टाटाको नया कार भिस्टा डि ९० केही समय अघि नेपाली बजारमा पनि उपलब्ध भयो । हेर्दा सामान्य लाग्ने, तर विभिन्न पछिल्ला प्रविधिले सुसज्जित यो कार नेपाली बजारमा पनि लोकप्रिय हुने आशा गरिएको छ । हामीले पनि भिस्टा डि ९० को डिजेल भर्सन कारलाई टेस्ट ड्राइभ गर्ने अवसर पायौ । यसका विभिन्न विशेषतका वारेमा जानकारी लिने अवसर मिल्यो ।
पावर र पर्फमेन्स
भिस्टा डि ९० ले थ्रिलिङ ड्राइभिङ अनुभव दिलाउने कम्पनीको दावी छ । यसैका लागि नै युवापुस्तालाई लक्ष्यित गरी यो कारको उत्पादन गरिएको कम्पनीको भनाई छ । यसमा ९० पिएसको क्वाड्राजेड डिजेल इन्जिनको प्रयोग गरिएको छ, जुन अन्तर्राष्ट्रिय रुपमै गुणस्तरीय मानिन्छ । यसमा प्रयोग गरिएको भिजिटी टेक्नोलोजीले प्रत्येक स्पिडमा इन्जिनको पर्फमेन्सलाई अप्टिमाइज गरिरहन्छ । यसले गर्दा थ्रोटल रेस्पोन्स अझै तीब्र हुन जान्छ, जसका कारण २०० एनएमको टर्क र २१ दशमलव १२ किलोमिटर सम्मको फ्युल इकोनोमी कायम हुनसक्छ । यसमा युरो–टेक २ गियरबक्सस“ग मेल खाने इन्जिनका कारण स्मुद र कम्फर्टेबल गियरसिफ्ट कायम हुन जान्छ । यसका कारण १५ दशमलव ५ सेकेन्डमै १०० किलोमिटर सम्म गुड्न सक्छ र प्रतिघण्टा १ सय ५८ किलोमिटरसम्मको उच्च गति कायम गर्न सक्छ ।
फस्र्ट इन क्लास टेक्नोलोजी
प्रविधिका हिसावले भिस्टा डि ९० उच्च स्तरिय छ । यसमा अत्याधुनिक टचस्क्रिन मल्टिमिडियाको प्रयोग गर्न सकिन्छ । यसमा मल्टि–कलर टिएफटी इन्टरफेस र इनबिल्ट जिपिए्स सिस्टम रहेको छ । यी सबैको प्रयोगबाट इन्टरटेनमेन्ट, नेभिगेसन र कम्युनिकेसनलाई आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ । जिपिएस नेभिगेसनको पं्रयोग गरी एड्जस्टेबल डे र नाइट मोड, डेस्टिनेसन डाटाबेस, भ्वाइस इन्स्ट्रक्सन गाइडेन्स र अप्सनल रुट मोड सेट गर्न सकिन्छ । यसको अर्थ पुग्नु पर्ने आवश्यक स्थानको जानकारी पाउन सकिन्छ, आवाजको माध्यमबाटै गीत सुन्न र अन्य कुरा नियन्त्रण गर्न सकिन्छ र पुग्नु पर्ने स्थानका लागि वैकल्पिक मार्गको वारेमा समेत जानकारी लिन सकिन्छ । त्यसैगरी यसमा भएको ब्लु फाइभ टेक्नोलोजीका कारण ५ वटा मोबाइल फोनलाई एकै पटक ब्लुटुथ कनेक्टिभिटीको सहयोगले पेयर गर्न सकिन्छ । यसमा भएको फुल्ली अटोमेटिक क्लाइमेट कन्ट्रोलको सहयोगले नर्मल, अटो र इकोनोमी गरी तीन मोडमा एसी चलाउन सकिन्छ । अर्को आकर्षक फिचर भनेको एड्भान्स्ड ड्राइभर इन्फोर्मेसन सिस्टम र फ्युल कम्प्युटर हो । यसमा भएको सानो डिजिटल स्क्रिनमा माइलेज, औसत इन्धन खपत, इन्धन सकिने दूरी, गाडी भित्रको तापक्रम आदिका वारेमा जानकारी दिइरहन्छ । यसको अर्थ अब गाडीमा भएको इन्धनले यति दूरी पार गर्न सकिन्छ भन्ने जानकारी र अन्य कुरा स्क्रिनमा देखाइरहन्छ ।
