Saturday, March 16, 2013

सुपर राइडर बन्ने होड

 नी जिनियस भनेर चिनिन्छन्। जिनियसको बाइकमा फोर्टिसिक्स नम्बर ट्याग गरिएको छ। दरबारमार्गमा होसुङ ब्रान्डको रेसिङ बाइक तीन राउन्ड घुमाए पछि जिनियसको रेसिङ स्टाइललाई उनका ग्रुप मेम्बरले खुलेर प्रशंसा गरे। मोटरसाइकल रेसिङ ग्याङका लिडर हुन जिनियस, उनको ग्रुपमा १४ जना मेम्बर छन्, जो स्पोर्टिज लुक्सका विभिन्न मोटरबाइक खुला सडकमा हुइँक्याउने इच्छा राख्छन्। 
मलाई गधा होइन, घोडा चाहिएको थियो, सामान्य मध्यमवर्गीय जीवनशैलीमा प्रयोग हुने बाइकलाई प्रतिकात्मक रूपमा गधा भन्दै जिनियसले बताए ।
यो मेरो घोडामा दम छ, जसले धेरैको ध्यान खिच्छ। जिनियस अर्थात् मनसुन गिरीले बाइकको पछाडि द डक्टरु पनि लेखेका छन्। फोर्टिसिक्स र द डक्टर राख्नुको अर्थ सुपर राइडर भ्यालेन्टिनो रोसी उनको आदर्श भएकाले हो। इटालियन सुपर राइडर भ्यालेन्टिनो रोसीको बाइक रेसको नम्बर हो, फोर्टिसिक्सु जिनियस गिरीले भने९  हामी रोसीका फ्यान फलोअर हौं। रोसी ग्रान्ड पिक्स च्याम्पियन हुन्छन्। १२५ सीसी, २५० सीसी तथा ५०० सीसी हेभी बाइक च्याम्पियनसिपका विनर रोसी बाइकर्सहरूका रोल मोडल हुन्।
द डक्टरचाहिँ किन निरु जिनियस अलमलिए। उनकै ग्रुपका सञ्जयले भने किन होला हगि, मलाई पनि थाहा छैनु ग्रुप मेम्बरकै चार्लीका अनुसार उनी एकेडेमिक डिग्री होल्डर भएकाले र प्रतिस्पर्धामा पनि सधैं सर्वोत्कृष्ट भएकाले उनलाई द डक्टर उपनाम दिइएको हो। 
प्लस टु सिध्याएको यो जिनियस जेनरसन मोटरसाइकल रेसिङमा आफ्नो अस्तित्वको खोजी गर्छ। बजारमा आएको नयाँ लुक्सको स्पोर्टिज बाइक खरिद गर्नेदेखि आपसमै रेसिङ गरेर आफ्नै प्रकारको मनोरन्जनको खोजी गर्छ। 
जिनियस ग्रुप मात्र होइन, सामाखुसीको बाइकर ब्वाइज, काठमाडौंकै केटिएम ट्रुपर्ज, केटिएम नाइट्स, भक्तपुरको राइडर अफ भक्तपुर आरओबी स्टाइलिस स्पोर्ट्स बाइकर्सहरूको ग्रुप हो, जो स्वच्छन्द शैलीमा हावाको संसारमा बतासिन चाहन्छ। ुलुक्स नै डेड्ली भएको बाइक हुइक्याउँदा आफूलाई भ्यालेन्टिनो रोसीको प्रतिविम्ब लाग्छु उज्जन शेर्पा भन्छन्९ ुस्टाइलिस्ट बाइक गुडाउँदाको सान नै भिन्न छ।ु 
नेपालमा यतिखेर स्पोर्ट्स लुक्सको बाइकको बजार छ। बजाजको पल्सर, सुजुकीको निन्जा, यामाहाको आरवानफाइभ, हिरोहोन्डाको करिज्मा, टिभिएसको अपाचे, होन्डाको युनिकर्न, आउन लागेको सिबिआर, स्पोर्ट्स लुक्सको बाइक चढ्न चाहनेहरूको जमात बढेकैले कम्पनीहरूले नेपाली बजारमा ल्याएका मोटरबाइक हुन्, जबकि माथि उल्लेखित कम्पनीहरूले कामकाजी मध्यमवर्गलाई मध्यनजर गर्दै मोटरसाइकल उत्पादन गर्छन्। स्पोर्ट्स र स्टाइलिस्ट लुक्सका लागि भने छुट्टै ब्रान्डका मोटरसाइकल पनि नेपाली बजारमा पाइन्छन्। हार्डली डेभिड्सन, होसुङ, डुकाटी, डिमक, डेलिम, बुलेट, हायाबुसा, बि९किङ आदि ब्रान्ड स्पोर्टिज मोडलका बाइकका हुन्। 
केही समय अघिसम्म युवा पुस्ताले आफुले रुचाएजस्तो बाइक नपाउँदा मोडिफाइको नाममा साइलेन्सर पाइप झिक्ने, हेन्डिल बंग्याउनेजस्ता गतिविधि गरेको देखिन्थ्यो, ट्राफिकको कडाइका बाबजुद मोडिफाइ बाइक सहरमा हुइँकिरहेकै छन् तर ठूलो बजार लिएका मध्यमस्तरका कामकाजी बाइक उत्पादन गर्ने कम्पनीहरूले युवा पुस्तालाई लक्षित गरेर बाइक बजारमा ल्याउनु तथा अन्तराष्ट्रिय बजारका ख्यातिप्राप्त स्टाइलिष्ट स्पोर्ट्स लुक्सका बाइक नेपाली बजारमा भित्रिनुले युवा मनोकांक्षाले क्रमश स्थान पाएको अनुभव गर्न सकिन्छ। यसले मोडिफाइ गर्ने ट्रेन्ड पनि घटाएको छ।   
यामाहा राइड टेक च्यालेन्जमार्फत रेसिङ, स्टन्ट र अन्य कला प्रस्तुत गर्ने प्रतिस्पर्धा सुरु भएकाले पनि युवाहरू स्टाइलिस्ट बाइकतर्फ थप मोहित भएको छिरिङ फुन्सोक ठकुरी बताउँछन्। स्टन्ट ग्रुप नेमिसिसका संस्थापक तथा यामाहा ब्रान्डका बजार व्यवस्थापक ठकुरीका अनुसार स्टाइलिस्ट बाइकमा हुइकिन हुरुक्क हुनेहरूको संख्या पछिल्ला वर्षमा ह्वात्तै बढेको छ। यामाहा राइड टेक काठमाडौंका अतिरिक्त मोफसलमा पनि आयोजना हुन थाल्नु तथा हरेक वर्ष राइड टेकमा सहभागी हुनेहरूको संख्या बढ्नुले पनि स्पोर्टिज लुक्सको महत्वलाई प्रस्ट पार्छ। 

