
Sunday, July 20, 2014
फिफा पछि अब रोबोकप

पिसी कन्ट्रोलर र सेक्युरिटी अलार्म
हातमा मोबाइल, अनि टेबुलमा पिसी वा ल्यापटप । यो अहिले धेरैको दैनिकी बनेको छ । पिसी (पर्सनल कम्प्युटर) वा ल्यापटपमा भएका सामग्रीका आधारमा हामीले धेरै प्रकारका प्रिजेन्टेसन गर्नुपर्ने हुन्छ । यो अवस्थामा पटक पटक टेबुल नजिक पुग्नु भन्दा हातमै भएको मोबाइलले पिसी वा ल्यापटपमा भएका सामग्रीलाई चलाउन सकियो भने कति सहज होला ?
यही सहजताका लागि नेपाली युवाहरुको समूहले एउटा एपको निर्माण गरेका छन् । एन्ड्रोइड पिसी कन्ट्रोलर नाम दिइएको उक्त एपलाई केही दिन अघि पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सम्पन्न लोकस २०१४ मा प्रदर्शन गरिएको थियो । उक्त एप सफ्टवेयर तर्फ पहिलो विजेता बनेको थियो । काठमाडौं इन्जिनियरिङ कलेजका कम्प्युटर इन्जिनियरिङ तेस्रो बर्षमा अध्ययनरत रबिराज केसी, रचेन्द्र पौडेल, सार्थक खनाल, शेखर चालिसो र आकाश सिंखडाको समूहले उक्त सफ्टवेयरमा आधारित एपको निर्माण गरेको हो ।
यही सहजताका लागि नेपाली युवाहरुको समूहले एउटा एपको निर्माण गरेका छन् । एन्ड्रोइड पिसी कन्ट्रोलर नाम दिइएको उक्त एपलाई केही दिन अघि पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सम्पन्न लोकस २०१४ मा प्रदर्शन गरिएको थियो । उक्त एप सफ्टवेयर तर्फ पहिलो विजेता बनेको थियो । काठमाडौं इन्जिनियरिङ कलेजका कम्प्युटर इन्जिनियरिङ तेस्रो बर्षमा अध्ययनरत रबिराज केसी, रचेन्द्र पौडेल, सार्थक खनाल, शेखर चालिसो र आकाश सिंखडाको समूहले उक्त सफ्टवेयरमा आधारित एपको निर्माण गरेको हो ।
Friday, July 18, 2014
चाइल्डएप एप्याथन
नेपाल इन्जिनियरिङ कलेजका बिद्यार्थी मिलन कार्की र दर्पन पुडासैनीले ‘इन्जिनियरिङ अड्डा’ नामक ग्रुपको निर्माण गरे । उनीहरुले खानेपानीको सुरक्षाको परीक्षण गर्ने र त्यसलाई म्यापमा विभिन्न जानकारी सहित देखाउने एप्लिकेसनको निर्माण गरे । विभिन्न समयको प्रशिक्षण पश्चात तीन दिनको अवधिमा निर्माण गरिएको उक्त एप्सले पहिलो पुरस्कार हात पा¥यो, जसमा उनीहरुले एक लाख रुपैया“ नगद पुरस्कार प्राप्त गरे । त्यसैगरी नेसनल कजेज अफ इन्जिनियरिङका ‘इचनियर्स’ ग्रुपले निर्माण गरेको भर्चुअल क्लासरुम सम्बन्धी एप्सले दोस्रो स्थान हासिल ग¥यो । बिबेक शर्मा चापागाई, समिरा शर्मा, सन्जिता शर्मा र बिबेक अवाले सम्मिलित उक्त समूहले निर्माण गरेको एप्सको सहयोगले कक्षा कोठाको वारेमा एसएमएसको सहायताले विभिन्न जानकारी दिन्छ । इन्स्टिच्युट अफ इन्जिनियरिङ, पुल्चोकका विद्यार्थीको ‘द राइजिङ कोडर्स’ समूहले जन्म दर्ता र यसको वारेमा एसएमएस मार्फत जानकारी दिने गरी निर्माण गरेको एप्सले तेस्रो स्थान हासिल ग¥यो । यी दुई समूहले क्रमशः ५० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे । राइजिङ कोडर्स समूहका अभिशेक पौडेल, अरुण कुमार अग्रवाल, मनिस चन्द्र र नवीन भट्टराईले निर्माण गरेको उक्त एप्सले बच्चा जन्मनु अघि र जन्मिसके पछि गरिने स्याहारका वारेमा एसएमएसमार्फत जानकारी दिन्छ
