Saturday, September 27, 2014

अनलाइन उपहार

दसै र तिहार जस्ता चाडपर्वको मौसम आएको छ । यद्यपि सबै नेपाली परिवारले एक साथ बसेर दसै तिहार मनाउन सकिने अवस्था नहुन पनि सक्छ । खासगरी विदेशमा बस्ने बढ्दो प्रचलनका कारण यस्तो अवस्था आउछ । त्यति मात्र होइन, परिवार साथमा भए पनि नेपालमा रहेका आफन्तहरुको सम्झनाले पनि सताउन सक्छ । यो अवस्थामा परिवार वा आफन्तलाई चाडपर्वको अवसरमा केही उपहार दिन सकिन्छ । त्यसका लागि विदेशबाट सिधै सामान नै पठाइदिनु पर्ने अवस्था अब छैन । विदेशबाटै कम्प्युटरमा गरेको एक क्लिकका भरमा नेपालमा रहेका आफन्तको घरैमा उपहार आइपुग्न सक्छ । दसैको अवसरमा आफुले पैसा नतिरेरै घरैमा खसी आइपुग्यो वा नया“ केही सामान आयो भने आश्चर्य नहोला र ? तर प्रविधिको बढ्दो प्रयोगका कारण यो सबै सम्भव हुनसकेको छ ।

दसैको उपहार स्मार्टफोन

नेपालीहरुको घर आगनमा विजयादशमी तथा शुभ दिपावलीको रमझम भित्रि सकेको छ । दसै तिहारमा नया“ लुगा किन्ने , मिठो खाना खाने चलन पूरानै हो । जीवनस्तरमा आएको परिवर्तनस“गै यही चाडबाडको वेलामा किनमेल संस्कृतिमा पनि परिवर्तन आएको छ । अब नेपालीहरु यस्ता अवसरमा स्मार्टफोन किन्न समेत रुचाउन थालेका छन् । जागिर र व्यवसाय हुनेहरुले अलि अलि थपथाप गरेर र नहुनेहरुले जम्मा गरेको पैसाले आफुलाई मन लागेको स्मार्टफोन किन्ने वा कसैलाई उपहार दिने चलन पनि बढेर गएको छ । यही समयमा कम्पनीहरुले विभिन्न प्रकारका उपहार र छुटको व्यवस्था पनि गरेका हुन्छन् । आफ्नो उत्पादनको प्रवद्धन र विक्री गर्ने उद्धेश्यले कम्पनी अनुसार नगद सहित विभिन्न योजना अगाडी सारेका हुन्छन्  । आफ्नो शोखको स्मार्टफोन किन्न दसै कुरेकाहरुलाई यो राम्रो अवसर पनि हो ।

Sunday, September 21, 2014

डल हस्पिटल


तिम्रो घरमा खेलौना अर्थात डल छ ? यो बिग्रियो भने के गर्छौ ? सायद फ्याकिदिन्छौ होला । तर अष्ट्रेलियाको सिड्नीमा यस्ता बिग्रिएका खेलौना बनाउने अस्पताल नै छ । यसको नाम नै ‘डल हस्पिटल’ राखिएको छ । सन् १९१३ मा यसको स्थापना भएको थियो । त्यतिखेर ह्यारोल्ड च्यापम्यान सिनियरले यसको स्थापना गरेका थिए । त्यसपछि उनका भाइले जापानबाट विभिन्न प्रकारका डलहरु लिएर बिक्री गर्थे । पछि यस्ता डल मर्मत गर्ने क्रम पनि बढ्यो । पछि सन् १९३० देखि उनका छोरा च्यापम्यान जुनियरले यो पेशा अंगाले । पछिल्लो समयमा यहा छालाका सामान, खेलौना र छाताहरु समेत मर्मत गर्न थालियो । हाल च्यापम्यान जुनियरका छोरा जियोफले यो संचालन गरिरहेका छन् । यो हस्पिटलमा अष्ट्रेलिया बाहेक न्युजिल्यान्डबाट समेत मर्मतका लागि डल ल्याइन्छन् । साना बालबालिकाले आफ्नो बिग्रिएको डल मर्मत भएको देख्दा ब्यक्त गर्ने खुशी हेर्नकै लागि पनि यो पेशा निकै नै रोमान्चक रहेको जियोफले बताएका छन् । यहा डल मर्मत बाहेक बिक्री पनि गरिन्छ ।