पर्सनलाइज्ड कम्फर्ट
गाडी भित्र बस्ने व्यक्ति आरामका साथ बस्नु पर्छ भन्ने भिस्टा डि ९० को मान्यता छ । यसैका लागि नै यसको क्याबिन समेत बेस्ट इन क्लास भएको टाटाको दाबी छ । यसमा नेक्स्ट जेनेरेसनको ड्राइभर एलाइन्ड इन्स्ट्रयुमेन्ट क्लस्टर र स्टेयरिङ माउन्टेड अडियो कन्ट्रोल रहेका छन् । यसको स्टेयरिङबाटै अडियोलाई नियन्त्रण गर्न सकिन्छ । यसमा टु–वे एड्जस्टेबल फोर–स्पोक स्टेयरिङ ह्विल रहेको छ । त्यसैगरी यसमा लम्बर सपोर्ट सहितका ड्राइभर सीट पनि सिक्स–वे हाइट एड्जस्टेबल छन् । इन्टिलिजेन्ट रियर वाइपर, इलेक्ट्रिकल्ली एड्जस्टेबल ओआरभिएम, चारवटै पावर विन्डोज, रियर चार्जिङ प्वाइन्ट र फलो–मी–होम हेडल्याम्प आदिका कारण यसको क्याबिनबाटै धेरै कुरा नियन्त्रण गर्न सकिन्छ ।
ट्रेन्डी र युथफुल
भिस्टा डि ९० विशेष गरी युवापुस्ता लक्ष्यित कार भनिएको छ । त्यसैले यसलाई स्पोर्टी बनाउनका लागि धेरै मेहनत गरिएको छ । यसको फ्रन्ट र रियर बम्पर स्पोर्टी रहेका छन् । त्यसैगरी ल्याभिस क्राृेम प्याक, एरोडाइनामिक स्पोइलर, ट्रिपल ब्यारेल हेडल्याम्प, इन्फिनिटी कन्ट्रयास्ट रुफ र टु–टोन एलोई ह्विल्स आदिका कारण यसलाई स्पोर्टी मात्र होइन, स्टाइलिस ह्याचब्याक बनाउनमा समेत महत्वपुर्ण भूमिका खेलेको छ ।
ढुक्कको सुरक्षा
भिस्टा डि ९० मा विशेष प्रकारको एनभिएच प्याकको प्रयोग गरिएको छ, जसले गर्दा वाहिरको आवाजलाई भित्र छिर्न दिदैन । यसमा प्रयोग गरिएको उच्च गुणस्तरीय स्टिल फ्रेमका कारण अझ बढी सुरक्षित बनेको छ । यसमा भएका ड्युअल फ्रन्ट एसआरएस एयरब्याग, क्रम्पल जोन्स, साइड इन्ट्रयुजन बिम, इन्जिन इम्मोबिलाइजर, सेन्ट्रल लकिङ, किलेस इन्ट्री आदिका कारण यसको सुरक्षामा ढुक्क हुन सकिन्छ । ब्रेकिङ कन्डिसनलाई अझै मजबुत बनाउनका लागि यसमा एबिएस र इबिडी टेक्नोलोजी समेत रहेका छन् ।
टाटाको यो नया भिस्टा डि ९० विभिन्न ५ कलरमा उपलब्ध छ । टप–इन्ड क्लासको जेडएक्स प्लसको मूल्य २६ लाख ९५ हजार रुपैया“ रहेको छ । कम्पनीले २ बर्ष वा ७५ हजार किलोमिटर गुड्दा सम्मको वारेन्टी उपलब्ध गराउछ ।
भिस्टा डि ९० मा भएका बेस्ट–इन–क्लास टेक्नोलोजी
भेरिएबल ज्योमिट्री टर्बोचार्जर (भिजिटी) टेक्नोलोजी सहितको १ दशमलव ३ लिटरको क्वाड्राजेट डिजेल इन्जिन
इन–बिल्ट भ्वाइस गाइडेड जिपिएस नेभिगेसन सहितको टचस्क्रिन मल्टिमिडिया सिस्टम
ब्लु फाइभ टेक्नोलोजी
फुल्ली अटोमेटिक क्लाइमेट कन्ट्रोल एचभिएसी
एड्भान्स्ड ड्राइभर इन्फोर्मेसन सिस्टम
नेक्स्ट जेनेरेसन इन्स्ट्रयुमेन्ट क्लस्टर
स्टेयरिङ माउन्टेड कन्ट्रोल्स
इलेक्ट्रिक ओआरभिएम
रियर चार्जिङ प्वाइन्ट
इन्टेलिजेन्ट रियर वाइपर
No comments:
Post a Comment