Sunday, June 29, 2014

एसएलसी र उच्च शिक्षा वीचको अन्यौल

एकराज सुवेदी 
एसएलसी परीक्षाको नतिजा प्रकाशन भएपछि सबै उतीर्ण विद्यार्थीको ध्यान उच्च शिक्ष्ाँमा केन्द्रीत भएको छ । उनिहरु एउटा खुड्किलो पार गरी अर्को खुड्किलोमा पाइला लम्काउने तयारीमा छन् । तर के ती पाइला सधै दहे बन्लान् त ? वास्तबमा यो अवस्थामा विद्यार्थी र तिनका अभिभावक समेतले एउटा बलियो निर्णय लिनु पर्ने आवश्यकता छ । नेपालको वर्तमान शिक्षा प्रणाली नै अलि अन्यौलतावाट गुज्रिएको छ । विद्यार्थीले पढ्नु पर्ने बाध्यता पनि छ र पढ्नकै लागि पनि कठीन अवस्था पार गर्नु पर्ने अवस्था समेत छ । फेरि एसएलसी र उच्च शिक्षाका वीचमा केही समस्या पनि छन् । विषय वा कलेज छनोटमा पनि त्यत्तिकै समस्या छन् । सही कलेज र विषय छनोट भएन भने भविष्य नै अन्धकार पनि हुनसक्छ । यस्तै विषयमा केन्द्रीत रही हामीले विभिन्न क्षेत्रका ब्यक्तित्वहरुसग छलफल ग¥यौ । छलफल कार्यक्रममा शिक्षाविद् डा. विद्यानाथ कोइराला, उच्च माध्यमिक विद्यालय संघ (हिसान) का अध्यक्ष उमेश श्रेष्ठ, उच्च माध्यमिक शिक्षा परिषद्का परीक्षा नियन्त्रक दुर्गा अर्याल र अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारी सहभागी हुनुभयो । उहा“हरुको भनाइको सारसंक्षेप यहा प्रस्तुत गरेका छौ ।

स्मार्टफोन बजारमा अमेजनको प्रवेश


अनलाईन सपिङ कम्पनीको रुपमा प्रसिद्ध कम्पनी अमेजन पनि स्मार्टफोनको बजारमा प्रवेश गरेको छ । अमेजन डट कमले पहिलो स्मार्टफोनको रुपमा ‘फायर’ लाई बजारमा ल्याएको घोषणा गरेको छ । थ्रीडी प्रविधियुक्त उक्त स्मार्टफोनमा थ्रीडी साउन्डका साथ थ्रीडी भिडियो पनि हेर्न सकिन्छ । ४ दशमलव ७ इन्चको डिस्प्ले भएको उक्त स्मार्टफोनको पिक्चर क्वालिटी निकै नै आकर्षक हुनेछ । यसमा चार वटा फ्रन्ट फेसिङ क्यामेरा छन्, जसले युजरको हेड मनिटर गर्न सक्छ, जसका कारण स्क्रिनमा इमेजलाई एड्जस्ट गर्न सकिन्छ । 

खेलाडीका साथ


बिश्वकप फुटबलको नशा चढेको छ कि छैन ? नेपाली समय अनुसार रातमा खेलिने हुनाले धेरै खेल हेर्न पाएका छैनौ होला । तर पनि कहिलेकाही खेल हेर्दा रमाइलो पनि हुन्छ । तिमीले खेलको शुरुको दृश्यमा याद गरेका हौला, सबै खेलाडीहरुस“ग तिमीहरु जस्तै साना साथीहरु पनि हात समाएर रंगशालामा प्रबेश गर्छन् । खेलाडीले राष्ट्रिय गान गाउदा उनीहरु पनि साथै हुन्छन् । खेलाडी त खेल्नका लागि जान्छन् । तर ती साना साथी को होलान् ? थाहा छ ? किन गएका होलान् ? कसरी गएका होलान् ? जान्न चासो लागेको होला नि, होइन ?

