भूकम्पको भविष्यावाणी सम्भव छ ? यो प्रश्न धेरैको मनमा उब्जिन्छ । यद्यपि भूकम्पको भविष्यवाणीका वारेमा बैज्ञानिकहरुले खासै प्रगति गर्न सकेका छैनन् । यद्यपि पृथ्वीका विभिन्न प्लेटको गति र पहिले भूकम्प आएको क्षेत्रको अध्ययनका आधारमा केही अनुमान भने गर्न सक्छन् ।
यदि त्यही स्थानमा ७ रेक्टर स्केलको भूकम्प आएको छ भने आगामी ५० बर्षभित्र अर्को भूकम्प आउने सम्भावना ५० प्रतिशत हुनसक्ने अनुमान सम्म गर्न सकिन्छ । तर पनि यो अनुमानलाई समेत एकदमै विश्वसनिय मान्न सकिन्न । पहिले त्यही स्थानमा आएको धक्का अहिले त्यसैको अर्को स्थानमा पनि हुनसक्छ । बरु कुनै स्थानमा भूकम्प आयो भने त्यहा फेरि धक्काको अनुभव भने गर्न सकिन्छ र त्यो स्थानमा यस्ता धक्काहरु केही समयसम्म आइरहन्छन् भन्ने कुरामा भने बैज्ञानिकहरु एकमत छन् । यो धेरै स्थानमा अनुभव गर्न सकिने पक्ष पनि भएको छ ।
पृथ्वीको भित्री भागमा रहेका चट्टान र भूकम्पका वीचमा केही समय अघि म्याग्नेटिक र इलेक्ट्रिक चार्जमा फरकपना आउछ । बैज्ञानिकहरु यसैका कारण इलेक्ट्रोम्याग्नेटिक फिल्डमा परिवर्तन हुन जादा केही समय अघि भूकम्प आउने पूर्वानुमान गर्न सकिने कुरा ब्यक्त गर्छन् । त्यसैगरी पृथ्वीबाट ग्यास निस्कने र हल्लिने गरेपछि मात्र भूकम्प आउने हुदा यसलाई पनि खतराको संकेत मान्न सकिन्छ । यद्यपि यी सबै एकदमै छोटो समयमा हुने भएकाले भविष्यवाणी नै भन्न गाहे हुन्छ । सन् २००९ मा इटालीको नेसनल इन्स्टिच्युट फर न्युक्लियर फिजिक्सका एक जना टेक्निसियनले पृथ्वीको भित्री भागबाट निस्केको रेडन ग्यासका आधारमा आफुले भूकम्पको भविष्यवाणी गरेको बताएका थिए । तर उनको यो दाबी अहिले पनि विवादित नै छ ।
अमृेरिकी अन्तरिक्ष एजेन्सी नासाले सन् २००० देखि २००९ सम्म भूकम्पको वारेमा विभिन्न प्रकारको अध्ययन गरेको थियो । नासाले यसलाई क्वेकसिम प्रोजेक्ट नामाकरण गरेको थियो । अनुसन्धानकर्ताहरुले जिपिएस र उच्च गुणस्तरीय राडार इमेजको आधारमा हजारौ तथ्यांक संकलन गरेका थिए । उनीहरुले विभिन्न प्रकारका सिमुलेसन प्रोग्राम र विश्वका अर्थक्वेक हट स्पटहरुको म्याप समेत निर्माण गरेर भूकम्पको विश्लेषण गरेका थिए । नासाले भूकम्पको भविष्यवाणी कति सम्भव छ भनी पत्ता लगाउन कोशिस गरे पनि ठ्याक्कै यो सम्भव छ भनेर पत्ता लगाउन भने सकेन ।
