Sunday, November 8, 2015
Thursday, May 7, 2015
भूकम्पको भविष्यवाणी
भूकम्पको भविष्यावाणी सम्भव छ ? यो प्रश्न धेरैको मनमा उब्जिन्छ । यद्यपि भूकम्पको भविष्यवाणीका वारेमा बैज्ञानिकहरुले खासै प्रगति गर्न सकेका छैनन् । यद्यपि पृथ्वीका विभिन्न प्लेटको गति र पहिले भूकम्प आएको क्षेत्रको अध्ययनका आधारमा केही अनुमान भने गर्न सक्छन् ।
यदि त्यही स्थानमा ७ रेक्टर स्केलको भूकम्प आएको छ भने आगामी ५० बर्षभित्र अर्को भूकम्प आउने सम्भावना ५० प्रतिशत हुनसक्ने अनुमान सम्म गर्न सकिन्छ । तर पनि यो अनुमानलाई समेत एकदमै विश्वसनिय मान्न सकिन्न । पहिले त्यही स्थानमा आएको धक्का अहिले त्यसैको अर्को स्थानमा पनि हुनसक्छ । बरु कुनै स्थानमा भूकम्प आयो भने त्यहा फेरि धक्काको अनुभव भने गर्न सकिन्छ र त्यो स्थानमा यस्ता धक्काहरु केही समयसम्म आइरहन्छन् भन्ने कुरामा भने बैज्ञानिकहरु एकमत छन् । यो धेरै स्थानमा अनुभव गर्न सकिने पक्ष पनि भएको छ ।
यदि त्यही स्थानमा ७ रेक्टर स्केलको भूकम्प आएको छ भने आगामी ५० बर्षभित्र अर्को भूकम्प आउने सम्भावना ५० प्रतिशत हुनसक्ने अनुमान सम्म गर्न सकिन्छ । तर पनि यो अनुमानलाई समेत एकदमै विश्वसनिय मान्न सकिन्न । पहिले त्यही स्थानमा आएको धक्का अहिले त्यसैको अर्को स्थानमा पनि हुनसक्छ । बरु कुनै स्थानमा भूकम्प आयो भने त्यहा फेरि धक्काको अनुभव भने गर्न सकिन्छ र त्यो स्थानमा यस्ता धक्काहरु केही समयसम्म आइरहन्छन् भन्ने कुरामा भने बैज्ञानिकहरु एकमत छन् । यो धेरै स्थानमा अनुभव गर्न सकिने पक्ष पनि भएको छ ।
Tuesday, December 9, 2014
मनाइयो गुगल डे
गुगल अब सर्च इन्जिनका रुपमा मात्र रहेन । यसको प्रयोग गरेर धेरै काम गर्न सकिन्छ । पछिल्लो समयमा नेपालमा समेत गुगलको एन्ड्रोइड एप्सलाई व्यापारिक र व्यावहारिक कार्यमा प्रयोग गर्नेहरु बढिरहेका छन् । यसै सन्दर्भमा केही दिन पहिले मात्र नेपाली डेभलपरहरुले गुगललाई व्यापारिक कार्यमा समेत प्रयोग गर्नका लागि हौंस्याउने उद्देश्यले ‘गुगल बिजनेस ग्रुप’ अर्थात ‘जिबिजी’ को निर्माण गरेका छन् । त्यही गुगल बिजनेस ग्रुपले गत शनिबार नेपालमै पहिलो पटक गुगल डे मनायो ।Friday, October 10, 2014
Ford Kuga is here in Nepal
KATHMANDU, Nepal, 9 October 2014–
Powerful, refined and more stylish, both inside and out, Ford Kuga, Ford’s
smartest SUV has arrived in Nepal. The new Ford Kuga has excellent storage
capacity and boasts the very latest on-demand technology to keep the dream of
off-road adventure alive.