एसएलसी उत्तीर्ण भएलगत्तै युवाहरू मोटरसाइकल चढ्ने चाहना राख्छन्। स्पोर्टिज लुक्स त उनीहरूको पहिलो प्राथमिकता नै हो। ुयदि भने जस्तो स्टाइलिस्ट बाइक चढ्न नपाए,ु छिरिङ फुन्सोक भन्छन्९ ुप्लस टु सकेपछि किन्दिनु तर मैले भने जस्तै किन्दिनु भनेर डिमान्ड गरेको पनि देखेको छु।ु प्लस टु जेनरेसन पहिलो प्राथमिकतामा स्पोर्टिज लुक्सका यामाहा, बजाज, टिभिएस, हिरो होन्डा तथा होन्डाका बाइक खरिद गर्छ, त्यसपछि उनीहरूमा आयस्रोत अनुसार स्पोर्ट्स स्टाइलिस्ट बाइकको मोह बढ्दै जान्छ। डिकम, डुकाटी, होसुङ, हार्लि डेभिड्सन जस्ता स्टाइलिस्ट हेभि बाइक चलाउने मोह त्यसपछि बढ्छ। 

रेसिङ र स्टन्टको क्रेज भएकैले चर्चित अमेरिकन स्टन्टम्यानलाई नेपाल ल्याउन लागिएको छ। हेभी सीसी बाइकमा स्टन्ट गर्ने कला ती अमेरिकन स्टन्टम्यानले पेश गर्ने अटोमोबाइल कन्सल्ट्यान्ट आशिष प्रसाईं बताउँछन्। स्पोर्टिज बाइक धनीहरूले जथाभावी ढंगले सवारी चलाउन थालेपछि अनुभवी बाइकर्सहरूले त्यसलाई रोक्न ड्राइभ सेफ, रुल फलो जस्ता क्याम्पेन पनि चलाउन थालेका छन्। छिरिङ भन्छन्९ ुस्टाइलिस्ट बाइकर्सहरूलाई व्यवस्थित गर्न हामीले स्वस्थ प्रतिस्पर्धालाई अघि सारेका हौं।ु

