
Saturday, September 27, 2014
अनलाइन उपहार

दसैको उपहार स्मार्टफोन

Sunday, September 21, 2014
डल हस्पिटल
तिम्रो घरमा खेलौना अर्थात डल छ ? यो बिग्रियो भने के गर्छौ ? सायद फ्याकिदिन्छौ होला । तर अष्ट्रेलियाको सिड्नीमा यस्ता बिग्रिएका खेलौना बनाउने अस्पताल नै छ । यसको नाम नै ‘डल हस्पिटल’ राखिएको छ । सन् १९१३ मा यसको स्थापना भएको थियो । त्यतिखेर ह्यारोल्ड च्यापम्यान सिनियरले यसको स्थापना गरेका थिए । त्यसपछि उनका भाइले जापानबाट विभिन्न प्रकारका डलहरु लिएर बिक्री गर्थे । पछि यस्ता डल मर्मत गर्ने क्रम पनि बढ्यो । पछि सन् १९३० देखि उनका छोरा च्यापम्यान जुनियरले यो पेशा अंगाले । पछिल्लो समयमा यहा छालाका सामान, खेलौना र छाताहरु समेत मर्मत गर्न थालियो । हाल च्यापम्यान जुनियरका छोरा जियोफले यो संचालन गरिरहेका छन् । यो हस्पिटलमा अष्ट्रेलिया बाहेक न्युजिल्यान्डबाट समेत मर्मतका लागि डल ल्याइन्छन् । साना बालबालिकाले आफ्नो बिग्रिएको डल मर्मत भएको देख्दा ब्यक्त गर्ने खुशी हेर्नकै लागि पनि यो पेशा निकै नै रोमान्चक रहेको जियोफले बताएका छन् । यहा डल मर्मत बाहेक बिक्री पनि गरिन्छ ।
डल हस्पिटलमा अहिले तेस्रो पुस्ताले संचालन गरिरहेका छन् । बाजे, बुवा अनि नातीले । मर्मत गर्ने सीप पनि उनीहरुले परिवारबाटै सिकेका हुन् । कुनै रोगको विशेषज्ञ चिकित्सक भए जस्तै फरक फरक प्रकारका डल मर्मत गर्नका लागि फरक ब्यक्ति छन् । पुरानो जमानाका डलदेखि लिएर आधुनिक डलसम्म यहा“ मर्मत गरिन्छ । टेडी बियरदेखि सफ्ट टोय र रकिङ हर्ससम्म यहा“ मर्मत गरिन्छ । यो वाहेक सुटकेश, ह्यान्ड ब्याग र छाता समेत मर्मत हुन्छन् । अहिले सम्म उक्त हस्पिटलमा ३० लाख डल मर्मत गरिएका छन् । साना नानीहरुले आफ्नो डल बिग्रदा दुखी हुने र पछि मर्मत गरेर फेरि पहिलेकै जस्तो बन्दा खुशी हुने गर्छन् । उनीहरुमा भएको त्यो खुशी देख्दा आफुलाई निकै नै सन्तुष्टी मिल्ने जियोफको भनाई छ ।
Saturday, September 20, 2014
सफ्टेकमा सफ्टवेयर
कम्प्यूुटर एशोसिएसन अफ नेपाल (क्यान) ले बर्षेनी आयोजना गर्दै आएको क्यान सफ्टेक २०१४ गत भाद्र २६ देखि २९ सम्म राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी सम्पन्न भएको छ । उक्त प्रदर्शनीमा सफ्टवेयर, सर्भिसेज, सोलुुसन् र कम्यूूनिकेशनको क्षेत्रमा विकास भएका नयां–नयां प्रविधिको प्रदर्शन गरिएको थियो । सफ्टेक भएकाले यसमा विशुद्ध रुपमा सफ्टवेयरका वारेमा जानकारी प्रदान गरियो । सुुविसुु क्यान सफ्टेक २०१४ इन एशोसियसन विथ नियो ईआरपीमा जम्मा १ सय ४२ वटा स्टलहरु रहेका थिए । सफ्टवेयरको क्षेत्रमा शिक्षा, कम्प्यूूटर सुुरक्षा, बैंकिङ्क, सूूचना व्यवस्थापन, लेखा व्यवस्थापन, एन्टिभाइरस र अस्पताल व्यवस्थापन लगायतका सफ्टवेयरहरु रहेका थिए । प्रदर्शनीमा रहेका केही मुख्य सफ्टवेयरहरु यस प्रकार रहेका थिए ।
Sunday, September 7, 2014
प्ले स्टोरको विकल्प एप्स झोला
एकराज सुवेदी

