Sunday, July 20, 2014

पिसी कन्ट्रोलर र सेक्युरिटी अलार्म

हातमा मोबाइल, अनि टेबुलमा पिसी वा ल्यापटप । यो अहिले धेरैको दैनिकी बनेको छ । पिसी (पर्सनल कम्प्युटर) वा ल्यापटपमा भएका सामग्रीका आधारमा हामीले धेरै प्रकारका प्रिजेन्टेसन गर्नुपर्ने हुन्छ । यो अवस्थामा पटक पटक टेबुल नजिक पुग्नु भन्दा हातमै भएको मोबाइलले पिसी वा ल्यापटपमा भएका सामग्रीलाई चलाउन सकियो भने कति सहज होला ?

यही सहजताका लागि नेपाली युवाहरुको समूहले एउटा एपको निर्माण गरेका छन् । एन्ड्रोइड पिसी कन्ट्रोलर नाम दिइएको उक्त एपलाई केही दिन अघि पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सम्पन्न लोकस २०१४ मा प्रदर्शन गरिएको थियो । उक्त एप सफ्टवेयर तर्फ पहिलो विजेता बनेको थियो । काठमाडौं इन्जिनियरिङ कलेजका कम्प्युटर इन्जिनियरिङ तेस्रो बर्षमा अध्ययनरत रबिराज केसी, रचेन्द्र पौडेल, सार्थक खनाल, शेखर चालिसो र आकाश सिंखडाको समूहले उक्त सफ्टवेयरमा आधारित एपको निर्माण गरेको हो ।

पिसी वा ल्यापटमा भएका विभिन्न स्लाइडलाई मोबाइलमा भएको भोल्युम नियन्त्रण गर्ने बटनबाटै तल वा माथि सार्न सकिन्छ । यसले गर्दा कुनै विषयवस्तुका वारेमा प्रदर्शन गरिरहेको छ भने मोबाइलमा राखिएको उक्त एप्सबाटै सबै कुरा नियन्त्रण हुन्छ । हातमा भएको मोबाइलबाटै ल्यापटपमा भएको भिडियोलाई प्ले गर्न सकिन्छ । उक्त भिडियोलाई मोबाइलमै हेर्न पनि सकिन्छ । यो बाहेक मोबाइललाई वायरलेस माइक्रोफोनको रुपमा प्रयोग गर्न पनि सकिन्छ । यही एप्सकै आधारमा स्काइप कम्युनिटी निर्माण गरी मोबाइलवाटै भिडियो च्याट समेत गर्न सकिन्छ । यसले गर्दा छुट्टै माइक्रोफोन किनेर पैसा खर्च गर्नुपर्ने झन्झट पनि हुदैन ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसले आयोजना गरेको उक्त प्रविधि मेलाको ११ औं संस्करण हो । यसको मुख्य नारा ‘घरघरमा प्रविधि’ राखिएको थियो । यही विषयवस्तुमा आधारित रही रबिकै समूहले निर्माण गरेको कम्युनिटी सेक्युरिटी अलार्म सिस्टमले पनि पहिलो पुरस्कार प्राप्त ग¥यो । जाभा प्रोग्रामिङमा बनेको उक्त सफ्टवेयरलाई घर र समुदायको सुरक्षाका लागि प्रयोग गर्न सकिन्छ । अहिले घर वाहिर वा घर भित्रै पनि कोही सुरक्ष्ँित छैनन् । यो अवस्थामा उक्त सफ्टवेयरको प्रयोग गरी आफुलाई सधै समुदायको नजिक भएको अनुभव गर्न सकिन्छ ।
उक्त सफ्टवेयरलाई डाउनलोड गरी लगइन फाराम भरेपछि आफ्नो वारेमा विभिन्न जानकारी समेत उपलब्ध गराउनु पर्छ । त्यसभित्र आफै कम्युनिटी निर्माण गर्न वा अन्य कम्युनिटीमा आफु प्रवेश गर्न पनि सकिन्छ । फेसबुकमा साथी वा कम्युनिटी बनाए जस्तै प्रक्रिया यसमा पनि प्रयोग हुन्छ । कुनै समस्या प¥यो वा चोरी भयो भने कल वा म्यासेज गर्ने सुविधा यसमा उपलब्ध हुन्छ । यसो भएमा उक्त कम्युनिटीमा भएका सदस्यहरुमा सेक्युरिटी अलार्म बज्छ । इन्टरनेट सुविधा उपलब्ध भएको समयमा कल गर्न सकिन्छ भने अन्य अवस्थामा म्यासेज जान्छ । यसले गर्दा अन्य ब्यक्तिहरुको सहयोग लिन सजिलो हुन्छ ।

