
म सानैदेखि बाइक रेसिङमा रुची राख्थे । मेरा अन्य नातेदारहरु क्रिकेट र फुटबल खेल्न र हेर्न रुचाउथे । तर ममा अर्कै रुची थियो । यसो हुदा उनिहरु अचम्म पनि मान्थे । बाइक रेसिङ हेर्दा एउटा जोखिमपुर्ण खेल जस्तो पनि लाग्छ । यसले गर्दा सबैले मलाई सम्झाउथे । तर म आफु सानो ट्रयाकहरुमा यो खेल सिक्दै गर्थे । मोटो जीपीलगायतका खेल आउने टेलिभिजन च्यानल हेर्थे । च्यानलकै लागि अरुस‘ग झगडा पथ्र्यो । यसवाट मैले धेरै टेक्निकहरु सिक्थे । विभिन्न अनुभवी राइडरहरुका खेल हेर्थे । तर मैले यसका लागि कुनै तालिम भने लिएन । पहिले कुनै तालिमको व्यवस्था पनि थिएन ।
सन् २००५ देखि म औपचारिक रुपमा यो खेलमा प्रवेश गरे । म भारतलगायत अन्य राष्ट्रमा आयोजित विभिन्न प्रतियोगितामा भाग लिएर पुरस्कृत समेत भएको छु । म अहिले पनि भारतको नेसनल च्याम्पियन हु । अहिले भारतको अन रोड र अफ रोड दुवैमा च्याम्पियन हुने म नै एक मात्र खेलाडी हु । अन रोड रेसिङमा विभिन्न प्रकारका ट्रयाकको व्यवस्था गरिएको हुन्छ भने अफ रोड रेसिङमा माटो हुन्छ र विभिन्न खाल्डाखुल्डी र अग्लो स्थान समेत पार गर्नु पर्छ । म फेडरेसन अफ मोटर स्पोर्ट्स क्लब अफ इन्डिया (एफएमएससिआइ) रोलन नेसनल डर्ट रेसिङ च्याम्पियन बनेको छु । त्यसैगरी थाइल्यान्डमा आयोजित यामाहा एसियन कप २००९ तथा एमआरएफ इन्टरनेसनललगायतका रेसिङ प्रतियोगितामा सहभागी भइ पुरस्कृत भैसकेको छु । यो वाहेक अन्य दर्जनौ राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइ पुरस्कृत भएको छु ।
भारतमा बाइक रेसिङप्रति निकै नै आकर्षण छ । त्यहा रेसिङ कार्यकै लागि बनेका हजारौ समुहहरु छन् । एउटा सानो सहरमा पनि यस्ता समुह धेरै पाइन्छन् । एउटा ल्याप पार गर्दा एक सेकेन्ड वा एक माइक्रोसेकेन्डका लागि पनि कडा प्रतिष्पर्धा भएको पाइन्छ । यो एउटा रमाइलो र खुशीको कुरा हो । हन पनि हामी बाइक रेसरहरु ट्रयाकमा पुग्दा निकै रमाउछौ । ट्रयाकमा मानिसहरुले हामीलाई हेरिरहेको समय सबै भन्दा अविष्मरणिय लाग्छ । हामीलाई जित्नु र हार्नु ठुलो कुरा लाग्दैन । ट्रयाकमा कुद्न पाउनु नै महत्वपुर्ण हो । यसको आयोजना जसले गरेको पनि हुन सक्छ ।
अन्य देशको कुरा गर्दा स्पेन, अष्ट्रेलिया र इटालीलगायतका देशमा बाइक रेसिङ प्रचलित छ । यी देशका सडकमा समेत रेसिङ गरेको पाइन्छ । त्यहा सडकमा रेसिङ गर्दा सबैले तारिफ गर्छन् । अलिकति पैसा र समयको व्यवस्था भएमा सानो समुहले पनि रेसिङ प्रतियोगिताको आयोजना गर्छन् । भारतमा पनि उत्तर भन्दा दक्षिण भारतमा यो बढी प्रचलित छ । ट्रयाक भएको कुनै पनि स्थानमा रेसिङ प्रतियोगिताको आयोजना गर्ने प्रचलन बढ्दै गएको छ ।
