद्युतिय प्रणालीको सहयोगले पानीमा दबाव पैदा भए पछि कफि तातिन्छ । एउटा पाउचमा जम्मा भएको कफिलाई अब पिउन सकिन्छ ।

हाइटेक बार्बी
बालबालिकाले रुचाउने बेबी डल अर्थात बार्बी पनि अब हाइटेक भएकी छिन् । म्याटेल कम्पनीले  सन् १९५९ देखि नै बजारमा ल्याएको बार्बीलाई हाल आएर कम्पनीले नया“ रुपमा प्रस्तुत गरेको छ । कम्पनीले बार्बी डलको नया“ सेट तयार गरेको छ, जसमा बार्बी डललाई स्मार्टफोन, स्टाइलिस ब्याग र अन्य विभिन्न हाइटेक सामग्रीका साथमा देख्न सकिन्छ । कम्पनीले विभिन्न ब्यापारी महिलाहरुको सहयोग र सल्लाहमा उक्त डिजाइन गरेको बताएको छ । हाइटेक तथा आधुनिक बार्बी डल तयार गर्दा कुनै गल्ती नहोस्  भनेर विशेष सतर्कतापुर्वक यस प्रकारको डिजाइन गरिएको कम्पनीले बताएको छ । उक्त हाइटेक बार्बी डल आगामी अगस्ट महिनामा बजारमा आउने बताइएको छ । 

नेपाली बजार
टीसीएलको ६५ इन्चको युएचडी टिभी
नेपाली बजारमा टीसीएल कम्पनीको ६५ इन्चको अल्ट्रा हाई डिफिनिसन अर्थात युएचडी थ्रीडी स्मार्ट टिभी आइपुगेको छ । सिजी इलेक्ट्रोनिक्सको सिस्टर कम्पनी इओएल प्रालिले उक्त टिभी उपलब्ध गराएको हो । फोर के प्रविधि प्रयोग गरिएकाले यो टेलिभिजनले अन्य टेलिभिजनको तुलनामा ४ गुणा बढी रिजोल्युसन दिन्छ । यो सेन्सरको सहायताले चल्छ । यसलाई मानिसको अनुहार र हातको सहायतले पनि चलाउन सकिन्छ । यसका लागि आवश्यक सेटिङ गर्नुपर्ने आवश्यकता हुन्छ । उक्त टिभीमा कम्प्युटरमा जस्तै इन्टरनेट पनि चलाउन सकिन्छ । यसले गर्दा फेसबुक, ट्वीटर, भाइबर जस्ता एप्स पनि चलाउन सकिन्छ । एन्ड्रोइड सिस्टमयुक्त  मोबाइल र ल्यापटपलाई टिभीमा कनेक्ट गरेर त्यसमा रहेका भिडियो, गीत, तस्बिर आदि हेर्न सकिन्छ । मोबाइलमा रहकेो भ्वाइस कन्ट्रोलको सहायताले पनि टिभी चलाउन सकिन्छ । यसमा रहेको होम क्लाउड मेमोरीबाट आफुले सेभ गरेका फाइल समेत हेर्न सकिन्छ । यसमा टच सेन्सरयुक्त रिमोट समेत रहेको छ । टिभीमै विभिन्न प्रकारका थ्रीडी गेम पनि रहेका छन् । उक्त टिभीको मूल्य ३ लाख ५० हजार रुपैया“ तोकिएको छ ।

No comments:

Post a Comment