Saturday, March 16, 2013

फैलदै ब्याट्री


गाडीको कारोवारसगै नेपालमा व्याट्रीको वजार फराकिलो वन्दै गएको छ । अटो लगायतका क्षेत्रका प्रयोग हुन व्याट्रीको वार्षिक कारोवार ४ अर्वको हुने अनुमान व्यवासयीहरुको छ । व्याट्रीको यो वजारमा अन्तर्राष्ट्रिय व्रान्डको हावी छ । ९० प्रतिशत हिस्सा विदेशी व्रान्डको व्याट्रीको रहेको व्यवसायीहरु दावी गर्छन् । एक्साइड, वोस, ग्लोव्याट, सुकाम, भोल्टा, स्पिड, सोनिक, टाटाग्रिन, स्टारगोल्ड, अमरन, ओशका, पानासोनिक लगायत करिव

एक दर्जन अन्र्तराष्ट्रिय व्रान्डका व्याट्रीले नेपाली वजार ओगटेको छ । नेपालमै उत्पादित व्याट्री भने प्रतिस्पर्धात्मक यो वजारमा खरो उत्रन सकेको छैन । आधा दशक अघि मात्र नेपालमा व्याट्री उत्पादन गर्ने १० भन्दा वढी उद्योग सञ्चालित थिए । तर, आयतित व्याट्रीस“ग प्रतिस्पर्धामा उत्रन नसकेपछि यि उद्योगहरु धमाधम वन्द भए ।
फस्टाउदो वजार
                                                                                                          पछिल्लो समय वढ्दो लोडसेडिङले इन्र्भटरको खपत ह्वात्तै वढाएको छ, जहा व्याट्रीको माग नहुने कुरै भएन । अहिले घरायसी प्रयोगदेखि कलकारखाना सञ्चालनमा समेत ‘पावर व्याकअप’ का रुपमा व्याट्री अपरिहार्य वन्दै गएको छ । व्याट्रीको यो वजारमा अटोमोटिभ (हेभी तथा लाइट गाडी, मोटरसाइकलमा प्रयोग हुने व्याट्री) को माग पनि कम छैन । अटोमोटिभ व्याट्रीको कारोवार वढ्दो क्रममा रहनुले यसैको पुष्टि गर्छ । अटोमोटिभ व्याट्रीको माग वढ्नुमा प्रमूखत तीन कारण छन् । पहिलो, गाडीको संख्या थपिदै जादा“ स्वतः व्याट्रीको प्रयोग वढेर जानु । दोस्रो एक चोटी प्रयोगमा आइसकेको व्याट्री विग्रिपछि पुनःप्रयोग गर्ने प्रणाली नेपालमा नहुनु । तेस्रो, व्याट्रीको आयु लामो नहुनु । यिनै कारणहरुले नेपाली वजारमा अटोमोटिभ व्याट्रीको कारोवार फैलदै गएको व्यवसायीहरुको भनाइ छ । ‘व्याट्रीकोको वजार वर्षेनी वढ्दै गएको हामीले पाएका छौं’ स्काई टेकका मार्केटिङ अफिसर ज्ञानेन्द्रसिंह महतो भन्छन्–‘त्यसध्ये अटोमोटिभ व्याट्रीको माग पनि धेरै छ ।’ स्काइ टेक भोल्टा व्याट्रीको नेपालस्थित आधिकारिक विक्रेता हो । हुलास पावरका सेल्स अफिर्सस स्वभाव दुलाल ‘व्याट्रीको वजार उत्साहनक रुपमा वढ्दै गएको’ वताउ“छन् । उनी भन्छन्–‘त्यसैले हामीले यसवर्षदेखि वोस व्याट्रीको कारोवार सुरु गरेका हौ ।’  
