एकराज सुवेदी
राजधानीबाट आफ्नो गृहजिल्ला दाङ जानका लागि निरजले सधै राप्ती सार्वजनिक यातायातको प्रयोग गर्छन् । पहिले गाडी चढिसके पछि गाडीको अघिल्लो भागमा बज्ने स“गीतस“गै रमाउदै उनी बाटो कटेको पत्तै पाउदैनथे । अहिले उनीस“ग राम्रो स“गीत बज्ने मोबाइल पनि छ । अहिले पनि लामो दूरीको यात्रा गर्दा बिकल्पको रुपमा यो मोबाइल प्रयोग गर्छन् । तर गाडीमा बज्ने स“गीतको रौनक अर्कै हुने निरजको अनुभव छ । उनी सकेसम्म गाडीमै बज्ने स“गीत सुन्न रुचाउछन् ।
सवारी साधनमा म्युजिक सिस्टमको प्रयोग हुन थालेको धेरै भइसक्यो । लामो यात्रामा निस्कने ठूला बसहरु हुन् वा छोटो दूरीमा प्रयोग गरिने सार्वजनिक सवारी साधनहरु हुन् अथवा निजी प्रयोजनमा प्रयोग गरिने कार, जीपलगायतका चिटिक्क परेका सवारी साधन नै किन नहुन् । अहिले शतप्रतिशत सवारी साधनमा म्युजिक सिस्टम राख्नुपर्ने बाध्यता भएको छ ।
म्युजिक सिस्टम नभएका सवारीसाधन पाउन गाहे हुने सवारी चालकहरु नै बताउछन् । अझ लामो दूरीका सवारी साधनमा म्युजिक सिस्टम भएन भने त उक्त सवारी साधनका चालक तथा परिचालकहरुले यात्रुहरुको रुखो गालीसमेत खानुपर्ने हुन्छ । यद्यपि अहिले सबैका हातहातमा हुने मोबाइलमा हुने म्युजिकका कारण यो परम्परामा अलि कमी आएको छ । लामो दूरीको यात्रामा म्युजिक सिस्टममार्फत बज्ने गीत संगीतले अल्छिलाग्दो यात्रालाई पनि रमाइलो बनाइदिन्छ । त्यसैले पनि सवारी साधनमा म्युजिक सिस्टमलाई अनिवार्य मानिएको छ ।
सगीत आफैमा मनोरञ्जनको साधन हो । मनोरञ्जनविना बालकदेखि बृद्धसम्म कोही पनि रहन नसक्ने भएकाले यो संसारमै संगीत मन नपराउने व्यक्ति कमै मात्रामा फेला पर्छन् । स“गीत खास गरी घरमा बसेर सुन्ने गरिन्छ । तर आजको व्यस्त समयमा घरमा बसेर मात्र करिअर अघि नबढ्ने भएकाले सवारीसाधन चढ्नुपर्ने सबैको बाध्यता छ । यस्तो बेलामा स“गीतका पारखी सवारीचलक हुन् वा यात्रु, सवारीसाधनमै गीत स“गीत सुन्ने चाहना सबैको मनमा हुन्छ । त्यसैले नै होला, अब सवारीसाधन चढ्ने जो कोही म्युजिक सिस्टममार्फत घन्किने गीत स“गीतमै रमाइरहेका हुन्छन् ।
अधिकांश नया सवारीसाधनमा अचेल एफएम तथा एएम रेडियोको सुविधा पाइन्छ । यी दुवै सुविधा भएका सवारीसाधनले क्यासेट तथा सिडी संग्रहमा अनावश्यक खर्च गरिरहनु पर्दैन । तपाइलाई नेपाली गीत मनपर्छ कि हिन्दी ? समाचार मन पर्छ कि फोन इन कार्यक्रम ? उपत्यकामा आज हुने कार्यक्रमका वारेमा जानकारी चाहिन्छ कि उपत्यकाकै ट्राफिक व्यवस्थाका वारेमा जानकारी ? यी सबै सूचना, मनोरञ्जन तथा जानकारीहरु तपाइले सवारीसाधनमा यात्रा गरिरहेकै अवस्थामा पाउन सक्नुहुन्छ । राजधानीकै कुरा गर्दा अधिकांश सवारीसाधनमा एफएम रेडियोको सुविधा पाउन सकिन्छ । यही कुरालाई मनन गरेर महानगरिय ट्राफिक प्रहरी कार्यालयले पनि केही समय अघि राजधानीमा ट्राफिकसम्बन्धी जनचेतनामुलक जानकारी दिने उद्येश्यले ट्राफिक एफएम सेवा प्रारम्भ गरेको छ ।