An Intelligent All-Wheel Drive system adapts to terrain and conditions in
an instant, Ford SYNC reads out text messages and gives hands-free control of
music, calls and much more.
Packed full of many more innovative features, the Kuga takes SUV (Smart Utility Vehicle)
styling and technology to a whole new level.
Wednesday, October 8, 2014
Toyota Etios Cross Rally
The United Traders Syndicate Pvt. Ltd has successfully conducted The Toyota
Etios Cross Rally held on the 29th of September 2014, Monday in the
capital city of Kathmandu and Lalitpur. The rally included the use of 7
different colored Toyota Etios Cross vehicles which were driven by Company
Staff. The rally started at 2pm in the afternoon and ended at 5pm within an
estimated 3hr time frame by covering an approximate distance of 30km around the
major locations of Kathmandu and Lalitpur city.Saturday, September 27, 2014
अनलाइन उपहार
दसै र तिहार जस्ता चाडपर्वको मौसम आएको छ । यद्यपि सबै नेपाली परिवारले एक साथ बसेर दसै तिहार मनाउन सकिने अवस्था नहुन पनि सक्छ । खासगरी विदेशमा बस्ने बढ्दो प्रचलनका कारण यस्तो अवस्था आउछ । त्यति मात्र होइन, परिवार साथमा भए पनि नेपालमा रहेका आफन्तहरुको सम्झनाले पनि सताउन सक्छ । यो अवस्थामा परिवार वा आफन्तलाई चाडपर्वको अवसरमा केही उपहार दिन सकिन्छ । त्यसका लागि विदेशबाट सिधै सामान नै पठाइदिनु पर्ने अवस्था अब छैन । विदेशबाटै कम्प्युटरमा गरेको एक क्लिकका भरमा नेपालमा रहेका आफन्तको घरैमा उपहार आइपुग्न सक्छ । दसैको अवसरमा आफुले पैसा नतिरेरै घरैमा खसी आइपुग्यो वा नया“ केही सामान आयो भने आश्चर्य नहोला र ? तर प्रविधिको बढ्दो प्रयोगका कारण यो सबै सम्भव हुनसकेको छ ।दसैको उपहार स्मार्टफोन
नेपालीहरुको घर आगनमा विजयादशमी तथा शुभ दिपावलीको रमझम भित्रि सकेको छ । दसै तिहारमा नया“ लुगा किन्ने , मिठो खाना खाने चलन पूरानै हो । जीवनस्तरमा आएको परिवर्तनस“गै यही चाडबाडको वेलामा किनमेल संस्कृतिमा पनि परिवर्तन आएको छ । अब नेपालीहरु यस्ता अवसरमा स्मार्टफोन किन्न समेत रुचाउन थालेका छन् । जागिर र व्यवसाय हुनेहरुले अलि अलि थपथाप गरेर र नहुनेहरुले जम्मा गरेको पैसाले आफुलाई मन लागेको स्मार्टफोन किन्ने वा कसैलाई उपहार दिने चलन पनि बढेर गएको छ । यही समयमा कम्पनीहरुले विभिन्न प्रकारका उपहार र छुटको व्यवस्था पनि गरेका हुन्छन् । आफ्नो उत्पादनको प्रवद्धन र विक्री गर्ने उद्धेश्यले कम्पनी अनुसार नगद सहित विभिन्न योजना अगाडी सारेका हुन्छन् । आफ्नो शोखको स्मार्टफोन किन्न दसै कुरेकाहरुलाई यो राम्रो अवसर पनि हो ।Sunday, September 21, 2014
