Friday, June 21, 2013

एसएमएस बढ्दो प्रयोग

एकराज सुवेदी

एसएलसी परीक्षाको परीक्षाफल प्रकाशनस“गै यो वर्ष एउटा नया“ अध्यायको थालनी भएको छ । परीक्षा नियन्त्रण कार्यालयले परम्परादेखि नै छापा माध्यममा पैसा तिरेर गर्दै आएको परीक्षाफल प्रकाशन कार्यलाई यो बर्षदेखि निरन्तरता नदिने घोषणा ग¥यो । कार्यालयले यस बर्ष आफ्नो वेबसाइटको साइज वृद्धि गरेको, विभिन्न सातभन्दा बढी इन्टरनेट सेवा प्रदायक तथा एसएमएसमार्फत तत्कालै परीक्षाफल जान्न सकिने व्यवस्था गरेको कार्यालयका उपनियन्त्रक प्रल्हाद अर्यालले जानकारी दिए ।



यसले गर्दा नेपाली समाज पनि विस्तारै अब सूचना प्रविधिका बैकल्पिक क्षेत्रतिर अभ्यस्त हुनुपर्ने बाध्यता बढ्दै गएको छ । पत्रिकालाई अगाडी राखेर आफ्नो सिम्बोल नम्बर खोज्नु भन्दा वेबसाइटमा उक्त नम्बर हानेर वा एसएमएस पठाएर तुरुन्तै जानकारी पाउनु आफैमा सजिलो उपाय पनि हो । यसले गर्दा अब पनि विस्तारै अन्य प्रविधिका साथमा एसएमएसको प्रयोग अझै बढेर जाने अनुमान गर्न सकिन्छ ।

सूचना प्रविधिको अन्य प्रयोगका साथमा एसएमएसको प्रयोग पनि बढिरहेको छ । परीक्षा नियन्त्रण कार्यालयले गरेको यो घोषणाको सेरोफेरोमै नेपालमा अन्य केही संस्थाहरुले पनि व्यावहारिक रुपमा एसएमएसको प्रयोगलाई बढावा दिने प्रयास गरेका छन् ।

बैदेशिक रोजगार विभागले पनि यसका लागि आवश्यक सूचना नै प्रकाशन ग¥यो । विभागले विदेश जान लागेका व्यक्तिको श्रम स्वीकृतिको जानकारी एसएमएसबाट समेत प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ । यसबाट बैदेशिक रोजगारमा जाने वा गएका ब्यक्तिले नेपाल सरकारबाट श्रम स्वीकृति लिए नलिएको, जान लागेको देश, काम, लागत खर्च, पठाउने कम्पनी, काम गर्न जाने कम्पनी आदिको बारेमा तत्काल जानकारी लिन सक्छन् । यसका लागि कुनै पनि ब्यक्तिले आफ्नो मोबाइल मार्फत पिपि टाइप गरी स्पेस दिई आफ्नो पासपोर्ट नम्बर टाइप गरी ४००१ मा एसएमएस पठाउनु पर्नेछ । एसएमएस पठाएको केही समयपछि नै अभिलेखमा भएका ब्यक्तिको वारेमा विभिन्न जानकारी तत्कालै उपलब्ध हुन्छ ।

त्यसैगरी ट्रफिक प्रहरीले ट्याक्सी भाडादरको जानकारी पनि एसएमएस मार्फत दिन सकिने ब्यवस्था मिलाएको छ । ट्राफिकले उपत्यकाका विभिन्न ६ सय १२ स्थानको भाडादर राखेर यो सेवा शुरु गरेको हो । यो सेवा लिनका लागि मोबाइलको म्यासेज बक्समा गएर ट्याक्सीरेट टाइप गरी ४३२१ मा एसएमएस गरेमा सबै स्थानको दिन र रातको भाडादरका वारेमा समेत विस्तृत जानकारी पाउन सकिन्छ । त्यसैगरी विभिन्न स्थानको जानकारी लिनका लागि ट्याक्सीरेट टाइप गरी स्पेस दिएर ट्याक्सी चढ्ने स्थान पछि स्पेस, अनि पुग्नु पर्ने स्थान टाइप गरी ४३२१ मा म्यासेज पठाउन सकिन्छ । त्यसैगरी गुनासो गर्नका लागि भने म्यासेज बक्समा ट्याक्सी टाइप गरी स्पेस दिएर ट्याक्सी नम्बर दिई ४३२१ मा म्यासेज पठाउनु पर्छ । यसका साथै कुनै ट्याक्सीले भाडामा ठगी गरेमा पनि एसएमएस गरेर प्रहरीलाई जानकारी गराउन सक्ने ब्यवस्था पनि लागु भएको छ । यी सबै अवस्थामा अंग्रेजी स्पेलिङ भने सही हुनु आवश्यक छ ।

खास गरी युवाहरुका वीच एसएमएसको प्रचलन निकै नै बढी छ । सस्तो र सरल माध्यम
भएकाले यसलाई धेरैले प्रयोग गर्न रुचाउछन् । विभिन्न सोसल नेटवर्किङ साइटहरु
को बढ्दो प्रयोगले पनि एसएमएसको प्रयोगलाई घटाउन सकेको छैन । नजिकको
साथी वा नातेदारहरुलाई छोटा सन्देश पठाउन वा रमाइला प्रसंग सुनाउनका लागि
यसको निकै नै प्रयोग गरिन्छ । विशेष गरी शुभकामना सन्देश पठाउने कार्यमा यसको
निकै प्रयोग भएको पाइन्छ । फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जाल भन्दा मोबाइलबाटै पठाएको एसएमएस बढी भरपर्दो मानिन्छ । सबै सोसल नेटवर्किङ साइटका प्रयोगकर्ता २४ सैं घन्टा अनलाईनमा बस्छन् भन्ने पनि हुदैन । यसले गर्दा पनि एसएमएस नै सरल र सस्तो माध्यम बनेको हो । एसएमएसको लोकप्रियता बुझेर अहिले हजारौं वेवसाईटहरुले इन्टरनेट मार्फत् पनि मोवाईलमा एसएमएस पठाउने सुविधा दिन थालेका छन् ।

नेपालमा नेपाल टेलिकमले जीएसएम मोबाइल सर्भिस प्रारम्भ गरेपछि नै एसएमएसको प्रयोग पनि बढेको हो । पहिले सामान्य प्रयोगका लागि मात्र यसलाई उपयोग गर्दै आएकोमा पछिल्लो समयमा एकैपटक विभिन्न ब्यक्तिहरुलाई एउटै सन्देश पठाउनका लागि पनि यसको प्रयोग भइरहेको छ । कुनै सूचनामूलक सन्देश पठाउन, कुनै जानकारी दिन वा अन्य विभिन्न कार्यका लागि यस्ता धेरै एसएमएस एकै पटक पठाउन सकिन्छ । नेपाल टेलिकमले पहिले अन्य सेवा प्रदायकलाई यस्तो सुविधा उपलब्ध गराउने अधिकार दिएकोमा केही समय अघि आफैले पनि यस्तो बल्क एसएमएस सुविधा उपलब्ध गराउन थालेको छ । यसले गर्दा पनि नेपालमा एसएमएसको लोकप्रियता चलिदै गएको अनुमान गर्न सकिन्छ ।


कान्तिपुरको हेलो शुक्रवारमा प्रकाशित
http://ekantipur.com/kantipur/news/news-detail.php?news_id=298713

No comments:

Post a Comment