Sunday, March 17, 2013
Saturday, March 16, 2013
निषेध मोटरसाइकल

प्लस टु जेनेरेशनले मोटरसाइकल चलाउन पाउने कि नपाउने ? यो अहिले ताजा वहसको विषय वनेको छ ।
– मोटरसाइकलमा हुइकिदै पिरामिड कलेजवाट घर फर्किरहेका एक छात्राको पेप्सीकोला नजिकै दुर्घटनामा मृत्यु भयो । मोटरसाइकल चलाइरहेका छात्र भने मृत्युको मुखवाट जोगिए ।
– स्कुटी चढेर कलेज आउदै गरेकी जेभियर इन्टनेशनल कलेजकी छात्रा रेशु शाक्य गंभिर दुर्घटनामा परिन् । भाग्यवस उनको ज्यान त जोगियो तर दुवै खुट्टा जोगाउन सकिएन ।
– एसएलसी उत्तिर्ण गरेको खुसीमा अभिभावकले आफ्ना छोरालाई मोटरसाइकल उपहार दिए । सोहि दिन कालोपुल नजिकै दुर्घटनामा फैलदै ब्याट्री

गाडीको कारोवारसगै नेपालमा व्याट्रीको वजार फराकिलो वन्दै गएको छ । अटो लगायतका क्षेत्रका प्रयोग हुन व्याट्रीको वार्षिक कारोवार ४ अर्वको हुने अनुमान व्यवासयीहरुको छ । व्याट्रीको यो वजारमा अन्तर्राष्ट्रिय व्रान्डको हावी छ । ९० प्रतिशत हिस्सा विदेशी व्रान्डको व्याट्रीको रहेको व्यवसायीहरु दावी गर्छन् । एक्साइड, वोस, ग्लोव्याट, सुकाम, भोल्टा, स्पिड, सोनिक, टाटाग्रिन, स्टारगोल्ड, अमरन, ओशका, पानासोनिक लगायत करिव
सुपर राइडर बन्ने होड
उनी जिनियस भनेर चिनिन्छन्। जिनियसको बाइकमा फोर्टिसिक्स नम्बर ट्याग गरिएको छ। दरबारमार्गमा होसुङ ब्रान्डको रेसिङ बाइक तीन राउन्ड घुमाए पछि जिनियसको रेसिङ स्टाइललाई उनका ग्रुप मेम्बरले खुलेर प्रशंसा गरे। मोटरसाइकल रेसिङ ग्याङका लिडर हुन जिनियस, उनको ग्रुपमा १४ जना मेम्बर छन्, जो स्पोर्टिज लुक्सका विभिन्न मोटरबाइक खुला सडकमा हुइँक्याउने इच्छा राख्छन्।
मलाई गधा होइन, घोडा चाहिएको थियो, सामान्य मध्यमवर्गीय जीवनशैलीमा प्रयोग हुने बाइकलाई प्रतिकात्मक रूपमा गधा भन्दै जिनियसले बताए ।
Wednesday, March 13, 2013
अब पालो आइवाचको
आजकाल एप्पलको स्मार्ट घडीका वारेमा निकै नै चर्चा भएको छ । एप्पल नया नया खालको उत्पादन बजारमा ल्याउनका लागि नै लोकप्रिय कम्पनी मानिन्छ । तर यसले यी उत्पादन बजारमा ल्याउनु भन्दा अघि कुनै त्यस्तो हल्ला गर्दैन र यसका वारेमा धेरै जानकारी पनि हुदैन । संसारभरका मानिसहरुका लागि प्रिय उत्पादन कहलिएका आइफोन वा आइप्याड ल्याउनु भन्दा अघि पनि कुनै त्यस्तो आधिकारिक जानकारी बजारमा आएको थिएन । अहिले पनि न्युयोर्क टाइम्स र वालस्ट्रिट जर्नल जस्ता विश्व प्रतिष्ठित पत्रिकाहरुले एप्पलले नया खालको स्मार्ट घडी बजारमा ल्याउने तयारी गरेको जानकारी दिए । यसका आधारमा एप्पलले आइप्याड र आइफोन ल्याए जसरी अब आइवाच ल्याउने अनुमान गरिएको छ ।
संसारका दश उत्कृष्ट ट्याक्सी

विश्वका चर्चित महानगरहरुका सार्वजनिक यातायात प्रणालीमा महत्वपूर्ण स्थान राख्ने ट्याक्सीहरुका आ—आप्mनै मौलिक स्वरुप हुन्छन् । नेपालमा खासगरी मारुती ८०० लाई ट्याक्सीका रुपमा प्रयोग गरको पाइन्छ । तर संसारका विभिन्न देशमा विभिन्न् ब्रान्डका ट्याक्सी प्रयोग गर्ने चलन छ । संसारका विभिन्न देशका ट्याक्सीहरुमा यात्रुहरुलाई दिइने सेवा,सुविधा र भाडादरमा समेत विविधता पाइन्छन् ।
१० वर्षे नीति तत्काल लागू गरिने
भौतिक पुर्वााधार तथा यातायात मन्त्रालयका सचिव तुलसी प्रसाद सिटौलाले सरकारले सडक सुरक्षा सम्बन्धि १० वर्षे कार्यक्रम तत्काल कार्यान्वनमा लैजाने बताएका छन् । नेपाल अटो पत्रकार संघले आयोजना गरेको तीन महिने सडक सुरक्षा तथा जनचेतना कार्यक्रम सुभारम्भ गर्दै सिटौलाले सरकारले सडक सुरक्षाका लागि १० वर्षे कार्ययोजना लागू गरेर अघि बढ्ने बताए ।
सडक दुर्घटना न्यूनीकरण गर्न सरकारले विशेष ध्यान दिने सचिव सिटौलाको भनाइ थियो ।
हिटाचीको सानो कार
जापनिज टेक्नोलोजी कम्पनी हिटाचीले हालै एउटा सानो कारको निर्माण गरेको छ । यसको नाम रोबोट फर पर्सनल इन्टिलिजेन्ट ट्रान्सपोर्ट सिस्टम अर्थात छोटकरीमा रोपिट्स राखिएको छ । यो जापानको सुकुबा सहरमा चल्न थालेको छ । एक जना ब्यक्तिलाई बोक्न सक्ने यो कारले ब्यक्तिलाई स्वचालित रुपमा पिक अप र ड्रप गर्ने काम गर्छ । कुनै विशेष अवस्था परी रोक्नु परेमा यात्रुले ककपिटमा भएको जोएस्टिक कन्ट्रोलर प्रयोग गरी यसलाई नियन्त्रण गरी रोक्न सक्छन् । शुरुमा असक्तहरुका लागि निर्माण गरिएको यो कार हाल सर्वसाधारणका लागि समेत उपयोगी बनेको छ ।
Subscribe to:
Posts (Atom)