माइक्रोसफ्टले हटमेल डट कम एकाउन्टमा भएका इमेल र अन्य डाटालाई आउटलुक डट कममा प्रतिस्थापन गरेको आधिकारिक जानकारी दिएको छ । माइक्रोसफ्टको यो घोषणासँगै अब हटमेलको अस्तित्व पनि औपचारिक रुपमा समाप्त भएको छ । गत ६ हप्ताको अवधिमा माइक्रोसफ्टले १ सय ५० पेटाबाइट भन्दा बढी इमेल सेवालाई प्रतिस्थापन गरेको जनाएको छ । एक हजार गिगाबाइट बराबर एक टेराबाइट हुन्छ । त्यसैगरी एक हजार टेराबाइट बराबर एक पेटाबाइट अर्थात पिबी हुन्छ ।
गत फेब्रुअरीमा आउटलुकले आफ्नो पि्रभ्यु भर्सनलाई प्रयोगमा ल्याएको थियो । त्यतिखेर यसका लगभग ६ करोड सक्रिय प्रयोगकर्ता थिए । अहिले हटमेलका प्रयोगकर्ता समेत आउटलुकमा आए पछि अहिले आउटलुकका ४० करोड सक्रिय प्रयोगकर्ता भएको बताइएको छ । अब आउटलुक डट कम एउटा लोकपि्रय इमेल सेवाका लागि प्रख्यात हुने माइक्रोसफ्टको दावी छ ।
आउटलुकको इन्टरफेस पनि आधुनिक खाले बनाइएको छ । अब यसका प्रयोगकर्ताले टु फ्याक्टर अथेन्टिकेसन, अपडेटेड क्यालेन्डर र एप्स तथा स्काइड्राइभ र स्काइप जस्ता महत्वपुर्ण सुविधाहरुको प्रयोग गर्न सक्नेछन् । यसमा भएको अर्को राम्रो विशेषताका रुपमा सोसियल मिडिया इन्टिग्रेसन रहेको छ । इनबक्स वाहेक आउटलुक मेलमा फेसबुक, टि्वटर, लिंक्डइन जस्ता साइटमा रहेका एकाउन्टमा गरिएका अपडेट हेर्न, कमेन्ट तथा लाइक गर्न सकिन्छ । अहिले स्काइप समेत यसैमा जोडिएकाले सजिलै भिडियो च्याट गर्न सकिन्छ । इमेलको अटोमेटिक अर्गनाइजेसनलाई पनि महत्वपुर्ण मान्न सकिन्छ । यसले फेसबुक, टि्वटर, लिंक्डइन आदिबाट आएका इमेल तथा सब्स्क्राइब गरेका न्युजलेटर तथा अन्य अपडेटहरुलाई फरक फरक फोल्डरमा राख्छ । यसले गर्दा ब्यक्तिगत इमेल र अन्य इमेल छुट्याउन सजिलो हुन्छ । यसमा साथीको प्रोफाइल पिक्चर र फेसबुकमा साथीका रुपमा एड गरेको ब्यक्तिको कन्ट्याक्ट अपडेट पनि हुन्छ । त्यसैगरी यसमा ग्रुप कन्ट्याक्ट बनाएर साथीहरुलाई एकै पटक इमेल गर्न सकिन्छ र साथीहरुले अन्य मिडियामा अपडेट गरेको तस्बिर पनि सजिलै हेर्न सकिन्छ ।
माइक्रोसफ्टले गत बर्ष नै हटमेल बन्द गर्ने घोषणा गरेको हो । त्यसैलाई नाम परिवर्तन गरी आउटलुक बनाइएको हो । यसमा नया डिजाइनको प्रयोग गरिएको हो, जसले प्रयोगकर्तालाई केही नयापनको महसुस गराउनेछ । धेरैले यसको प्रयोग त्यही समयदेखि गर्दै आएको भए तापनि अहिले माइक्रोसफ्टले अहिले आधिकारिक रुपमा यसलाई आउटलुकमा सिफ्ट गर्ने कार्य समाप्त भएको बताएको हो ।
हटमेलको अफिसियल नाम माइक्रोसफ्ट हटमेल हो । यसलाई पहिलो वेबमा आधारित इमेल सेवा मानिन्छ । यसका संस्थापक सबिर भाटिया र ज्याक स्मिथ हुन् । सन् १९९६ को जुलाईमा यसलाई हटमेल नामाकरण गरियो । सन् १९९७ मा यसलाई माइक्रोसफ्टले किनेको थियो । पछि यसलाई एमएसएन हटमेलका रुपमा रि ब्रान्डि गरियो । सन् २०१२ सम्म यसलाई जीमेल पछिको दोश्रो इमेल सेवा प्रदायक संस्था मानिन्छ । विभिन्न विशेषताका आधारमा यसलाई अझै लोकपि्रय बनाउने अभियानमा माइक्रोसफ्ट लागिपरेको छ । त्यसैले नै यो बर्षको मे ३ मा हटमेललाई औपचारिक रुपमा बन्द भएको घोषणा गरिएको हो ।

साप्ताहिकमा प्रकाशित
No comments:
Post a Comment