युवाहरूमा स्टाइलिस्ट बाइकप्रति मोह बढाउन ुमोटाजिपीु को पनि उत्तिकै भूमिका छ। विकसित मुलुकहरूमा आयोजना हुने मोटरबाइक रेस मोटाजिपी टेलिभिजन स्क्रीनमा हेरेर रमाउने युवा पुस्ता व्यावहारिक रूपमै आफूमा उक्त प्रयोग गर्न चाहन्थ्यो। मोटाजिपी मात्र होइन ग्रान्ड पिक्स जस्तो रेसले पनि स्टाइलिट बाइक सयर गर्न चाहनेहरूको जमात बढाएको हो। नेपालमै बाइक रेसिङ हेर्दा कति मज्जा आयो त रु यामाहा राइड टेक च्यालेन्ज हेरिरहेका १९ वर्षीय रिवेल पान्डेले भनेका थिए ुटेलिभिजनमा हेरिरहेको रेस लाइभ हेर्न पाउनु धेरै गुणा रोमाञ्चक हुँदो रहेछ।ु काठमाडौंमा सेफ्टी ड्राइभका लागि ट्रयाक नहुनु बाइकर्स ग्रुपहरूको चिन्ताको विषय हो। रिवेल पनि यही गुनासो गरिरहेका थिए, उनका अनुसार स्पोर्ट्स बाइकको सयर सौख त हुँदै हो, एडभेन्चर पनि हो। 

मोटाजिपी रेसको कथा छुट्टै छ, यो रेसमा सहभागी हुने बाइक कमर्सियलभन्दा पनि बाइक उत्पादक कम्पनीहरूबीच टेक्निकल्ली को कति स्ट्रङ भन्ने पुष्टि गर्नु हो। मोटाजिपीमा कम्पनीले बेस्ट टेक्नोलोजी देखाउने समय पनि हो, जुन प्लेटर्फममा सफल अवतरणपछि त्यसको केही आकर्षक पक्ष कमर्सियल स्पोर्ट्स बाइकमा प्रयोग गरिन्छ। मोटाजिपीमा देखेको बाइक चलाउने लत मेट्न पनि युवाहरू त्यस्तै देखिने बाइक चलाउने इच्छा राख्छन्, —कन्सल्टेन्ट प्रसाईं बताउँछन्।

बाइक मोडिफाईको कुरा

अमेरिकामा केही कम्पनीले मोटरसाइकललाई कस्टमाइजेसन गर्छन् जसमध्ये अरेन्ज काउन्टी चपर मुख्य हो । उक्त कम्पनीले अमेरिकन आर्मीका लागि स्पेसल बाइक डिजाइन गरेको थियो। त्यतिबेला कस्टमाइजेसन प्रोसेसबाट बाइकको साइलेन्सरमा लडाकु विमानको जस्तै गोली वर्षा गर्ने तथा ग्रिनेड प्रहार गर्न मिल्ने सिस्टम जडान गरेको थियो। ग्राहकहरूले भनेबमोजिमकै थिममा आफ्नै शैलीमा बाइक कस्टमाइज गर्नु नै अमेरिकामा सामान्य मानिन्छ। 

नेपालमा बाइक मोडिफाइ गर्नु कानुनविपरीत हो, तर विदेशमा नियममा रहेर उपभोक्ताले आफूले चाहेको मोडलमा बाइकलाई मोडिफाइ गर्न लगाएर खरिद गर्न सक्छन्। नेपाली युवाहरू स्पोर्टिज लुक्सका लागि पछाडिको सिट उचाल्ने, पछाडिको टप्स हटाउने तथा काट्ने, हेन्डिल बंग्याउने, साइलेन्सर पाइप फोड्ने आदि काम गर्छन्। ट्राफिकले यसका लागि उनीहरूलाई कारबाही पनि गर्छ। पछिल्ला दिनमा स्पोर्टिज लुक्समै बाइक आएपछि यस्तो मोडिफिकेसन कम भएको छ।
साप्ताहिकबाट साभार सुपर राइडर बन्ने होड
उनी जिनियसु भनेर चिनिन्छन्। जिनियसको बाइकमा फोर्टिसिक्स नम्बर ट्याग गरिएको छ। दरबारमार्गमा होसुङ ब्रान्डको रेसिङ बाइक तीन राउन्ड घुमाए पछि जिनियसको रेसिङ स्टाइललाई उनका ग्रुप मेम्बरले खुलेर प्रशंसा गरे। मोटरसाइकल रेसिङ ग्याङका लिडर हुन जिनियस, उनको ग्रुपमा १४ जना मेम्बर छन्, जो स्पोर्टिज लुक्सका विभिन्न मोटरबाइक खुला सडकमा हुइँक्याउने इच्छा राख्छन्। 

