मोटरसाइकल ब्राण्ड बजाजले संसारकै सबैभन्दा उत्कृष्ट दाबी सहित १०० सिसीको बाइक डिस्कभर १०० टी नेपाली बजारमा ल्याएको छ । कम्पनीले १०० सिसी मोटरसाइकल सेगमेन्टमा एउटा पुर्णतः नयाा आयाम थप्नको लागि यसको डिजाइन गरिएको जनाएको छ । बजाजको पेटेन्टेड ४ भल्भ डिटिएसआई टेक्नोलोजी युक्त यस बाइकले अविश्वसनिय १० दशमलव २ पिएस पावर दिन्छ जुन १०० सिसीका अन्य मोटरसाइकलभन्दा ३० प्रतिशत बढी हो । यसले ८७ किलोमिटर प्रति लिटरको माइलेज दिने कम्पनीको दाबी छ ।
सामान्य अवस्थामा सहरी सवारीका लागि यसको प्रयोग गर्न सकिन्छ । त्यसैले नै यसको नाम १०० टी राखिएको हो । यसमा टीको अर्थ टुरर हुन्छ ।
डिस्कभर टी का विशेषताहरुः-
इन्जिन र ड्राइभ
- ४ भल्भ डिटिएसआई का साथ डिजाइन गरेको पहिलो १०० सिसी बाइक
- अतुलनीय आरामदायी सवारीको लागि १० दशमलव २ पिएस पावर
- १०० किलोमिटर प्रति घण्टाको उच्च गति
- उत्कृष्ट माइलेज र आरामदायी सवारीको लागि ५ स्पीड गियर वक्स
- सवै मौसममा सजिलोसंग बाइक स्टार्ट गर्नको लागि अटो चोक
आराम र सुरक्षा
- ग्यास भरीएको नाइट्रोक्स सस्पेन्सनले कच्ची वाटोमा पनि आरामदायी सवारीको सुनिश्चितता प्रदान गर्दछ ।
- सुरक्षित र आरामदायी सवारीको लागि सेमी डबल क्रेडल च्यासिस
- कम स्पीडमा पनि पुरा प्रकाश दिने डिसी हेडल्याम्प
- इलेक्ट्रीक स्टार्ट
आकर्षक स्टाइल
- चिसेल्ड, मस्कुलर ट्यांक
- आक्रमक शार्प एज्ड हेडल्याम्प
- १० स्पोक युक्त नयाा डिजाइनको एलोइ व्हील्स
- पि्रमियम एल्मुनियम साइड सेट्स
- कन्ट्रास्टिंग टु टोन ग्राफिक्स
सिमित अवधिको लागि यस डिस्कभर १०० टी को मुल्य १ लाख ५५ हजार ९ सय रुपैया कायम गरीएको छ । यो चार आकर्षक रंग - ˆलेम रेड, वि्रलियन्ट ब्लु, व्लैक रेड र ब्ल्याक ब्लु मा उपलब्ध हुनेछ ।
No comments:
Post a Comment