वजारमा व्याट्रीको माग वार्षिक ३० प्रतिशतले वढ्दै गएको व्यवसायीहरुको अनुमान छ । ‘वजार प्रतिदिन फस्टाउदो छ’ वसन्त मोटर्स प्रालिका सिइओ विजयकुमार तुलाधार भन्छन् । वसन्त मोटर्सले पानासोनिक व्याट्रीको कारोवार गर्दै आएको छ । पूर्वाञ्चल मात्र व्याट्रीको कारोवार मासिक करीव १ करोड २५ लाख वरावरको हुने अनुमान छ । यसमध्ये गाडीमा प्रयोग हुने व्याट्रीको कारोवार करीब १ करोड रुपैया“को हुने वताइन्छ । 
चर्को प्रतिस्पर्धा
विदेशी व्रान्डका दर्जन वढी व्याट्रीहरु नेपालको प्रतिस्पर्धात्मक वजारमा उत्रिएको छ । साथै वजारमा अन्य व्रान्डका व्याट्रीहरु थपिने क्रम पनि रोकिएको छैन । यसले व्याट्रीको प्रतिस्पर्धालाई चर्को वनाएको छ । को भन्दा को कमको शैलीमा उत्रिएका उनीहरुले गुणस्तर, सेवा र वारेन्टीवाट उपभोक्ताको मन जित्ने दौडमा लागेका छन् । ‘नेपालको सानो वजार सानो छ’ वैशाली ट्रेडिङका सेल्स एन्ड मार्केटिङ किरण श्रेष्ठ भन्छन्–‘यहि वजारमा दर्जनौ व्रान्डको व्याट्री छ ।’
प्रतिस्पर्धात्मक यो दौडमा सिप्रदी ट्रेडिङले एक्साइड, एएसवी इन्टरनेशनल प्रालिले ग्लोव्याट, पल्लवी इन्टरप्राइजले रकेट, विजय मोटर्स प्रालिले पानासोनिक, शिवाको ट्रेडिङ प्रालिले सोनिक, अटोपार्टस् इन्टरनेशनलले अमरन, विश्व मोटर ट्रेडर्सले ओशकाm एवाइ अटो ट्रेडिङले थ्रिके, वैशाली ट्रेडिङले स्पिड, स्काइटेक इन्टरप्राइजले भोल्टालाई उतारेको छ । यसवाहेक चिनिया व्रान्डका व्याट्री पनि अहिले वजारमा देखिएको छ । 
कसको हिस्सा कति ?
प्रतिस्पर्धात्मक यो वजारमा कसले कति हिस्सा ओगट्न सकेको होला ? यसमा आ–आफ्नै दावी छ । सिप्रदी ट्रेडिङले नेपालभर प्रयोग हुने अटोमोटिभ व्याट्रीमा ७० प्रतिशत हिस्स आफ्नो रहेको दावी गरेको छ । स्काइटेक इन्टरप्राइजेजले कुल वजारको १४ प्रतिशत आफ्नो रहेको वताएका छन् । ‘अटोमोटिभ व्याट्रीको कारोवारमा हामी दोस्रो स्थानमा छौ’ मार्केटिङ म्यानेजर आचार्य भन्छन् । नेपालमा गुड्ने अधिकांश जापानिज गाडीमा पानासोनिक व्याट्री प्रयोग हुने दावी गरिएको छ । पानासोनिकको नेपालस्थित आधिकारिक विक्रेता वसन्त मोटर्स प्रालिका सिइओ विजयकुमार तुलाधार भन्छन्–‘८० प्रतिशत जापानिज गाडीमा पानासोनिक व्याट्री प्रयोग हुन्छ ।’
