हामी गुगलमा विभिन्न विषयका वारेमा खोजी
गर्छौ । यसलाई गुगल सर्च भनिन्छ । कतिपयले सजिलोका लागि यसलाई गुगल गर्ने
पनि भन्छन् । गुगलको लोकप्रियताले गर्दा यसको नाम नै विभिन्न शब्दले
पुकारिन्छ । भनिन्छ, यसमा जे खोज्दा पनि पाइन्छ । यसको अर्थ जुन
विषयवस्तुका वारेमा पनि यसमा खोजी गर्न सकिन्छ । हामीलाई ब्यावहारिक रुपमा
काम लाग्ने कतिपय कुरा पनि यसमा खोजी अर्थात सर्च गर्न सकिन्छ ।
Monday, July 22, 2013
Saturday, July 20, 2013
Friday, July 19, 2013
व्यस्त जीवनका लागि आफ्नै गाडी आवश्यक
‘सफल व्यक्ति बन्न हरेक काम समयमा गर्नु पर्छ । त्यसका लागी समयमै कार्य क्षेत्रमा पुग्नु पर्छ । काठमाडौ जस्तो व्यस्त सहरमा यी सबै कार्यका लागि आफ्नै गाडी आवश्यक छ ।’ यो भनाई हो चलचित्र निर्देशक दिपक श्रेष्ठको । डेढ दर्जन भन्दा बढी चलचित्रको निर्देशन गरिसक्नु भएका श्रेष्ठका अधिकासं चलचित्र सफल भएका छन् । यसर्थ उहाँ निकै सफल निर्देशक हुनुहुन्छ । उहाँको सफलताको राज उहाँकै भनाईमा उहाँको आफ्नै सवारी साधन पनि हो । अहिले उहाँले चढि रहेको गाडि हुन्डाईको आठ लटको स्यान्ट्रो हो । उहाँ २ वर्ष देखि यो गाडि चढी रहनु भएको छ । उहाँको यो पहिलो गाडि हो । काठमाडौमा उहाँले गाडि चढ्नु अघि कहिले पनि मोटर साईकल चढ्नु भएन । चलचित्रको कामको सिलसिलामा उहाँले सधै निर्माताको कुनै साधन प्रयोग गर्नु भयो भने अन्य अवस्थामा ट्याक्सी चढेरै दश वर्ष विताउनु भयो ।
अत्याधुनिक प्रविधिका साथ भिस्टा डि ९०
टाटाको नया कार भिस्टा डि ९० केही समय अघि नेपाली बजारमा पनि उपलब्ध भयो । हेर्दा सामान्य लाग्ने, तर विभिन्न पछिल्ला प्रविधिले सुसज्जित यो कार नेपाली बजारमा पनि लोकप्रिय हुने आशा गरिएको छ । हामीले पनि भिस्टा डि ९० को डिजेल भर्सन कारलाई टेस्ट ड्राइभ गर्ने अवसर पायौ । यसका विभिन्न विशेषतका वारेमा जानकारी लिने अवसर मिल्यो ।
Tuesday, July 16, 2013
महिन्द्राको क्वान्टो नेपालमा

Saturday, June 29, 2013
गुगल एडसेन्स

कतिपय वेबसाइट र ब्लग संचालकहरु यस्ता कुरा सुनाइरहेका हुन्छन् । बिश्वमा लाखौ वेबसाइट बनेका छन् र तिनका विभिन्न फरक फरक बिषयवस्तु र उद्येश्य हुनसक्छन् । कतिपय वेबसाइट र ब्लग रहरै रहरमा पनि बनेका हुन्छन् । तर पनि सबैको एउटा प्रमुख उद्येश्य ‘आफ्ना कुरा पाठक सम्म पु¥याउनु’ हुन्छ । यो अवस्थामा यदि राम्रो र चल्तीको वेबसाइट वा ब्लग बन्यो भने लोकप्रिय साइट गुगलले आफ्नो तर्फबाट निश्चित खालका बिज्ञापन राखीदिन्छ, जसलाई गुगल एडसेन्स भनिन्छ । त्यही एडसेन्स बापत वेबसाइट वा ब्लग संचालकले निश्चित डलर पाउन सक्छन् । यसले गर्दा वेबसाइट वा ब्लग संचालकको एउटा प्रमुख लक्ष्य गुगल एडसेन्स बापत रकम हात पार्नु पनि हुन्छ र यसरी रकम हात पर्दा उनीहरु खुशी नहुने कुरै भएन ।
Friday, June 21, 2013
एसएमएस बढ्दो प्रयोग
एकराज सुवेदी
एसएलसी परीक्षाको परीक्षाफल प्रकाशनस“गै यो वर्ष एउटा नया“ अध्यायको थालनी भएको छ । परीक्षा नियन्त्रण कार्यालयले परम्परादेखि नै छापा माध्यममा पैसा तिरेर गर्दै आएको परीक्षाफल प्रकाशन कार्यलाई यो बर्षदेखि निरन्तरता नदिने घोषणा ग¥यो । कार्यालयले यस बर्ष आफ्नो वेबसाइटको साइज वृद्धि गरेको, विभिन्न सातभन्दा बढी इन्टरनेट सेवा प्रदायक तथा एसएमएसमार्फत तत्कालै परीक्षाफल जान्न सकिने व्यवस्था गरेको कार्यालयका उपनियन्त्रक प्रल्हाद अर्यालले जानकारी दिए ।Monday, June 10, 2013
हुन्डाईको आइजेन आई ट्वान्टी
नेपाल स्थित हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारको लागि बिलकुलै नयाा गाडी आइजेन आई ट्वान्टी भित्राएको छ । यो नेपालको प्रख्यात पि्रमियम ह्याचब्याक हो ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका बिक्री तथा बजार सहायक महाप्रबन्धक रुपेश शर्मा भट्ट भन्नुहुन्छ "आकर्षक एवं युनिक विशेषताका साथ न्यु आइजेन आई ट्वान्टी बोल्ड पनि छ । अचेल ग्राहकहरु इन्नोभेटिभ एवं हाइ टेक विशेषता युक्त गाडिको खोजिमा छन्, जुन आइजेन आई ट्वान्टीले उच्चअनुपातमा पुरा गर्नेछ ।"
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका बिक्री तथा बजार सहायक महाप्रबन्धक रुपेश शर्मा भट्ट भन्नुहुन्छ "आकर्षक एवं युनिक विशेषताका साथ न्यु आइजेन आई ट्वान्टी बोल्ड पनि छ । अचेल ग्राहकहरु इन्नोभेटिभ एवं हाइ टेक विशेषता युक्त गाडिको खोजिमा छन्, जुन आइजेन आई ट्वान्टीले उच्चअनुपातमा पुरा गर्नेछ ।"
Subscribe to:
Posts (Atom)