The United Traders Syndicate Pvt. Ltd has successfully conducted The Toyota
Etios Cross Rally held on the 29th of September 2014, Monday in the
capital city of Kathmandu and Lalitpur. The rally included the use of 7
different colored Toyota Etios Cross vehicles which were driven by Company
Staff. The rally started at 2pm in the afternoon and ended at 5pm within an
estimated 3hr time frame by covering an approximate distance of 30km around the
major locations of Kathmandu and Lalitpur city.Wednesday, October 8, 2014
Toyota Etios Cross Rally
The United Traders Syndicate Pvt. Ltd has successfully conducted The Toyota
Etios Cross Rally held on the 29th of September 2014, Monday in the
capital city of Kathmandu and Lalitpur. The rally included the use of 7
different colored Toyota Etios Cross vehicles which were driven by Company
Staff. The rally started at 2pm in the afternoon and ended at 5pm within an
estimated 3hr time frame by covering an approximate distance of 30km around the
major locations of Kathmandu and Lalitpur city.Saturday, September 27, 2014
अनलाइन उपहार
दसै र तिहार जस्ता चाडपर्वको मौसम आएको छ । यद्यपि सबै नेपाली परिवारले एक साथ बसेर दसै तिहार मनाउन सकिने अवस्था नहुन पनि सक्छ । खासगरी विदेशमा बस्ने बढ्दो प्रचलनका कारण यस्तो अवस्था आउछ । त्यति मात्र होइन, परिवार साथमा भए पनि नेपालमा रहेका आफन्तहरुको सम्झनाले पनि सताउन सक्छ । यो अवस्थामा परिवार वा आफन्तलाई चाडपर्वको अवसरमा केही उपहार दिन सकिन्छ । त्यसका लागि विदेशबाट सिधै सामान नै पठाइदिनु पर्ने अवस्था अब छैन । विदेशबाटै कम्प्युटरमा गरेको एक क्लिकका भरमा नेपालमा रहेका आफन्तको घरैमा उपहार आइपुग्न सक्छ । दसैको अवसरमा आफुले पैसा नतिरेरै घरैमा खसी आइपुग्यो वा नया“ केही सामान आयो भने आश्चर्य नहोला र ? तर प्रविधिको बढ्दो प्रयोगका कारण यो सबै सम्भव हुनसकेको छ ।दसैको उपहार स्मार्टफोन
नेपालीहरुको घर आगनमा विजयादशमी तथा शुभ दिपावलीको रमझम भित्रि सकेको छ । दसै तिहारमा नया“ लुगा किन्ने , मिठो खाना खाने चलन पूरानै हो । जीवनस्तरमा आएको परिवर्तनस“गै यही चाडबाडको वेलामा किनमेल संस्कृतिमा पनि परिवर्तन आएको छ । अब नेपालीहरु यस्ता अवसरमा स्मार्टफोन किन्न समेत रुचाउन थालेका छन् । जागिर र व्यवसाय हुनेहरुले अलि अलि थपथाप गरेर र नहुनेहरुले जम्मा गरेको पैसाले आफुलाई मन लागेको स्मार्टफोन किन्ने वा कसैलाई उपहार दिने चलन पनि बढेर गएको छ । यही समयमा कम्पनीहरुले विभिन्न प्रकारका उपहार र छुटको व्यवस्था पनि गरेका हुन्छन् । आफ्नो उत्पादनको प्रवद्धन र विक्री गर्ने उद्धेश्यले कम्पनी अनुसार नगद सहित विभिन्न योजना अगाडी सारेका हुन्छन् । आफ्नो शोखको स्मार्टफोन किन्न दसै कुरेकाहरुलाई यो राम्रो अवसर पनि हो ।