जापनिज टेक्नोलोजी कम्पनी हिटाचीले हालै एउटा सानो कारको निर्माण गरेको छ । यसको नाम रोबोट फर पर्सनल इन्टिलिजेन्ट ट्रान्सपोर्ट सिस्टम अर्थात छोटकरीमा रोपिट्स राखिएको छ । यो जापानको सुकुबा सहरमा चल्न थालेको छ । एक जना ब्यक्तिलाई बोक्न सक्ने यो कारले ब्यक्तिलाई स्वचालित रुपमा पिक अप र ड्रप गर्ने काम गर्छ । कुनै विशेष अवस्था परी रोक्नु परेमा यात्रुले ककपिटमा भएको जोएस्टिक कन्ट्रोलर प्रयोग गरी यसलाई नियन्त्रण गरी रोक्न सक्छन् । शुरुमा असक्तहरुका लागि निर्माण गरिएको यो कार हाल सर्वसाधारणका लागि समेत उपयोगी बनेको छ ।

यो भन्दा अघि जेरेमी क्लार्कसनले डिजाइन गरेका पि ४५ नामक कारलाई संसारकै सर्वाधिक सानो कार मानिएको थियो, जुन टपगियरको गत फेब्रुअरीको एपिसोडमा प्रदर्शन गरिएको थियो ।
No comments:
Post a Comment