ुमलाई गधा होइन, घोडा चाहिएको थियो, सामान्य मध्यमवर्गीय जीवनशैलीमा प्रयोग हुने बाइकलाई प्रतिकात्मक रूपमा गधा भन्दै जिनियसले बताए । यो मेरो घोडामा दम छ, जसले धेरैको ध्यान खिच्छ। जिनियस अर्थात् मनसुन गिरीले बाइकको पछाडि द डक्टरु पनि लेखेका छन्। फोर्टिसिक्स र द डक्टर राख्नुको अर्थ सुपर राइडर भ्यालेन्टिनो रोसी उनको आदर्श भएकाले हो। इटालियन सुपर राइडर भ्यालेन्टिनो रोसीको बाइक रेसको नम्बर हो, फोर्टिसिक्सु जिनियस गिरीले भने९  हामी रोसीका फ्यान फलोअर हौं। रोसी ग्रान्ड पिक्स च्याम्पियन हुन्छन्। १२५ सीसी, २५० सीसी तथा ५०० सीसी हेभी बाइक च्याम्पियनसिपका विनर रोसी बाइकर्सहरूका रोल मोडल हुन्। 

द डक्टरचाहिँ किन निरु जिनियस अलमलिए। उनकै ग्रुपका सञ्जयले भने किन होला हगि, मलाई पनि थाहा छैनु ग्रुप मेम्बरकै चार्लीका अनुसार उनी एकेडेमिक डिग्री होल्डर भएकाले र प्रतिस्पर्धामा पनि सधैं सर्वोत्कृष्ट भएकाले उनलाई द डक्टर उपनाम दिइएको हो। 

प्लस टु सिध्याएको यो जिनियस जेनरसन मोटरसाइकल रेसिङमा आफ्नो अस्तित्वको खोजी गर्छ। बजारमा आएको नयाँ लुक्सको स्पोर्टिज बाइक खरिद गर्नेदेखि आपसमै रेसिङ गरेर आफ्नै प्रकारको मनोरन्जनको खोजी गर्छ। 

जिनियस ग्रुप मात्र होइन, सामाखुसीको बाइकर ब्वाइज, काठमाडौंकै केटिएम ट्रुपर्ज, केटिएम नाइट्स, भक्तपुरको राइडर अफ भक्तपुर आरओबी स्टाइलिस स्पोर्ट्स बाइकर्सहरूको ग्रुप हो, जो स्वच्छन्द शैलीमा हावाको संसारमा बतासिन चाहन्छ। ुलुक्स नै डेड्ली भएको बाइक हुइक्याउँदा आफूलाई भ्यालेन्टिनो रोसीको प्रतिविम्ब लाग्छु उज्जन शेर्पा भन्छन्९ ुस्टाइलिस्ट बाइक गुडाउँदाको सान नै भिन्न छ।ु 

नेपालमा यतिखेर स्पोर्ट्स लुक्सको बाइकको बजार छ। बजाजको पल्सर, सुजुकीको निन्जा, यामाहाको आरवानफाइभ, हिरोहोन्डाको करिज्मा, टिभिएसको अपाचे, होन्डाको युनिकर्न, आउन लागेको सिबिआर, स्पोर्ट्स लुक्सको बाइक चढ्न चाहनेहरूको जमात बढेकैले कम्पनीहरूले नेपाली बजारमा ल्याएका मोटरबाइक हुन्, जबकि माथि उल्लेखित कम्पनीहरूले कामकाजी मध्यमवर्गलाई मध्यनजर गर्दै मोटरसाइकल उत्पादन गर्छन्। स्पोर्ट्स र स्टाइलिस्ट लुक्सका लागि भने छुट्टै ब्रान्डका मोटरसाइकल पनि नेपाली बजारमा पाइन्छन्। हार्डली डेभिड्सन, होसुङ, डुकाटी, डिमक, डेलिम, बुलेट, हायाबुसा, बि९किङ आदि ब्रान्ड स्पोर्टिज मोडलका बाइकका हुन्। 