तर गुगल प्ले स्टोरमा यति धेरै एप्स छन्, ती सबैको बारेमा जानकारी लिन पनि गाहे हुन्छ । नेपाली एप्स निर्माताहरुले बनाएका एप्स संग्रह गर्ने छुट्टै स्थान भइदिए कति राम्रो हुन्थ्यो ? यही समस्याको समाधानका रुपमा एप्स झोला आएको छ । नेपाली नाम झोलाबाट नै यसको अर्थ प्रस्ट हुन्छ । झोलामा धेरै प्रकारका एप्स संग्रहित छन्, जुन नेपाली डेभलपरहरुले निर्माण गरेका हुन् ।
Sunday, July 20, 2014
फिफा पछि अब रोबोकप

पिसी कन्ट्रोलर र सेक्युरिटी अलार्म
हातमा मोबाइल, अनि टेबुलमा पिसी वा ल्यापटप । यो अहिले धेरैको दैनिकी बनेको छ । पिसी (पर्सनल कम्प्युटर) वा ल्यापटपमा भएका सामग्रीका आधारमा हामीले धेरै प्रकारका प्रिजेन्टेसन गर्नुपर्ने हुन्छ । यो अवस्थामा पटक पटक टेबुल नजिक पुग्नु भन्दा हातमै भएको मोबाइलले पिसी वा ल्यापटपमा भएका सामग्रीलाई चलाउन सकियो भने कति सहज होला ?
यही सहजताका लागि नेपाली युवाहरुको समूहले एउटा एपको निर्माण गरेका छन् । एन्ड्रोइड पिसी कन्ट्रोलर नाम दिइएको उक्त एपलाई केही दिन अघि पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सम्पन्न लोकस २०१४ मा प्रदर्शन गरिएको थियो । उक्त एप सफ्टवेयर तर्फ पहिलो विजेता बनेको थियो । काठमाडौं इन्जिनियरिङ कलेजका कम्प्युटर इन्जिनियरिङ तेस्रो बर्षमा अध्ययनरत रबिराज केसी, रचेन्द्र पौडेल, सार्थक खनाल, शेखर चालिसो र आकाश सिंखडाको समूहले उक्त सफ्टवेयरमा आधारित एपको निर्माण गरेको हो ।
यही सहजताका लागि नेपाली युवाहरुको समूहले एउटा एपको निर्माण गरेका छन् । एन्ड्रोइड पिसी कन्ट्रोलर नाम दिइएको उक्त एपलाई केही दिन अघि पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सम्पन्न लोकस २०१४ मा प्रदर्शन गरिएको थियो । उक्त एप सफ्टवेयर तर्फ पहिलो विजेता बनेको थियो । काठमाडौं इन्जिनियरिङ कलेजका कम्प्युटर इन्जिनियरिङ तेस्रो बर्षमा अध्ययनरत रबिराज केसी, रचेन्द्र पौडेल, सार्थक खनाल, शेखर चालिसो र आकाश सिंखडाको समूहले उक्त सफ्टवेयरमा आधारित एपको निर्माण गरेको हो ।
Friday, July 18, 2014
चाइल्डएप एप्याथन
नेपाल इन्जिनियरिङ कलेजका बिद्यार्थी मिलन कार्की र दर्पन पुडासैनीले ‘इन्जिनियरिङ अड्डा’ नामक ग्रुपको निर्माण गरे । उनीहरुले खानेपानीको सुरक्षाको परीक्षण गर्ने र त्यसलाई म्यापमा विभिन्न जानकारी सहित देखाउने एप्लिकेसनको निर्माण गरे । विभिन्न समयको प्रशिक्षण पश्चात तीन दिनको अवधिमा निर्माण गरिएको उक्त एप्सले पहिलो पुरस्कार हात पा¥यो, जसमा उनीहरुले एक लाख रुपैया“ नगद पुरस्कार प्राप्त गरे । त्यसैगरी नेसनल कजेज अफ इन्जिनियरिङका ‘इचनियर्स’ ग्रुपले निर्माण गरेको भर्चुअल क्लासरुम सम्बन्धी एप्सले दोस्रो स्थान हासिल ग¥यो । बिबेक शर्मा चापागाई, समिरा शर्मा, सन्जिता शर्मा र बिबेक अवाले सम्मिलित उक्त समूहले निर्माण गरेको एप्सको सहयोगले कक्षा कोठाको वारेमा एसएमएसको सहायताले विभिन्न जानकारी दिन्छ । इन्स्टिच्युट अफ इन्जिनियरिङ, पुल्चोकका विद्यार्थीको ‘द राइजिङ कोडर्स’ समूहले जन्म दर्ता र यसको वारेमा एसएमएस मार्फत जानकारी दिने गरी निर्माण गरेको एप्सले तेस्रो स्थान हासिल ग¥यो । यी दुई समूहले क्रमशः ५० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे । राइजिङ कोडर्स समूहका अभिशेक पौडेल, अरुण कुमार अग्रवाल, मनिस चन्द्र र नवीन भट्टराईले निर्माण गरेको उक्त एप्सले बच्चा जन्मनु अघि र जन्मिसके पछि गरिने स्याहारका वारेमा एसएमएसमार्फत जानकारी दिन्छ
Friday, July 4, 2014
शरीर जोडिएका जुम्ल्याहा