Friday, July 4, 2014
शरीर जोडिएका जुम्ल्याहा

Sunday, June 29, 2014
एसएलसी र उच्च शिक्षा वीचको अन्यौल
एकराज सुवेदी
एसएलसी परीक्षाको नतिजा प्रकाशन भएपछि सबै उतीर्ण विद्यार्थीको ध्यान उच्च शिक्ष्ाँमा केन्द्रीत भएको छ । उनिहरु एउटा खुड्किलो पार गरी अर्को खुड्किलोमा पाइला लम्काउने तयारीमा छन् । तर के ती पाइला सधै दहे बन्लान् त ? वास्तबमा यो अवस्थामा विद्यार्थी र तिनका अभिभावक समेतले एउटा बलियो निर्णय लिनु पर्ने आवश्यकता छ । नेपालको वर्तमान शिक्षा प्रणाली नै अलि अन्यौलतावाट गुज्रिएको छ । विद्यार्थीले पढ्नु पर्ने बाध्यता पनि छ र पढ्नकै लागि पनि कठीन अवस्था पार गर्नु पर्ने अवस्था समेत छ । फेरि एसएलसी र उच्च शिक्षाका वीचमा केही समस्या पनि छन् । विषय वा कलेज छनोटमा पनि त्यत्तिकै समस्या छन् । सही कलेज र विषय छनोट भएन भने भविष्य नै अन्धकार पनि हुनसक्छ । यस्तै विषयमा केन्द्रीत रही हामीले विभिन्न क्षेत्रका ब्यक्तित्वहरुसग छलफल ग¥यौ । छलफल कार्यक्रममा शिक्षाविद् डा. विद्यानाथ कोइराला, उच्च माध्यमिक विद्यालय संघ (हिसान) का अध्यक्ष उमेश श्रेष्ठ, उच्च माध्यमिक शिक्षा परिषद्का परीक्षा नियन्त्रक दुर्गा अर्याल र अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारी सहभागी हुनुभयो । उहा“हरुको भनाइको सारसंक्षेप यहा प्रस्तुत गरेका छौ ।स्मार्टफोन बजारमा अमेजनको प्रवेश
अनलाईन सपिङ कम्पनीको रुपमा प्रसिद्ध कम्पनी अमेजन पनि स्मार्टफोनको बजारमा प्रवेश गरेको छ । अमेजन डट कमले पहिलो स्मार्टफोनको रुपमा ‘फायर’ लाई बजारमा ल्याएको घोषणा गरेको छ । थ्रीडी प्रविधियुक्त उक्त स्मार्टफोनमा थ्रीडी साउन्डका साथ थ्रीडी भिडियो पनि हेर्न सकिन्छ । ४ दशमलव ७ इन्चको डिस्प्ले भएको उक्त स्मार्टफोनको पिक्चर क्वालिटी निकै नै आकर्षक हुनेछ । यसमा चार वटा फ्रन्ट फेसिङ क्यामेरा छन्, जसले युजरको हेड मनिटर गर्न सक्छ, जसका कारण स्क्रिनमा इमेजलाई एड्जस्ट गर्न सकिन्छ ।
खेलाडीका साथ
बिश्वकप फुटबलको नशा चढेको छ कि छैन ? नेपाली समय अनुसार रातमा खेलिने हुनाले धेरै खेल हेर्न पाएका छैनौ होला । तर पनि कहिलेकाही खेल हेर्दा रमाइलो पनि हुन्छ । तिमीले खेलको शुरुको दृश्यमा याद गरेका हौला, सबै खेलाडीहरुस“ग तिमीहरु जस्तै साना साथीहरु पनि हात समाएर रंगशालामा प्रबेश गर्छन् । खेलाडीले राष्ट्रिय गान गाउदा उनीहरु पनि साथै हुन्छन् । खेलाडी त खेल्नका लागि जान्छन् । तर ती साना साथी को होलान् ? थाहा छ ? किन गएका होलान् ? कसरी गएका होलान् ? जान्न चासो लागेको होला नि, होइन ?