Wednesday, June 25, 2014

फोर्ड फायरवर्क शो


अमेरिकी सहर डेट्रोयटमा मंगलबार राती ५६ औं फोर्ड फायरवर्क शोको आयोजना गरियो । उक्त अवसरमा करिब २३ मिनेटसम्म १० हजार पटक आतिशबाजि गरियो । उक्त फायरवर्क शोको आयोजना फोर्ड मोटर कम्पनीले गरेको थियो । फोर्डले प्रत्येक बर्ष यस प्रकारको शोको आयोजना गर्छ । उक्त आतिशबाजीका लागि ३ हजार ६ सय ३० किलोग्राम पटाकालाई एक सय कम्प्युटरको सहयोगले जोडिएको थियो । कम्प्युटरको सहयोगले आतिशबाजी गरिनुलाई ‘पाइरोटेक्निक प्रणाली’ भनिन्छ । उक्त प्रणालीमा पटाका पड्काउने तथा प्याटर्न र रंग निर्धारण गर्ने कार्य गरिन्छ । बिश्वका विभिन्न स्थानबाट आएका १० बिशेषज्ञले उक्त प्रणालीलाई प्रयोगमा ल्याएका थिए ।

Monday, June 23, 2014

अन्यौलमा विषय छनोट


एकराज सुवेदी
एसएलसी परीक्षाको नतिजा प्रकाशन भएपछि सबै उतीर्ण विद्यार्थीको ध्यान उच्च शिक्ष्ाँमा केन्द्रीत भएको छ । उनिहरु एउटा खुड्किलो पार गरी अर्को खुड्किलोमा पाइला लम्काउने तयारीमा छन् । विद्यार्थीले पढ्नु पर्ने बाध्यता पनि छ र पढ्नकै लागि पनि कठीन अवस्था पार गर्नु पर्ने अवस्था समेत छ । यो समय उनिहरुका लागि अन्यौलको समय हो । कतिपय विद्यार्थीले कुन विषय कुन कलेजमा पढ्ने भन्ने कुरा निश्चित गरिसकेका छन् भने कतिपय विद्यार्थीका लागि यो कार्य अझै बा“की छ । स्कुल र कलेजवीचको स“घारको यो अवस्थामा उनिहरुमा एक प्रकारको उत्साह पनि छ ।

सामाजिक सञ्जाल र प्रविधिमा बिश्वकप


फुटबलको महाकुम्भ बिश्वकप चलिरहेको छ । अधिकांश खेल नेपाली समय अनुसार रातीको समय परे पनि धेरै खेलप्रेमीले खेल छुटाएको पाइदैन । उनीहरु खेलको प्रत्यक्ष प्रसारण हेर्न टिभीमा झुन्डिएका हुन्छन् । तर कहिलेकाही टिभी भएन अथवा उठ्न जाँगर चलेन भने ? यसका लागि मोबाइल नै काफी छ । फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जाल मार्फत बिश्वकपका वारेमा सबै कुरा थाहा पाउन सकिन्छ । यी वाहेक विभिन्न अनलाइन न्युज पोर्टलले पनि लाइभ जानकारी दिनेछन् ।
नेपालमा कतिपय कम्पनी वा संस्थाहरुले फुटबलको बारेमा आधिकारिक जानकारी दिनका लागि फेसबुक एकाउन्ट नै प्रयोग गरेका छन् । मोबाइल सेवा प्रदायक संस्था नेपाल टेलिकमले नै आफ्नो आधिकारिक फेसबुक एकाउन्टमा यस्तो व्यवस्था गरेको छ । उक्त एकाउन्ट मार्फत खेलको पलपलको जानकारी लिन सकिन्छ । यो वाहेक त्यहाँ राखिएका विभिन्न प्रश्नको उत्तर दिएर उपहार पाउन सकिन्छ भने विभिन्न जानकारी लिन पनि सकिन्छ ।