केही समय अघिसम्म युवा पुस्ताले आफुले रुचाएजस्तो बाइक नपाउँदा मोडिफाइको नाममा साइलेन्सर पाइप झिक्ने, हेन्डिल बंग्याउनेजस्ता गतिविधि गरेको देखिन्थ्यो, ट्राफिकको कडाइका बाबजुद मोडिफाइ बाइक सहरमा हुइँकिरहेकै छन् तर ठूलो बजार लिएका मध्यमस्तरका कामकाजी बाइक उत्पादन गर्ने कम्पनीहरूले युवा पुस्तालाई लक्षित गरेर बाइक बजारमा ल्याउनु तथा अन्तराष्ट्रिय बजारका ख्यातिप्राप्त स्टाइलिष्ट स्पोर्ट्स लुक्सका बाइक नेपाली बजारमा भित्रिनुले युवा मनोकांक्षाले क्रमश स्थान पाएको अनुभव गर्न सकिन्छ। यसले मोडिफाइ गर्ने ट्रेन्ड पनि घटाएको छ।   

यामाहा राइड टेक च्यालेन्जमार्फत रेसिङ, स्टन्ट र अन्य कला प्रस्तुत गर्ने प्रतिस्पर्धा सुरु भएकाले पनि युवाहरू स्टाइलिस्ट बाइकतर्फ थप मोहित भएको छिरिङ फुन्सोक ठकुरी बताउँछन्। स्टन्ट ग्रुप नेमिसिसका संस्थापक तथा यामाहा ब्रान्डका बजार व्यवस्थापक ठकुरीका अनुसार स्टाइलिस्ट बाइकमा हुइकिन हुरुक्क हुनेहरूको संख्या पछिल्ला वर्षमा ह्वात्तै बढेको छ। यामाहा राइड टेक काठमाडौंका अतिरिक्त मोफसलमा पनि आयोजना हुन थाल्नु तथा हरेक वर्ष राइड टेकमा सहभागी हुनेहरूको संख्या बढ्नुले पनि स्पोर्टिज लुक्सको महत्वलाई प्रस्ट पार्छ। 

एसएलसी उत्तीर्ण भएलगत्तै युवाहरू मोटरसाइकल चढ्ने चाहना राख्छन्। स्पोर्टिज लुक्स त उनीहरूको पहिलो प्राथमिकता नै हो। ुयदि भने जस्तो स्टाइलिस्ट बाइक चढ्न नपाए,ु छिरिङ फुन्सोक भन्छन्९ ुप्लस टु सकेपछि किन्दिनु तर मैले भने जस्तै किन्दिनु भनेर डिमान्ड गरेको पनि देखेको छु।ु प्लस टु जेनरेसन पहिलो प्राथमिकतामा स्पोर्टिज लुक्सका यामाहा, बजाज, टिभिएस, हिरो होन्डा तथा होन्डाका बाइक खरिद गर्छ, त्यसपछि उनीहरूमा आयस्रोत अनुसार स्पोर्ट्स स्टाइलिस्ट बाइकको मोह बढ्दै जान्छ। डिकम, डुकाटी, होसुङ, हार्लि डेभिड्सन जस्ता स्टाइलिस्ट हेभि बाइक चलाउने मोह त्यसपछि बढ्छ। 

