हामी गुगलमा विभिन्न विषयका वारेमा खोजी
गर्छौ । यसलाई गुगल सर्च भनिन्छ । कतिपयले सजिलोका लागि यसलाई गुगल गर्ने
पनि भन्छन् । गुगलको लोकप्रियताले गर्दा यसको नाम नै विभिन्न शब्दले
पुकारिन्छ । भनिन्छ, यसमा जे खोज्दा पनि पाइन्छ । यसको अर्थ जुन
विषयवस्तुका वारेमा पनि यसमा खोजी गर्न सकिन्छ । हामीलाई ब्यावहारिक रुपमा
काम लाग्ने कतिपय कुरा पनि यसमा खोजी अर्थात सर्च गर्न सकिन्छ ।
Monday, July 22, 2013
Saturday, July 20, 2013
Friday, July 19, 2013
व्यस्त जीवनका लागि आफ्नै गाडी आवश्यक
‘सफल व्यक्ति बन्न हरेक काम समयमा गर्नु पर्छ । त्यसका लागी समयमै कार्य क्षेत्रमा पुग्नु पर्छ । काठमाडौ जस्तो व्यस्त सहरमा यी सबै कार्यका लागि आफ्नै गाडी आवश्यक छ ।’ यो भनाई हो चलचित्र निर्देशक दिपक श्रेष्ठको । डेढ दर्जन भन्दा बढी चलचित्रको निर्देशन गरिसक्नु भएका श्रेष्ठका अधिकासं चलचित्र सफल भएका छन् । यसर्थ उहाँ निकै सफल निर्देशक हुनुहुन्छ । उहाँको सफलताको राज उहाँकै भनाईमा उहाँको आफ्नै सवारी साधन पनि हो । अहिले उहाँले चढि रहेको गाडि हुन्डाईको आठ लटको स्यान्ट्रो हो । उहाँ २ वर्ष देखि यो गाडि चढी रहनु भएको छ । उहाँको यो पहिलो गाडि हो । काठमाडौमा उहाँले गाडि चढ्नु अघि कहिले पनि मोटर साईकल चढ्नु भएन । चलचित्रको कामको सिलसिलामा उहाँले सधै निर्माताको कुनै साधन प्रयोग गर्नु भयो भने अन्य अवस्थामा ट्याक्सी चढेरै दश वर्ष विताउनु भयो ।
अत्याधुनिक प्रविधिका साथ भिस्टा डि ९०
टाटाको नया कार भिस्टा डि ९० केही समय अघि नेपाली बजारमा पनि उपलब्ध भयो । हेर्दा सामान्य लाग्ने, तर विभिन्न पछिल्ला प्रविधिले सुसज्जित यो कार नेपाली बजारमा पनि लोकप्रिय हुने आशा गरिएको छ । हामीले पनि भिस्टा डि ९० को डिजेल भर्सन कारलाई टेस्ट ड्राइभ गर्ने अवसर पायौ । यसका विभिन्न विशेषतका वारेमा जानकारी लिने अवसर मिल्यो ।
Tuesday, July 16, 2013
महिन्द्राको क्वान्टो नेपालमा

Subscribe to:
Posts (Atom)