Sunday, June 29, 2014
एसएलसी र उच्च शिक्षा वीचको अन्यौल
एकराज सुवेदी
एसएलसी परीक्षाको नतिजा प्रकाशन भएपछि सबै उतीर्ण विद्यार्थीको ध्यान उच्च शिक्ष्ाँमा केन्द्रीत भएको छ । उनिहरु एउटा खुड्किलो पार गरी अर्को खुड्किलोमा पाइला लम्काउने तयारीमा छन् । तर के ती पाइला सधै दहे बन्लान् त ? वास्तबमा यो अवस्थामा विद्यार्थी र तिनका अभिभावक समेतले एउटा बलियो निर्णय लिनु पर्ने आवश्यकता छ । नेपालको वर्तमान शिक्षा प्रणाली नै अलि अन्यौलतावाट गुज्रिएको छ । विद्यार्थीले पढ्नु पर्ने बाध्यता पनि छ र पढ्नकै लागि पनि कठीन अवस्था पार गर्नु पर्ने अवस्था समेत छ । फेरि एसएलसी र उच्च शिक्षाका वीचमा केही समस्या पनि छन् । विषय वा कलेज छनोटमा पनि त्यत्तिकै समस्या छन् । सही कलेज र विषय छनोट भएन भने भविष्य नै अन्धकार पनि हुनसक्छ । यस्तै विषयमा केन्द्रीत रही हामीले विभिन्न क्षेत्रका ब्यक्तित्वहरुसग छलफल ग¥यौ । छलफल कार्यक्रममा शिक्षाविद् डा. विद्यानाथ कोइराला, उच्च माध्यमिक विद्यालय संघ (हिसान) का अध्यक्ष उमेश श्रेष्ठ, उच्च माध्यमिक शिक्षा परिषद्का परीक्षा नियन्त्रक दुर्गा अर्याल र अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारी सहभागी हुनुभयो । उहा“हरुको भनाइको सारसंक्षेप यहा प्रस्तुत गरेका छौ ।
Subscribe to:
Posts (Atom)