डल हस्पिटल
तिम्रो घरमा खेलौना अर्थात डल छ ? यो बिग्रियो भने के गर्छौ ? सायद फ्याकिदिन्छौ होला । तर अष्ट्रेलियाको सिड्नीमा यस्ता बिग्रिएका खेलौना बनाउने अस्पताल नै छ । यसको नाम नै ‘डल हस्पिटल’ राखिएको छ । सन् १९१३ मा यसको स्थापना भएको थियो । त्यतिखेर ह्यारोल्ड च्यापम्यान सिनियरले यसको स्थापना गरेका थिए । त्यसपछि उनका भाइले जापानबाट विभिन्न प्रकारका डलहरु लिएर बिक्री गर्थे । पछि यस्ता डल मर्मत गर्ने क्रम पनि बढ्यो । पछि सन् १९३० देखि उनका छोरा च्यापम्यान जुनियरले यो पेशा अंगाले । पछिल्लो समयमा यहा छालाका सामान, खेलौना र छाताहरु समेत मर्मत गर्न थालियो । हाल च्यापम्यान जुनियरका छोरा जियोफले यो संचालन गरिरहेका छन् । यो हस्पिटलमा अष्ट्रेलिया बाहेक न्युजिल्यान्डबाट समेत मर्मतका लागि डल ल्याइन्छन् । साना बालबालिकाले आफ्नो बिग्रिएको डल मर्मत भएको देख्दा ब्यक्त गर्ने खुशी हेर्नकै लागि पनि यो पेशा निकै नै रोमान्चक रहेको जियोफले बताएका छन् । यहा डल मर्मत बाहेक बिक्री पनि गरिन्छ ।
डल हस्पिटलमा अहिले तेस्रो पुस्ताले संचालन गरिरहेका छन् । बाजे, बुवा अनि नातीले । मर्मत गर्ने सीप पनि उनीहरुले परिवारबाटै सिकेका हुन् । कुनै रोगको विशेषज्ञ चिकित्सक भए जस्तै फरक फरक प्रकारका डल मर्मत गर्नका लागि फरक ब्यक्ति छन् । पुरानो जमानाका डलदेखि लिएर आधुनिक डलसम्म यहा“ मर्मत गरिन्छ । टेडी बियरदेखि सफ्ट टोय र रकिङ हर्ससम्म यहा“ मर्मत गरिन्छ । यो वाहेक सुटकेश, ह्यान्ड ब्याग र छाता समेत मर्मत हुन्छन् । अहिले सम्म उक्त हस्पिटलमा ३० लाख डल मर्मत गरिएका छन् । साना नानीहरुले आफ्नो डल बिग्रदा दुखी हुने र पछि मर्मत गरेर फेरि पहिलेकै जस्तो बन्दा खुशी हुने गर्छन् । उनीहरुमा भएको त्यो खुशी देख्दा आफुलाई निकै नै सन्तुष्टी मिल्ने जियोफको भनाई छ ।
Saturday, September 20, 2014
सफ्टेकमा सफ्टवेयर
