Monday, June 10, 2013

अटो रेसिङको रोमाञ्च

- जयदेव गौतम

अटो रेसिङ छोटकरीमा भनिएको हो, यसको पूरा रूप हो- अटोमोबाइल रेसिङ । यसैलाई मोटर रेसिङ अथवा कार रेसिङ पनि भनिन्छ । सामान्यतया अटो रेसिङ भन्नाले चार पाङ्ग्रे कार वा दुई पाङ्ग्रे मोटरसाइकल दौडाउने प्रतियोगिता बुझिए पनि मूलतः यो कार दौड प्रतियोगिताकै पर्याय बनेको देखिन्छ ।



 र्फमुला वान, न्यास्कार, मोटो जीपी, सेडान सिरिज अटो रेस, टूरिङ कार च्याम्पियनशीप, स्पोर्ट्स कार सिरिज, युनाइटेड स्टेट्स ग्राा पी, इन्डियानापोलिस ग्राा पी, जर्मन ग्राा पी, यु के ग्राा पी, युरोपियन ग्राा पी, मोनाको ग्राा पी, इटालियन ग्राा पी, अस्टे्रलियन ग्राा पी, सान म्यारिनो ग्राा पी, प्यासिफिक ग्राा पी, सिङ्गापुर ग्राा पी, अबु धाबी ग्राा पी, कोरियन ग्राा पी, इन्डियन ग्राा पी आदि यस्ता अनेक नामधारी अटो रेसिङ प्रतियोगिताहरू लगभग वर्षैभरि दुनियााका विभिन्न छेउमा पालैपालो भइरहेका हुन्छन् ।

यसै क्रममा हुवाा म्यानुएल प\mयान्जियो, आर्टन सीना, माइकल शुमाकर, फर्नान्डो अलोन्सो, अल्बर्तो अस्कारी, एलन प्रोस्ट आदि यस्ता अनेक नाम छन् जोसाग खेलकूदमा रूचि राख्ने हरेक व्यक्ति परिचित छन् । उनीहरू त्यस्ता व्यक्ति हुन् जसले अटो कार रेसिङको संसारमा आप\mनो नाम अमिट रूपमा छाडेका छन्- उनीहरूले कार रेसिङ प्रतियोगिताको क्षेत्रमा साहस, जोखिम, कलात्मकता, शीप र क्षमताको आधारमा सफलताका रहरलाग्दा कीर्तिमानहरू खडा गरेका छन् । -यसैगरी मोटसाइकल च्याम्पियनशीपमा दुःसाहसी व्यक्ति वेयन राइनीको नाम अग्रस्थानमा आउाछ) । त्यसो त उनीहरूले व्यक्तिगत खेलाडीको रूपमा होइन, कुनै खास उत्पादकले निर्माण गरेको कारको ड्राइभरको रूपमा एकपटक वा एउटा नभएर अनेकपटक र अनेक रेस जितेका छन्, तर जे जतिपटक जिते पनि उनीहरूले आप\mनो 'अटो रेस रोमाञ्च' कहिल्यै कम हुन दिएनन् । सायद त्यही कारण हो- उनीहरूलाई उछिन्ने अर्को कुनै ड्राइभर हालसम्म देखा परेको छैन ।

पहिलो कार रेस
सन् १८९४ मा विश्वकै पहिलो कार रेसको आयोजना पेरिसबाट निस्कने पत्रिका 'ले पेटी जर्नल' ले गरेको थियो , त्यसका सम्पादक पियरे गिफार्डले आप\mनो पत्रिकाको बिक्री-वितरण बढाउन 'पब्लिसिटी स्टन्ट' का रूपमा यसलाई प्रयोग गर्दै व्यापक प्रचारबाजी गरेका थिए । 'घोडाविहीन वाहनहरूको प्रतियोगिता' शीर्षक राख्दै उनले भनेका थिए- यो त्यस्ता वाहनहरूको प्रतियोगिता हो जुन वाहन जोखिमपूर्ण छैनन्, चलाउन सजिला छन् र यात्रा गर्न पनि सस्ता छन् Û