त्यसैले कुनै पनि स्थानको भौगोलिक बनावट र त्यो क्षेत्रमा पहिले गएको भूकम्पको आधारमा नै बैज्ञानिकहरुले भूकम्प जाने वा नजाने अनुमान गर्छन् । तसर्थ भूकम्पको भविष्यवाणीका लागि केही सिद्धान्तहरु व्यवहारमा आएको पाइन्छ । पहिलेको इतिहासका आधारमा गरिने अध्ययनलाई बैज्ञानिकहरु ‘लङ टर्म सिस्मोक्याट’ भन्छन् । त्यसैगरी अर्को प्रकारको अध्ययनलाइृ ‘स्लो अर्थक्वेक’ भनिन्छ । यसमा भूकम्प आउनु भन्दा अघि हुने इलेक्ट्रिकल डिस्टर्बेन्स र चट्टानहरुमा हुने चापको अध्ययन गरिन्छ ।
कम्पनीहरुको सहयोग
भूकम्प पीडितहरुका लागि विभिन्न कम्पनीले आफ्नो तर्फबाट सहयोग गरेका छन् । विदेशका कम्पनीहरुले नेपालीहरुलाई सम्पर्क गर्न सहज होस् भन्ने उद्देश्यले समेत यस्तो सहयोग गरेका छन् भने नेपाली टेलिकम कम्पनीहरुले नेपाल र नेपाल बाहिर सम्पर्कको सहजताका लागि यस्तो व्यवस्था गरेका छन् ।
फेसबुक ः सामाजिक सञ्जाल फेसबुकले नेपालका भुकम्प पिडीतहरुको सहयोगको लागी २ मिलियन डलरको घोषणा गरेको छ । यसका साथै कम्पनीले सपोर्ट नेपाल भन्दै सबैलाई नेपालका भूकम्प पीडितलाई सहयोगको लागि अपिल गरेको छ । प्रयोगकर्ताको वालको सबैभन्दा माथि फेसबुकले ‘लेट्स सपोर्ट नेपाल’ सम्बोधन गरेर एउटा सन्देश पठाएको छ । त्यहा“ तल डोनेट भन्ने बटन छ । त्यो बटन दबाएर क्रेडिट कार्डबाट आफुले चाहेको रकम पठाउन सकिन्छ । नेपालमा सहयोगका लागि फेसबुकले इन्टरनेसनल मेडिकल क्रप नामक संस्थास“ग सहकार्य गरेको छ ।
फेसबुकले नेपालमा खोलिने एकाउन्टमा सेफ्टी चेक सुविधा उपलब्ध गराएको छ । फेसबुक खोल्नासाथ आफ्नो अवस्थाबारे सबै साथीलाई यसमार्फत सेवा दिन सकिन्छ । यो वाहेक फेसबुकमा रहेका साथीका वारेमा पनि थाहा पाउन सकिन्छ । दुर्घटनाका समयमा आफन्तका वारेमा जानकारी पाउनु निकै नै महत्वपुर्ण भएकाले यो सुविधा उपलब्ध गराइएको फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफ्नो स्टाटसमा उल्लेख गरेका छन् । फेसबुकले यस्तो अभियान सन् २०११ मा जापानमा सुनामी आउदा पहिलो पटक प्रयोग गरेको थियो ।
ट्वीटर ः ट्वीटरले आफ्नो एकाउन्टमा इमर्जेन्सी इन्फोर्मेसन, म्याप र विभिन्न ब्यक्ति, कार्यकर्ता तथा सहयोगी संस्थाहरुलाई एक अर्कामा सम्पर्क गर्न सहजताका लागि कनेक्ट गर्न सकिने व्यवस्था गरेको छ ।
ड्ड एटी एन्ड टी ः एटी एन्ड टीले गत अप्रिल २५ देखि आगामी मे १६ सम्मका लागि अमेरिका, प्युर्टो रिको र युएस भर्जिन आइल्यान्डबाट नेपालमा कल र एसएमएस गर्दा निःशुल्क गरेको छ । परिवार र अन्य नातेदारस“ग राम्रो सम्पर्क कायम होस् भनेर कम्पनीले यस्तो व्यवस्था गरेको जनाएको छ ।
ड्ड गुगल भ्वाइस ः गुगलले आफ्नो गुगल भ्वाइसको दरलाई १९ सेन्टबाट घटाएर १ सेन्ट मात्र कायम गरेको छ । गुगलले निःशुल्क गराउने चाहना भए पनि स्प्यामरहरुले सिस्टममा प्रवेश नगरुन् र नेपालमा पहिले देखि नै भइरहेको टेलिफोन नेटवर्कको लोडमा अझै भार नथपुन् भन्ने उद्देश्यले यस्तो गरेको बताएको छ ।