Wednesday, June 25, 2014
फोर्ड फायरवर्क शो
अमेरिकी सहर डेट्रोयटमा मंगलबार राती ५६ औं फोर्ड फायरवर्क शोको आयोजना गरियो । उक्त अवसरमा करिब २३ मिनेटसम्म १० हजार पटक आतिशबाजि गरियो । उक्त फायरवर्क शोको आयोजना फोर्ड मोटर कम्पनीले गरेको थियो । फोर्डले प्रत्येक बर्ष यस प्रकारको शोको आयोजना गर्छ । उक्त आतिशबाजीका लागि ३ हजार ६ सय ३० किलोग्राम पटाकालाई एक सय कम्प्युटरको सहयोगले जोडिएको थियो । कम्प्युटरको सहयोगले आतिशबाजी गरिनुलाई ‘पाइरोटेक्निक प्रणाली’ भनिन्छ । उक्त प्रणालीमा पटाका पड्काउने तथा प्याटर्न र रंग निर्धारण गर्ने कार्य गरिन्छ । बिश्वका विभिन्न स्थानबाट आएका १० बिशेषज्ञले उक्त प्रणालीलाई प्रयोगमा ल्याएका थिए ।
Monday, June 23, 2014
अन्यौलमा विषय छनोट
एकराज सुवेदी
एसएलसी परीक्षाको नतिजा प्रकाशन भएपछि सबै उतीर्ण विद्यार्थीको ध्यान उच्च शिक्ष्ाँमा केन्द्रीत भएको छ । उनिहरु एउटा खुड्किलो पार गरी अर्को खुड्किलोमा पाइला लम्काउने तयारीमा छन् । विद्यार्थीले पढ्नु पर्ने बाध्यता पनि छ र पढ्नकै लागि पनि कठीन अवस्था पार गर्नु पर्ने अवस्था समेत छ । यो समय उनिहरुका लागि अन्यौलको समय हो । कतिपय विद्यार्थीले कुन विषय कुन कलेजमा पढ्ने भन्ने कुरा निश्चित गरिसकेका छन् भने कतिपय विद्यार्थीका लागि यो कार्य अझै बा“की छ । स्कुल र कलेजवीचको स“घारको यो अवस्थामा उनिहरुमा एक प्रकारको उत्साह पनि छ ।
सामाजिक सञ्जाल र प्रविधिमा बिश्वकप
नेपालमा कतिपय कम्पनी वा संस्थाहरुले फुटबलको बारेमा आधिकारिक जानकारी दिनका लागि फेसबुक एकाउन्ट नै प्रयोग गरेका छन् । मोबाइल सेवा प्रदायक संस्था नेपाल टेलिकमले नै आफ्नो आधिकारिक फेसबुक एकाउन्टमा यस्तो व्यवस्था गरेको छ । उक्त एकाउन्ट मार्फत खेलको पलपलको जानकारी लिन सकिन्छ । यो वाहेक त्यहाँ राखिएका विभिन्न प्रश्नको उत्तर दिएर उपहार पाउन सकिन्छ भने विभिन्न जानकारी लिन पनि सकिन्छ ।
Subscribe to:
Posts (Atom)