कम्प्यूुटर एशोसिएसन अफ नेपाल (क्यान) ले बर्षेनी आयोजना गर्दै आएको क्यान सफ्टेक २०१४ गत भाद्र २६ देखि २९ सम्म राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी सम्पन्न भएको छ । उक्त प्रदर्शनीमा सफ्टवेयर, सर्भिसेज, सोलुुसन् र कम्यूूनिकेशनको क्षेत्रमा विकास भएका नयां–नयां प्रविधिको प्रदर्शन गरिएको थियो । सफ्टेक भएकाले यसमा विशुद्ध रुपमा सफ्टवेयरका वारेमा जानकारी प्रदान गरियो । सुुविसुु क्यान सफ्टेक २०१४ इन एशोसियसन विथ नियो ईआरपीमा जम्मा १ सय ४२ वटा स्टलहरु रहेका थिए । सफ्टवेयरको क्षेत्रमा शिक्षा, कम्प्यूूटर सुुरक्षा, बैंकिङ्क, सूूचना व्यवस्थापन, लेखा व्यवस्थापन, एन्टिभाइरस र अस्पताल व्यवस्थापन लगायतका सफ्टवेयरहरु रहेका थिए । प्रदर्शनीमा रहेका केही मुख्य सफ्टवेयरहरु यस प्रकार रहेका थिए ।
Sunday, September 7, 2014
प्ले स्टोरको विकल्प एप्स झोला
एकराज सुवेदी
गुगल प्ले स्टोर हामी धेरैले प्रयोग गर्छौ । विभिन्न प्रकारका एप्स डाउनलोड गर्न यसको प्रयोग गरिन्छ । संसारमा एन्ड्रोइड भर्सनका जति पनि एप्स निर्माण हुन्छन्, ती सबै प्ले स्टोरमा संग्रहित हुन्छन् । आफुलाई आवश्यक एप्स डाउनलोड गरी प्रयोग गर्न सकिन्छ ।तर गुगल प्ले स्टोरमा यति धेरै एप्स छन्, ती सबैको बारेमा जानकारी लिन पनि गाहे हुन्छ । नेपाली एप्स निर्माताहरुले बनाएका एप्स संग्रह गर्ने छुट्टै स्थान भइदिए कति राम्रो हुन्थ्यो ? यही समस्याको समाधानका रुपमा एप्स झोला आएको छ । नेपाली नाम झोलाबाट नै यसको अर्थ प्रस्ट हुन्छ । झोलामा धेरै प्रकारका एप्स संग्रहित छन्, जुन नेपाली डेभलपरहरुले निर्माण गरेका हुन् ।
Sunday, July 20, 2014
फिफा पछि अब रोबोकप
फुटबलको महाकुम्भ बिश्वकप समाप्त भएको छ । तर बिश्वकप सम्पन्न भएकै राष्ट्र ब्राजिलमा त्यही स्टाइलमा अर्को बिश्वकप फेरि प्रारम्भ भएको छ । तर उक्त बिश्वकपमा मानिस भने खेल्ने छैनन् । बरु मानिसको सट्टामा रोबोटका वीचमा फुटबल हुदैछ । रोबोकप २०१४ नाम दिइएको उक्त खेल भोलिबाट प्रारम्भ भई ६ दिनसम्म चल्नेछ । बिश्वका विभिन्न ४५ राष्ट्रका ४ हजार इन्जिनियर र बैज्ञानिकहरु उक्त खेलमा प्रत्यक्ष संलग्न हुदैछन्, जसले निर्माण गरेका रोबोटका वीचमा फुटबल खेल हुनेछ । उक्त खेलमा स्वतन्त्र तथा रिमोट–फ्रि रोबोटले वास्तबिक फुटबल खेल्दाकै नियममा आधारित रहेर फुटबल खेल खेल्नेछन् । खेलमा अनियमितता नहोस् भन्ने उद्देश्यले मानिस र रोबोट दुवैले रेफ्रिको भूमिका निभाउनेछन् ।पिसी कन्ट्रोलर र सेक्युरिटी अलार्म
हातमा मोबाइल, अनि टेबुलमा पिसी वा ल्यापटप । यो अहिले धेरैको दैनिकी बनेको छ । पिसी (पर्सनल कम्प्युटर) वा ल्यापटपमा भएका सामग्रीका आधारमा हामीले धेरै प्रकारका प्रिजेन्टेसन गर्नुपर्ने हुन्छ । यो अवस्थामा पटक पटक टेबुल नजिक पुग्नु भन्दा हातमै भएको मोबाइलले पिसी वा ल्यापटपमा भएका सामग्रीलाई चलाउन सकियो भने कति सहज होला ?