तर एकपछि अर्को गर्दै वाहनहरूको उत्पादन र उत्पादित वाहनको क्षमता बढ्दै गएको दााजोमा अटो रेसहरू बढ्दै पनि गए र झन्झन् लोकपि्रय पनि बन्दै जान थाले । अटो रेसिङ क्रमशः विश्वव्यापी रूपमै व्यवस्थित र संगठित तवरले खेलिन थालियो । यसै क्रममा सन् १९०४ मा प|mान्सेली राजधानी पेरिसमा अन्तर्राष्ट्रिय अटोमोबाइल महासंघ 'फेडरेसन इन्टरनेसनल डे ल'अटोमोबाइल -एफआईए)' को स्थापना भयो । फुटबलको फिफा र क्रिकेटको आईसीसी जस्तै यो विश्वभरिका अटो रेसरहरूका लागि सर्वोच्च विश्व निकाय हो । एफआईए एक सयभन्दा बढी देशका राष्ट्रिय अटोमोबाइल क्लबहरूको स्वयंसेवी स्वायत्त संस्था हो । अटो रेसिङका नियम, विधि-विधान आदि सम्बन्धमा कुनै पनि विवाद उठेमा सोसम्बन्धमा प|mान्सेली भाषामा लेखिएको नियमावली 'रुल बुक' मा उल्लेख भएको कुरा मात्र सर्वमान्य -निणर्ायक) हुन्छ । कारहरूको वर्गीकरण र रेसिङसम्बन्धमी नियमहरूको तर्जुमा गर्न एफआईए मातहतको अर्को नियोग 'कमिशन स्पोर्टिभ इन्टरनेशनल' -सीएसआई) छ ।
यही सीएसआईमा अमेरिकाको स्थायी प्रतिनिधि हो 'अटोमोबाइल कम्पिटिशन कमिटी फर द युनाइटेड स्टेट्स, एएफआई, इन्कर्पोरेसन' -एसीएयुएस) । सन् १९५७ मा स्थापना भएको यस अमेरिकी संस्थामा १४ जना व्यक्तिगत सदस्य र चार क्लब सदस्य छन्- द नेशनल एसोसिएशन फर स्टक कार अटो रेसिङ -न्यासकार), द स्पोर्ट्स कार क्लब अफ अमेरिका -एससीसीए), द नेशनल हड रड एसोसिएशन -एनएचआरए) र द युनाइटेड स्टेट्स अटो क्लब -युएसएसी) ।

पहिलो अमेरिकी अटो रेस
अमेरिकामा पहिलोपटक अटोमोबाइल रेसिङ हुादा त्यो हेर्ने जम्मैजसो दर्शक पेट मिचीमिची हाासेका थिए Û त्यो हाासोमा विस्मय र उपहास मिसिएको थियो । अझ केही दर्शक त डरले हकानिएका पनि थिए Û किन त्यस्तो भएको थियो ? किनभने, अहिलेको समयमा जस्तो बगे्रल्ती जनसंख्या नभएको त्यो बेला प्रतियोगितामा दौडाइएका गाडीहरू हेर्नमा भद्दा थिए, तिनमा कुनै आकर्षण थिएन र कानका जाली नै फुटाउने गरी बेस्मारी आवाज निकाल्दै कम गतिमा मात्र अगाडि गुड्थे । आम मानिसहरूका लागि त्यतिबेलासम्म पनि यातायातको सबैभन्दा भरपर्दो माध्यम र जोडदार साधन घोडा नै थियो Û

यो २८ नोभेम्बर सन् १८९५ को 'थ्याङ्क्स गिभिङ डे' -अर्थात्, अमेरिकाको विशिष्ट राष्ट्रिय चाड- को घटना  थियो । शिकागोबाट सञ्चालित पत्रिका 'टाइम्स हेराल्ड' ले प्रायोजन गरेको त्यो पहिलो अमेरिकन अटो रेस ५४.३६ माइल -८७.४८ किमी) लामो थियो, जसमा शिकागोबाट एलिनोई राज्यको एभान्सन नगरसम्म पुगेर फर्किनु पर्ने थियो । यो रेस अमेरिकाका प्रमुख अटो निर्माताहरूमध्येका एकजना अगुवा जे.प|m्याङ्क डर्यीले जितेका थिए । डर्यीले आप\mनै कारखानाबाट निर्मित कारमा औसत ७.५ माइल प्रतिघण्टाको गतिले हााक्दै १०घण्टा२३ मिनेटमा प्रथम भई अमेरिकी अटो रेसिङ दुनियाामा आप\mनो नामको झण्डा गाडेका थिए ।