नेपालका सडकमा गुड्ने सवारीसाधनको आकारप्रकार अनुसार म्युजिक सिस्टमको प्रयोग हुने गरेको पाइन्छ । जापान, कोरियालगायतका तेस्रो मुलुकबाट भित्रिने अधिकांश सवारीसाधनमा इनबिल्ट साउन्ड सिस्टम अर्थात सवारीसाधन उत्पादन गर्ने कम्पनीले नै म्युजिक सिस्टम जडान गरिदिएको हुन्छ भने कुनै कुनै सवारीसाधनमा कम्पनीले म्युजिक सिस्टम जडान गरेको हुदैन । सामान्यत फुल अप्सन गाडीहरुमा म्युजिक सिस्टम पनि साथै जडान भएर आएको हुन्छ र अन्यमा ग्राहकले आफ्नो रोजाइ अनुसारका म्युजिक सिस्टम जडान गर्नुपर्ने हुन्छ ।
पछिल्लो समयमा नेपाल भित्रिएका सवारी साधनमा भने टेलिभिजन नै राख्न मिल्ने प्रविधि पनि भित्रिएको छ । एलसिडी भनिने यो प्रविधिसगै तपाइले आफ्नो सवारीसाधनमा भिसिडी तथा डिभिडीमार्फत चलचित्रको मनोरञ्जनसमेत लिन सक्नुहुन्छ । यस्ता प्रविधि अहिले राजधानीका केही माइक्रोबसमा समेत प्रयोग गरिएको छ । माईक्रोमिडियाले राजधानिको लगनखेल, बुढानीलकण्ठ, कीर्तिपुर, थानकोट र ठिमिका रुटमाहरुमा चल्ने ६० वटा जम्बो माईक्रोबसमा एलसिडी टिभि जडान गरीदिएको छ । उक्त टिभिबाट लगातार रुपमा ट्राफिक जानकारि सँगसँगै नयाँ नयाँ गीत संगित तथा मनोज गजुरेलको रमाईलो हास्यव्यंग्यको मज्जा लिन सकिन्छ । जसले गर्दा यात्रा गर्न निकैनै रमाईलो भईरहेको यात्रुहरुको भनाई छ । टिभिमा देखाईने गीत, ट्राफिक नियम र हास्यव्यंग्यको साथसाथै विज्ञापनको रुपमा बेला बेलामा ट्राफिक नियमको पालना गर्नुपर्ने सन्देश पनि देखाईन्छ । जसले गर्दा यात्रु तथा चालकहरुले ट्राफिकबारे प्रत्यक्ष रुपमा जानकारी पाउन सकेका छन् । माईक्रोबसमा एलसिडी टिभिको सुविधा जडानगरीदिए पछि यात्रुहरुलाई त अवश्यनै फाईदा पुगेको छ । त्यसको साथसाथै सवारी चालक तथा स्टाफहरुलाई समेत प्रत्यक्ष रुपमा फाईदा पुगेको पाईन्छ । लगनखेल रुटका एक चालकका अनुसार टिभि जडान गरीदिएपछि माईक्रोमा यात्रुको संख्या बढ्नुको साथै यात्रुहरुको भाडामा गुनासो गर्ने बानि पनि हराएको छ । जसले गर्दा चालक तथा खलासिहरुलाई निकैनै सजिलो भएको उनि बताउछन । विमानस्थल, सपिङमल, तथा ठुलाठुला होटलमा डिजिटल डिस्प्लेबाट विभिन्न विज्ञापन तथा सामाजिक सन्देशहरु प्रसारण गर्ने प्रक्रियालाई आत्मसात गर्दै यात्रुहरुलाई मनोरञ्जन तथा ट्राफिक जानकारी र समाजिक सन्देश दिने उदेश्यले उक्त अबधारणा लिईएको माईक्रोमिडियाले जानकारि गराएको छ । यात्रामा थुप्रै यात्रुहरुले ‘मलाई त यो गायकको गीत मन पर्छ उक्त गीत लगाई दिनुहोस’ भन्ने जस्ता अनुरोधहरु आउन थालेकाले आगामि दिनहरुमा यात्रुहरुको अनुरोध अनुसारनै स्क्रिनमा देखाईने सामाग्रिमा समेत परिमार्जन गर्दै जाने माईक्रोमिडियाले बताएको छ ।