यही सहजताका लागि नेपाली युवाहरुको समूहले एउटा एपको निर्माण गरेका छन् । एन्ड्रोइड पिसी कन्ट्रोलर नाम दिइएको उक्त एपलाई केही दिन अघि पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सम्पन्न लोकस २०१४ मा प्रदर्शन गरिएको थियो । उक्त एप सफ्टवेयर तर्फ पहिलो विजेता बनेको थियो । काठमाडौं इन्जिनियरिङ कलेजका कम्प्युटर इन्जिनियरिङ तेस्रो बर्षमा अध्ययनरत रबिराज केसी, रचेन्द्र पौडेल, सार्थक खनाल, शेखर चालिसो र आकाश सिंखडाको समूहले उक्त सफ्टवेयरमा आधारित एपको निर्माण गरेको हो ।
यही सहजताका लागि नेपाली युवाहरुको समूहले एउटा एपको निर्माण गरेका छन् । एन्ड्रोइड पिसी कन्ट्रोलर नाम दिइएको उक्त एपलाई केही दिन अघि पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सम्पन्न लोकस २०१४ मा प्रदर्शन गरिएको थियो । उक्त एप सफ्टवेयर तर्फ पहिलो विजेता बनेको थियो । काठमाडौं इन्जिनियरिङ कलेजका कम्प्युटर इन्जिनियरिङ तेस्रो बर्षमा अध्ययनरत रबिराज केसी, रचेन्द्र पौडेल, सार्थक खनाल, शेखर चालिसो र आकाश सिंखडाको समूहले उक्त सफ्टवेयरमा आधारित एपको निर्माण गरेको हो ।
Friday, July 18, 2014
चाइल्डएप एप्याथन
नेपाल इन्जिनियरिङ कलेजका बिद्यार्थी मिलन कार्की र दर्पन पुडासैनीले ‘इन्जिनियरिङ अड्डा’ नामक ग्रुपको निर्माण गरे । उनीहरुले खानेपानीको सुरक्षाको परीक्षण गर्ने र त्यसलाई म्यापमा विभिन्न जानकारी सहित देखाउने एप्लिकेसनको निर्माण गरे । विभिन्न समयको प्रशिक्षण पश्चात तीन दिनको अवधिमा निर्माण गरिएको उक्त एप्सले पहिलो पुरस्कार हात पा¥यो, जसमा उनीहरुले एक लाख रुपैया“ नगद पुरस्कार प्राप्त गरे । त्यसैगरी नेसनल कजेज अफ इन्जिनियरिङका ‘इचनियर्स’ ग्रुपले निर्माण गरेको भर्चुअल क्लासरुम सम्बन्धी एप्सले दोस्रो स्थान हासिल ग¥यो । बिबेक शर्मा चापागाई, समिरा शर्मा, सन्जिता शर्मा र बिबेक अवाले सम्मिलित उक्त समूहले निर्माण गरेको एप्सको सहयोगले कक्षा कोठाको वारेमा एसएमएसको सहायताले विभिन्न जानकारी दिन्छ । इन्स्टिच्युट अफ इन्जिनियरिङ, पुल्चोकका विद्यार्थीको ‘द राइजिङ कोडर्स’ समूहले जन्म दर्ता र यसको वारेमा एसएमएस मार्फत जानकारी दिने गरी निर्माण गरेको एप्सले तेस्रो स्थान हासिल ग¥यो । यी दुई समूहले क्रमशः ५० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे । राइजिङ कोडर्स समूहका अभिशेक पौडेल, अरुण कुमार अग्रवाल, मनिस चन्द्र र नवीन भट्टराईले निर्माण गरेको उक्त एप्सले बच्चा जन्मनु अघि र जन्मिसके पछि गरिने स्याहारका वारेमा एसएमएसमार्फत जानकारी दिन्छ
Friday, July 4, 2014
शरीर जोडिएका जुम्ल्याहा