वजारमा एक्साइड व्याट्रीको उपस्थिती तुलनात्मक रुपमा निकै सशक्त छ । सिप्रदीले सर्भिसमा विशेष जोड दिएकाले उपभोक्ताले एक्साइड व्याट्री निकै रुचाएको छ । उसले स्टेशन मार्फत र व्याट मोवाइल (समस्य भएको स्थानमा आफै गएर सर्भिस दिने) मार्फत सर्भिस दिदै आएको छ । एक्साइड पछि भोल्टाको विक्री उच्च रहेको वताइन्छ । फरक टेक्नोलोजीमा वनेको यो व्याट्री नेपालकै पुरानो र गुणस्तरिय हुनुले पनि उपभोक्ताको रोजाइमा परेको हो । स्काइटेकले भोल्टाको पछिल्लो प्रविधियुक्त व्याट्री केहि महिना अघि मात्र वजारमा ल्याएको छ । वातावरणमैत्री भनिएको टाटाग्रिन व्याट्रीले सुरुमा एक्साइडलाई समेत चुनौती दिएको थियो । तर, पछि त्यसको वजार स्थिर रह्यो । हाल उपत्यका वाहिर टाटाग्रिनको प्रयोग कायमै छ । टाटाग्रिनमा प्रयोग भएको ९० प्रतिशत सामग्रीलाई प्रशोधन गर्न सकिने भएकाले वातावरणमा प्रतिकुल असर नपुग्ने वताइन्छ । वतास अर्गनाइजेशनले ल्याएको ग्लोव्याट व्याट्री पनि उपभोत्ताको रोजाइमा पर्ने गरेको छ । यो व्याट्री मेन्टिनेन्स फ्रि यो व्याट्री गुणस्तरिय भएकाले वजारमा राम्रो उपस्थिती रहेको वताइन्छ । धेरै व्याकअप भएको कारण स्पिड व्याट्रीको प्रयोग वढ्दो रहेको वैशाली ट्रेडिङका सेल्स एन्ड मार्केटिङ किरण श्रेष्ठले वताए । 
गुणस्तर, सेवा र टेक्नोलोजी
स्काइटेक इन्टरप्राइजेजले पछिल्लो समय मेन्टिनेन्स फ्रि भोल्टा व्याट्री वजारमा ल्याएको छ । कभर हिट गरेर राख्ने यो व्याट्री वातावरण मैत्री भएको वताइन्छ । यसमा ओभर चार्जको जोखिम समेत नभएको मार्केटिङ अफिसर ज्ञानेन्द्रसिंह महतो वताउ“छन् । यो व्याट्रीमा कुनै समस्य भए नभएको सजिलै थाहा पाउन सकिन्छ । त्यसका लागि यसमा फरक टेक्नोलोजी अपनाइएको छ, म्याजिक आइ । व्याट्रीमा राखिएको म्याजिक आइमा तीनवटा सिग्नल हुन्छ, रातो, पहेंलो र हरियो । व्याट्रीमा कुनै समस्य छैन भने निलो सिग्नल वल्छ, केहि गडवडी भए पहेंलो र जटिल समस्य भए रातो सिंग्नल वल्छ । त्यसो त कुनैपनि समस्य भइहालेमा स्काईटेकको हटलाइन ९८५१०६३१० मा सम्पर्क गरेर समेत सर्भिस लिन सकिन्छ । काठमाडौं भ्यालिभित्र अन द स्पट सर्भिस दिइरहेको स्काइटेकले जनाएको छ । व्याट्रीमा हुने समस्य के कस्ता छन् भनेर अनुगमन गर्न उसले सर्भिस क्याम्प समेत संचालन गर्ने तयारी गरेको छ । यस अन्र्तगत काठमाडौंको विभिन्न ५ स्थानमा क्याम्प खडा गरेर कारमा प्रयोग भएको व्याट्रीमा अनुगमन हुने वताइएको छ । भोल्टाको विभिन्न ५२ विक्री केन्द्रवाट कारोवार हुन्छ, जसमध्ये ११ वटा विक्री केन्द्र काठमाडौंमा छ । प्रत्येक विक्री केन्द्र सर्भिसका लागि सक्षम हुनैपर्ने उसको प्रावधान छ । एक्साइड व्याट्रीको कारोवार गर्ने सिप्रदी टे«डर्सले प्रदान गर्दै आएको सर्भिस निकै प्रभावकारी मान्न सकिन्छ । यसको मुख्य सर्भिस सेन्टर एक्साइड केयर सेन्टर सिप्रदी टे«डिङ प्रालि टेकुले व्याट्रीको