स्कोडा एमएडब्ल्युले यहीँ फाल्गुन ३०, चैत्र १, २ र ३ गते थापाथलीस्थित स्कोडा शोरुममा एक्सचेन्ज क्याम्प आयोजना गरिरहेको छ । ग्राहकहरुको इच्छा, अनुरोध र आवश्यकतालाई मध्यनजर गरि एक्स्चेञ्ज क्याम्प संचालन गर्न लागेको कम्पनीले जानकारी दिएको छ । उक्त एक्सचेञ्ज क्याम्पमा कम्पनीले सरल किस्ताबन्दी सुबिधा, सरल एक्सचेञ्ज सुबिधा, उत्कृष्ट रिकण्डीसन हाउसहरुबाट पुराना गाडीको उचित मूल्यांकन सुविधा तथा तुरुन्तै डेलिभरी सुविधा प्रदान गर्नेछ ।
एक्सचेञ्ज क्याम्पको अवसरमा स्कोडा एमएडब्ल्युका जनरल म्यानेजर दिपक अग्रवालले पुरानो गाडीसँग एक्स्चेञ्ज गरि नयाँ स्कोडा गाडी प्रदान गर्ने उद्देश्य साथ संचालन गरिएको उक्त एक्सचेञ्ज क्याम्पबाट ग्राहकहरु पर्ूण्ा रुपमा लाभान्वित हुने विश्वास ब्यक्त गर्नुभएको छ ।
ग्राहकहरुले आफ्नो पुराना गाडी संग साट्न सक्ने स्कोडा फाबिया अत्यन्तै आरामदायी फराकिलो हृयाच्ब्याक हो जस्मा ३१५ लिटरको लगेज कम्पार्टमेन्ट र १७२ मिलिमिटरको उत्कृष्ट भुइदेखि गाडीसम्मको उचाइ रहेको छ । स्कोडा फाबियामा हृयाच्ब्याक सेग्मेन्ट मध्येकै उच्च हेडरुम, लेगरुम र बुटस्पेस पनि छ । धेरै जसो यूरोपियन पार्टस् प्रयोग गरि बनाइएको यो कार इन्डियन कारहरुको तुलनामा गुणस्तरीय छ । स्कोडा फाबियाका एक्टिभ प्लस, एम्बिसन प्लस र एलिगेन्स गरी तीन मोडल उपलब्ध छन् ।
स्कोडा एमएडब्ल्युका अनुसार स्कोडाको र्यापिड कम मूल्यमा बढी स्पेस भएको सेडान कार हो, जुन ग्राहकहरुले आफ्नो पुराना गाडीसँग साट्न सक्नेछन् । १ हजार ६ सय सिसी इन्जिन क्षमताको यो कारमा भुइदेखि गाडीसम्मको उचाइ १ सय ६८ मिलिमिटर छ । यस कारमा कप होर्ल्र्डस, पावर विन्डोज, एयर कन्डिसनर, स्टेयरिङ एडजस्टमेन्ट, पावर स्टेयरिङ, सेन्ट्रल लकिङ, एलोइ हृविल, चाइल्ड सेफ्टी लकलगायतका बिशेषता छन् ।
फाबिया र र्यापिड बाहेक ग्राहकहरुले आफ्ना पुराना गाडी स्कोडाका अन्य उच्च स्तरिय मोडलहरु ल्ााउरा, यती र सर्ुपर्वसंग पनि साट्न सक्नेछन् ।