Saturday, May 18, 2013

अनलाइनमै खाना र खाजा

एकराज सुवेदी
केही समय अघि खाना पारखीहरुलाई मध्यनजर राख्दै सिंहा ग्रुपले इजि खाना डट कम नामक अनलाइन सेवा प्रारम्भ गर्यो । यो सेवा मार्फत खाना पारखीहरुले रेष्टुराका बारेमा पुर्ण जानकारी लिन सक्छन् । सिंहा ग्रुपका कार्यकारी अधिकृत अरनिको सिंहका अनुसार खाना संस्कृतिमा परिवर्तन आएकाले तिनलाई सजिलो वनाउन वेबसाईट सहयोगी रहने छ ।

Sunday, May 12, 2013

बजाजको डिस्कभर १०० टी


मोटरसाइकल ब्राण्ड बजाजले संसारकै सबैभन्दा उत्कृष्ट दाबी सहित १०० सिसीको बाइक डिस्कभर १०० टी नेपाली बजारमा ल्याएको छ । कम्पनीले १०० सिसी मोटरसाइकल सेगमेन्टमा एउटा पुर्णतः नयाा आयाम थप्नको लागि यसको डिजाइन गरिएको जनाएको छ । बजाजको पेटेन्टेड ४ भल्भ डिटिएसआई टेक्नोलोजी युक्त यस बाइकले अविश्वसनिय १० दशमलव २ पिएस पावर दिन्छ जुन १०० सिसीका अन्य मोटरसाइकलभन्दा ३० प्रतिशत बढी हो ।  यसले ८७ किलोमिटर प्रति लिटरको माइलेज दिने कम्पनीको दाबी छ ।

Saturday, May 11, 2013

गुडबाई हटमेल

माइक्रोसफ्टले हटमेल डट कम एकाउन्टमा भएका इमेल र अन्य डाटालाई आउटलुक डट कममा प्रतिस्थापन गरेको आधिकारिक जानकारी दिएको छ । माइक्रोसफ्टको यो घोषणासँगै अब हटमेलको अस्तित्व पनि औपचारिक रुपमा समाप्त भएको छ । गत ६ हप्ताको अवधिमा माइक्रोसफ्टले १ सय ५० पेटाबाइट भन्दा बढी इमेल सेवालाई प्रतिस्थापन गरेको जनाएको छ । एक हजार गिगाबाइट बराबर एक टेराबाइट हुन्छ । त्यसैगरी एक हजार टेराबाइट बराबर एक पेटाबाइट अर्थात पिबी हुन्छ ।

प्रयोगमा गुगल ग्लास

- एकराज सुवेदी

लामो समयको चर्चासँगै गुगल ग्लास प्रयोगमा आएको छ । तर यो बजारमा भने आइसकेको छैन । यसको अर्थ गुगल ग्लासको प्रयोग केही ब्यक्तिले गर्न थालेका छन् । गुगल ग्लासलाई एक प्रकारको चश्मा भन्न सकिन्छ । तर यो हेर्नका लागि प्रयोग गरिने चश्मा भने होइन । यसलाई बरु एक प्रकारको स्मार्टफोन भन्न सकिन्छ किनकी यसले स्मार्टफोनले जस्तै काम गर्छ । तर यसको डिस्प्ले स्त्रिmनमा औलाले छुन पर्दैन । यसले भ्वाइस कमान्डका आधारमा काम गर्नेछ । इमेल चलाउन, तस्बिर खिच्न, सोसियल नेटवर्किङ साइट चलाउन आदि सबै कार्यका लागि बोलेर कमान्ड दिदा सबै काम सम्पन्न हुनेछन् ।

Wednesday, May 8, 2013

गाडीमा म्युजिक सिस्टम

एकराज सुवेदी

राजधानीबाट आफ्नो गृहजिल्ला दाङ जानका लागि निरजले सधै राप्ती सार्वजनिक यातायातको प्रयोग गर्छन् । पहिले गाडी चढिसके पछि गाडीको अघिल्लो भागमा बज्ने स“गीतस“गै रमाउदै उनी बाटो कटेको पत्तै पाउदैनथे । अहिले उनीस“ग राम्रो स“गीत बज्ने मोबाइल पनि छ । अहिले पनि लामो दूरीको यात्रा गर्दा बिकल्पको रुपमा यो मोबाइल प्रयोग गर्छन् । तर गाडीमा बज्ने स“गीतको रौनक अर्कै हुने निरजको अनुभव छ । उनी सकेसम्म गाडीमै बज्ने स“गीत सुन्न रुचाउछन् ।