Sunday, September 21, 2014
डल हस्पिटल
तिम्रो घरमा खेलौना अर्थात डल छ ? यो बिग्रियो भने के गर्छौ ? सायद फ्याकिदिन्छौ होला । तर अष्ट्रेलियाको सिड्नीमा यस्ता बिग्रिएका खेलौना बनाउने अस्पताल नै छ । यसको नाम नै ‘डल हस्पिटल’ राखिएको छ । सन् १९१३ मा यसको स्थापना भएको थियो । त्यतिखेर ह्यारोल्ड च्यापम्यान सिनियरले यसको स्थापना गरेका थिए । त्यसपछि उनका भाइले जापानबाट विभिन्न प्रकारका डलहरु लिएर बिक्री गर्थे । पछि यस्ता डल मर्मत गर्ने क्रम पनि बढ्यो । पछि सन् १९३० देखि उनका छोरा च्यापम्यान जुनियरले यो पेशा अंगाले । पछिल्लो समयमा यहा छालाका सामान, खेलौना र छाताहरु समेत मर्मत गर्न थालियो । हाल च्यापम्यान जुनियरका छोरा जियोफले यो संचालन गरिरहेका छन् । यो हस्पिटलमा अष्ट्रेलिया बाहेक न्युजिल्यान्डबाट समेत मर्मतका लागि डल ल्याइन्छन् । साना बालबालिकाले आफ्नो बिग्रिएको डल मर्मत भएको देख्दा ब्यक्त गर्ने खुशी हेर्नकै लागि पनि यो पेशा निकै नै रोमान्चक रहेको जियोफले बताएका छन् । यहा डल मर्मत बाहेक बिक्री पनि गरिन्छ ।
डल हस्पिटलमा अहिले तेस्रो पुस्ताले संचालन गरिरहेका छन् । बाजे, बुवा अनि नातीले । मर्मत गर्ने सीप पनि उनीहरुले परिवारबाटै सिकेका हुन् । कुनै रोगको विशेषज्ञ चिकित्सक भए जस्तै फरक फरक प्रकारका डल मर्मत गर्नका लागि फरक ब्यक्ति छन् । पुरानो जमानाका डलदेखि लिएर आधुनिक डलसम्म यहा“ मर्मत गरिन्छ । टेडी बियरदेखि सफ्ट टोय र रकिङ हर्ससम्म यहा“ मर्मत गरिन्छ । यो वाहेक सुटकेश, ह्यान्ड ब्याग र छाता समेत मर्मत हुन्छन् । अहिले सम्म उक्त हस्पिटलमा ३० लाख डल मर्मत गरिएका छन् । साना नानीहरुले आफ्नो डल बिग्रदा दुखी हुने र पछि मर्मत गरेर फेरि पहिलेकै जस्तो बन्दा खुशी हुने गर्छन् । उनीहरुमा भएको त्यो खुशी देख्दा आफुलाई निकै नै सन्तुष्टी मिल्ने जियोफको भनाई छ ।
Saturday, September 20, 2014
सफ्टेकमा सफ्टवेयर