सर्भिस प्रदान गरिरहेको छ । त्यसवाहेक स्टेशन मार्फत र व्याट मोवाइल मार्फत सर्भिस दिइरहेको छ । राजधानी आसपास २० र वाहिरी जिल्लामा २० गरी कुल ४० वटा सर्भिस स्टेशन सञ्चालनमा छ । व्याट मोवाइल अन्र्तगत काठमाडौं भ्यालीमा विहान ६ वजेदेखि वेलुकी ९ वजेसम्म अन द स्पट सर्भिस दिदै आएको छ । ४२४४४७५ मा फोन गरेर सेवाग्राहीले कुनैपनि स्थानमा व्याट्रीमा भएको समस्य समाधानका लागि वोलाउन सक्छन्, जुन निशुल्क सेवा हो । काठमाडौं भ्याली भित्रका लागि दुई जना डिप्लोमा तहका इन्जिनियर खटाइएको छ । राजधानी वाहिरका विभिन्न स्थानमा १२ वटा मोटरसाइकल मार्फत व्याट मोवाइल सर्भिस दिइदै आएको छ । समस्य भएको स्थानमै गएर यसले पनि आफ्नो सेवा दिने गर्छ ।  
वसन्त मोटर्सले वजारमा ल्याएको पानासोनिक व्याट्री जापानिज प्रविधिमा थाइल्यान्डमा निर्माण हुने गरेको छ । टोयटा, होन्डा, निसान, माज्दा, मिसुविसी, सुजुकी लगायत व्रान्डका गाडीमा पानासोनिक व्याट्री प्रयोग वढी हुने तुलाधारले वताए । खासगरी नेपालको पूर्वी क्षेत्रमा पानासोनिकको वजार फैलिएको छ । ३२ एम्पियरदेखि २ सय एम्पियरसम्मका यि व्याट्रीको मूल्य क्षमता अनुसार ४५ सयदेखि २० हजार ८ सय ७५ रुपैया“सम्म पर्ने वताइन्छ । गोल्छा अर्गनाइजेशनकै सिस्टर्स कम्पनी हुलास पावरले यसै वर्षदेखि वोस व्याट्री नेपाली वजारमा भित्र्याएको छ । ३२ एम्पियरदेखि एक सय ५० एम्पियरसम्मका वोस व्याट्रीको खरिदमा २४ देखि ४८ महिनासम्मको वारेन्टी दिइएको वताइन्छ । वोस व्याट्रीको मूल्य ४ हजार ४ सय ४६ देखि २१ हजार ८ सय ८ रुपैया“सम्म छ । वतास अर्गनाइजेशनले वजारमा ल्याएको ग्लोव्याट व्याट्रीले विक्रीस“गै सर्भिसलाई उच्च प्राथमिकतामा राखेको छ । यसले राजधानीका विभिन्न १२ स्थानमा व्याट्री परीक्षण केन्द्र समेत सञ्चालन गरिरहेको छ । यो व्याट्री गुणस्तरिय भएकाले वारम्वार मर्मत गर्ने झन्झट नहुने वताइन्छ । अमारा राज व्याट्रीले ६० महिनाको वारेन्टी दिदै आएको छ । यो व्याट्री मर्मत गर्न नपर्ने, लामो समय टिक्ने र कार्यक्षमता वढी भएको नेपालका लागि आधिकारिक विक्रेता अटो पार्टस इन्टरनेशनलले दावी गरेको छ ।  वैशाली ट्रेडिङले स्पिड व्याट्रीलाई उपत्यका वाहिर ६ र उपत्यकामा १० विक्री केन्द्र मार्फत विक्री गर्दै आएको छ । यसमा १ वर्षदेखि ३ वर्षसम्मको वारेन्टि दिइएको छ । यो व्याट्री डिप साइकल (धेरै व्याकअप) क्षमताको भएको वताइन्छ । पैसा तिरिसकेपछि ग्राहकले पुरा समय प्रयोग गर्न पाओस् भन्ने चाहन्छौ’ सेल्स एन्ड मार्केटिङ किरण श्रेष्ठ भन्छन् । यो व्याट्री भारतको उत्कृट १० मध्येमा पर्ने उनले वताए । 
