Wednesday, June 25, 2014

फोर्ड फायरवर्क शो


अमेरिकी सहर डेट्रोयटमा मंगलबार राती ५६ औं फोर्ड फायरवर्क शोको आयोजना गरियो । उक्त अवसरमा करिब २३ मिनेटसम्म १० हजार पटक आतिशबाजि गरियो । उक्त फायरवर्क शोको आयोजना फोर्ड मोटर कम्पनीले गरेको थियो । फोर्डले प्रत्येक बर्ष यस प्रकारको शोको आयोजना गर्छ । उक्त आतिशबाजीका लागि ३ हजार ६ सय ३० किलोग्राम पटाकालाई एक सय कम्प्युटरको सहयोगले जोडिएको थियो । कम्प्युटरको सहयोगले आतिशबाजी गरिनुलाई ‘पाइरोटेक्निक प्रणाली’ भनिन्छ । उक्त प्रणालीमा पटाका पड्काउने तथा प्याटर्न र रंग निर्धारण गर्ने कार्य गरिन्छ । बिश्वका विभिन्न स्थानबाट आएका १० बिशेषज्ञले उक्त प्रणालीलाई प्रयोगमा ल्याएका थिए ।

No comments:

Post a Comment