कम्प्यूुटर एशोसिएसन अफ नेपाल (क्यान) ले बर्षेनी आयोजना गर्दै आएको क्यान सफ्टेक २०१४ गत भाद्र २६ देखि २९ सम्म राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी सम्पन्न भएको छ । उक्त प्रदर्शनीमा सफ्टवेयर, सर्भिसेज, सोलुुसन् र कम्यूूनिकेशनको क्षेत्रमा विकास भएका नयां–नयां प्रविधिको प्रदर्शन गरिएको थियो । सफ्टेक भएकाले यसमा विशुद्ध रुपमा सफ्टवेयरका वारेमा जानकारी प्रदान गरियो । सुुविसुु क्यान सफ्टेक २०१४ इन एशोसियसन विथ नियो ईआरपीमा जम्मा १ सय ४२ वटा स्टलहरु रहेका थिए । सफ्टवेयरको क्षेत्रमा शिक्षा, कम्प्यूूटर सुुरक्षा, बैंकिङ्क, सूूचना व्यवस्थापन, लेखा व्यवस्थापन, एन्टिभाइरस र अस्पताल व्यवस्थापन लगायतका सफ्टवेयरहरु रहेका थिए । प्रदर्शनीमा रहेका केही मुख्य सफ्टवेयरहरु यस प्रकार रहेका थिए ।
Sunday, September 7, 2014
प्ले स्टोरको विकल्प एप्स झोला
एकराज सुवेदी
गुगल प्ले स्टोर हामी धेरैले प्रयोग गर्छौ । विभिन्न प्रकारका एप्स डाउनलोड गर्न यसको प्रयोग गरिन्छ । संसारमा एन्ड्रोइड भर्सनका जति पनि एप्स निर्माण हुन्छन्, ती सबै प्ले स्टोरमा संग्रहित हुन्छन् । आफुलाई आवश्यक एप्स डाउनलोड गरी प्रयोग गर्न सकिन्छ ।तर गुगल प्ले स्टोरमा यति धेरै एप्स छन्, ती सबैको बारेमा जानकारी लिन पनि गाहे हुन्छ । नेपाली एप्स निर्माताहरुले बनाएका एप्स संग्रह गर्ने छुट्टै स्थान भइदिए कति राम्रो हुन्थ्यो ? यही समस्याको समाधानका रुपमा एप्स झोला आएको छ । नेपाली नाम झोलाबाट नै यसको अर्थ प्रस्ट हुन्छ । झोलामा धेरै प्रकारका एप्स संग्रहित छन्, जुन नेपाली डेभलपरहरुले निर्माण गरेका हुन् ।
Sunday, July 20, 2014
फिफा पछि अब रोबोकप
फुटबलको महाकुम्भ बिश्वकप समाप्त भएको छ । तर बिश्वकप सम्पन्न भएकै राष्ट्र ब्राजिलमा त्यही स्टाइलमा अर्को बिश्वकप फेरि प्रारम्भ भएको छ । तर उक्त बिश्वकपमा मानिस भने खेल्ने छैनन् । बरु मानिसको सट्टामा रोबोटका वीचमा फुटबल हुदैछ । रोबोकप २०१४ नाम दिइएको उक्त खेल भोलिबाट प्रारम्भ भई ६ दिनसम्म चल्नेछ । बिश्वका विभिन्न ४५ राष्ट्रका ४ हजार इन्जिनियर र बैज्ञानिकहरु उक्त खेलमा प्रत्यक्ष संलग्न हुदैछन्, जसले निर्माण गरेका रोबोटका वीचमा फुटबल खेल हुनेछ । उक्त खेलमा स्वतन्त्र तथा रिमोट–फ्रि रोबोटले वास्तबिक फुटबल खेल्दाकै नियममा आधारित रहेर फुटबल खेल खेल्नेछन् । खेलमा अनियमितता नहोस् भन्ने उद्देश्यले मानिस र रोबोट दुवैले रेफ्रिको भूमिका निभाउनेछन् ।पिसी कन्ट्रोलर र सेक्युरिटी अलार्म
हातमा मोबाइल, अनि टेबुलमा पिसी वा ल्यापटप । यो अहिले धेरैको दैनिकी बनेको छ । पिसी (पर्सनल कम्प्युटर) वा ल्यापटपमा भएका सामग्रीका आधारमा हामीले धेरै प्रकारका प्रिजेन्टेसन गर्नुपर्ने हुन्छ । यो अवस्थामा पटक पटक टेबुल नजिक पुग्नु भन्दा हातमै भएको मोबाइलले पिसी वा ल्यापटपमा भएका सामग्रीलाई चलाउन सकियो भने कति सहज होला ?
