Sunday, July 20, 2014

फिफा पछि अब रोबोकप

फुटबलको महाकुम्भ बिश्वकप समाप्त भएको छ । तर बिश्वकप सम्पन्न भएकै राष्ट्र ब्राजिलमा त्यही स्टाइलमा अर्को बिश्वकप फेरि प्रारम्भ भएको छ । तर उक्त बिश्वकपमा मानिस भने खेल्ने छैनन् । बरु मानिसको सट्टामा रोबोटका वीचमा फुटबल हुदैछ । रोबोकप २०१४ नाम दिइएको उक्त खेल भोलिबाट प्रारम्भ भई ६ दिनसम्म चल्नेछ । बिश्वका विभिन्न ४५ राष्ट्रका ४ हजार इन्जिनियर र बैज्ञानिकहरु उक्त खेलमा प्रत्यक्ष संलग्न हुदैछन्, जसले निर्माण गरेका रोबोटका वीचमा फुटबल खेल हुनेछ । उक्त खेलमा स्वतन्त्र तथा रिमोट–फ्रि रोबोटले वास्तबिक फुटबल खेल्दाकै नियममा आधारित रहेर फुटबल खेल खेल्नेछन् । खेलमा अनियमितता नहोस् भन्ने उद्देश्यले मानिस र रोबोट दुवैले रेफ्रिको भूमिका निभाउनेछन् ।

पिसी कन्ट्रोलर र सेक्युरिटी अलार्म

हातमा मोबाइल, अनि टेबुलमा पिसी वा ल्यापटप । यो अहिले धेरैको दैनिकी बनेको छ । पिसी (पर्सनल कम्प्युटर) वा ल्यापटपमा भएका सामग्रीका आधारमा हामीले धेरै प्रकारका प्रिजेन्टेसन गर्नुपर्ने हुन्छ । यो अवस्थामा पटक पटक टेबुल नजिक पुग्नु भन्दा हातमै भएको मोबाइलले पिसी वा ल्यापटपमा भएका सामग्रीलाई चलाउन सकियो भने कति सहज होला ?

यही सहजताका लागि नेपाली युवाहरुको समूहले एउटा एपको निर्माण गरेका छन् । एन्ड्रोइड पिसी कन्ट्रोलर नाम दिइएको उक्त एपलाई केही दिन अघि पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सम्पन्न लोकस २०१४ मा प्रदर्शन गरिएको थियो । उक्त एप सफ्टवेयर तर्फ पहिलो विजेता बनेको थियो । काठमाडौं इन्जिनियरिङ कलेजका कम्प्युटर इन्जिनियरिङ तेस्रो बर्षमा अध्ययनरत रबिराज केसी, रचेन्द्र पौडेल, सार्थक खनाल, शेखर चालिसो र आकाश सिंखडाको समूहले उक्त सफ्टवेयरमा आधारित एपको निर्माण गरेको हो ।

Friday, July 18, 2014

चाइल्डएप एप्याथन

नेपाल इन्जिनियरिङ कलेजका बिद्यार्थी मिलन कार्की र दर्पन पुडासैनीले ‘इन्जिनियरिङ अड्डा’ नामक ग्रुपको निर्माण गरे । उनीहरुले खानेपानीको सुरक्षाको परीक्षण गर्ने र त्यसलाई म्यापमा विभिन्न जानकारी सहित देखाउने एप्लिकेसनको निर्माण गरे । विभिन्न समयको प्रशिक्षण पश्चात तीन दिनको अवधिमा निर्माण गरिएको उक्त एप्सले पहिलो पुरस्कार हात पा¥यो, जसमा उनीहरुले एक लाख रुपैया“ नगद पुरस्कार प्राप्त गरे । त्यसैगरी नेसनल कजेज अफ इन्जिनियरिङका ‘इचनियर्स’ ग्रुपले निर्माण गरेको भर्चुअल क्लासरुम सम्बन्धी एप्सले दोस्रो स्थान हासिल ग¥यो । बिबेक शर्मा चापागाई, समिरा शर्मा, सन्जिता शर्मा र बिबेक अवाले सम्मिलित उक्त समूहले निर्माण गरेको एप्सको सहयोगले कक्षा कोठाको वारेमा एसएमएसको सहायताले विभिन्न जानकारी दिन्छ । इन्स्टिच्युट अफ इन्जिनियरिङ, पुल्चोकका विद्यार्थीको ‘द राइजिङ कोडर्स’ समूहले जन्म दर्ता र यसको वारेमा एसएमएस मार्फत जानकारी दिने गरी निर्माण गरेको एप्सले तेस्रो स्थान हासिल ग¥यो । यी दुई समूहले क्रमशः ५० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे । राइजिङ कोडर्स समूहका अभिशेक पौडेल, अरुण कुमार अग्रवाल, मनिस चन्द्र र नवीन भट्टराईले निर्माण गरेको उक्त एप्सले बच्चा जन्मनु अघि र जन्मिसके पछि गरिने स्याहारका वारेमा एसएमएसमार्फत जानकारी दिन्छ

Friday, July 4, 2014

शरीर जोडिएका जुम्ल्याहा


अमेरिकाको ओहायो निवासी रोनी र डोनी गाल्योन आगामी अक्टोबरमा ६३ बर्ष पुग्दैछन् । त्यतिखेर उनीहरु संसारकै सर्वाधिक लामो समय बा“च्ने शरीर जोडिएका जुम्ल्याहा हुनेछन् । यो हप्ता भने उनीहरुले अर्को एउटा कीर्तिमान पनि भंग गरेका छन् । यो भन्दा पहिले थाई जुम्ल्याहा चाङ र इङ बङकर यति लामो समय बा“चेका थिए । रोनी र डोनीले आफ्नो प्रेरणाको स्रोत चाङ र इङलाई मान्छन् । उनीहरुको सन् १८७४ मा नर्थ क्यारोलिनामा मृत्यु भएको थियो । सन् १९४० मा इटालियन जुम्ल्याहा जियाकोमो र जियोभानी बाटिस्टा टोसीको ६३ बर्षको उमेरमा मृत्यु भएको थियो । यो बर्षको अन्त्यसम्म रोनी र डोनी बा“चे भने यो कीर्तिमान पनि भंग हुनेछ ।