जिओ फोर्डले काठमाडौंदेखि पोखरासम्म ‘फोर्ड इकोस्पोर्ट अम्याजिङ मोटर ¥याली’ को आयोजना ग¥यो । उक्त ¥यालीमा सहाना बज्राचार्य र दावा शेर्पाले पहिलो, प्रियंका कार्की र निलु डोमा शेर्पाले दोस्रो र प्रमोद जयसवाल र श्रीमती जयसवालले तेस्रो स्थान हासिल गरे ।
पहिलो हुनेले थाई एयरवेजको बैंककसम्मको टिकट, दोस्रो हुनेले जिप फ्लायर प्याकेज र तेस्रो हुनेले स्पा प्याकेज र क्याफिनबाट कफिको कुपन पुरस्कारका रुपमा प्राप्त गरे ।
¥यालीमा सहभागीहरुले विभिन्न २० वटा कार्य, १० वटा ट्रेजर हन्ट तथा विभिन्न कार्य गर्नुपर्ने व्यवस्था गरिएको थियो । उनीहरुले विभिन्न कार्य पुरा गरेको आधारमा अंक प्रदान गरिएको थियो । पोखरामा आयोजित कार्यक्रममा जिओ फोर्डका डाइरेक्टर आकाश गोल्छाले विजेताहरुलाई पुरस्कार प्रदान गरेका थिए । ¥यालीमा फोर्ड इन्डियाका डिभिजनल अपरेसनल म्यानेजर गौतम टन्डनको समेत सहभागिता थियो । आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले यस प्रकारको ¥याली आयोजना गरिएको जिओ फोर्डले बताएको छ ।
No comments:
Post a Comment