पहिले गाडीमा पनि डिभिडीको प्रयोग निकै नै धेरै थियो । तर अहिले एमपिथ्री, युएसबी र उफर आदि प्रयोग गरिन्छन् । विशेषतः एमपिथ्रीको बढी प्रयोग भएको व्यवसायीहरु बताउछन् । ब्लुटुथ कनेक्टिभिटीको सहायताले युएसबीको प्रयोग गर्ने प्रचलन बढेको उनीहरुको भनाई छ । कतिपय गाडीमा इनबिल्ट रुपमै म्युजिक सिस्टम आएको हुन्छ । तर धेरै जसो गाडीमा यो सेवा उपलब्ध हुदैन । गाडीमा ग्राहकले अन्य एसेसरिजका साथमा म्युजिक सिस्टम पनि राखीदिनका लागि अनुरोध गरेमा त्यसै अनुसारका म्युजिक सिस्टम राखीदिने गरेको राजधानीको कुलेश्वरस्थित रेडियो सिटी कार अडियोका शिबहरी अधिकारीले बताउनुभयो ।
नेपाली बजारमा सोनीका म्युजिक सिस्टम बढी प्रचलित छन् । नेपालमै आधिकारिक बिक्रेताका रुपमा रहेको र यसको विश्वसनियता पनि बढी नै भएकाले यो ग्राहकको रोजाईमा परेको व्यवसायीहरुको भनाई छ । यो वाहेक केनउड, पायोनियर, जेभिसी आदि ब्रान्ड र विभिन्न चाइनिज ब्रान्डका म्युजिक सिस्टम पनि चलेका छन् । शिवान्जु कार डेकोरेसनका सुमन गौतम चाइनिज म्युजिक सिस्टममा पनि धेरै विविधता र गुणस्तरीयता हुने दावी गर्नुहुन्छ । गुणस्तरीय म्युजिक सिस्टम छनौट गर्न भने सक्नुपर्छ । तर पनि थाइल्यान्डमा निर्मित सोनीका म्युजिक सिस्टम सस्तोमा पनि गुणस्तरीय भएका र ग्राहकको कुनै गुनासो नआउने उहा“ले बताउनुभयो । म्युजिकको ओरिजिनल साउन्ड आउने, सराउन्डिङ साउन्ड राम्रो हुने र बलियो हुने आदिका आधारमा गुणस्तरीयता निर्धारण गर्न सकिने उहाको भनाई छ । कार बुटिकका सन्तोष बैदार कुनै पनि कारमा कम्पनीमै निर्मित इनबिल्ट म्युजिक सिस्टम भन्दा पछिल्लो समयमा ग्राहकले आफ्नो रोजाइ अनुसार राख्न लगाएको म्युजिक सिस्टम राम्रो हुने दावी गर्नुहुन्छ । तर यसका लागि गुणस्तरमा भने ध्यान दिनुपर्छ । इनबिल्ट म्युजिक सिस्टम भएमा ग्राहकले आफ्नो छनौट अनुसारको सिस्टम प्रयोग गर्न सक्दैन । तर पछिल्लो समयमा आफै राख्न सकिने अप्सन भएमा ग्राहकले आफ्नो चाहना अनुसारका विभिन्न प्रविधियुक्त सिस्टम राख्न सक्छन् । विशेषतः नया प्रविधियुक्त सिस्टम पहिले नै गाडीमा नभएको हुनसक्छ । ग्राहकलाई सिनेमा हलमा हुने होम थिएटरको अनुभव दिलाउने सम्मका साउन्ड सिस्टम उपलब्ध गराउन सकिने बैदार बताउनु हुन्छ । तर यसका लागि ग्राहक पनि सचेत हुनु आवश्यक छ । धेरैजसो ग्राहकलाई साउन्ड सिस्टमको गुणस्तरका वारेमा थाहा भएको पाइदैन । उनीहरु सामान्यतः ब्लुटुथ, डिभिडी, युएसबी आदि भएका म्युजिक सिस्टम खोज्छन् । फेरि कतिपय इनबिल्ट म्युजिक सिस्टममा ब्लुटुथ नहुन पनि सक्छ । यस्तो अवस्थामा ग्राहकले थप रुपमा पछिल्लो समयमा थपेका सिस्टम नै प्रयोग गर्दा राम्रो हुन्छ ।
तर म्युजिक सिस्टम राख्नका लागि भने दक्ष व्यक्ति हुनु आवश्यक छ । यसलाई राम्रोस“ग फिटिङ गर्न नजानेमा आगलागी हुने र अन्य विभिन्न समस्या पनि आउन सक्छ । त्यसैले यसका लागि गाडीको इलेक्ट्रिकल पाटर््सका वारेमा जानेको मान्छे हुनु आवश्यक छ । तर दक्ष व्यक्ति भएमा यो सहजै गर्न सकिन्छ । म्युजिक सिस्टम र अन्य विभिन्न एसेसरिज फिट गर्नका लागि व्यापारीहरुले दक्ष व्यक्तिको व्यवस्था गरेका हुन्छन् । त्यसैले कुनै पनि म्युजिक सिस्टम फिट गर्दा गाडीमा समस्या आउने, बिग्रने वा अन्य केही हुन्छ कि भनी डराउन नहुने बैदारको भनाई छ ।
