सेल्फी । यो अंग्रेजी अक्षर एसइएलएफआई र ई मिलेर बनेको हो । यद्यपि यो शब्द पहिले देखि नै सुनिएको हो । तर पहिले यसको चर्चा खासै भएको थिएन । तर सन् २०१३ मा यो शब्द निकै नै सुनियो । बिश्वमै अंग्रेजी भाषाका लागि ख्याती कमाएको अक्सफोर्ड डिक्सनरीमा पनि यो शब्द थिएन । तर केही समय अघि मात्र यसले डिक्सनरीमा प्रवेश पाएको छ र बर्ष २०१३ को ‘बर्षको शब्द’ अर्थात ‘वर्ड अफ द इयर’ समेत बनेको छ ।
यद्यपि सेल्फीको पहिलो प्रयोग सन् २००२ मै भएको पाइन्छ । त्यतिखेर एक जना अष्ट्रेलियन नागरिकले खुट्टामा ठेस लाग्दाको समयको तस्बिर फोटो सेयर गर्ने साइट फ्लिकरमा पोस्ट गरेका थिए । तर उनको अनुहार प्रष्टस“ग देखिएको थिएन । आफु अल्कोहलले मातिएको कारण नभई ‘सेल्फी’ भएकाले यसो भएको उनको भनाई थियो । यसमा उनले सेल्फीको अर्थ आफै खिचेको तस्बिर भन्न खोजेका थिए ।
त्यसपछि यसको प्रयोग सन् २०१२ मा अझै बढेर गयो । त्यतिखेर अमेरिकाकी तत्कालिन विदेश मन्त्री हिलारी क्लिन्टनले ‘टेक्स्ट फ्रम हिलारी’ नामक ब्लगमा यो शब्दको प्रयोग गरिन् । त्यसमा उनले ‘नाइस सेल्फी’ लेखिन् । यसमा सेल्फीको अर्थ ब्लग प्रयोगकर्ताले आफैले खिचेको राम्रो तस्बिर भन्न खोजिएको थियो ।
गत अगस्टमा पोप फ्रान्सिसस“ग विभिन्न युवाहरुले आफैले खिचेको तस्बिर ट्वीटरमा राखियो । उक्त तस्बिरलाई पनि सेल्फी भनियो । यसपछि नै यो शब्दले झनै व्यापकता पायो । पछिल्लो अवस्थामा केही समय अघि दक्षिण अफ्रिकाका भुतपुर्व राष्ट्रपति नेल्सन मन्डेलाको अन्त्येष्टीको समयमा समेत यो शब्दको निकै नै चर्चा भयो । त्यतिखेर अमेरिकी राष्ट्रपति बाराक ओबामा, बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन र डेनमार्ककी प्रधानमन्त्री हेल थोर्निङ–स्मिट एकै स्थानमा बसेर स्मार्टफोनबाट आफ्नै तस्बिर खिचे । यी तीन जनाको सेल्फीले पनि निकै चर्चा पायो । यी सबैका कारण सन् २०१३ मा यो शब्दले पहिले भन्दा १७ हजार प्रतिशत बढी चर्चा पायो । यसैका कारण नै अक्सफोर्ड डिक्सनरीले यो शब्दलाई वर्ड अफ द इयर नाम दियो र डिक्सनरीमा समावेश ग¥यो । अब सेल्फीको आधिकारिक अर्थ बनेको छ । डिक्सनरीका अनुसार आफैले आफ्नो तस्बिर खिचेर सोसल मिडियामा अपलोड गर्ने चलनलाई ‘सेल्फी’ भनिन्छ ।
प्रत्येक वर्ष अक्सफोर्ड डिक्सनरीले यस्ता नया“ शब्दहरु राख्दै जान्छ । यो वर्ष पनि यस्ता धेरै शब्द थपिए । ती शब्दमा धेरै प्रविधिस“ग सम्बद्ध शब्द पनि परेका छन् । बिटक्वाइन, डिजिटल डिटोक्स, क्लिक एन्ड कलेक्ट, ह्याकरस्पेस आदि यसका केही उदाहरण हुन् । केन्द्रीय बैंकको प्रयोग बिनै कारोबार गर्न मिल्ने डिजिटल मुद्रालाई बिटक्वाइन भनिन्छ । त्यसैगरी कुनै व्यक्तिले स्मार्टफोन वा कम्प्युटर जस्ता इलेक्ट्रोनिक डिभाइसको प्रयोगबाट हुने तनावलाई कम