गुगलले ‘पर्सन फाइन्डर’ मार्फत आफ्नो सुरक्षा स्थितिका वारेमा जानकारी लिन र दिन सकिने सुविधा ल्याएको छ । यो लिंकको ‘२०१५ नेपाल अर्थक्वेक’ नामक छुट्टै लिंक राखेको छ । यसमार्फत विश्वभरबाट आफन्तका वारेमा जानकारी लिन र दिन सकिन्छ । यसमा भएका विभिन्न अप्सनमार्फत आफु वा अरुको वारेमा जानकारी राख्न सकिन्छ । यसमा आफ्नो नाम, ठेगाना, फोन नम्बर, सन्देश, तस्बिर आदि जानकारी समेत राख्न सकिन्छ । त्यसैगरी भारत तथा अमेरिकामा रहेका आफन्तले एसएमएसबाट पनि जानकारी लिन सक्ने व्यवस्था गरिएको छ ।
भाइबर ः भाइबरले नेपालका लागि मोबाइल र ल्यान्डलाइनमा समेत पैसा बिनै कुराकानी गर्न सकिने सुविधा दिएको छ । नेपालबाट विदेशमा समेत पैसा बिना कुराकानी गर्न सकिन्छ । अन्य नम्बरमा कल गर्न प्रयोग गरिने भाइबर आउटलाई कम्पनीले निःशुल्क बनाएको हो । यसका कारण नै कुराकानी गर्न पैसा नलाग्ने व्यवस्था गरिएको हो ।
ड्ड स्काइप ः माइक्रोसफ्टको प्रसिद्ध भ्वाइस च्याट एप स्काइपले नेपालमा फोन गर्दा वा नेपालबाट बाहिर फोन गर्दा पैसा नलाग्ने व्यवस्था गरेको छ । यसका लागि कुनै स्काइप क्रेडिट नचाहिने व्यवस्था गरेको छ ।
ड्ड स्प्रिन्ट ः स्प्रिन्टले अप्रिल २५ देखि मे १६ सम्मको अवधिमा नेपालमा हुने सबै कल र म्यासेजलाई निःशुल्क गरेको छ । स्प्रिन्ट, बुस्ट मोबाइल र भर्जिन मोबाइल युएसएका सबै पोस्टपेड तथा प्रिपेड ग्राहकले यो सुविधा उपभोग गर्न सक्नेछन् ।
टी–मोबाइल ः अमेरिकाको टी–मोबाइलले आफ्नो टी–मोबाइल, मेट्रो पिसिज, गोस्मार्ट मोबाइल र वालमार्ट फेमिली मोबाइलबाट नेपालमा कल र म्यासेज गर्दा लाग्ने सबै शुल्क हटाएको छ । यो पनि आगामी मे १६ तारिखसम्म कायम रहनेछ ।
ड्ड टाइम वार्नर केबुल ः अमेरिकाको टाइम वार्नर केबुलको होम फोन र बिजनेस सर्भिस कस्टमरले नेपालमा कल गर्दा सबै शुल्क हटाएको छ । कम्पनीले नेपालमा मात्र नभएर भारत र चीनका लागि समेत यो शुल्क हटाएको हो ।
ड्ड भेरिजोन ः अप्रिल २५ देखि मे ३१ सम्मका लागि भेरिजोनले अमेरिकाबाट नेपालमा कल गर्दा र म्यासेज पठाउदा लाग्ने सबै शुल्क हटाएको छ ।
नेपाली कम्पनीहरु