कस्ता रोज्छन् ग्राहक

ग्राहकले व्याट्री किन्दा यसको वारेन्टी खोज्ने गरेका छन् । त्यसैले जुन व्याट्रीमा वढी वारेन्टी छ त्यही नै ग्राहको रोजाइमा पर्ने न्यु कृष्ण अटो ट्रेडका रोशन सिल्पकार वताउ“छन् । ‘वारेन्टी वढी भएको व्याट्री टिकाउ हुन्छ भन्ने विश्वास ग्राहकमा पाइन्छ’ सिल्पकार भन्छन् । व्याट्री किन्ने धेरैजसोले व्रान्डको नाम लिने गर्छन् । उनीहरु वजारमा चल्ती व्रान्ड नै रोज्ने गरेका छन् । त्यसैगरी व्याट्रीको गुणस्तर, त्यसमा प्रयोग भएको प्रविधिलाई ग्राहकले उच्च प्राथमिकतामा राख्ने गरेका व्यवासयीहरु वताउ“छन् । 
व्याट्रीमा हुने समस्य
व्याट्रीको समस्यलाई लिएर धेरै उपभोक्ताहरु असन्तुष्ट भएको पाइन्छ । खरिद गरेको छोटो अवधिमै समस्य देखिन थालेपछि उपभोक्ताहरुमा आफुले किनेको व्रान्डप्रति अविश्वास जाग्नु स्वभाविकै पनि हो । तर, व्यवासायीहरुका अनुसार व्याट्रीमा आउने समस्यमा धेरैजसो प्रयोगकर्ता नै जिम्मेवार हुन्छ । किनभने व्याट्रीको प्रयोग सहि ढंगले नगर्दा धेरै समस्य आएको एक्साइड केयर सेन्टरका सर्भिस म्यानेजर पुस्कर राज पोखरलेल वताउ“छन् । ‘सहि तरिकाले प्रयोग नहुदा व्याट्रीमा समस्य आउ“छ’ उनी भन्छन् । उत्पादनको कारण व्याट्रीमा कमै मात्र समस्य आउने मूख्य विक्रेताहरु वताउ“छन् । व्याट्रीमा कम वा धेरै चार्ज हुने, डिस्टिल वाटरको ठा“उमा पानी हाल्ने र अज्ञानतावस व्याट्रीको प्रयोग गलत तरिकावाट गर्ने प्रयोगकर्ताकै कारण व्याट्रीमा समस्य देखिने गरिएको उनीहरुको दावी छ । गाडीमै समस्य छ भनेपनि व्याट्रीलाई त्यसले असर गर्ने वताइन्छ । व्याट्री किनिसकेपछि त्यसलाई निस्क्रिय राख्न नहुने सर्भिस सेन्टरहरुको सुझाव छ । व्याट्री गाडीमा राख्दा सहि ढंगले राख्नुपर्ने, उचित चार्ज दिनुपर्ने र नियमित चेक गर्नुपर्ने उनीहरु वताउ“छन् । एक चोटी व्याट्री किनिसकेपछि ३ देखि ४ महिनाको अवधिमा व्याट्रीको अवस्थावारे वुझेर सर्भिस लिनु राम्रो हुन्छ । 

पुष्कर राज पोखरेल 
सर्भिस म्यानेजर
सिप्रदी ट्रेडिङ प्रालि
व्याट्रीमा कस्तो किसिमको सर्भिस दिइरहनु भएको छ ? 
प्रथमतः व्याट्री भनेकै सर्भिस ओरिन्टेड वस्तु हो । यसलाई एप्लाइ गर्दा सेकेन्डरी चिजले प्रभाव पार्छ । त्यसैले समय समयमा चेक गरिरहनुपर्छ । यसरी व्याट्रीलाई सर्भिस आवश्यक हुने भएकाले हामीले सर्भिस सेन्टर र व्याट मोवाइल मार्फत सर्भिस दिइरहेका छौ ।
व्याट मोवाइल भन्नाले ?
