आजकाल एप्पलको स्मार्ट घडीका वारेमा निकै नै चर्चा भएको छ । एप्पल नया नया खालको उत्पादन बजारमा ल्याउनका लागि नै लोकप्रिय कम्पनी मानिन्छ । तर यसले यी उत्पादन बजारमा ल्याउनु भन्दा अघि कुनै त्यस्तो हल्ला गर्दैन र यसका वारेमा धेरै जानकारी पनि हुदैन । संसारभरका मानिसहरुका लागि प्रिय उत्पादन कहलिएका आइफोन वा आइप्याड ल्याउनु भन्दा अघि पनि कुनै त्यस्तो आधिकारिक जानकारी बजारमा आएको थिएन । अहिले पनि न्युयोर्क टाइम्स र वालस्ट्रिट जर्नल जस्ता विश्व प्रतिष्ठित पत्रिकाहरुले एप्पलले नया खालको स्मार्ट घडी बजारमा ल्याउने तयारी गरेको जानकारी दिए । यसका आधारमा एप्पलले आइप्याड र आइफोन ल्याए जसरी अब आइवाच ल्याउने अनुमान गरिएको छ ।
न्युयोर्क टाइम्सका अनुसार एप्पलले कभ्र्ड ग्लास भएको र एप्पलकै आइओएस अपरेटिङ सिस्टम अन्तर्गत चल्ने स्मार्ट घडीका लागि एप्पलले परीक्षण गरिरहेको छ । त्यसैगरी वालस्ट्रीट जर्नलका अनुसार यस प्रकारको डिभाइसका वारेमा निकै चर्चा भैरहेको छ, जसलाई एप्पलले आफ्नो म्यानुफ्याक्चरिङ पार्टनर फक्सकनसित मिलेर निर्माण गरिरहेको छ । यी समाचारका वारेमा एप्पलले भने कुनै प्रतिक्रिया ब्यक्त गरेको छैन ।
पहिलेको इतिहास हेर्दा पनि कम्पनीका कुनै उत्पादनका वारेमा बजारमा यस्तै हल्ला हुने गर्थे र अन्ततः ती बजारमा पनि आउथे । यसले गर्दा अहिले पनि एप्पलले यस प्रकारको स्मार्ट घडीको निर्माण गरेको अुनमान गर्न गाहे छैन । बरु बजारमा यो घडी कस्तो प्रकारको हुनेछ भनेर चर्चा पनि शुरु भैसकेको छ । यस प्रकारको घडी बजारमा आएमा यसले अहिले भैरहेको घडी र स्मार्टफोनलाई एकै स्थानमा ल्याएर नया प्रकारको उत्पादन प्रयोगमा ल्याउन बाध्य पार्नेछ ।
एप्पलसग भएको प्रविधि र उसको पेटेन्ट राइटका आधारमा एप्पलको यो घडी कस्तो प्रकारको हुनेछ भन्ने वारेमा चर्चा हुन थालेको हो । अनुमानका आधारमा यो वायरलेस चार्जिङ घडी हुनेछ । यसलाई खोलेर फेरि चार्ज गर्नुपर्दैन । वायरलेस चार्जिङ टेक्नोलोजीको पेटेन्ट पनि एप्पलसगै छ । एप्पलसगै कभ्र्ड ग्लास स्क्रिनको पनि पेटेन्ट छ । यसले गर्दा नया स्मार्ट घडीलाई फरक लुक दिनका लागि पनि केही समस्या हुनेछैन ।
एप्पलको सिरी अपरेटिङ सिस्टमले कठीन कामहरु पनि सजिलो तरिकाले गर्न सक्छ । यसका लागि धेरै बटन वा मेनु थिच्नुपर्ने झन्झट हुनेछैन । यो स्मार्ट घडी आइफोनसग सिन्क्रोनाइज्ड भइरहन्छ, जसले गर्दा फोन ननिकालेरै पनि कसले कल गरेको हो भनी हेर्न सकिन्छ ।
यसले एप्पलको कुनै पनि डिभाइसका लागि पासवर्ड हान्नु पर्ने झन्झटबाट मुक्ति दिलाउनेछ । आइफोन चोरी हुन पनि यसले बचाउनेछ । यदि स्मार्ट घडीको रेन्जभन्दा बाहिर आइफोन कुनै कारणले पुगेमा यसले सतर्क गराउनेछ । एप्पलको यो घडीले म्युजिक फङसनलाई पनि सपोर्ट गर्छ । यसमा प्रयोग गरिएको सिरी अपरेटिङ सिस्टमलाई रिमोट कन्ट्रोलका रुपमा पनि प्रयोग गर्न सकिन्छ । एप्पलले यो घडीको सहायताले आफ्नो म्यापि सिस्टमलाई अझै राम्रो बनाउनका लागि पनि प्रयोग गर्न सक्नेछ ।
स्मार्ट घडीले प्रयोगकर्ताको स्वास्थ्यलाई पनि ख्याल गर्नेछ । यसमा लगाइएको सेन्सरद्धारा प्रयोगकर्ताले खर्च गरेको क्यालोरी, पार गरेको दूरी र ब्लड प्रेसर आदि बताउनेछ । यो घडीलाई क्रेडिट कार्डका रुपमा पनि प्रयोग गर्न सकिनेछ ।
यद्यपि एप्पलमात्र यस प्रकारका घडी निर्माण गर्न लागिपरेको छैन । यो वर्ष अन्य कम्पनीका पनि स्मार्ट घडी बजारमा आउने अनुमान गरिएको छ । केही समय अघि अमेरिकाको लस भेगासमा भएको कन्जुमर इलेक्ट्रोनिक्स शोमा पनि पेबल नामक कम्पनीले यस्तै प्रकारको घडी प्रदर्शन गरेको थियो । यो पेबल स्मार्ट वाच आइफोन र एन्ड्रोइड फोनसग कनेक्ट भैरहनेछ । यसले पनि इमेल, टेक्स्ट म्यासेज वा वेदर एलर्टका वारेमा जानकारी दिने कलर आइडीका रुपमा काम गर्नेछ । त्यसैगरी जेफर्सन ग्राहमद्धारा विकसित गरिएको मार्सियन वाचले भ्वाइस कमान्डलाई सपोर्ट गर्छ । यसले म्यासेज पढ्न र भोकल एलर्ट्स सेन्ड गर्न सक्छ । रिस्टब्यान्डका रुपमा रहेको फिटबिटलाई पनि एक प्रकारको एक्टिभिटी टयाकर मान्न सकिन्छ । यसले एक दिनमा कति स्टेप हिडियो र एक रातमा कति सुतियो जस्ता कुराहरुको जानकारी दिन्छ । यो पनि आइओएस र एन्ड्रोइड सिस्टमस“ग सिन्क्रोनाइज्ड हुन्छ ।
यी सबै जानकारीका आधारमा आगामी दिनमा स्मार्ट घडीहरुले निकै नै बजार पिट्ने अनुमान गर्न सकिन्छ ।
No comments:
Post a Comment