यी दुवै एप्स अहिले गुगल प्ले स्टोरमा उपलब्ध छन् । भविष्यमा यसलाई ब्यावसायिक रुप दिने सोचाइ रहेको निर्माणकर्ता मध्येका एक रबिराज केसी बताउछन् । अहिले यसका लागि निशुल्क रुपमा सर्भर पाइरहेको भए पनि धेरै प्रयोगकर्ता भएमा ह्याङ हुने सम्भावना हुन्छ । त्यसैले भविष्यमा नेपाली कम्पनीहरुस“ग सहकार्य गरेर अगाडी बढ्ने योजना रहेको केसीको भनाई छ । लोकसको सर्वाधिक मन पराइएका एप्समा परेकैले विजेता समेत बन्न सकेको आयोजक पुल्चोक इन्जिनियरिङ क्याम्पसका आयुषराज चौधरीले बताए ।

पहिलो सेल्फी स्मार्टफोन
सेल्फीको बढ्दो ट्रेन्डलाई देखेर सोनीले संसारकै पहिलो सेल्फी स्मार्टफोनको रुपमा एक्सपेरिया सी थ्रीलाई बजारमा ल्याएको छ । यसमा उपलब्ध अटोफोकस वाइड एङगल ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ, जसले ठुलो समुहको ग्रुप सेल्फीलाई पनि सहजै क्याप्चर गर्न सक्छ । फ्रन्ट क्यामेरा वाहेक उक्त फोनमा लिड फ्ल्यास, लो लाइट पर्फमेन्स, अटो मोड, एचडीआर मोड जस्ता फिचर समेत उपलब्ध छन् । फ्रन्ट क्यामेराबाट ७ सय २० पिक्सेल रिजोल्युसनको भिडियो पनि रेकर्ड गर्न सकिन्छ ।
एक्सपेरिया सी थ्रीमा ४.४ किटक्याट ओएस प्रयोग गरिएको छ । उक्त स्मार्टफोनमा १२८०+७२० पिक्सेल सपोर्टको ट्राइल्युमिनिसय स्क्रिन उपलब्ध छ, जसले गुणस्तरीय तस्बिर उपलब्ध गराउछ । यो वाहेक यसमा ८ मेगापिक्सेलको अटोफोकस रियर क्यामेरा पनि छ, जसमा भएको लिड लाइटको सहयोगले अध्यारोमा पनि स्पष्टस“ग तस्बिर खिच्न सकिन्छ । फोनमा १ जिबीका साथ ८ जिबीकोृ इन्टरनल मेमोरी तथा ३२ जिबीको एक्स्पान्डेबल मेमोरी अप्सन दिइएको छ । चीनमा उक्त स्मार्टफोन बिक्री केही दिनमै प्रारम्भ हुदैछ भने अन्य देशमा अगस्टदेखि यसको बिक्री प्रारम्भ हुनेछ ।

नेपाली बजार
कुरा गर्न र संगीत सुन्न सकिने चश्मा
कुरा गर्न र संगीत सुन्न सकिने चश्मा नेपाली बजारमा उपलब्ध भएको छ । खासगरी ड्राइभिङ गर्दाको समयमा उक्त चश्मा बढी उपयोगी हुने बताइएको छ । यसले गर्दा सवारी साधन रोकेर मोबाइललाई कानमा राख्नुपर्ने झन्झटबाट मुक्ति मिल्नेछ । ब्लुटुथ कनेक्टिभिटी भएकाले खल्तीमा भएको मोबाइललाई यसैले चलाउन सकिन्छ । उक्त चश्मामा २ जिबी मेमोरी उपलब्ध छ, जसमा लगभग ५ सय गीत संग्रह गर्न सकिन्छ । यी गीत र मोबाइलमा भएका गीत समेत सुन्न सकिन्छ । यसमा भएको सिसा रिमोभेवल भएकाले पावर भएको सिसा प्रयोग गर्नेहरुले पनि आवश्यकता अनुसारको सीसा प्रयोग गर्न सक्छन् । त्यसैगरी आफ्नो साइज अनुसारको इयरफोन पनि प्रयोग गर्न सकिन्छ । ब्लुटुथ फङसन भएका सबै मोबाइलमा यसलाई प्रयोग गर्न सकिन्छ । युभी प्रोटेक्टेड र शतप्रतिशत पोलराइज्ड भएकाले यसले आ“खालाई घामको किरण वा अन्य समस्याबाट बचाउछ ।
इको पी नाम दिइएको उक्त सनग्लासलाई ट्रेड स्ट्राटेजी नेपाल प्रालिले नेपाली बजारमा ल्याएको हो । यसको मूल्य ८ हजार ५ सय रुपैया“ राखिएको छ ।