व्याट मोवाइल भन्नाले जहा व्याट्रीको समस्यले गाडी विग्रिएको छ, त्यही पुगेर अन द स्पट दिइने सेवा हो । यसका लागि हामीसग भ्यान तथा मोटरसाइकल परिचालित छन् । सेवाग्राहीले भनेकै ठा“उमा पुगेर हाम्रा इन्जिनियरहरुले व्याट्रीमा भएको समस्य समाधान गरिदिन्छन् । कतिसम्म भने हामीले उक्त व्याट्री त्यही वनाउन सकेनौ भने हामीस“ग भएको अर्को व्याट्री दिने समेत गर्छौ । 
यो सेवा काठमाडौंमा मात्रै कि वाहिर पनि छ ?
काठमाडौं वाहिर पनि यस्तो सेवा दिइरहेका छौ । वाहिर चाहि मोटरसाइकल मार्फत अन द स्पट सेवा इिरहेका छौ । यसका लागि १२ वटा मोटरसाइकल परिचालन गरिएको छ । काठमाडौंमा चाहि भ्यान प्रयोग गरिएको छ ।  विहान ६ वजेदेखि वेलुकी ९ वजेसम्म ३ सय ६५ दिन नै यो भ्यान मार्फत हामीले अन द स्पट सर्भिस दिएका छौ । तर, यो सेवा प्राइभेट गाडीले मात्र पाउ“छ । सार्वजनिक यातायातलाई भने हामी सर्भिस सेन्टरवाटै सर्भिस दिन्छौ । 
यो सेवा निशुल्क हो ?
हो, यो निशुल्क सेवा प्रदान गरेका हौ । 
यो सर्भिस एक्साइडका प्रयोगकर्ताले मात्र पाउने कि अरुले पनि ?
अन्य व्याट्रीका प्रयोगकर्ताले पनि यो सेवा लिन सक्छन् ।
सर्भिस सेन्टर चाहि कहा–कहा छन् ?
 टेकुमा यसको मुख्य सर्भिस सेन्टर छ, जहा कुनैपनि सेवाग्राहीले सेवा लिन सक्नुहुनेछ । त्यसैगरी हामीले राजधानी आसपासका क्षेत्रमा यस्ता २० वटा सर्भिस सेन्टर संचालन गरिरहेका छौ । वाहिरी जिल्लाहरुमा पनि २० वटा सर्भिस सेन्टर छन् । 
मुख्य सर्भिस सेन्टरवाट सरदर दैनिक कति व्याट्रीहरुको सर्भिस दिदै आउनुभएको छ ?
मोटरसाइकलको ५० देखि ५५ सम्म र अन्य गाडीको ४० देखि ५० थान सम्म व्याट्री हामी दैनिक सर्भिस गरिरहेका हुन्छौ । 
व्याट्रीमा के भएर समस्य आउछ ?
व्याट्रीमा ६ वटा सेल हुन्छ । यसमध्ये कुनैपनि सेल सर्ट भएमा पुरै व्याट्रीमा समस्य आउ“छ । मूख्यतः सेल सर्ट भएर व्याट्री विग्रिन्छ । यसो हुनुमा उत्पादकको भन्दा पनि युजर्सको कमजोरी देखिन्छ । आफ्नो गाडीमा व्याट्री ठीक ढंगले नराख्ने, चार्ज सन्तुलित नहुने, लामो समय सम्म व्याट्रीलाई निस्क्रिय राख्ने जस्ता कारणले व्याट्रीमा खरावी आएको पाइन्छ । 
समधान के हो त ?
गाडी चलाउनेस“ग व्याट्रीको वारेमा सामन्य ज्ञान हुनु जरुरी छ । व्याट्रीलाई कसरी प्रयोग गर्ने भन्ने कुरा थाहा पाउनै पर्छ । व्याट्री किनिसकेपछि पुरा भोल्टेज चार्ज भए नभएको हेर्नुपर्छ, गाडीमा इन्स्टल गर्दा सहि तरिकाले गर्नुपर्छ, ओभर चार्ज वा लो चार्ज दिनुहुदैन । तीन चार महिनाको अन्तरमा चेक गराउनुपर्छ । व्याट्रीको क्षमता अनुसार प्रयोग गर्न जान्नुपर्छ । 




No comments:

Post a Comment