Friday, July 19, 2013

व्यस्त जीवनका लागि आफ्नै गाडी आवश्यक


‘सफल व्यक्ति बन्न हरेक काम समयमा गर्नु पर्छ । त्यसका लागी समयमै कार्य क्षेत्रमा पुग्नु पर्छ । काठमाडौ जस्तो व्यस्त सहरमा यी सबै कार्यका लागि आफ्नै गाडी आवश्यक छ ।’  यो भनाई हो चलचित्र निर्देशक दिपक श्रेष्ठको । डेढ दर्जन भन्दा बढी चलचित्रको निर्देशन गरिसक्नु भएका श्रेष्ठका अधिकासं चलचित्र सफल भएका छन् । यसर्थ उहाँ निकै सफल निर्देशक हुनुहुन्छ । उहाँको सफलताको राज उहाँकै भनाईमा उहाँको आफ्नै सवारी साधन पनि हो । अहिले उहाँले चढि रहेको गाडि हुन्डाईको आठ लटको स्यान्ट्रो हो  । उहाँ २ वर्ष देखि यो गाडि चढी रहनु भएको छ । उहाँको यो पहिलो गाडि हो । काठमाडौमा उहाँले गाडि चढ्नु अघि कहिले पनि मोटर साईकल चढ्नु भएन । चलचित्रको कामको सिलसिलामा उहाँले सधै निर्माताको कुनै साधन प्रयोग गर्नु भयो भने अन्य अवस्थामा ट्याक्सी चढेरै दश वर्ष विताउनु भयो ।



 यद्यपि उहाँले धरानमा कलेज पढ्दा सधै वाईक प्रयोग गर्नु भो । उहाँलाई काठमाडौमा भने मोटर साईकलको यात्रा निकै असुरक्षित लाग्छ । कहिले काँही छोराको वाईक चढ्दा पनि उहाँलाई डर लाग्छ ।

दुई वर्ष अघि गाडिको निकै आवस्यकता महसुस भएको र छोरा छोरीको पनि विशेष अनुरोध भएपछि अहिलेको गाडि किन्नु भएको हो । परिवार लाई कुनै ठाउमा लिएर जान , साथि भाई को ग्यादरिङमा जान र फर्किन उहाँलाई गाडीको निकैनै आवस्यकता महसुस भयो । दश वर्ष देखि ट्याक्सी चढ्दा उहाँलाई वाक्क लागीसकेको थियो । गाडि किने पछि अहिले उहाँलाई निकै सुविस्थाको अनुभव भएको छ ।  भनेको बेलामा आफु खुसिले जाँहा पनि जान पाईने भएकोले पनि गाडि खरिद गरेपछि एक खाले आनन्दको महसुस भएको छ ।  आवस्यकता महसुस भएपछि यहिनै गाडि किनेको विषयमा दिपक श्रेष्ट भन्नु हुन्छ । ‘मेरो ४ जनाको सानो परिवार छ । यो गाडि मलाई फेमेली गाडि जस्तो लाग्छ । त्यहि भएर पनि किने । फेरी सानो गाडि भएकोले जताततै लैजान पनि सजिलो छ । मेरा साथिहरुले यो गाडि केहि  पहिला देखिनै चढेकोले यसको क्वालिटी र रिर्टन भ्यालु पनि मलाई मन परेको थियो । त्यसैले नै मेरो रोजाईमा यो गाडि प¥यो ।” उहाँले यो गाडिमा दुई वर्षको अबधिमा कुनै पनि समस्या भोग्नु परेको छैन ।  उहाँ हरेक तीन हजार किलोमिटर गाडि गुडे पछि सर्भिसिङ गर्नु हुन्छ ।  हुन्डाईको सर्भिसिङ निशुल्क पनि छ । समयमै सर्भिसिङ गर्ने वानि भएकोले पनि कुनै समस्या आएको छैन ।

उहाँलाई गाडि चढ्न निकै मजा आए पनि यो गाडि निकै खर्चालु लाग्छ । यो गाडिको लागी वर्षको १६ हजार कर र  विमा सुल्क  २८ हजार तिर्नु पर्छ  । यो वाहेक ३ महिनामा लुब्रिकेन्ट्स फेरेको र अरु खर्च गरेर २२ सय जान्छ भने  महिनामा न्यूनतम पनि १० हजारको ईन्धन जान्छ । उहाँलाई कर तिरे अनुसार सरकारले दिएको सुविधा चित्त बुझेको छैन । उहाँको विचारमा कर तिरेपछि गाडि हिड्ने वाटो सफा हुनु पर्छ । काठमाडौ वाहिर जाँदा वाटोमा जाँहा पनि ढाट राखेर कर उठाउछ । यसरी दोहोरो कर उठाउनु हुदैन । फेरी जता ततै नगरपालिकाले पार्किङ सुल्क लिएर रुवाउछ यो पनि नाजायज छ । त्यसैले उहाँलाई कर तिर्ने बेलामा मन कटक्क खान्छ । सुटिङ चलेको समयमा वाहेक अन्य समयमा उहाँको कार हरेक दिन प्रयोग हुन्छ । चलचित्रको पोस्ट प्रोडक्सनमा पनि उहाँ आफ्नै कार प्रयोग गर्नु हुन्छ । कुनै पनि चलचित्र उहाँलाई आफ्नै छोरा छोरी जस्तो लाग्ने भएकोले पनि उहाँलाई कुनै पनि चलचित्रको लागी कारको प्रयोग गर्न गा¥हो लाग्दैन ।