नेपाल टेलिकम ः नेपाल टेलिकमले भूकम्पको पीडाबाट आहत भएका सम्पुर्ण उपभोक्तालाई केही राहत पुगोस् भन्ने उद्देश्यले बैशाख १२ गते भूकम्प गए पश्चातको समयदेखि बैशाख १७ गते रातको १२ बजेसम्मको जिएसएम तथा सिडिएमए नेटवर्कबाट भएका सम्पुर्ण अन्तरदेशीय तथा अन्तर्राष्ट्रिय कलहरु तथा एसएमएसको महसुल मिनाहा गरेको छ । कम्पनीले बैशाख महिनाको ल्यान्डलाइन टेलिफोनमा एक सय कल तथा एडिएसएलमा एक साता थप सुविधा समेत दिने भएको छ । त्यसैगरी विभिन्न क्षेत्रहरुमा इन्टरनेट चलाउनका लागि कम्पनीले वाइम्याक्समार्फत वाइफाई हटस्पट सेवा उपलब्ध गराइरहेकोमा भूकम्प प्रभावित क्षेत्र तथा उद्धार कार्यमा सहजता हुने गरी उक्त हटस्पट सेवा निःशुल्क रुपमा उपलब्ध हुने व्यवस्था मिलाएको छ । कम्पनीले भूकम्प पीडितको उद्धारको लागि नेपाल गृह मन्त्रालय एवं सूचना तथा सञ्चार मन्त्रालयको समन्वयमा १२३४ नम्बरको हटलाइन सञ्चालनमा ल्याएको छ ।
यूटिएल ः युनाइटेड टेलिकम लिमिटेड (युटिएल) ले आफ्नो नेटवर्क भित्र प्रयोग हुने सबै कल निःशुल्क गरेको छ ।
एनसेल ः एनसेलले भूकम्प पछिको समयमा प्रत्येक दिन प्रयोगकर्तालाई २० रुपैया“ बोनस प्रदान गर्नुका साथै ५० वटा एसएमएस निःशुल्क पठाउन सकिने व्यवस्था गरेको थियो ।
क्लासिक टेक प्रालि ः भूकम्प पीडित बसेको क्षेत्रमा क्लासिक टेक प्रालिले निःशुल्क वाइफाईको व्यवस्था गरेको छ । यसले आफ्नो आफन्तसम्म खबर आदन प्रदानको कार्यमा यसले सहज हुने कम्पनी कम्पनीले जनाएको छ । महाभुकम्प प्रभावित क्षेत्रमा ७० वटा पीओपी रहेको र त्यहि पीओपीमार्फत निःशुल्क वाईफाई प्रयोग गर्नसकिने कम्पनीले जनाएको छ ।
भूकम्पसम्बन्धी एप्स
भूकम्पको भविष्यवाणी गर्न सकिदैन । त्यसैले अहिलेको प्रविधिको जमानामा त्यस सम्बन्धी खासै उपयोगी एप्लिकेसन वा अन्य प्राविधिक जानकारी दिने सामग्री पाउन पनि मुश्किल छ । यद्यपि भूकम्प आउनासाथ वा आइसकेपछि त्यसको वारेमा आवश्यक जानकारी दिने विभिन्न प्रकारका एप्स भने निर्माण भएका छन् । ती एप्सको प्रयोग गरी प्रयोगकर्ताले भूकम्पका वारेमा आवश्यक जानकारी लिन सक्छन् ।
अर्थक्वेक एलर्टर
यो निःशुल्क एपले विश्वभर आएका भूकम्पका वारेमा एलर्ट र नोटिफिकेसन उपलब्ध गराउछ । यसले ३ दशमलव ५ वा त्यो भन्दा बढी म्याग्निच्युड भएका भूकम्पको वारेमा जानकारी दिन सक्छ । एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले यो एपलाई इन्स्टल गरेपछि एलर्टलाई म्यासेजको रुपमा प्राप्त गर्छन् । आफुले नजिकै आएका भूकम्पको बारेमा मात्र जानकारी लिने हो कि विश्वभरका सबै स्थानको लिने हो, आवश्यकता अनुसारको विकल्प छनोट गर्न सकिन्छ । कस्टम एलर्ट सेटिङ गरेर आवश्यक रेडियस निर्धारण गर्न सकिन्छ । यसले स्थान, मिति र समय तथा नाप समेत सहज तरिकाले बताउछ ।
अर्थक्वेक एलर्ट्स
