Monday, June 10, 2013

हुन्डाईको आइजेन आई ट्वान्टी

नेपाल स्थित हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारको लागि बिलकुलै नयाा गाडी आइजेन आई ट्वान्टी भित्राएको छ । यो नेपालको प्रख्यात पि्रमियम ह्याचब्याक हो ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका बिक्री तथा बजार सहायक महाप्रबन्धक रुपेश शर्मा भट्ट भन्नुहुन्छ "आकर्षक एवं युनिक विशेषताका साथ न्यु आइजेन आई ट्वान्टी बोल्ड पनि छ । अचेल ग्राहकहरु इन्नोभेटिभ एवं हाइ टेक विशेषता युक्त गाडिको खोजिमा छन्,  जुन आइजेन आई ट्वान्टीले उच्चअनुपातमा पुरा गर्नेछ ।"

आइजेन आई ट्वान्टी अझ शक्तिशालि तथ ड्युअल भिटिभिटी मेकानिज्मको साथ रिफाइन्ड १.२ कप्पा  पेटोल इन्जिनमा आएको छ जसले ८४ पिएसको उच्चतम पावर दिन्छ । यसमा रियर पार्किङ क्यामेरा, क्याबिन डिस्प्ले मिरर, एन्टी ग्लेयर भिजनसहित इलेक्ट्रोक्रोमिक मिरर, एयर क्लस्टर आयोनिजर, अटोहाइलाइट कन्ट्रोल प्रणाली रहेका छन । त्यसैगरी यसमा दईवटा एयरव्याग, रियर डिस्क ब्रेक तथा रेन सेन्सर वाइपर्स रहेका छन् । त्यसैगरी पुस बटन, स्टार्ट स्मार्ट की, लेदरले बेरिएको स्टेयरिङ लगायतका विशेषता छन ।
यसमा चारवटा स्पिकर भएको २-डिन सीडी/एमपीथ्री अडियो, युएसबी, व्लु टुथ कनेक्टिभिटी लगायत रहेका छन । यसमा स्पिड सेन्सिङ अटो डोर लकिङ तथा रिभर्स पार्किङ सेन्सर रहेको छ ।
हाई ग्लस प|mन्ट गि्रल, ८-स्पोक स्पोर्टि एलोई व्हृील्स, इन्टिग्रेटेड स्टप ल्याम्पका साथ रियर स्पोइलर, क्रोम आउटसाइड डोर ह्यान्डल्स र बाहिरी ऐनामा रहेका टर्न इन्डिकेटरले यो नयाा आइजेन आई ट्वान्टीको शैलीमा निखार ल्याएको छ ।
हुन्डाईका अन्य कारहरुमा जस्तै आइजेन आई ट्वान्टीले पनि सुरक्षालाई प्राथमिकता दिन केहि विशेषता बोकेको छ ।
आइजेन आई ट्वान्टीले कम इन्धन खपत गर्नुका साथै यसले १८.५ किलोमिटर प्रति घण्टाको माइलेज दिन्ो कम्पनीको दावी छ । यो गाडी विभिन्न मोडलमा उपलब्ध छ । कम्पनीका अनुसार म्याग्नाको मूल्य २५ लाख ५६ हजार, म्याग्ना आको मूल्य २६ लाख ५६ हजार, स्पोर्टिजको मूल्य २८ लाख ९६ हजार तथा आस्टाको मूल्य ३० लाख ५६ हजार रुपैया रहेको छ ।

No comments:

Post a Comment