कार बाटिकाका मुकेश अग्रवालका अनुसार म्युजिक सिस्टममा भएका स्टेरियोहरु बढी चोरी हुने गरेको पाइन्छ । गाडीको सीसा फुटाएर यस्ता स्टेरियोहरु चोरी गर्ने पचलन पनि बढेको छ । त्यसैले गाडी मालिकहरुले म्युजिक सिस्टमका लागि आवश्यक स्टेरियो मात्र पनि छुट्टै किन्नु पर्ने बाध्यता पनि छ । त्यसैले यस्ता म्युजिक सिस्टम र अन्य सामग्री समेत चोरी नहोस् भनेर गाडीमा अलार्म सिस्टम राख्न बाध्य हुनुपरेको छ । आफुहरुले ग्राहकको माग अनुसारका अलार्म सिस्टम समेत बिक्री गरिरहेको मुकेशले जानकारी दिनुभयो । विशेष गरी चीनमा निर्मित यस्ता अलार्म सिस्टम तीन हजारदेखि १२ हजार रुपैया मूल्य सम्मका भएका उहाले बताउनु भयो । मह“गो खाले अलार्म सिस्टममा सेन्सर हुन्छ र जसको खल्तीमा रिमोट छ, उसले मात्र ढोका खोल्न सक्छ ।
पछिल्लो समयमा म्युजिक सिस्टममा उफर राख्ने प्रचलन पनि बढेको छ । चर्को स्वरमा गीत सगीत सुन्न मन पराउनेहरुका लागि उफर प्रविधि बरदान नै सावित भएको छ । खासगरी घरको ठूलो हलको वातावरणलाई संगीतले गुञ्जायमान बनाउन उफरको प्रयोग गरिन्छ । सवारीसाधनभित्रको वातावरणलाई पनि सगीतमय बनाउन चाहनेले आफ्नो सवारीसाधनको म्युजिक सिस्टममा उफरको प्रयोग गर्छन् । साना सवारीसाधनमा बढीमा चारदेखि छवटा स्पिकर राख्न सकिन्छ ।
रोज अटो इन्टरप्राइजेजले रियल साउन्ड ब्रँन्डको उफरको आधिकारिक बितरकका रुपमा कार्य गरिरहेको छ । चीन र थाइल्यान्डमा निर्माण हुने यी उफर भविष्यमा नेपालमा नै एसेम्बलिङ गर्ने योजना रहेको यसका संचालक रजिल श्रेष्ठले बताउनुभयो । यसमा भएको एम्प्लिफायर सिस्टमका कारण साउन्ड क्वालिटी राम्रो छ । आइसी सिस्टमले दिन नसक्ने क्वालिटी यसले दिने श्रेष्ठले दावी गर्नुभयो । कार क्यासेटबाट उत्पादन भएका साउन्डलाई राम्रो वा नराम्रो बनाउनमा उफरको महत्वपुर्ण भूमिका हुन्छ । यसका लागि गुणस्तरीय उफरको प्रयोग गर्नु आवश्यक छ । आफुहरुले त्यो गुणस्तरीयतालाई भित्र्याएको श्रेष्ठको दावी छ ।
सवारीसाधनमा म्युजिक सिस्टम राख्नु सौखको कुरा हो । यो राख्नैपर्छ भन्ने अनिवार्यता छैन । तर पनि सगीतबिनाको जीवन अब कल्पना पनि गर्न नसकिने भएको छ । त्यसैले अहिले सवारीसाधनमा म्युजिक सिस्टम पनि अनिवार्य भएको छ । सार्वजनिक सवारीसाधनमा समेत यो बाध्यता भैसकेको छ । त्यसैले सबैले आफ्नो क्षमताअनुसारका विभिन्न सुविधासहितका म्युजिक सिस्टम राख्नु उचित हुने धेरैको तर्क भएको पाइन्छ ।
अटो नेपालमा प्रकाशित
http://nepalauto.com/wp-content/themes/autonepal/autonepal-march-issue.html

No comments:
Post a Comment