यही सहजताका लागि नेपाली युवाहरुको समूहले एउटा एपको निर्माण गरेका छन् । एन्ड्रोइड पिसी कन्ट्रोलर नाम दिइएको उक्त एपलाई केही दिन अघि पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सम्पन्न लोकस २०१४ मा प्रदर्शन गरिएको थियो । उक्त एप सफ्टवेयर तर्फ पहिलो विजेता बनेको थियो । काठमाडौं इन्जिनियरिङ कलेजका कम्प्युटर इन्जिनियरिङ तेस्रो बर्षमा अध्ययनरत रबिराज केसी, रचेन्द्र पौडेल, सार्थक खनाल, शेखर चालिसो र आकाश सिंखडाको समूहले उक्त सफ्टवेयरमा आधारित एपको निर्माण गरेको हो ।
यही सहजताका लागि नेपाली युवाहरुको समूहले एउटा एपको निर्माण गरेका छन् । एन्ड्रोइड पिसी कन्ट्रोलर नाम दिइएको उक्त एपलाई केही दिन अघि पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सम्पन्न लोकस २०१४ मा प्रदर्शन गरिएको थियो । उक्त एप सफ्टवेयर तर्फ पहिलो विजेता बनेको थियो । काठमाडौं इन्जिनियरिङ कलेजका कम्प्युटर इन्जिनियरिङ तेस्रो बर्षमा अध्ययनरत रबिराज केसी, रचेन्द्र पौडेल, सार्थक खनाल, शेखर चालिसो र आकाश सिंखडाको समूहले उक्त सफ्टवेयरमा आधारित एपको निर्माण गरेको हो ।
Friday, July 18, 2014
चाइल्डएप एप्याथन
नेपाल इन्जिनियरिङ कलेजका बिद्यार्थी मिलन कार्की र दर्पन पुडासैनीले ‘इन्जिनियरिङ अड्डा’ नामक ग्रुपको निर्माण गरे । उनीहरुले खानेपानीको सुरक्षाको परीक्षण गर्ने र त्यसलाई म्यापमा विभिन्न जानकारी सहित देखाउने एप्लिकेसनको निर्माण गरे । विभिन्न समयको प्रशिक्षण पश्चात तीन दिनको अवधिमा निर्माण गरिएको उक्त एप्सले पहिलो पुरस्कार हात पा¥यो, जसमा उनीहरुले एक लाख रुपैया“ नगद पुरस्कार प्राप्त गरे । त्यसैगरी नेसनल कजेज अफ इन्जिनियरिङका ‘इचनियर्स’ ग्रुपले निर्माण गरेको भर्चुअल क्लासरुम सम्बन्धी एप्सले दोस्रो स्थान हासिल ग¥यो । बिबेक शर्मा चापागाई, समिरा शर्मा, सन्जिता शर्मा र बिबेक अवाले सम्मिलित उक्त समूहले निर्माण गरेको एप्सको सहयोगले कक्षा कोठाको वारेमा एसएमएसको सहायताले विभिन्न जानकारी दिन्छ । इन्स्टिच्युट अफ इन्जिनियरिङ, पुल्चोकका विद्यार्थीको ‘द राइजिङ कोडर्स’ समूहले जन्म दर्ता र यसको वारेमा एसएमएस मार्फत जानकारी दिने गरी निर्माण गरेको एप्सले तेस्रो स्थान हासिल ग¥यो । यी दुई समूहले क्रमशः ५० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे । राइजिङ कोडर्स समूहका अभिशेक पौडेल, अरुण कुमार अग्रवाल, मनिस चन्द्र र नवीन भट्टराईले निर्माण गरेको उक्त एप्सले बच्चा जन्मनु अघि र जन्मिसके पछि गरिने स्याहारका वारेमा एसएमएसमार्फत जानकारी दिन्छ
Friday, July 4, 2014
शरीर जोडिएका जुम्ल्याहा
अमेरिकाको ओहायो निवासी रोनी र डोनी गाल्योन आगामी अक्टोबरमा ६३ बर्ष पुग्दैछन् । त्यतिखेर उनीहरु संसारकै सर्वाधिक लामो समय बा“च्ने शरीर जोडिएका जुम्ल्याहा हुनेछन् । यो हप्ता भने उनीहरुले अर्को एउटा कीर्तिमान पनि भंग गरेका छन् । यो भन्दा पहिले थाई जुम्ल्याहा चाङ र इङ बङकर यति लामो समय बा“चेका थिए । रोनी र डोनीले आफ्नो प्रेरणाको स्रोत चाङ र इङलाई मान्छन् । उनीहरुको सन् १८७४ मा नर्थ क्यारोलिनामा मृत्यु भएको थियो । सन् १९४० मा इटालियन जुम्ल्याहा जियाकोमो र जियोभानी बाटिस्टा टोसीको ६३ बर्षको उमेरमा मृत्यु भएको थियो । यो बर्षको अन्त्यसम्म रोनी र डोनी बा“चे भने यो कीर्तिमान पनि भंग हुनेछ ।
Subscribe to:
Comments (Atom)


.jpg)