Sunday, June 15, 2014

विश्वकपलाई नेपाली टिभी प्रविधि

एकराज सुवेदी
विश्वकप नजिकिदै गर्दा टेलिभिजन कम्पनीहरुले नेपालमा समेत विभिन्न नया“ र आकर्षक प्रविधिका टेलिभिजन भित्र्याइरहेका छन् । ठुलो स्क्रिनमा घरैमा बसेर टिभी हेर्नुको आनन्दलाई शब्दमा बर्णन गर्न सकिदैन । झन् त्यसमाथि पछिल्लो प्रविधिले सुसज्जित टिभी भैदिए भने कस्तो रमाइलो हुन्छ होला ? यो पटकको विश्वकपमा नेपाली दर्शकले समेत ती पछिल्ला प्रविधिको प्रयोग गर्न पाउने भएका छन् । टेलिभिजनमा पछिल्लो पटक फोर के अर्थात अल्ट्रा एचडी प्रविधि भित्रिएको छ । विश्व बजारमा उपलब्ध हुन थालेको उक्त प्रविधि नेपालमा पनि भित्रिसकेको छ ।

बिश्वकप फुटबलः पैसा र प्रेमिकाको खेल


एकराज सुवेदी
 बेलायती मिडियाले जन्माएको शब्द हो, वाग्स अर्थात् वाइफ्स एन्ड गर्लफ्रेन्ड्सको छोटकरी रूप । फुटबलमा खेलाडी मात्र स्टार हुँदैनन्। उनीहरूका पत्नी अथवा प्रेमिकालाई पनि उत्तिकै ठूला स्टार मानेर समाचार लेखिन्छ। बेलायतबाट सुरु भएको यो चलन अचेल अरूतिर पनि फैलिएको छ, विशेषतः फुटबलको प्रभाव परेका युरोप तथा दक्षिण अमेरिकी देशहरूमा। अधिकांश वाग्स नायिका अथवा मोडल भन्दा कम हुँदैनन् र उनीहरूलाई राम्रोसँग थाहा छ, कसरी लगातार चर्चामा रहन सकिन्छ ? यस्तोमा यसपल्टको विश्वकपमा मात्र वाग्सहरू कसरी चर्चाबाट टाढा रहन सक्छन्। विश्वकपले जसरी विस्तारै आफ्नो प्रभाव बढाउनेछ, त्यही मात्रामा यी वाग्सको चर्चा पनि चुलिदै जानेछ।

Saturday, February 8, 2014

Santa Fe National Forest Scenic Byway

The Santa Fe National Forest Scenic Byway is a dramatic 16-mile drive from the center of historic Santa Fe to the Santa Fe Ski Area through the high valley of the Sangre de Cristo Mountains, in New Mexico. This drive is most scenic in autumn when the aspen colors are in full effect. The scenic byway is part of the Santa Fe Trail, a 188-mile 19th-century transportation route through central North America that connected Franklin in Missouri with Santa Fe in New Mexico, and served as a vital commercial and military highway until the introduction of the railroad to Santa Fe in 1880.


Friday, February 7, 2014

शब्दका कुरा


सेल्फी । यो अंग्रेजी अक्षर एसइएलएफआई र ई मिलेर  बनेको हो । यद्यपि यो शब्द पहिले देखि नै सुनिएको हो । तर पहिले यसको चर्चा खासै भएको थिएन । तर सन् २०१३ मा यो शब्द निकै नै सुनियो । बिश्वमै अंग्रेजी भाषाका लागि ख्याती कमाएको अक्सफोर्ड डिक्सनरीमा पनि यो शब्द थिएन । तर केही समय अघि मात्र यसले डिक्सनरीमा प्रवेश पाएको छ र बर्ष २०१३ को ‘बर्षको शब्द’ अर्थात ‘वर्ड अफ द इयर’ समेत बनेको छ ।

यद्यपि सेल्फीको पहिलो प्रयोग सन् २००२ मै भएको पाइन्छ । त्यतिखेर एक जना अष्ट्रेलियन नागरिकले खुट्टामा ठेस लाग्दाको समयको तस्बिर फोटो सेयर गर्ने साइट फ्लिकरमा पोस्ट गरेका थिए । तर उनको अनुहार प्रष्टस“ग देखिएको थिएन । आफु अल्कोहलले मातिएको कारण नभई ‘सेल्फी’ भएकाले यसो भएको उनको भनाई थियो । यसमा उनले सेल्फीको अर्थ आफै खिचेको तस्बिर भन्न खोजेका थिए ।