अर्थक्वेक एलर्ट्स एपले विश्वभरका सबै भूकम्पका वारेमा तमाम जानकारी एकै स्थानमा उपलब्ध गराउछ । विश्वभरका ४ दशमलव ५ भन्दा माथिको म्याग्निच्युडका भूकम्पका वारेमा यसमार्फत थाहा पाउन सकिन्छ । आफुले प्रयोग गर्ने डिभाइस अनुसार यसको आकार पनि फरक हुनसक्छ । यो एप इन्स्टल गरेपछि म्याप सोज, युएसजीएसको साइटमा भएका आवश्यक सामग्री, एलर्ट, पुस नोटिफिकेसन, स्याटेलाइट भ्यु अफ म्याप, सोसल मिडिया सेयरिङ आदि आवश्यकता अनुकुलका विभिन्न सामग्री छनोट गरेर राख्न सकिन्छ ।
अर्थक्वेक मोनिटर इएक्स
यो एपले विशेष गरी जापानमा जाने भूकम्पका वारेमा अलार्म, भ्वाइस र भाइब्रेटरका माध्यमले जानकारी दिन्छ । यसले वेभफर्ममा रियल टाइम इमेज र नोटिफिकेसन तथा एलर्ट समेत दिन्छ । जापान मेट्रोलोजिकल सोसाइटीले निर्धारण गरेको अर्थक्वेक अर्लि वार्निङ सम्बन्धी आवाजलाई पनि आवश्यकता अनुसार सेट गर्न सकिन्छ । यसका लागि प्रयोगकर्ताले नोटिफिकेसन सर्भरमा रजिस्टर गर्नुपर्छ ।
इक्यु इन्फो
इक्यु इन्फो एपले विश्वभर भर्खरै आएका भूकम्पका वारेमा विभिन्न एजेन्सीहरुको सहयोग लिएर जानकारी उपलब्ध गराउछ । यसले अन्तरक्रियात्मक नक्साका आधारमा विभिन्न जानकारी दिन्छ । भूकम्पको गहिराई, समय, स्थान र म्याग्निच्युडका आधारमा आफुलाई आवश्यक सामग्री मात्र राख्न पनि सकिन्छ । त्यसैगरी ती सबैका वारेमा ब्याकग्राउन्ड अपडेट पनि उपलब्ध भइरहन्छ ।
लेटेस्ट क्वेक्स
गत सात दिनको अवधिमा भएका विभिन्न प्रकारका भूकम्पको वारेमा यो एपमा जानकारी उपलब्ध हुन्छ । नक्सा हेरेर मिति, दुरी र म्याग्निच्युडका आधारमा सूचनालाई छनोट गर्न सकिन्छ । यी सामग्रीलाई फेसबुक लगायतका सामाजिक सञ्जालमा पोस्ट गर्न सकिन्छ भने ट्वीटर, जीमेल आदिबाट सेयर गर्न पनि सकिन्छ । यी सबै तथ्यांक युएसजीएसबाट उपलब्ध गराइन्छ । अर्को भर्सनमा यो एपमार्फत एलर्ट र नोटिफिकेसन समेत उपलब्ध गराउने योजना छ ।
अर्थक्वेक्स
संसारका सबै स्थानमा भएका भूकम्पका वारेमा यसमार्फत जानकारी लिन सकिन्छ । एन्ड्रोइड र आइओएस दुवैमा यो एप निःशुल्क उपलब्ध हुन्छ । विगतमा गएका भूकम्पका वारेमा पनि यसमा विस्तृत जानकारी पाउन सकिन्छ ।
रेडक्रस अर्थक्वेक
अमेरिकन रेडक्रसले संचालनमा ल्याएको यो एपले भूकम्पिय सुरक्षाका वारेमा जानकारी दिन्छ । भूकम्प आउनु भन्दा अघि वा आइसकेपछि के के गर्न सकिन्छ भन्ने वारेमा यसमा जानकारी पाउन सकिन्छ ।
अर्थक्वेक लाइट के
यो एपले भूकम्पको तथ्यांकलाई विश्लेषणात्मक रुपमा प्रस्तुत गर्छ । यसले गुगल म्यापसहित प्रभावित क्षेत्रका वारेमा विस्तृत जानकारी उपलब्ध गराउछ ।
युएसजीएस अर्थक्वेक डाटा
यो एप्सले कुन क्षेत्रमा कति रेक्टर स्केलको भूकम्प गयो भन्ने बारेमा विस्तृत जानकारी उपलब्ध गराउछ ।

No comments:
Post a Comment