तर अटो रेसिङ त्योभन्दा धेरै पहिलेदेखि युरोपमा सुरू भइसकेको थियो । संसारको औपचारिक एवं संगठित पहिलो अटोमोबाइल रेस  २२ जुलाई १८९४ मा प|mान्समा भएको थियो । पेरिसबाट रोवाा -एबचष्क तय च्यगभल) सम्म १२७ किमी -७९ माइल) लामो दूरीको यो रेसमा सहभागी बन्न १०२ जनाले १० प्र\mयाङ्क प्रवेश शुल्क तिरेका थिए, तर विविध प्राविधिक कारण देखाई केवल ६९ कारले मात्र ५० किमी -३१माइल) लामो छनोट रेसमा भाग लिन पाएका थिए । अन्त्यमा ती मध्येबाट केवल २५ जनालाई मात्र औपचारिक रेसमा सामेल गराइयो । प्रयोग गरिएका कारहरूमा वाष्पचालित, विद्युतचालित, कम्प्रेस्ड एअर-चालित र ग्यासोलिनचालित इन्जिन भएकाहरू थिए । केवल १५ जनाले मात्र 'फिनिशिङ लाइन' सम्म पुग्न सफलता पाए जसमध्ये वाष्पचालित इन्जिनयुक्त कार चलाइरहेका व्यक्ति 'काउण्ट जुल्स अल्बर्ट डी डियों' १९ किमी प्रतिघण्टाको औसत गतिसहित ६घण्टा४८ मिनेटमा उक्त दूरी पूरा गरी पहिलो स्थानमा आइपुगे, तर पछि उनलाई 'डिस्क्वालीफाई'  घोषणा गरियो किनभने उनको स्टीम कारलाई 'स्टकर' चाहिन्थ्यो ९ल्यत कभाि उचयउभििभम०, जुन कुरा त्यो रेसमा प्रतिबन्धित थियो । कारको गति, सञ्चालन र सुरक्षाजन्य विशेषताहरूलाई दृष्टिगत गरी भएको निर्णयअनुसार, पियाजियों -एभयनभयत) कारका चालक जर्ज लेमें र प्याकार्ड लेभेसर कारका चालक एमिल लेभेसरलाई संयुक्त विजेता घोषित गर्दै एक हजार डलर पुरस्कार राशि उनीहरू दुईजनाबीच बााडिएको थियो ।

त्यसो त औपचारिक मान्यता नभएर मात्र हो, पहिलो अटो रेस प्रतियोगिता त २८ अपि्रल १८८७ मै भइसकेको थियो- अर्थात्, डिजेल र पेट्रोलले चल्ने वाहनको परीक्षण उत्पादनको सफलताको लगत्तैपछि देखि नै । पेरिसबाट निस्कने पत्रिका 'ले भेलोसिपेड' का प्रधान सम्पादक मनिसिउ फेसियरको आयोजनामा 'न्युली बि्रजबाट बोई डी बोलों' सम्मको दुई किमी लामो दूरी मात्रको थियो त्यो प्रतियोगिता । त्यो रेस- अल्बर्ट, द कम्टे डी डियोंसित मिलेर बनाएको कार प्रयोग गर्दै- डी डियों बउटन कम्पनीसित सम्बद्ध व्यक्ति जर्ज बउटनले जितेका थिए । तर त्यो प्रतियोगितामा उनी फगत एक्ला प्रतियोगी रहेकाले त्यसलाई 'रेस' मान्नै कठिन छ Û र, मानिादैन पनि ।

'रोड कार'को ठाउामा 'रेस कार'
तिनताक अटो निर्माण र अटो रेसिङमा प|mान्सको प्रभुत्व रहेकोले प|mान्सेली अटोमोबाइल क्लब एसीएफले थुपै्रथुपै्र प्रमुख अन्तर्राष्ट्रिय अटो रेसहरूको सफल आयोजना गरिहृयो, जुन अक्सर पेरिसबाट सुरू भई अन्यत्र कुनै सहर वा युरोपकै कुनै नगरसम्म पुग्ने, अथवा, अन्यत्रका ती ठाउा विशेषबाट सुरू भई पेरिसको 'फिनिशिङ लाइन' मा समाप्त हुने गर्थे । तर सन् १९०३ मा पेरिस-मेडि्रड रेसमा सहभागी भइरहेको बेला मार्सल रेनाल्टको मृत्यु भएपछि र बोर्दो भन्ने सहरमा नौजना सहभागी कारचालकको मृत्यु भएपछि प|mान्सेली सरकारले खुल्ल्ाा सडकमा गरिने यस्ता अटो रेसमाथि प्रतिबन्ध लगाइदियो । र, त्यसलगत्तै सन् १९०३ देखि संसारकै पुरानो मोटर रेसिङ ट्रयाकको रूपमा 'मिल्वाउकी माइल' ९ःष्धिबगपभभ ःष्भि० ट्रयाक प्रचलनमा आयो ।