अमेरिकाको ओहायो निवासी रोनी र डोनी गाल्योन आगामी अक्टोबरमा ६३ बर्ष पुग्दैछन् । त्यतिखेर उनीहरु संसारकै सर्वाधिक लामो समय बा“च्ने शरीर जोडिएका जुम्ल्याहा हुनेछन् । यो हप्ता भने उनीहरुले अर्को एउटा कीर्तिमान पनि भंग गरेका छन् । यो भन्दा पहिले थाई जुम्ल्याहा चाङ र इङ बङकर यति लामो समय बा“चेका थिए । रोनी र डोनीले आफ्नो प्रेरणाको स्रोत चाङ र इङलाई मान्छन् । उनीहरुको सन् १८७४ मा नर्थ क्यारोलिनामा मृत्यु भएको थियो । सन् १९४० मा इटालियन जुम्ल्याहा जियाकोमो र जियोभानी बाटिस्टा टोसीको ६३ बर्षको उमेरमा मृत्यु भएको थियो । यो बर्षको अन्त्यसम्म रोनी र डोनी बा“चे भने यो कीर्तिमान पनि भंग हुनेछ ।Sunday, June 29, 2014
एसएलसी र उच्च शिक्षा वीचको अन्यौल
एकराज सुवेदी
एसएलसी परीक्षाको नतिजा प्रकाशन भएपछि सबै उतीर्ण विद्यार्थीको ध्यान उच्च शिक्ष्ाँमा केन्द्रीत भएको छ । उनिहरु एउटा खुड्किलो पार गरी अर्को खुड्किलोमा पाइला लम्काउने तयारीमा छन् । तर के ती पाइला सधै दहे बन्लान् त ? वास्तबमा यो अवस्थामा विद्यार्थी र तिनका अभिभावक समेतले एउटा बलियो निर्णय लिनु पर्ने आवश्यकता छ । नेपालको वर्तमान शिक्षा प्रणाली नै अलि अन्यौलतावाट गुज्रिएको छ । विद्यार्थीले पढ्नु पर्ने बाध्यता पनि छ र पढ्नकै लागि पनि कठीन अवस्था पार गर्नु पर्ने अवस्था समेत छ । फेरि एसएलसी र उच्च शिक्षाका वीचमा केही समस्या पनि छन् । विषय वा कलेज छनोटमा पनि त्यत्तिकै समस्या छन् । सही कलेज र विषय छनोट भएन भने भविष्य नै अन्धकार पनि हुनसक्छ । यस्तै विषयमा केन्द्रीत रही हामीले विभिन्न क्षेत्रका ब्यक्तित्वहरुसग छलफल ग¥यौ । छलफल कार्यक्रममा शिक्षाविद् डा. विद्यानाथ कोइराला, उच्च माध्यमिक विद्यालय संघ (हिसान) का अध्यक्ष उमेश श्रेष्ठ, उच्च माध्यमिक शिक्षा परिषद्का परीक्षा नियन्त्रक दुर्गा अर्याल र अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारी सहभागी हुनुभयो । उहा“हरुको भनाइको सारसंक्षेप यहा प्रस्तुत गरेका छौ ।स्मार्टफोन बजारमा अमेजनको प्रवेश
अनलाईन सपिङ कम्पनीको रुपमा प्रसिद्ध कम्पनी अमेजन पनि स्मार्टफोनको बजारमा प्रवेश गरेको छ । अमेजन डट कमले पहिलो स्मार्टफोनको रुपमा ‘फायर’ लाई बजारमा ल्याएको घोषणा गरेको छ । थ्रीडी प्रविधियुक्त उक्त स्मार्टफोनमा थ्रीडी साउन्डका साथ थ्रीडी भिडियो पनि हेर्न सकिन्छ । ४ दशमलव ७ इन्चको डिस्प्ले भएको उक्त स्मार्टफोनको पिक्चर क्वालिटी निकै नै आकर्षक हुनेछ । यसमा चार वटा फ्रन्ट फेसिङ क्यामेरा छन्, जसले युजरको हेड मनिटर गर्न सक्छ, जसका कारण स्क्रिनमा इमेजलाई एड्जस्ट गर्न सकिन्छ ।
खेलाडीका साथ
बिश्वकप फुटबलको नशा चढेको छ कि छैन ? नेपाली समय अनुसार रातमा खेलिने हुनाले धेरै खेल हेर्न पाएका छैनौ होला । तर पनि कहिलेकाही खेल हेर्दा रमाइलो पनि हुन्छ । तिमीले खेलको शुरुको दृश्यमा याद गरेका हौला, सबै खेलाडीहरुस“ग तिमीहरु जस्तै साना साथीहरु पनि हात समाएर रंगशालामा प्रबेश गर्छन् । खेलाडीले राष्ट्रिय गान गाउदा उनीहरु पनि साथै हुन्छन् । खेलाडी त खेल्नका लागि जान्छन् । तर ती साना साथी को होलान् ? थाहा छ ? किन गएका होलान् ? कसरी गएका होलान् ? जान्न चासो लागेको होला नि, होइन ?