जीमेल अब नेपाली भाषामा
इमेल सेवा प्रदायक सेवा जीमेललाई अब नेपाली भाषामा पनि चलाउन पाइने भएको छ । जीमेलले हालै थप १३ भाषामा जीमेल सेवा उपलब्ध गराउन थालेको हो, जसमा नेपाली भाषा पनि समावेश गरिएको छ । यसरी थपिएका भाषाहरुमा अफ्रिकन, आर्मेनियन, अजरबैजानी, हङकङ, क्यानाडेली, फ्रेन्च, गालिसियन, जर्जियन, खमेर, लाओ, मंगोलियन, नेपाली, सिंहाली र जुलु भाषा रहेका छन् । यस अघि ५८ भाषामा जीमेल चलाउन पाइन्थ्यो भने अब सबै गरी ७१ भाषामा चलाउन पाइने भएको छ । गुगलका अनुसार अब संसारका इन्टरनेटस“ग जोडिएका ९४ प्रतिशत मानिसस“ग जीमेल पुगेको छ ।
हाल अंग्रेजी भाषामा जीमेल चलाइरहेकाहरुले नेपालीमा जीमेल चलाउनका लागि सेटिङमा परिवर्तन गर्नु पर्छ । यसका लागि सेटिङभित्र न्mबष् िमष्कउबिथ बिलनगबनभ छनोट गर्नुपर्छ । त्यहा“ उपलब्ध विभिन्न भाषा मध्ये नेपाली भाषा छनोट गर्नुपर्छ । पेजको अन्त्यमा रहेको क्बखभ ऋजबलनभक बटन थिचेपछि जीमेल अब नेपालीमा डिस्प्ले हुन्छ ।

कारलाई हावामा तैराउने रोबोट
हामीले बल वा अन्य कुनै बस्तुलाई हावामा तलमाथि गरेर फालेको र समाएको देखेका छौं । यसलाई जगलिङ गर्नु भनिन्छ । बल, सानो ब्याट वा टोपीको सहयोगले सर्कसहरुमा पनि यसरी जगलिङ गरेको देखिन्छ । तर अब कारलाई पनि यसरी जगलिङ गरेको देख्न सकिनेछ । यस प्रकारको जगलिङ गर्ने कार्य ७० फिट अग्लो रोबोटले गर्नेछ । बग जगलर नाम दिइएको उक्त रोबोट नासाका पुर्व इन्जिनियर ड्यान ग्रेनेटले निर्माण गरेका हुन् । रोबोटको माथिल्लो भागमा रहेको अपरेटरले रोबोटको चाललाई नियन्त्रण गर्नेछ भने हाइड्रोलिक प्रेसरको सहयोगले उक्त रोबोटले कारलाई हावामा तलमाथि गरेर समाउनेछ । उक्त रोबोटमा डिजेल इन्जिन प्रयोग गरिएको छ । खासगरी कार र्यालीहरुमा यस प्रकारको मनोरञ्जनात्मक कार्य हेर्न सकिनेछ । उक्त रोबोटको उचाई २१ मिटर रहेको छ । रोबोटले भक्सवागनको १ हजार २ सय २० किलोग्राम वजन भएको बिटल कारलाई हावामा फ्याकेको दृश्य विभिन्न वेबसाइटहरुमा हेर्न पनि सकिन्छ ।

अब कारको बोनटमा चित्र
टोयोटा कम्पनीले निर्माण गरेको कन्सेप्ट कारमा विशेष प्रकारको बोनटको डिजाइन गरिएको छ । उक्त बोनटमा अभिभावकले आफ्ना बालबालिकाले निर्माण गरेका चित्र वा यस्तै विभिन्न प्रकारका आर्ट वर्क डिस्प्ले गर्न सक्छन् । उक्त कारको नाम क्यामेट राखिएको छ ।
कारको ड्यासबोर्डमा राखिएको विशेष प्रकारको सिस्टमस“ग कनेक्ट गरेर आर्टवर्कलाई अपलोड गर्न सकिन्छ । उक्त बोनट विशेष प्रकारका ७ हजार एलइडी लाइटले निर्माण गरिएको छ । कारको अघिल्लो भागमा एउटा ड्राइभर सिट र पछिल्लो भागमा दुई सिट परिवारका लागि निर्माण गरिएको छ ।

No comments:

Post a Comment