उहाँको काम सहरको मुख्य भाग तिरै हुनेभएकोले उहाँ निकैनै जामको सिकार हुनु भएको छ । उहाँ वानेश्वर , पुतलीसडक, र थापाथलिमा बढी जाममा पर्नु हुन्छ । उहाँ बढीमा अडाई घन्टा सम्म जाममा पर्नु भएको छ । उहाँको विचारमा काठमाडौमा बढी जाम हुनुमा ट्राफिक भन्दा पनि सवारी चलकनै दोसि हुन् । उहाँ भन्नु हुन्छ याँहा सबैलाई हतार हुन्छ । फेरी सडकमा पनि को भन्दा को पहिले भन्ने प्रतिष्पर्धा हुन्छ । भाडाका सवारी जाँहा पनि रोक्छन् भने जहा पनि लेन परिवर्तन गर्छन् । अधिकांस वाईकवालाले जाँहा वाट पनि गाडि घुसाउछन् । अधिकांसले मौका मिल्दा ट्राफिक सिग्नललाई मिच्न खोज्छन् । अनि याँहा जाम र दुर्घटना नभएर काँहा हुन्छ ।” उहाँको विचारमा हामि  सिस्टमले चल्ने  हो भने उति जाम भोग्नु पर्दैन ।

उहाँलाई  लङ ड्राईभको निकै राम्रो अनुभव छ । उहाँ आफ्नो घर धरान लगभग धेरै  पटक गाडिमा जानु भएको छ । घर गएको बेलामा घनकुटा, भेडेटार पनि जानु भएको छ । त्यस्तै उहाँले पश्चिममा तुलसीपुर सम्मको यात्रा गर्नु भएको छ । उहाँको अनुभवमा गाडिमा लङ ड्राईभमा जानु उपत्यकामा गाडि चलाउनु भन्दा डर लाग्दो हुन्छ । अरु गाडि निकै स्पीडमा हुन्छन् । त्यो बेलामा निकै विचार गरेर गाडि चलाउनु पर्छ । उहाँ सेफ ड्राईभिङ गर्ने भएकोले गाडिको स्पिड कहिलेई पनि  ६० भन्दा माथि हुदैन  । उहाँलाई काठमाडौ वाहिरको फराकीलो वाटोमा यात्रा गर्दा रमाईलो महसुस भए पनि काठमाडौमा गाडि चलाउदा आनन्दको महसुुस हुदैन । काठमाडौमा गाडि चलाउदा टेन्सन हुन्छ , रिस उठ्छ र प्रेशर बढ्छ ।  मोटर साईकलले निकै दुःख दिन्छन् र जुन बेला पनि मोटर साईकलले ठक्कर दिन सक्छ । तथापि रमाईलो पार्टिमा जाँदा परिवारलाई कारमा  लिएर जान पाउदा भने  काठमाडौमा पनि एक खाले  आनन्दको महसुस हुन्छ । उहाँलाई काठमाडौ वाहिर को यात्रामा जाँदा हाईवेको सितलमा बसेर नुन खोर्सानी र काँत्रो खान पाउदा, वाटोमा खोला भेटिएर चिसो पानिमा खुट्टा धुन पाउदा र कहिलेकाहि  गर्मिमा  जंगलको छाँयामा पल्टीन पाउदा स्वर्गीय आनन्दको महसुस हुन्छ ।

उहाँलाई गाडि लिएर रमणीय ठाउ जना निकै रमाईलो लाग्छ । तथापी उहाँ आफ्नै गाडिमा त्यस्ता नपुगे पनि साथिको  गाडि चढेर जोमसोम जानु भएको छ । कुनै दिन आफ्नै गाडि लिएर जोमसोङ जाने रहर पनि उहाँलाई छ । उहाँलाई काठमाडौ वाहिरको हाईवे उत्कृष्ट लाग्छ तर काठमाडौ वाट वाहिरिने थानकोटको भाग वेलामा रिपेरिङ नहुने हुनाले निकै कठिन भएको र सम्विधित विभागले त्यसमा ध्यान नदिएकोमा उहाँको ठुलो गुनासो छ ।

उहाँको तत्काल अर्को गाडी फेर्ने चाहना छैन । आवश्यक परेमा फेरि पनि हुन्डाईकै कुनै मोडल किन्नु हुनेछ । अनि कुनै महगो गाडी किन्ने चाहना पनि छैन ।

प्रस्तुतीः सरोज प्याकुरेल

No comments:

Post a Comment