बाइक रेसिङ एउटा जोखिमपुर्ण खेल पनि हो । यसका लागि उपयुक्त टेक्निक अपनाउनु आवश्यक छ । त्यसैले जसले राम्रो टेक्निक प्रयोग गर्छ, उसका लागि यो एउटा साहसिक र रोचक खेल मानिन्छ । उपयुक्त टेक्निकको प्रयोग गरेमा एउटा सानो ८ बर्षको बालकले समेत यो खेल खेल्न सक्छ । तर पनि कानुनी हिसावले भन्दा १८ बर्ष पुगेकाहरुले नै यो खेल खेल्न सक्छन् । माथिल्लो उमेर जति पनि हुन सक्छ । यो रुचीको कुरा हो । भारतको चन्डीगढमा पुन्नु दादा नाम गरेको बाइक राइडर हुनुुहुन्छ । उहा ५८ बर्ष पुग्नु भयो । तर उहॉ अहिले पनि सक्रियताका साथ रेसिङमा भाग लिनु हुन्छ । उहॉ भन्नु हुन्छ – रेसिङ छोडे भने एक हप्ता पछि नै मेरो मृत्यु हुनेछ ।
म रेसिङकै सिलसिलामा तेश्रो पटक नेपाल आएको हु । पहिलो पटक आउदा यहा रेसिङ हेर्ने मात्र थिए । दोश्रो पटक आउदा यसका वारेमा ज्ञान लिनेहरु बढ्न थालेका थिए । तर यो पटक आउदा यसमा रमाउनेहरु पनि धेरै देखे । मलाई के लाग्यो भने अब नेपाली राइडरहरुले पनि अन्तर्राष्ट्रिय स्तरका खेलहरुमा भाग लिएर बिजेता बन्न सक्नेछन् । यो पटकको अनुभव गजबको रह्यो । राइडरहरुको संख्या, उनिहरुको सीप र प्रतिष्पर्धाबाट म पनि निकै प्रभावित भए ।
क्रिकेट, फुटबल जस्ता खेलहरु आयोजना गर्न सबै हौसिन्छन् । यी खेल अन्तर्राष्ट्रिय रुपमा पनि प्रचलित छन् । तर बाइक रेसिङलाई उति महत्व दिएको पाइदैन । यो कार्यमा यामाहाले धेरै मदत पु¥याएको छ । त्यसैले बाइक राइडरहरु यामाहाप्रति कृतज्ञ हुनु पर्छ । भारतमा समेत यो कार्यमा धेरै चासो दिएको पाइदैन । नेपालमा त झन् भर्खरै यसप्रति चासो बढ्दैछ । त्यसैले नेपालमा यसको आयोजना गर्ने यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता मोरङ अटो वक्र्स धन्यवादको पात्र छ । सरकारले पनि यो खेलको प्रवद्र्धनको लागि ठुलै कार्य गर्नु पर्दैन । कुनै स्थानमा ट्रयाकका लागि जमिन, यसको आयोजनाका लागि सानोतिनो रकम र आयोजना गर्ने जिम्मा कुनै कम्पनीलाई दिएमा सबै कार्य पुरा हुन्छ ।
यामाहाका मोटरसाइकलहरु रेसिङका लागि एकदमै उपयुक्त छन् । त्यसमा पनि विशेषत आर १५ मोटरसाइकल सबैभन्दा उपयुक्त हो । यसमा भएको ट्युवलेस र सफ्ट टायर, फ्युल इन्जेक्टर, इसियु, ६ भन्दा बढी सेन्सर, लिक्विड कुल्ड इन्जिन आदिका कारण नै यो सम्भव भएको हो ।
प्रस्तुति – एकराज सुवेदी
No comments:
Post a Comment