गर्नका लागि प्रयोग गरेको समयावधिलाई डिजिटल डिटोक्स भनिन्छ । अनि कुनै ग्राहकले कुनै स्टोरको वेबसाइट मार्फत सामान अर्डर गरी स्थानीय डिलर मार्फत सामान प्राप्त गर्नुलाई क्लिक एन्ड कलेक्ट भनिन्छ । विभिन्न प्रविधिसम्बद्ध व्यक्तिहरु भेला हुने र छलफल गर्ने स्थानलाई ह्याकरस्पेस भनिन्छ । फ्याब्लेट शब्द पनि यो बर्ष धेरै सुनिएको हो । डिक्सनरीले यसको अर्थ चल्तीको स्मार्टफोन र ट्याब्लेट कम्प्युटरको वीचको स्क्रिन साइज भएको स्मार्टफोन भनेको छ ।
अक्सफोर्ड डिक्सनरीले प्रत्येक वर्ष प्रयोगमा आएका शब्दका आधारमा नया“ शब्द थप्दै जान्छ । यो बर्ष पनि यसले निरन्तरता पाएको हो । कुनै पनि भाषामा नया“ शब्दहरु निस्कदै गएका हुन्छन् । ती शब्दलाई लिपिबद्ध गर्नु आवश्यक हुन्छ । यसका लागि डिक्सनरीको भूमिका महत्वपुर्ण हुन्छ । अक्सफोर्डले अनलाइन रुपमै यसलाई निरन्तरता दिएको हो ।
यद्यपि अक्सफोर्ड डिक्सनरीले बिभिन्न क्षेत्र अनुसार फरक फरक संस्करण पनि प्रकाशित गर्छ । दक्षिण एसियाली राष्ट्रका लागि समेत यसले छुट्टै संस्करण प्रकाशित गर्छ । त्रिभुवन बिश्वबिद्यालय भाषा बिज्ञान बिभागका प्राध्यापक योगेन्द्रप्रसाद यादवका अनुसार दक्षिण एसियाली संस्करणमा धेरै नया“ शब्द संस्कृत भाषाबाट समेत आउने गरेको बताउछन् । डिक्सनरीको निश्चित ढा“चा अनुसार शब्दको छनोट गरिन्छ र तिनको अर्थ र उच्चारणका आधारम डिक्सनरीमा प्रवेश गराइन्छ । यो पछिल्लो बिश्वव्यापी संस्करणका लागि पनि यही प्रक्रिया अपनाइएको हो ।
त्यसैगरी अमेरिकाको टेक्सासमा रहेको ग्लोबल ल्याङ्ग्वेज मनिटरले गरेको सर्वेक्षणमा सन् २०१३ मा सबै प्रकारका वेबमा सर्वाधिक धेरै प्रयोगमा आएको शब्द ४०४ भएको बताइएको छ । ४०४ ले अनलाइन टेक्निकल इरर अर्थात पेज नखुलेको भन्ने बुझाउछ । हामीले कुनै साइट खोल्दा उक्त साइट नखुलेमा स्क्रिनमा यस्तो म्यासेज देखिन्छ । त्यसपछि फेल, ह्यासट्याग जस्ता शब्द प्रचलित छन् । अनि सर्भिलिएन्स, ड्रोन र डिफिसिट जस्ता शब्द धेरै प्रयोगमा आएको मनिटरको भनाई छ । पेज लोड नभएको अवस्थालाई फेल भनिन्छ । ह्यासट्याग चाहिं कुनै विषयवस्तुको जानकारी दिन ट्वीटरमा प्रयोग गरिन्छ । मुख्य २० शब्दहरुमध्ये प्रविधिस“ग सम्बन्धित शब्दकै वाहुल्यता भएको पाइन्छ । यसले अंग्रेजी भाषा बोल्ने देशहरुमा कुन शब्दको प्रयोग धेरै पटक भयो भन्ने आधारमा यो तथ्य प्रस्तुत गरेको हो । यसका लागि एउटा शब्द कम्तीमा पनि २५ हजार पटक प्रयोग भएको हुनु आवश्यक थियो । यसले विभिन्न २ लाख ७५ हजार ब्लग, सोसल मिडिया र न्युजसाइटको अध्ययनका आधारमा यो तथ्य प्रस्तुत गरेको हो । पोप फ्रान्सिस भने अनलाईन मिडियामा सर्वाधिक धेरै प्रयोगमा आएको नाम थियो ।
कान्तिपुरको Hello Shukrabar मा प्रकाशित
No comments:
Post a Comment