सवारी साधनमा म्युजिक सिस्टमको प्रयोग हुन थालेको धेरै भइसक्यो । लामो यात्रामा निस्कने ठूला बसहरु हुन् वा छोटो दूरीमा प्रयोग गरिने सार्वजनिक सवारी साधनहरु हुन् अथवा निजी प्रयोजनमा प्रयोग गरिने कार, जीपलगायतका चिटिक्क परेका सवारी साधन नै किन नहुन् । अहिले शतप्रतिशत सवारी साधनमा म्युजिक सिस्टम राख्नुपर्ने बाध्यता भएको छ ।

आइफोनदेखि आइपोपसम्म

- एकराज सुवेदी

केही दिन अघि सामसुङले पनि स्मार्ट वाच बजारमा लिने तयारी गरेको समाचार आयो । याहुमा भएको यो समाचार हेरेपछि एक जना पाठकले प्रतिक्रिया लेखे – भविष्यमा आइवाच पहिरेर आइकारमा चढ्ने धेरै मानिसहरु आइरेष्टुरा“मा आइफेमलीका साथ गएर आइफुड खानेछन् । रमाइलोका लागि लेखिएको भए पनि यो प्रतिक्रियालाई सामान्य ठट्टा मात्र मान्ने भने सकिदैन । भविष्यमा सूचना प्रविधिका यति धेरै सम्भावना देखिएका छन्, जसले गर्दा आइवाच र आइकार मात्र होइन, आइफेमली र आइरेष्टुरा“देखि आइफुड सम्म उपलब्ध नहोलान् भन्न सकिदैन ।


ह्याप्पी बर्थडे ट्विटर


- एकराज सुवेदी
माक्रोब्लगिङ साइटका रूपमा परिचित ट्विटर सात वर्षको भएको छ। सन् २००६ को मार्च २१ का दिन अमेरिकी वेब डेभलपर ज्याक डोर्सेले पहिलो ट्विट गरेका थिए। उनले 'जस्ट सेटिङ माइ टुटर' लेखेर यसको सुरुवात गरेका थिए। त्यसैले यो दिनलाई ट्विटरको जन्म दिन मानिन्छ। सात वर्षपछि अहिले आएर यसका २० करोड सक्रिय सदस्य छन् भने प्रतिदिन ४० करोड ट्विट गरिन्छन्। ट्विटरका संस्थापक ज्याक डोर्से, इभान विलियम्स तथा बिज स्टोनलाई मानिन्छ।

प्लेब्वाइ म्यागेजिनका वास्तविक प्लेब्वाइ


- एकराज सुवेदी
प्लेब्वाइ निकै चर्चित पत्रिका हो। ल्यामरको संसारमा यसको बेग्लै स्थान छ। यसको कभर पेजमा आउन संसारभरका मोडलहरू मरिहत्ते गर्छन्।  प्लेब्वाइ पत्रिकाका संस्थापक तथा चिफ क्रिएटिभ अफिसर ह्युग हेफनर पनि उत्तिकै रसिक छन्। खासगरी महिलाका मामिलामा उनी निकै नै  चर्चित छन्। 
नयाँ वर्ष सन् २०१३ को पूर्वसन्ध्या अर्थात न्यू इयर इभ उनका लागि महत्वपूर्ण रह्यो। आफ्नो घर अर्थात् प्लेब्वाइ मेन्सनमा हेफ्नरले  क्रिस्टल ह्यारिसका साथ विवाह गरेको औपचारिक घोषणा गरे। ८६ वर्षीय हेफ्नरले २६ वर्षीया क्रिस्टलसँग गरेको यो विवाहका कारण उनी  फेरि एकपटक चर्चामा आएका छन्।