सन् १९०७ मा इङ्ल्याण्डको सरे काउन्टीको ब्रुकल्यान्ड्समा मोटर रेसिङ अखडा बन्यो, तर दोस्रो विश्वयुद्धको बेला जर्मन हवाइ आक्रमणमा त्यहाा व्यापक क्षति पुगेपछि त्यो सधैंका लागि बन्द हुन गयो । ब्रुकल्यान्ड्सबाट प्रेरित भएरै अमेरिकामा प्रभावशाली मोटर रेसिङ ट्रयाक 'इन्डियानापोलिस स्पीड वे' बन्यो, जुन अहिले पनि विश्वकै एक प्रमुख अटो रेसिङ ट्रयाकमा गणना हुन्छ । भारतमा पनि पहिलो अटोमोबाइल रेस 'मोटर युनियन अफ वेस्टर्न इण्डिया' को आयोजनामा सन् १९०५ मै भएको थियो, त्यतिबेला ८१० माइल लामो उक्त रेस दिल्लीको 'स्टार्ट लाइन' बाट अगाडि बढेर मुम्बईको 'फिनिशिङ लाइन' सम्म पुग्नुपर्ने थियो ।

सन् १९३० को दशकसागै अटो रेसिङमा अत्याधुनिक प्रतिद्वन्द्विता निकै बढ्यो । महागा 'रोड कार' को दााजोमा 'विशुद्ध रेस कार' हरूको निर्माण हुन थाल्यो । डेलाजे अटो युनियन, मर्सिडिज-बेन्ज, डेलाहाये, फेरारी, बुगाटी, फोर्ड, रेनाल्ट, कसवर्थ आदि अटो निर्माताहरूले नयाा र शक्तिशाली रेसकारहरूको उत्पादन गर्न थाले । बहुचर्चित
'सिल्भर एरोज' कार यसै उत्पादन-दौडको प्रतिफल थियो ।

दोस्रो विश्वयुद्धको समाप्तिपछि अटो रेसिङले नयाा गति लियो । अहिलेको बहुचर्चित 'र्फमुला वान' को सुरुवात सन् १९५० मा भयो जसमा अल्फा रोमियो कारचालक इटालीका जिउसेप प\mयारिनाले विजय हारिल गरेका थिए । सन् १९५१, '५४, '५५, '५६ र  '५७ का प्रतियोगिताहरू भने अर्जेन्टिनी हुवाा म्यानुएल प\mयान्जियोले जितेका थिए । यी फर्मुला वानसागै विभिन्न राष्ट्रिय च्याम्पियनशीपको रूपमा थरिथरि नामका ग्राा पी -स्पेलिङ गर्दा, ग्रान्ड पि्रक्स) प्रतियोगिताहरूको आयोजना एकपछि अर्को गर्दै हुन थाल्यो । क्रमशः अटो रेस विश्वको एक प्रमुख एवं आकर्षक खेलको रूपमा विकसित हुादै आयो, जसमा सहभागी खेलाडी मात्र नभएर संलग्न व्यक्ति र संस्थाका अरिरिक्त त्यो प्रतियोगिता हेर्ने दर्शक नै पनि ड्राइभिङ स्पिड, डरलाग्दा घुम्ती, आशंकित दुर्घटना र सयौं किमी प्रतिघण्टाको अकल्पनीय गतिमा दौडिरहेका कारहरूको उछिना-पाछिनको रौं ठड्याउने रोमाञ्चमा लट्ठ परिरहेका हुन्छन् ।

खेलकूद-दर्शकसम्बन्धी एक तथ्यांकअनुसार, अटो रेसिङ र त्यसमध्ये पनि फर्मुला वान रेसिङले विश्वमा सबैभन्दा बढी टेलिभिजन दर्शक तान्ने गर्छ । लगभग हरेक देशमा प्रत्यक्ष वा टेप प्रसारणको रूपमा यो हेर्न सकिन्छ । सन् २००८ सिजनमा यो प्रतियोगिता भइरहादा त्यो हेर्न प्रति रेस साठी करोड दर्शक झुम्मिएका थिए । त्यसअघि सन् २००१ को फर्मुला वान अटो रेस समग्रमा ५४ अर्ब दर्शकले हेरेका थिए Û


No comments:

Post a Comment