Wednesday, June 25, 2014
फोर्ड फायरवर्क शो
अमेरिकी सहर डेट्रोयटमा मंगलबार राती ५६ औं फोर्ड फायरवर्क शोको आयोजना गरियो । उक्त अवसरमा करिब २३ मिनेटसम्म १० हजार पटक आतिशबाजि गरियो । उक्त फायरवर्क शोको आयोजना फोर्ड मोटर कम्पनीले गरेको थियो । फोर्डले प्रत्येक बर्ष यस प्रकारको शोको आयोजना गर्छ । उक्त आतिशबाजीका लागि ३ हजार ६ सय ३० किलोग्राम पटाकालाई एक सय कम्प्युटरको सहयोगले जोडिएको थियो । कम्प्युटरको सहयोगले आतिशबाजी गरिनुलाई ‘पाइरोटेक्निक प्रणाली’ भनिन्छ । उक्त प्रणालीमा पटाका पड्काउने तथा प्याटर्न र रंग निर्धारण गर्ने कार्य गरिन्छ । बिश्वका विभिन्न स्थानबाट आएका १० बिशेषज्ञले उक्त प्रणालीलाई प्रयोगमा ल्याएका थिए ।
Monday, June 23, 2014
अन्यौलमा विषय छनोट
एकराज सुवेदी
एसएलसी परीक्षाको नतिजा प्रकाशन भएपछि सबै उतीर्ण विद्यार्थीको ध्यान उच्च शिक्ष्ाँमा केन्द्रीत भएको छ । उनिहरु एउटा खुड्किलो पार गरी अर्को खुड्किलोमा पाइला लम्काउने तयारीमा छन् । विद्यार्थीले पढ्नु पर्ने बाध्यता पनि छ र पढ्नकै लागि पनि कठीन अवस्था पार गर्नु पर्ने अवस्था समेत छ । यो समय उनिहरुका लागि अन्यौलको समय हो । कतिपय विद्यार्थीले कुन विषय कुन कलेजमा पढ्ने भन्ने कुरा निश्चित गरिसकेका छन् भने कतिपय विद्यार्थीका लागि यो कार्य अझै बा“की छ । स्कुल र कलेजवीचको स“घारको यो अवस्थामा उनिहरुमा एक प्रकारको उत्साह पनि छ ।
सामाजिक सञ्जाल र प्रविधिमा बिश्वकप
नेपालमा कतिपय कम्पनी वा संस्थाहरुले फुटबलको बारेमा आधिकारिक जानकारी दिनका लागि फेसबुक एकाउन्ट नै प्रयोग गरेका छन् । मोबाइल सेवा प्रदायक संस्था नेपाल टेलिकमले नै आफ्नो आधिकारिक फेसबुक एकाउन्टमा यस्तो व्यवस्था गरेको छ । उक्त एकाउन्ट मार्फत खेलको पलपलको जानकारी लिन सकिन्छ । यो वाहेक त्यहाँ राखिएका विभिन्न प्रश्नको उत्तर दिएर उपहार पाउन सकिन्छ भने विभिन्न जानकारी लिन पनि सकिन्छ ।
Subscribe to:
Comments (Atom)

.jpg)



.jpg)