रेसिङ र स्टन्टको क्रेज भएकैले चर्चित अमेरिकन स्टन्टम्यानलाई नेपाल ल्याउन लागिएको छ। हेभी सीसी बाइकमा स्टन्ट गर्ने कला ती अमेरिकन स्टन्टम्यानले पेश गर्ने अटोमोबाइल कन्सल्ट्यान्ट आशिष प्रसाईं बताउँछन्। स्पोर्टिज बाइक धनीहरूले जथाभावी ढंगले सवारी चलाउन थालेपछि अनुभवी बाइकर्सहरूले त्यसलाई रोक्न ड्राइभ सेफ, रुल फलो जस्ता क्याम्पेन पनि चलाउन थालेका छन्। छिरिङ भन्छन्९ स्टाइलिस्ट बाइकर्सहरूलाई व्यवस्थित गर्न हामीले स्वस्थ प्रतिस्पर्धालाई अघि सारेका हौं।
युवाहरूमा स्टाइलिस्ट बाइकप्रति मोह बढाउन (मोटाजिपी) को पनि उत्तिकै भूमिका छ। विकसित मुलुकहरूमा आयोजना हुने मोटरबाइक रेस मोटाजिपी टेलिभिजन स्क्रीनमा हेरेर रमाउने युवा पुस्ता व्यावहारिक रूपमै आफूमा उक्त प्रयोग गर्न चाहन्थ्यो। मोटाजिपी मात्र होइन ग्रान्ड पिक्स जस्तो रेसले पनि स्टाइलिट बाइक सयर गर्न चाहनेहरूको जमात बढाएको हो। नेपालमै बाइक रेसिङ हेर्दा कति मज्जा आयो त रु यामाहा राइड टेक च्यालेन्ज हेरिरहेका १९ वर्षीय रिवेल पान्डेले भनेका थिए ुटेलिभिजनमा हेरिरहेको रेस लाइभ हेर्न पाउनु धेरै गुणा रोमाञ्चक हुँदो रहेछ।ु काठमाडौंमा सेफ्टी ड्राइभका लागि ट्रयाक नहुनु बाइकर्स ग्रुपहरूको चिन्ताको विषय हो। रिवेल पनि यही गुनासो गरिरहेका थिए, उनका अनुसार स्पोर्ट्स बाइकको सयर सौख त हुँदै हो, एडभेन्चर पनि हो। 
मोटाजिपी रेसको कथा छुट्टै छ, यो रेसमा सहभागी हुने बाइक कमर्सियलभन्दा पनि बाइक उत्पादक कम्पनीहरूबीच टेक्निकल्ली को कति स्ट्रङ भन्ने पुष्टि गर्नु हो। मोटाजिपीमा कम्पनीले बेस्ट टेक्नोलोजी देखाउने समय पनि हो, जुन प्लेटर्फममा सफल अवतरणपछि त्यसको केही आकर्षक पक्ष कमर्सियल स्पोर्ट्स बाइकमा प्रयोग गरिन्छ। मोटाजिपीमा देखेको बाइक चलाउने लत मेट्न पनि युवाहरू त्यस्तै देखिने बाइक चलाउने इच्छा राख्छन्, —कन्सल्टेन्ट प्रसाईं बताउँछन्।

बाइक मोडिफाईको कुरा
अमेरिकामा केही कम्पनीले मोटरसाइकललाई कस्टमाइजेसन गर्छन् जसमध्ये अरेन्ज काउन्टी चपर मुख्य हो । उक्त कम्पनीले अमेरिकन आर्मीका लागि स्पेसल बाइक डिजाइन गरेको थियो। त्यतिबेला कस्टमाइजेसन प्रोसेसबाट बाइकको साइलेन्सरमा लडाकु विमानको जस्तै गोली वर्षा गर्ने तथा ग्रिनेड प्रहार गर्न मिल्ने सिस्टम जडान गरेको थियो। ग्राहकहरूले भनेबमोजिमकै थिममा आफ्नै शैलीमा बाइक कस्टमाइज गर्नु नै अमेरिकामा सामान्य मानिन्छ। 
नेपालमा बाइक मोडिफाइ गर्नु कानुनविपरीत हो, तर विदेशमा नियममा रहेर उपभोक्ताले आफूले चाहेको मोडलमा बाइकलाई मोडिफाइ गर्न लगाएर खरिद गर्न सक्छन्। नेपाली युवाहरू स्पोर्टिज लुक्सका लागि पछाडिको सिट उचाल्ने, पछाडिको टप्स हटाउने तथा काट्ने, हेन्डिल बंग्याउने, साइलेन्सर पाइप फोड्ने आदि काम गर्छन्। ट्राफिकले यसका लागि उनीहरूलाई कारबाही पनि गर्छ। पछिल्ला दिनमा स्पोर्टिज लुक्समै बाइक आएपछि यस्तो मोडिफिकेसन कम भएको छ।
साप्ताहिकबाट साभार 

No comments:

Post a Comment