डल हस्पिटलमा अहिले तेस्रो पुस्ताले संचालन गरिरहेका छन् । बाजे, बुवा अनि नातीले । मर्मत गर्ने सीप पनि उनीहरुले परिवारबाटै सिकेका हुन् । कुनै रोगको विशेषज्ञ चिकित्सक भए जस्तै फरक फरक प्रकारका डल मर्मत गर्नका लागि फरक ब्यक्ति छन् । पुरानो जमानाका डलदेखि लिएर आधुनिक डलसम्म यहा“ मर्मत गरिन्छ । टेडी बियरदेखि सफ्ट टोय र रकिङ हर्ससम्म यहा“ मर्मत गरिन्छ । यो वाहेक सुटकेश, ह्यान्ड ब्याग र छाता समेत मर्मत हुन्छन् । अहिले सम्म उक्त हस्पिटलमा ३० लाख डल मर्मत गरिएका छन् । साना नानीहरुले आफ्नो डल बिग्रदा दुखी हुने र पछि मर्मत गरेर फेरि पहिलेकै जस्तो बन्दा खुशी हुने गर्छन् । उनीहरुमा भएको त्यो खुशी देख्दा आफुलाई निकै नै सन्तुष्टी मिल्ने जियोफको भनाई छ ।

Saturday, September 20, 2014

सफ्टेकमा सफ्टवेयर

कम्प्यूुटर एशोसिएसन अफ नेपाल (क्यान) ले बर्षेनी आयोजना गर्दै आएको क्यान सफ्टेक २०१४ गत भाद्र २६ देखि २९ सम्म राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी सम्पन्न भएको छ । उक्त प्रदर्शनीमा सफ्टवेयर, सर्भिसेज, सोलुुसन् र कम्यूूनिकेशनको क्षेत्रमा विकास भएका नयां–नयां प्रविधिको प्रदर्शन गरिएको थियो  । सफ्टेक भएकाले यसमा विशुद्ध रुपमा सफ्टवेयरका वारेमा जानकारी प्रदान गरियो । सुुविसुु क्यान सफ्टेक २०१४ इन एशोसियसन विथ नियो ईआरपीमा जम्मा १ सय ४२ वटा स्टलहरु रहेका थिए । सफ्टवेयरको क्षेत्रमा शिक्षा, कम्प्यूूटर सुुरक्षा, बैंकिङ्क, सूूचना व्यवस्थापन, लेखा व्यवस्थापन, एन्टिभाइरस र अस्पताल व्यवस्थापन लगायतका सफ्टवेयरहरु रहेका थिए । प्रदर्शनीमा रहेका केही मुख्य सफ्टवेयरहरु यस प्रकार रहेका थिए ।

Sunday, September 7, 2014

प्ले स्टोरको विकल्प एप्स झोला


एकराज सुवेदी

गुगल प्ले स्टोर हामी धेरैले प्रयोग गर्छौ । विभिन्न प्रकारका एप्स डाउनलोड गर्न यसको प्रयोग गरिन्छ । संसारमा एन्ड्रोइड भर्सनका जति पनि एप्स निर्माण हुन्छन्, ती सबै प्ले स्टोरमा संग्रहित हुन्छन् । आफुलाई आवश्यक एप्स डाउनलोड गरी प्रयोग गर्न सकिन्छ ।

तर गुगल प्ले स्टोरमा यति धेरै एप्स छन्, ती सबैको बारेमा जानकारी लिन पनि गाहे हुन्छ । नेपाली एप्स निर्माताहरुले बनाएका एप्स संग्रह गर्ने छुट्टै स्थान भइदिए कति राम्रो हुन्थ्यो ? यही समस्याको समाधानका रुपमा एप्स झोला आएको छ । नेपाली नाम झोलाबाट नै यसको अर्थ प्रस्ट हुन्छ । झोलामा धेरै प्रकारका एप्स संग्रहित छन्, जुन नेपाली डेभलपरहरुले निर्माण गरेका हुन् ।