
महिन्द्रा एन्ड महिन्द्राको नया“ एसयुभी ‘क्वान्टो’ नेपाली बजारमा भित्रिएको छ । अग्नि इन्कर्पोरेटेड प्रालिले क्वान्टोलाई नेपाली बजारमा ल्याएको हो । विभिन्न चार मोडलमा उपलब्ध क्वान्टोको मूल्य २९ लाख ५० हजारदेखि ३५ लाख ९० हजार सम्म तोकिएको छ । नेपाली बजारमा क्वान्टो सी २, सी ४, सी ६ र सी ८ मोडलमा उपलब्ध छन् । यी कार विभिन्न ६ रंगमा उपलब्ध छन् ।
७ सिट क्षमता रहेको क्वान्टोमा एमसीआर १०० डिजेल इन्जिन रहेको छ । यसले १७ दशमलव २ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ । गाडीमा ड्युअल एसआरएस एयर ब्याग, एन्टी लक ब्रेकिङ सिस्टम तथा मल्टिमिडिया म्युजिक सिस्टम आदि रहेका छन् ।
महिन्द्राको क्वान्टो एसयुभी सेग्मेन्टको पहिलो कार भएको कम्पनीले बताएको छ । क्वान्टो कार आकर्षक मोडलमा रहनुका साथै कम्प्याक्ट साइजमा उपलब्ध भएकाले नेपाली ग्राहकले मन पराउने अग्नि इन्कर्पोेरेटेडका महाप्रबन्धक क्याबिनेट श्रेष्ठको भनाई छ ।
No comments:
Post a Comment